धेरै जानेको, बुझेको र त्यसमाथि मबाहेक यो मुलुक कसैले पनि चलाउन सत्तै्कन भन्ने दम्भ भएका व्यक्तिले आफैँसित गर्नुपर्ने प्रश्न के हो भने म जान्दछु भन्ने नै उसले कसरी जान्यो? यस प्रश्नको उत्तर कुनै व्यक्तिले पाएपछि मात्र उसलाई आफूले जानेको छ वा छैन भन्ने आत्मबोध पनि हुन्छ। शान्ति, संविधान र समृद्धिको रटान नछोड्ने प्रधानमन्त्री बाबुराम भट्टराईको शान्ति र संविधानको विषय भैगो अहिले नउठाउँ्क।
समृद्धिसित गाँसिएको विषय हो अर्थतन्त्र। अर्थशास्त्रका बारेमा उदारवादी चिन्तक फेडरिक बोन हायक भन्छन् - अर्थशास्त्र त्यस्तो विषय हो जसले देखाउँछ। हामी यथार्थमा यसका बारेमा कम बुझ्छौं, जे कल्पना गर्छौं त्यसलाई यथार्थमा उतार्नलाई जे गर्नुपर्छ त्यसका बारेमा हामी अनभिज्ञ छौं। राज्य र व्यक्तिको सम्बन्ध बारे उनले अरू धेरै विषयमा पनि विचार प्रकट गरेका छन्। उनी भन्छन् - राज्यको निर्माण क्रममा व्यक्तिलाई सार्वभौम भनिए पनि सम्पूर्ण शक्तिको उपयोग राज्यले गरेकै कारण व्यक्तिले आफ्नो क्षमता उपयोग गर्न पाएन र जुन गतिमा आर्थिक समृद्धिको संभावना थियो त्यो गति विश्व समुदायले लिन सकेन। हायक त अलि पुराना भए। पछि आएर जेफ्रे स्याक्स पनि करिब त्यस्तै विचार प्रकट गर्छन्। हायकको दर्शन हो भने स्याक्सको सर्वेक्षणमा आधारित शोध कार्यको नतिजा हो। नतिजाले देखाएको यथार्थ भने उस्तै छ।
स्याक्सको अध्ययनमा शान्ति, सुशासन र प्रविधि प्रयोगको सन्तुलित समायोजनबाट गरिबी उन्मूलनका साथै समृद्धि प्राप्ति सहज छ भन्ने निष्कर्ष निस्केको छ। व्यक्तिको स्वायत्तता, स्वतन्त्रताबाट सभ्यताको उच्चतम उचाइ छुँदै समृद्धि प्राप्त हुन्छ भन्ने हायकको चिन्तन हो। दर्शन अन्तर्मनको सोच हो भने अनुसन्धान खोजको विषय हो। निष्कर्ष भने करिब समान प्रकृतिको छ। यी दुई विचारकका बीचमा ४५ वर्षको अन्तराल छ। त्यस अवधिमा संसारमा पुँजी, प्रविधि, व्यवस्थापन आदि विषयमा धेरै युगान्तकारी परिवर्तन भइसकेका छन्।
आर्थिक समृद्धि यथार्थमा कुनै चटकको विषय होइन।स्वप्नलोकमा रमाएर कल्पनाको जगमा यो प्राप्त गर्न सकिँदैन। कल्पनालाई मूर्तरूप दिन गर्नुपर्ने कामको ज्ञान आफूसित नभए समृद्धि हासिल पनि हुन सक्तैन। एक्काइसौँ शताब्दीमा साम्राज्यवाद शब्द प्रयोग त्यति उपयुक्त नहोला तर सरकार कुनै न कुनै ठुलो राष्ट्रको सामरिक एवं आर्थिक स्वार्थको पोल्टोमा गइसकेको छनक वर्तमान सरकारले दिन खोजेको छ। यथार्थमा सरकार एनेकपा (माओवादी)को नेतृत्वमा भए तापनि बाबुराम भट्टराईको नीति भने अस्पष्ट, अधिनायकवाद उन्मुख र नयाँ प्रकृतिको औपनिवेशिक सत्तालाई स्विीकार गर्ने प्रकृतिको नै देखिन्छ। एक अर्ब डलर यताबाट आउँछ, फलानो योजना यताबाट आउँछ, यो काम यहाँ हुँदैछ, त्यो काम त्यहाँ हुँदैछ, यी सबै फोस्रा आश्वासनमात्रै हुन्। अहिले सरकारको ढुकुटीमा भएकै पैसा पनि विकास र पुँजीगत लगानीमा खर्च हुन सकेको छैन। अरू पैसा आउँदैमा के चाहिँ हुन्छ? हुनत, त्यस्तो लक्षण पनि छैन। पैसा वा पुँजी आउने वातावरण बनाउन सक्ने कुनै बलियो आधार यो सरकारसित छैन। अन्तर्राष्ट्रिय सहयोग स्वाभाविकरूपमा सम्बन्धित राष्ट्रले विनियोजन गरेको रकम हो त्यो आउन सक्छ। तर त्यसैलाई पनि खर्च गर्ने बन्दोबस्त यस सरकारले मिलाउन सत्तै्कन। सरकारी कोषमा भएको रकम अर्थतन्त्रको न्यूनतम ज्ञान नभएका उनकै कार्यकर्ताबाट लुछाचुँडी गर्ने हुन्छ भन्ने बुझ्दाबुझ्दै सजिलै रकम उपलब्ध हुन पनि गाहै्र छ। जहाँसम्म निजीक्षेत्रको लगानीको प्रसंग छ त्यसका लागि वातावरण बनाउने क्षमता सरकारसित छैन भन्ने स्पष्ट भइसकेको छ।
अझै गर्न सकिने काम धेरै बाँकी छन्। अझै सबै भत्कियो, नासियो भन्नु पर्दैन। आर्थिक राजनीतिक स्वतन्त्रताप्रति पूर्ण समर्पणका साथ राष्ट्रिय स्वार्थलाई सर्वोपरी स्थानमा राखेर ठुला मुलुकसित सहुलियतको माग गर्न सकिन्छ। यस्ता माग चीन र अमेरिकाको व्यापारका बीचमा पनि हुन्छन्। युद्धरत प्रकृतिका भारत-पाकिस्तानका बीचमा पनि हुन्छन्। यहाँ साह्रै ठुलो समानताको खोजी पनि गर्नुपर्दैन। कहिलेकाहीँ आफ्नो पक्षमा असमानताको माग पनि गर्न सकिन्छ। सानो मुलुक, सानो अर्थतन्त्र, भूपरिवेष्ठित स्थिति, भौतिक पूर्वाधारको अभाव। यी सबैलाई ध्यानमा राख्ने हो भने ठूलो अर्थतन्त्र भएका मुलुकसित आर्थिक, व्यापारिक सन्धिसम्झौता गर्दा सहुलियत माग्न संकोच मान्नु पर्दैन। तिनले हामीलाई सहुलियत दिनुपर्छ। तर शासन टिकाउने नै अन्तिम लक्ष्य भएपछि र आफ्नो बलबुतामा होइन अरू कसैले शासन टिकाइ दिन्छ भन्ने लागेपछि राष्ट्रको मूल्यमा सन्धि सम्झौता हुन सक्छन् र त्यसैको परिणाम आज मुलुक भोग्दैछ।
लामो समयको वैचारिक अस्पष्टताका कारण नेपालीले पहिलो प्राथमिकतामा राख्दै आएका शान्ति स्थापना एवं संविधान निर्माण विलम्बित हुन पुग्यो। यसमा बल्ल केही प्रगतिको लक्षण देखिन थालेको छ। केही उल्झेका विषय अझै सुल्भि्कन बाँकी भए पनि शान्तिको बाटोमा अग्रसरता देखिएको छ भने संविधान निर्माणप्रति नेतृत्वको प्रतिबद्धताले आकार खोजेको भान परेको छ। सुल्भि्कनुपर्ने विषय चाहिँ बाँकी नै छन्। दलहरूबीचमा अझै मतभेद छ तर आधारभूत विषयप्रति दलहरू प्रतिबद्ध भइदिने हो भने यो संभव हुनैनसक्ने विषय चाहिँ अब रहेन। जस्तो संविधान लोकतान्त्रिक नभई धर छैन। शब्दमात्रै आलंकारिक लगाएर पुग्दैन। सही अर्थमा वैयक्तिक स्वतन्त्रतालाई सुनिश्चित गर्ने संविधान बन्न सकेन भने मुलुकका समस्या जहाँको त्यहीँ रहने खतरा छँदैछ। र, माथि भनिएजस्तै मुलुकले समृद्धि पाउन सकेन भने संविधान कागजको खोस्टोमात्रै साबित हुनसक्छ। त्यसले गरिब नेपालीको जीवनमा कुनै परिवर्तन ल्याउन सत्तै्कन। यो बाटो पनि होइन, त्यो बाटो पनि होइन बीचको बाटो भन्नेजस्ता अमूर्त प्रसंग र बहसले अबको यो छोटो समयमा कुनै अर्थ राख्दैन। राजनीतिककर्मीमा स्पष्ट दिशाबोध आवश्यक छ। शासकीय स्वरूपलाई लिएर अब केही दिन बहस चल्नसक्छ। सरकारको स्थायित्वका लागि प्रमुख कार्यकारीको प्रत्यक्ष निर्वाचन गर्ने प्रणालीमा जानुपर्छ भन्ने दृष्टिकोण पनि छ। तर त्यो हाम्रो समाजका लागि कति सुहाउँदो छ भन्ने विषयमा देशका बुद्धिजीवी, जनसाधारण एवं राजनीतिकर्मीले तत्काल बहस थाल्नुपर्छ। संघीयतामा जाने विषय अब करिब टुंगो नै लागेको छ। संघीयतामा गएको नेपालले कुन प्रकृतिको शासकीय स्वरूप अवलम्बन गर्ने हो?
आधुनिक नेपालले विकास गरेको राज्य संयन्त्र, विभिन्न संस्था र राजनीतिक संस्कारबीचको सम्बन्धसँग मेल खाने शासकीय स्वरुप भएन भने आउँदा दिन त्यति सहज नहुन सक्छन्। हाम्रो राज्य संयन्त्र अत्यन्तै कमजोर, फितलो र राजनीतिक दबाबमा सहजै आउने खालको छ भने राजनीतिक संस्कार कमजोर नैतिक धरातलमा उभिएका अनगिन्ती उदाहरण छन्। यस अवस्थामा संस्कारविहीन राजनीति र अत्यन्त कमजोर राज्य संयन्त्रसँग गाँसिएका संस्थाबीच उत्पन्न हुनसक्ने द्वन्द्वले हामीलाई भ्रष्टाचार, अनाचार तिर धकेल्दै समृद्धिको मार्गमा व्यवधान खडा गर्ने जोखिम बढी रहन्छ।
राज्य र राजनीति दुवैको परस्पर सहकार्यका साथ हुनसक्ने सहजकर्ताको भूमिकाले सम्पूर्ण अर्थतन्त्रलाई सकारात्मक मोडतिर अगाडि बढाउन सक्छ। यी सहजकर्तामात्रै हुन्। राज्य संयन्त्र वा राजनीतिले हस्तक्षेप गर्न खोजेका अवस्थामा अर्थतन्त्रले वाञ्छित गति लिन सत्तै्कन। आउने दिनका चुनौतीहरू यिनै हुन्। र, राजनीतिले यी सबै समृद्धिका जिम्मेवारी पूर्ति गर्छ भनेर जनतालाई भ्रममा पार्न खोज्नु निरर्थक हो। त्यो अब संभव छैन। तर बेलाबखत सरकारमा आसीन र सरकारमा जान उद्यत राजनीतिक शक्ति यस्ता भ्रम बाँड्ने गर्दछन्। संविधान बन्ने पूर्वसन्ध्यामा समृद्धिको पाटोलाई ध्यानमा राख्न सकियो भने जनतालाई केन्द्रमा राख्नैपर्छ। किनभने, समृद्धि कसैले दिएर दिन सकिने होइन व्यक्तिले आफ्ना लागि आफैँले सुनिश्चित गर्ने विषय हो,।