स्थापना कालमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिभाषा न्याय, स्वतन्त्रता, विद्यार्थी वर्गका हकहित प्राप्ति र निरंकुशता विरोधी संघर्षको साझा मोर्चा मानिन्थ्यो। हुन पनि २०४७ साल अगाडिसम्म स्ववियु गौरवपूर्ण संस्था थियो। लोकतन्त्र, जनजीविका र राष्ट्रियताको पक्षमा संघर्ष गर्नु स्ववियुका कार्यसूची हुनेगर्थे। तर २०४७ पश्चात् राजनीतिक दलहरूमा उत्पन्न विकृति स्ववियुमा पनि सर्यो।
स्ववियु कब्जा गर्न गैरविद्यार्थी भर्ना गर्ने र किनबेच गरी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने, बाहुबलिको प्रयोगजस्ता अभ्यासबाट मतदाता एवं मतदान प्रक्रिया दुवैलाई आफ्ना पक्षमा पार्नेजस्ता गलत क्रियाकलाप भए। निर्वाचनपश्चात् पदाधिकारीहरूद्वारा भ्रष्टाचार, अनियमितता, अपारदर्शीता अपनाई संस्थालाई बदनाम बनाउने कार्य सामान्य हुनपुग्यो। स्ववियु कोषको चरम दुरुपयोग हुनथाल्यो। क्याम्पस प्रमुखदेखि प्रशासन एवं लेखामा कार्यरत कर्मचारीलाई अनावश्यक दबाब दिएर क्याम्पस विकास कोष एवं विद्यार्थी कल्याण कोषको रकमको दुरुपयोग गर्ने परमपरै बसेको छ। आफूले भनेजसरी रकम निकासा नगरे क्याम्पस प्रमुखलाई क्याम्पस हाता प्रवेश गर्न नदिने, परीक्षा सञ्चालन हुन नदिने वा यस्ता संवेदनशील विषयमा पनि आर्थिक लेनदेनको मौका बनाउन खोज्ने क्याम्पसमा हुने निर्माणका ठेक्कापट्टामा संलग्न हुने, ठेक्कापट्टा हात पार्न पसेवर गुन्डाको प्रयोग गरी गोली हानानहानसम्म गर्ने कार्यमा स्ववियु पदाधिकारी संलग्न भइरहेको देखिएको छ। अर्कातिर नियमावलीबमोजिम गर्नुपर्ने विद्यार्थी हकहितका काममा उदासीन रहने, प्राज्ञिक उन्नयनको बेवास्ता गर्ने, विद्यार्थीको हितका निमित्त कुनै पनि प्रयत्न नगर्नेजस्ता कारण स्ववियुको गौरवपूर्ण इतिहास क्रमशः मेटिँदैगएको छ। फलस्वरूप, विद्यार्थी आन्दोलनै बदनाम हुन लागेको छ। यसैले यथास्थितिमा स्ववियु कायम राख्नुको कुनै औचित्य देखिँदैन। यसको नयाँ परिभाषा गर्दै पुनर्संरचना गर्नुपर्छ।
यस्ता गलत प्रवृत्तिको मूल कारण निर्वाचन प्रणालीका कारण स्ववियुमा देखिने एकाधिकार नै हो। विसं २०३६ सालको पुरानो नियमावलीमा हालसम्म कुनै सुधार गरिएको छैन। नियावलीमा समसामयिक सुधार नगरी त्रिभुवन विश्विद्यालयद्वारा स्ववियु निर्वाचन घोषणा गर्नुको कुनै अर्थ छैन। यसको पुनर्संरचनाका निमित्त सर्वप्रथम हालको एकाधिकारवादको अन्त्यका लागि निर्वाचन प्रणालीमा सुधार गरेर विद्यार्थी आन्दोलनका सहयात्री संगठनहरूको प्रतिनिधित्व सुनिश्चित हुने प्रणाली अवलम्बन गरिनुपर्छ। अल्पमतद्वारा स्ववियु सञ्चालन हुने र बहुमत बाहिरै रहने हालको प्रणाली खारेज गर्नुपर्छ। पूर्ण प्रत्यक्ष वा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको जिद्दी गर्नु निर्वाचनबाटै पछि हट्ने सोचकोे अभिव्यक्ति हो। मिश्रित निर्वाचन प्रणाली अपनाएमा लोकतान्त्रिक मूल्य मान्यता र विचारलगायत समावेशीकरणको आदर्शसमेत चरितार्थ गर्न सकिन्छ। भड्किलो खर्च गर्ने विकृत निर्वाचन प्रक्रियाको अन्त्य हुन्छ। साथै, स्ववियु कोषको सदुपयोगका निमित्त पारदर्शी लेखा प्रणाली अपनाएर हिसाबकिताबको कामका लागि कर्मचारी नियुक्ति गर्ने व्यवस्था अपनाउनुपर्छ। स्ववियुको स्पष्ट क्षेत्राधिकार तोकेर केकस्ता आर्थिक, प्रशासनिक र राजनीतिक कार्यमा संलग्न हुने हो भन्ने स्पष्ट व्यवस्था गर्नुपर्छ। त्यसो भएमा क्याम्पस प्रशासन र स्ववियुबीचमा अस्वस्थ द्वन्द्व पैदा हुँदैन।
साधारण सदस्यको दुई तिहाइले बहुमतले मात्र कार्य समितिविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने हालको व्यवस्था अत्यन्त अव्यावहारिक छ। यसले निर्वाचित पदाधिकारीलाई भ्रष्ट बनाएको छ। त्यसैले निर्वाचित सदस्य वा पदाधिकारीले अख्तियार दुरुपयोग गरे सम्बन्धित संगठनले नै प्रत्याह्वान गर्नसक्ने व्यवस्था गर्नुपर्छ। यसरी मात्रै स्ववियुको पुनर्संरचना सम्भव छ। अनिमात्र गुमेको साख पुनःस्थापित गरेर पुरानो गौरव कायम गर्दै स्ववियुलाई फेरि समस्त विद्यार्थीको साझा मोर्चा बनाउन सकिनेछ।
केन्द्रीय क्याम्पस।, कीर्तिपुरका स्ववियु उपसभापति हुन्।