एमालेको नैतिक निर्वस्त्रीकरण
०९ चैत्र २०६८
•
१४ मिनेट पाठ
एमालेको नैतिक निर्वस्त्रीकरण
कम्युनिस्ट पार्टीमा संस्थापनकै पोल्टामा पार्टीसत्ता पर्ने गरेका धेरै दृष्टान्त छन्। माधवकुमार नेपालले २०६५ जेठमा झलनाथ खनाललाई पदभार हस्तान्तरण गरेपछि आठौँ महाधिवेशनमा केपी ओली नेकपा (एमाले) प्रमुख हुने सम्भावना लगभग सकिइसकेको थियो। पार्टी प्रमुख भइसकेको बायोडाटा, चुनाव जितेको एकमात्र वरिष्ठ नेता, कम विवादित छवि, कार्यवाहक महासचिवको भूमिका तथा पार्टी पंक्तिमा व्याप्त संस्थापन पक्ष कहिल्यै नहार्ने मनोवैज्ञानिक आतंकले खनाललाई सघायो।
ओलीजस्ता नेता भएरमात्र खनालले बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपरेको थियो। नत्र एमाले एकधु्रवीय एवं एकल नेतृत्वको गलत दिशातिर धकेलिने लगभग निश्चित थियो। एकातिर केन्द्रीय कमिटी बहुमत जानु, अर्कोतिर शीर्ष नेतृत्व जानु अपूर्व घटना थियो। जटिल समीकरणका कारण एमालेको जीवनरथ जटिल मोड भएर गुजि्रन बाध्य भयो। यही घडीमा एमालेले संक्रमणकालीन सरकारको नेतृत्व दुई पटक गर्‍यो। तर, पानीको पैसा पानीमै बगेझैँ भयो। कुनै बेला संसद्मा सबैभन्दा ठूलो दल हुँदा पनि प्राप्त हुन नसकेका यी दुर्लभ अवसरहरु नेतृत्वको राष्ट्रिय आवारा प्रवृत्ति, कमजोर मनोबल र बेमलका कारण उपलब्धिशून्य एवं क्षणिक भए।
कम्युनिस्ट पार्टीमा केन्द्रीय कमिटी र जिल्ला कमिटीको प्रमुख आफ्नो भूमिकाका कारण निकै शक्तिशाली हुन्छ। यो अथाह शक्ति रचनात्मक एवं कसैका लागि पनि कम घातक ढंगले प्रयोग गर्नसक्दा मात्र नेतृत्व सफल हुन्छ। कदाचित् परिस्थिति नै प्रतिकूल भएर आए सफल नभए पनि असल भने अवश्य सिद्ध हुन्छ। एमालेका जिल्ला कमिटी प्रमुखमध्ये कति सफल नभए पनि असल देखिएका छन्, कति समस्याका पोका। केन्द्रीय तहमा कार्यकारी पार्टी प्रमुखको हैसियतले भण्डारी, नेपाल र खनालले निर्वाह गरेको भूमिका र प्रदान गरेको नेतृत्वबारे इतिहासको ऐनाले छर्लंग देखाउँछ। इतिहासको सिंहावलोकन गरी आफ्ना कदमहरु कतातिर लम्किँदैछन् भन्ने थाहा पाउने सद्बुद्धि राख्ने वा नराख्ने स्वतन्त्रता खनालसँग छ। इतिहासले कसैलाई पाठ सिक्न बाध्य पार्दैन, दण्डित भने अवश्य गर्छ। मदन भण्डारी हिँडेको बाटो ढिलै भए पनि हिँडेमा खनालले छोटो समयमै सफलता र सद्गति पाउलान्। माधव नेपाल हिँडेको बाटो नछाडे पदावधि लम्याउन सके पनि कार्यकालको अन्त्यमा एमालेको आँगनमा औँसीको अवतरण रोक्न सक्दैनन्।
उज्यालो बाटो
भण्डारीले एमाले, नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली जनतालाई जनताको बहुदलीय जनवादको पुस्तक अर्थात् एउटा कागजको खोस्टोमात्र दिएका छैनन्, उनले त विचारलाई जीवनशैली, जनजीविका, व्यवहार र जनताको शक्तिमा बदल्न सक्ने कला भएको जुझारु, जिउँदो र गतिशील पार्टी निर्माण र सञ्चालनको व्यवहारसिद्ध उज्यालो बाटो दिएका छन्। आफूलाई कहिल्यै केन्द्रभागमा नराख्नु, कसैको पनि अनादर नगर्नु, अरुका कुरा राम्ररी सुन्नु, हरेक