गंगाजीमा स्नान गर्ने क्रममा महात्मा गान्धीको गोडामा कुनै किराले टोकेछ। गोडाबाट रगत बगेको देखेपछि उपस्थितमध्ये एक जनाले भनेछन्, तपाईँले कीरा-फट्यांग्रालाई पनि अहिंसाको ज्ञान दिए हुन्थ्यो नि। गान्धीले जबाफ दिएछन्- अहिंसाबारे पहिला मान्छेलाई सिकाऊ, अनि कीरा फट्यांग्रातिर जाउँला।
मोहनदास करमचन्द गान्धी अहिंसालाई नै मूल मन्त्र मानेर स्वतन्त्रता संग्राममा होमिएका थिए। धेरैले उनलाई कायरको संज्ञा पनि दिएका थिए। तर, गान्धी भने अहिंसाको बाटो हिँड्न झनै साहस चाहिन्छ भन्थे। 'हिंसा कायरताको प्रतीक हो। त्यसैले यो सजिलो पनि छ। तर, अहिंसाको बाटो निकै कठिन छ। यसका लागि तयार हुन ठूलै साहस चाहिन्छ। ठूलो इच्छाशक्ति चाहिन्छ।' गान्धीका अनुसार अहिंसा भनेको सत्य हो। सत्यको बाटो हिँड्नु चानचुने कुरा होइन। तर, यसका लागि सबैभन्दा पहिले आफैसँग लड्नुपर्छ। हिंसामा हिँड्दा बाहिरबाट प्रतिवाद हुन्छ, अहिंसामा हिँड्न आफैँभित्रबाट अवरोध उत्पन्न हुन्छ।
हुन पनि एकातिर तत्कालीन अवस्थामा आधुनिक हातहतियारले सुसज्जित विश्वमै शासन गरिरहेको बेलायती सेना थियो भने अर्कोतर्फ लट्ठी टेक्दै हिँड्ने दुब्लो पातला गान्धी। यो त हतियारविरुद्ध सिद्धान्त (कुरा) को लडाइँ थियो। त्यसैले धेरैलाई विश्वास थिएन, गान्धीको सिद्धान्त विजयी हुन्छ भनेर। त्यसैले बेलायती शासनविरुद्ध आन्दोलनमा सुभाषचन्द्र बोस, भगत सिंह, चन्द्रशेखर आजाद जस्ता भिन्न विचार राख्नेहरूले पनि आन्दोलन चलाएका थिए। गान्धीको एउटा उक्ति निकै लोकप्रिय छ, आफ्नो मनबाट 'डर' हटाएर हेर, दुनियाँको कुनै पनि ताकतले तिमीलाई पराजित गर्न सक्दैन।
एक दशकको हिंसात्मक स्थिति बेहोरेको नेपाल अहिले शान्तितर्फ उन्मुख हुन खोजिरहेको छ। तर, शान्ति भन्ने शब्द जति सहज पढ्दा र सुन्दा लाग्छ, व्यवहारमा त्यति नै कठिन हँुदोरहेछ। नेपालमा लम्बिँदो शान्ति प्रक्रियाले यही साबित गरिरहेको छ।
२०५२ फागुन १ गते देशका केही जिल्लाबाट हिंसात्मक आन्दोलन सुरु गर्दा माओवादीसँग एकदुई वटा धनुष र एउटा पुरानो बन्दुकमात्र भएको अध्यक्ष पुष्पकमल दाहालले एक अन्तर्वार्तामा भनेका थिए। आन्दोलनको सुरुवात पनि देशका केही ग्रामीण भेगका प्रहरी चौकीमाथि आक्रमण गर्दै हातहतियार लुटेर भएको थियो। आन्दोलनको त्यो प्रकृति हेर्दा माओवादी धेरै समयसम्म चल्न नसक्ने लख धेरैले काटेका थिए। किनभने एकातर्फ हातहतियारले सुसज्जित राज्यको प्रहरी, र उसले नसके सेना थियो। अर्कोतर्फ माओवादी कार्यकर्ता थिए, जोसँग राज्यको तुलनामा हातहतियार थिएन, तर हिंसात्मक आन्दोलनप्रति आकर्षण थियो।
हुन पनि हिंसाको बाटो सजिलै हुने रहेछ। माओवादीको हिंसात्मक आन्दोलन चाँडै तुहिने लख काटिए पनि शान्ति प्रक्रिया सुरु हँुदासम्म उनीहरूसँग पनि न हातहतियारको कमी थियो, न पैसाको। तर, एक पटक सुरु भइसकेको शान्ति प्रक्रिया माओवादीको हिंसात्मक आन्दोलनको तुलनामा निकै सुस्त गतिमा अघि बढिरहेको छ। हिंसात्मक लडाइँ लड्दा माओवादीले बाहिरको चुनौती सामना गर्नु परेको थियो। तर, शान्तिको लडाइँमा उसले सबैभन्दा ठूलो चुनौतीको सामना आफ्नै दलबाट गरिरहेको छ।
अहिले एनेकपा (माओवादी) फुटको संघारमा पुगिसकेको छ। पार्टीभित्र गुट र त्यसभित्रको उपगुटमा पार्टीको शान्तियात्रा अलमलमा परिसकेको छ। पार्टी अध्यक्षले शान्ति प्रक्रियामा जान गर्ने हरेक प्रतिबद्धताको उनकै दलभित्रबाट विरोध हँुदै आएको छ। शान्ति प्रक्रियामा हिँड्न खोजेका दाहाललाई दसवर्षे हिंसात्मक आन्दोलनमा उनको काँधमा काँध मिलाएर हिँडेका आफ्नै साथीहरूले समर्पणवादी, यथास्थितिवादीलाई सहयोग पुर्याएको, गद्दारजस्ता विशेषणले सुशोभित गरिसकेका छन्। स्थिति कति बिग्रिसकेको छ भने दाहाल र मोहन वैद्यबीच फाटो अब अँध्यारोमा पनि स्पष्ट देखिने भएको छ। हुन त मिलाउने प्रयास जारी छ। तर, संस्थापन र विरोधी दुवै पक्षले पछिल्ला केही दिनमा बेग्लाबेग्लै बैठक गरेर हिँडिरहेका छन्।
दाहालले पक्कै पनि हिंसात्मक आन्दोलन र अहिंसा (शान्ति प्रक्रिया) बीचमा हिँड्दाको अन्तरलाई अनुभव गरिरहेका होलान्। बन्दुक बोकेर गरिने आन्दोलन कति सहज थियो, अनि शान्ति र सत्यको आन्दोलन कति कठिन।
अहिंसाको लडाइँ भनेको आफैँसँग संघर्ष हो। यसका लागि भित्रबाट ठूलो संघर्ष गर्नुपर्ने हुन्छ। हिंसामा जस्तो अहिंसामा खासै आकर्षण देखिन्न। त्यसका लागि गान्धीले भनेजस्तै ठूलो इच्छाशक्ति चाहिन्छ। अहिले शान्तिको बाटो पछ्याउने अभियानमा हिँडेको माओवादीमा विशेषगरी अध्यक्ष दाहालमा प्रायः त्यही इच्छाशक्तिको अभाव देखिने गरेको छ। त्यसैले उनले शान्तिका लागि गर्दै आएको लिखित तथा मौखिक प्रतिबद्धताले मूर्त रुप लिन पाएको छैन।
शान्ति प्रक्रियामा हिँड्दा हिजो विरोध गर्नेहरूको समेत साथ पाएका दाहालले आफ्नै साथीको विरोधको सामना गर्नु परिहेको छ। गान्धीले भनेझैँ हिंसा ध्वंशको बाटो हो। यसको प्रभाव तत्काल देखिन्छ। यो आकर्षक पनि हुनसक्ला तर दूरगामी परिणाम आत्मघाती हुन्छ। शान्ति (अहिंसा) निर्माणको बाटो हो। यसको बाटो लामो हुन्छ। यसको प्रभाव मधुरो भए पनि सुखद हुन्छ।
हिंसाले विध्वंसमै पुर्याउँछ। अन्ततः सबैलाई चाहिने कुरा त शान्ति नै हो। त्यसका लागि अहिंसाको बाटो पहिल्याउनु जरुरी हुन्छ। यही तथ्य आत्मसात गरेरै जंगबहादुरको कुरा गर्ने दाहाल अहिले भगवान् बुद्धको कुरा गर्न रुचाउँछन्। यस क्रममा उनले आफूभित्र (पार्टीभित्र) बाटै सामना गर्नुपरिरहेको विरोध बुझ्न सकिन्छ।
वास्तवमा अहिले जारी शान्ति प्रक्रियाको सुरुवात माओवादीबाहेकका दललाई चाहिएरमात्र भएको होइन। यो त देशको आवश्यकता हो। अनि माओवादी आफैँ पनि देशबाट बाहिर हुन सक्दैन। यस तथ्यलाई माओवादीले आत्मसात गरेकै हुनुपर्छ। यति कुरा बुझेको दल तथा नेताले अहिंसाको बाटोमा हिँड्न ठूलो इच्छाशक्ति चाहिने बुझेकै हुनुपर्छ। तर, शान्तिको बाटोमा हिँड्न चाहिने जति इच्छाशक्ति यो दल र यसका नेताले अझै देखाउन सकेका छैनन्।
आफूविरुद्ध संघर्ष सहज हुँदैन। यसका लागि ठूलो विपरीत धारमा हिँड्नुपर्ने हुन्छ। त्यो साहस एउटा नेताले मात्र गर्न सक्छ। दाहालसँग एउटा अवसर छ, राष्ट्रिय नेता हुने। यसको बाटो निकै कठिन भए पनि देश, उनी र उनको पार्टीसामु अन्य कुनै विकल्प पनि छैन।