प्रश्नको चित्तबुझ्दो उत्तर दिने प्रयत्न गर्नु, पद, पैसा र प्रतिष्ठाको पछि नकुद्नु, सहकर्मीको टहल गर्नु, निरन्तर राजनीतिक पहल गर्नु, खुला वैचारिक छलफल चलाउनु, फरक विचारको कदर गर्नु, विचार र निर्णयको पक्षमा चट्टानी अडान राख्नु भण्डारीका सद्गुण र कार्यशैली थिए। उनको अवसानपछि एमालेले भोग्नु परेको बज्रपातको सार भनेको सुन्ने कान र बोल्ने जिब्रो गुमाएर सुस्त हुनु हो। राजनीतिक वृत्तमा खडि्कएको असल श्रोता र कुशल प्रवक्ता अभावको पूर्ति नोकरशाहीतन्त्रमा पदपूर्ति गर्नुजस्तो हल्का विषय होइन। यही सत्यको गहिराइमा समयमै पुग्न नसक्दा एमालेले बोकेको विराट् सम्भावनाको भ्रूणहत्या भएको हो। अन्य क्षेत्रमा केही बिराएको छैन, त्यसैले डराउँदिनँ भन्दै गर्वले फुल्न पाइन्छ। तर, राजनीति यस्तो वृत्त हो जहाँ सुस्त हुँदा मात्र पनि अस्तित्वबाट राजीनामा दिएको ठहर्छ। शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा पनि राजनीतिकर्मीहरु पूर्णरुपले निःशस्त्र हुँदैनन् बरु उनीहरु वैचारिक संघर्षको तरबारले अरुमाथि हमला गर्छन्, स्वच्छ छविको ढालले आफूमाथि हुने आक्रमण विफल पार्छन्। वैचारिक संघर्षको तरबार चलाएर भण्डारीकालीन एमाले आक्रामक बनिरह्यो। तर, प्रतिक्रियाको ढालमात्र चलाएकाले भण्डारीविनाको एमाले सदा रक्षात्मक देखियो। कार्यकर्ता पंक्तिमा अटुट उत्साह, ऊर्जा, हौसला र उत्प्रेरणाको रक्तसञ्चार गर्र्ने, राजनीति र जनतालाई सँगसँगै हिँडाउने, व्यक्तिगत कुण्ठा, अहंकार र महत्वाकांक्षा नपस्कने कला, विवेक र चातुर्य देखेर नै भण्डारीलाई सबै तह, तप्का र पुस्ताका नेता-कार्यकर्ताले दिलको ढोका खोलेर नेता मानेका थिए। सत्य, श्रद्धा, त्याग, तर्क, लगाव र शिलस्वभावको आडमा उनले स्ाबैको विश्वास्ा जितेर नेतृत्व गरे। उग्रवापन्थीहरुलाई धरहरामा चढेर खोज्नु पर्ला भनी चेतावनी दिने हैसियत एमालेले त्यसै पाएको थिएन।
अँध्यारोे बाटो
सकभर यथोचित सम्मान पाइने, त्यो नभए अनादर र धोका नहुने विश्वाससाथ विभिन्न वामघटकबाट पाका नेताहरु भण्डारीप्रति धेरै आशावादी भएर एमालेमा भित्रिएको संवेदनशीलता बुझ्न नसक्नु वा परिस्थिति नै प्रतिकूल हुनु माधवकुमार नेपालका लागि महँगो साबित भयो। विकल्प प्रदान गर्ने क्षमता देखेर सीपी मैनाली, झलनाथ खनाल, वामदेव गौतम, केपी ओली, ईश्वर पोखरेल, प्रदीप नेपाललाई बैसाखी बनाउँदा इतिहासले निर्मम ठट्टा गरेर बदला लियो। प्रतिकूल परिस्थितिलाई मात्र दोष दिन मिल्दैन। सहकर्मीको नियतवश वा अन्य स्वार्थका कारण मानमर्दन गर्ने, गराउने गल्ती वा षड्यन्त्रभन्दा पदहीनता उत्तम हो भन्ने सत्यलाई समयमै स्वीकार गर्न नसक्नु नेपालको भुलचुक शंृखलाको नाभी हो। यही अँध्यारो गुफामा गोलचक्कर खाने क्रममा एमालेले भिड नियन्त्रण गर्ने र चाहेअनुसार राजनीतिक परिवेश खडा गर्ने सामर्थ्य गुमायो। पार्टी भिडबाट डोरिनु र नेताहरु अवसरका पछि कुद्नु। नैतिकताको यस्तो निर्वस्त्रीकरणले एमालेको साख नराम्रोसँग गिराइदियो र पार्टी स्वार्थीहरुको महासंघमा बदलियो।
अरुलाई धरहराबाट हेर्नुपर्ला भनेर चेतावनी दिने पार्टीकै कार्यकर्ताले धरहराबाट हाम्फाल्ने गरी समयचक्र कठोर बन्यो। २०६४ सालमा संकट एकाएक आएको थिएन। चेतावनी पाए पनि नेतृत्वसँग राजनीतिक घ्राण नै भएन। राजावादी, माओवादी, जातीय, लंैगिक र क्षेत्रीय विद्वेषको खेती, कांग्रेस, प्रेस, विदेश र मधेसको घेराबन्दी तोड्न एमाले संगठन शेरजस्तो शक्तिशाली, मौरीजस्तो एकताबद्ध, स्यालजस्तो छट्टु बनाउनुपर्थ्यो। सहकर्मी भिडाएर सर्वेसर्वा हुने नीतिले नेपाललाई नोक्सान भयो। कसैलाई विचार विरोधी, कसैलाई पार्टी फोरुवा, कसैलाई गैरसंस्थापन वा अल्पमत पक्षको पगरी गुथिदिएर जसरी पनि बहुमत जुटाउनु, वैचारिक काम नगर्नु, जनतालाई सँगसँगै हिँडाउने एमाले धर्मबाट च्युत हुनुजस्ता कमजोरी दोहोर्‍याउनमै नेपाल नेतृत्वका चौध वर्ष व्यतीत भए। परिणामस्वरुप एमालेको अधिकारिकतामा फरक नपरे पनि पहिचानमा फरक आयो। चिम्पाञ्जी र मानवमा ९९ प्रतिशत समानता छ। तर, एक प्रतिशत अन्तरले पनि धेरै फरक पार्छ। एमालेमा आएको अन्तरले पारेको क्षतिपूर्ति गर्न ठूलो मेहनत र इच्छाशक्तिको खाँचो छ।
बल खनालको कोर्टमा
रौटहट, बर्दिया, काठमाडौँ र झापाका जनताले एमालेका अन्य शीर्ष नेतालाई चुनाव हराइदिनु र इलामका जनताले २०५६ सालको फैसला नदोहोर्‍याएपछि एमालेमा बल खनालको कोर्टमा पारेको छ। खनालको आगमनसँगै पात्र परिवर्तन भएको तर कथावस्तु पुरानै रहेकाले नेपालका कार्यशैली दोहोरिने अनुमान गरिएको थियो। नभन्दै खनाल नेतृत्वको अघिल्लो कालखण्डमा भण्डारीकालीन सुझबुझभन्दा नेपालकालीन भुलचुकहरु दोहोरिए। दुईदुई सरकारको पतनले खनालकालीन एमालेको दिल, दिमाग, मति, गति र सरस्वतीमाथि गम्भीर प्रश्नचिह्न लगाइदिएको छ। दलीय राजनीतिमा सरकारको पतन कसैले खल्तीको पैसा जुवामा उडाउनुजस्तो नितान्त व्यक्तिगत विषय होइन।
मानव चेतनशील प्राणी हो। खनालका लागि सम्भावनाका केही ढोका अझै खुला छन्। नेपाल नेतृत्वको पूर्वार्द्ध उज्यालो र उत्तरार्द्ध अँध्यारो रह्यो। आफ्नो कार्यकालको पूर्वार्द्ध अँध्यारो भए पनि उत्तरार्र्द्ध उज्यालो पार्न सक्ने सुन्दर अवसर अझै खनालस्ाामु छ। भण्डारीको सफलता, नेपाल र आफ्नो असफलतालाई सन्दर्भ सामग्री बनाएर बाँकी कार्यकाल सफल पार्ने सद्बुद्धिलाई खनालले ठाउँ दिनसक्ने संकेतहरु देखिएका छन्। मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल र गिरिजाप्रसाद कोइरालालाई बोकिसकेका ओलीले खनालका लागि काँध थापिदिन सक्छन्। आजसम्मका कमजोरी, आशंका र असफलतालाई ओझेलमा पार्न यो अवसर खनालले गुमाउनु छैन। हुन त संस्थाका अगाडि व्यक्ति गौण हो। कहिलेकाहीँ व्यक्तिको भूमिका निर्णायक हुन्छ। ओलीको काँधमा खनाल र खनालको हत्केलामा एमालेको भविष्य नै एमालेको आन्तरिक एकता अभियानको सार हो। यसमा अलिकति तलमाथि भए न एमालेले पुनर्जीवन पाउँछ, न नेतृत्वले माफी माग्ने अवसर।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस