'अशोक और मौर्य शासन का पतन' मा इतिहासकार रोमिला थापर लेख्छिन् - बौद्ध धर्म धार्मिक र सामाजिक जीवनमा ब्राह्मण-पुरोहितहरूको अंकुशविरुद्ध महत्वपूर्ण सामाजिक बौद्धिक आन्दोलन थियो। बुद्धले थालनी गरेको त्यही आन्दोलनलाई विकसित र विस्तृत गर्न मगधका सम्राट् अशोकले ठूलो योगदान दिएका थिए। मगधका चक्रवर्ती सम्राट्देखि बौद्ध धर्मावलम्बी महाराजासम्मको अशोकको जीवनयात्रा हिंसादेखि अहिंसासम्मको उतारचढाव थियो, युद्धदेखि शान्तिसम्मको उकालीओराली थियो।
बुद्धको मृत्युभन्दा लगभग २१८ वर्षपछि मगधको सिंहासनमा बसेका सम्राट् अशोकले युद्धको क्रममा लाखौँ मानिसको हत्या गरे, आफ्नो साम्राज्य विस्तार गर्दै। राज्यारोहणको ८ वर्षपछि भएको कलिंग युद्धमा आफ्नै सेनाद्वारा भएको मानवसंहारदेखि वाक्कदिक्क भएका सम्राट् अशोकले अन्ततः अढाइ वर्षपछि हतियार त्यागे अनि बुद्धको दीक्षा लिएर शान्ति, अहिंसा र समृद्धिको बाटो अँगाले। नेपाली 'मानव अधिकारवादी' अभियन्ताहरूको हातमा परेका भए सम्राट् अशोकले धर्मयात्राको क्रममा २४८ ई.पू.मा सिंहको मूर्तिसहित ऐतिहासिक स्तम्भ ठड्याउने त कुरै छाडौँ लुम्बिनी उद्यानमा पाइला पनि टेक्न पाउने थिएनन्। लाखौँ मानिसको रगतमा चोपलिएको सम्राट् अशोकको हात बुद्ध जन्मिएको लुम्बिनीस्थित पोखरीको पवित्र पानीले धुन पाइँदैन भन्दै कोकोहोलो मच्चाइन्थ्यो। त्यसैको परिणामस्वरूप आज हामी लुम्बिनी कहाँ छ, लुम्बिनीमा बुद्ध जन्मिएको हो कि होइन, लुम्बिनी भनेकै भारतको कुनै प्रान्तको गाउँ हो कि, बुद्ध पनि बिहार वा उत्तर प्रदेशकै उत्पादन हुन् भन्ने भ्रममा बाँच्न विवश हुन्थ्यौँ।
नेल्सन मन्डेलाको अफ्रिकी नेसनल कंग्रेस (एएनसी) ले पचासौँ वर्षसम्म जातिभेदवादी गोरा शासनविरुद्ध संघर्ष गरेको थियो। दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीसँग सहकार्य गरी तीसौँ वर्षसम्म त सशस्त्र संघर्षै गरेको थियो। एएनसीलाई हिंसात्मक राज्यदमनविरुद्ध हिंसात्मक प्रतिरोधको बिन्दुमा उभ्याउने, 'उम्खोन्तो वे सिज्वे' (एमके : राष्ट्रको भाला) नामक सैनिक संगठन बनाई हिंसात्मक प्रतिकारको नेतृत्व गर्ने काम अरू कसैले गरेको होइन, आजका शान्तिवादी नेता मन्डेलैैले गरेका थिए। एमकेका संस्थापक अध्यक्षका रूपमा सैनिक अभियान चलाउन मन्डेलाले प्रतिहिंसात्मक संघर्षको पक्षमा आफ्नो आत्मकथा 'लङ वाक टु फ्रिडम'मा गरेको बहस र वकालत चकित पार्ने खालको छ। र, उनले गरेको चे ग्वेभारा, फिडेल क्यास्त्रो र माओदेखि कार्ल भोन क्लाउसवित्जका युद्धसम्बन्धी किताबको अध्ययन, इथियोपियामा गएर लिएको सहरी छापामार संघर्षको सैन्य प्रशिक्षण तथा गोरा शासकको हिंसाविरुद्ध प्रयोग गरिएको प्रतिहिंसाका कहानी जीवित इतिहास नै हो। त्यही शान्तिपूर्ण र हिंसात्मक संघर्षका नेता मन्डेला र गोरा शासक एफडब्ल्यु डी क्लार्कबीच सम्झौतापछि दक्षिण अफ्रिकामा आधा दशक लामो संघर्ष रोकियो र जातिभेदवादी शासन अन्त्य भयो। कथंकदाचित् नेपालका 'मानवअधिकारवादी' को हातमा परेका भए मन्डेलाले राष्ट्रपतिको कार्यभार पनि सम्हाल्ने मौका पाउँदैनथे। मन्डेलालाई हिंसा र आतंकको पुजारी ठहर्याएर निर्वाचनमा भाग लिनबाट वञ्चित गर्न वा निर्वाचित भइसकेपछि पनि अनेक निहुँमा पदच्युत गर्न उनीहरूले कुनै कसर बाँकी राख्ने थिएनन्।
पक्कै पनि सम्राट् अशोक वा नेल्सन मन्डेलासँग एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको तुलना गर्न मिल्दैन। तर, दस वर्षे जनयुद्धको नेतृत्व गरेका दाहालले शान्तिप्रक्रियामा आएपछि लुम्बिनी र बुद्धको नाममा अहिंसाको बाटो समात्न खोज्दा नेपाली 'मानवअधिकारवादी योद्धा'हरूको टाउको दुखाइ सुरु भएको छ। उनीहरूको मनमा हिंसात्मक आन्दोलनको नेतृत्व गरेर आएका दाहालले लुम्बिनीमा हात हालेर शान्ति आन्दोलनको पनि नेतृत्व गर्ने भयो भन्ने डर व्याप्त भएको छ। निहुँ थाप्ने क्रममा उनीहरूले 'दाहालले आफ्ना रगताम्य हातले लुम्बिनी र बुद्धविरुद्ध नयाँ युद्ध छेडे' भनेर जनतामा भ्रम फैलाउन खोजेका छन्। उनीहरूले राष्ट्रसंघका महासचिव बान कि-मुनलाई शान्तिप्रक्रिया नटुगिएसम्म नेपालमा नआउन वक्तव्यबाजी गरेका छन्, लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा भाग लिएर माओवादी हिंसालाई वैधता नदिन र दाहालका रगताम्य हातसँग हात नमिलाउन पत्रपत्रिकामा लेख्दै, विपक्षी दलका कार्यालय धाउँदै, दूतावासका ढोकाढोका चहार्दै प्रचारबाजी गर्दै हिँडेका छन्।
मुन भ्रमण स्थगनको रहस्य
उनीहरूको आपत्ति लुम्बिनीको नाममा हुने पैसाको चलखेल र अपारदर्शी व्यवहारमा मात्रै हो भने त्यो विषय विचारणीय हुन्थ्यो तर उनीहरूको मूल आपत्ति माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा शान्तिप्रक्रिया टुगिने सम्भावनामा रहेको देखिएको छ। माओवादी नेतृत्वमा शान्तिप्रक्रिया टंुगियो भने, त्यसलाई राष्ट्रसंघीय महासचिव बान कि मुनले पनि स्वीकारे भने बर्बादै हुन्छ भन्ने पीर उनीहरूमा व्याप्त रहेछ। बान नेपाल आउँदा शान्तिप्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन माओवादी नेतृत्वको सरकार, माओवादी र माओवादीइतर दलहरूलाई पक्कै पनि बाध्यता सिर्जना हुन्थ्यो। विडम्बना, बानको नेपाल भ्रमण स्थगित भएको छ। आंशिकरूपमा मानवअधिकारवादीको अभियानका कारण, आंशिकरूपमा बैठकको तयारी नपुग भएका कारण, आंशिकरूपमा गम्भीर गृहकार्य नगर्ने सरकारको हतारोपन र सरकारबाट खटाइएका दाहालको हचुवापनका कारण। जुनसुकै कारणवश मुनको भ्रमण स्थगित भएता पनि त्यसले शान्तिप्रक्रियामा ढिलाइ गर्ने सहुलियत प्रदान गरेको छ। त्यतिमात्र हैन शान्तिप्रक्रियालाई तीव्रता दिइरहेको सरकारकै सदाशय र अग्रसरतामा बढी निर्भर बनाएको छ। शान्तिप्रक्रियामा ढिलाइ वा क्रमभंग भयो भने फाइदा जम्मै युद्ध र हिंसाको ब्याज खाने वा शान्तिप्रक्रियाको नाममा सुतीखेती गर्ने तत्वबाहेक अरूलाई हुन सक्दैन।
'मानवअधिकारवादी'हरूले बेवास्ता गरेको तथ्य के हो भने संयुक्त राष्ट्रसंघका महासचिव बान कि-मुन आफैं नेपालको शान्तिप्रक्रियाका सहजकर्ता हुन्। उनकै अगुवाइमा दाहाल र गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए, जुन सम्झौतालाई केही क्षेत्रीय शक्तिले स्वीकार्य नहुँदानहुँदै स्वीकारेका थिए। शान्तिप्रक्रियाको अनुगमन र निगरानी गर्ने त्यही राष्ट्रसंघलाई भारतको उक्साहटमा नेपालबाट लखेट्ने सरकारी अभियानकै बौद्धिक अभियन्ताहरू नै मुन भ्रमणविरुद्ध जेहादमा उत्रिएका हुन्। पछिल्लो चरणमा दाहालतिर केन्द्रित गरिएको विवादका क्रममा माओवादीद्वारा सत्ता प्राप्तिको मार्गका रूपमा हिंसा पुरै त्यागेको घोषणा गरिनुपर्ने नयाँ विषयतिर एकोहोर्याउने प्रयास हुँदैछ। उनीहरूलाई पहिले हिंसात्मक संघर्ष गरेका र सरकारमा बसेर राज्यहिंसाको नेतृत्व गरेका नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी, तिनका नेता र पूर्वराजाले हिंसा त्यागेको घोषणा नगरे पनि आपत्ति छैन। माओवादीले घोषणा नगरेकोमा मात्रै आपत्ति छ। उनीहरूको आँखामा पहिले सरकार वा प्रतिपक्षमा बसेर बीसौं हजार नेपालीको हत्या गर्ने, बेपत्ता पार्ने र अंगभंग गर्ने युद्ध अपराध कुनै अपराधै होइन। तिनका हजार खत माफ हुन्छन्। तर, माओवादी र दाहालले मात्रैै त्यस्तो माफी पाउनु हुँदैन, शान्तिप्रक्रिया भंग भए होस्, उनीहरूलाई युद्धअपराधको आरोपमा न्यायको कठघरामा उभ्याउनैपर्छ। यस अर्थमा उनीहरूको आपत्ति हिंसाको अन्त्य नभएको र हिंसात्याग नगरिएकोमा होइन, माओवादीले बोकेको आमूल परिवर्तनकारी विषयमाथि छ, माओवादीको अस्तित्वमाथि छ। किनभने, माओवादीले सेनाको विघटन र हतियार विसर्जनसँगै कथंकदाचित हिंसा परित्यागको औपचारिक घोषणा गरिहाले पनि 'हिंसात्मक मनोवृत्ति र संस्कार नत्यागेको' अत्तो थापिने छ।
राज्य हिंसाः हिंसाः न भवति
ती 'मानवअधिकारवादी जेहादी'हरूको तर्क छ, संविधानसभाको चुनावमा सबैभन्दा बढी जनमत लिएका माओवादी नेताले अझै लोकतन्त्र स्विकारेका छैनन्, हिंसात्मक बाटोबाट सत्ताकब्जाको योजना त्यागेका छैनन्, सरकारको नेतृत्व गरिसके पनि उनीहरूलाई युद्धअपराध र मानवताविरोधी हिंसाका लागि विश्वको न्यायिक कठघरामा उभ्याउनुपर्छ। कदाचित शान्तिप्रक्रिया भंग गर्न सकिए, शान्ति र संविधानकै मुद्दामा माओवादी विभाजित भए उनीहरूको मनसुवा पूरा हुन सक्ला। विडम्बना, उनीहरूमा राज्यहिंसाप्रति कुनै विरोध मात्रै नभएको होइन, राज्य र समाजले जन्माएको छद्म हिंसा अन्त्य गर्ने कुनै मनसुवासमेत छैन। उनीहरूको विरोध माओवादी र उसले पहिले अख्तियार गरेको हिंसात्मक संघर्षप्रति मात्रै छ, तर माओवादी जन्माउने र प्रतिहिंसालाई हुर्काउने राज्यहिंसा एवं छद्म हिंसाप्रति छैन। मार्क्सको भाषामा भोकमरी, गरिबी, बेरोजगारी र उत्पीडनजस्ता संरचनागत हिंसामा उनीहरूलाई आपत्ति छैन, राज्य र सरकारले बगाएको जनताको रगतमा पनि उनीहरू हिंसा देख्दैनन्, प्रतिहिंसामा मात्रै हिंसा र आतंक देख्छन्।
रणधीर सिंह 'मार्क्सिज्म, सोसलिज्म, इन्डियन पोलिटिक्स'मा लेख्छन्, हिंसा भनेको बाहिर देखिने रगतमात्रै होइन, भोकमरी, गरिबी, बेरोजगारी र उत्पीडनमार्फत् जनताको नसानसामा रहेको रगत सुकाउने प्रक्रिया पनि हो। यस अर्थमा हिंसा त लाहुरे, बहादुर, कान्छा र गोर्खालीका नाममा विदेशीलाई नेपाली रगत र 'बहादुरी' बेच्दै रेमिट्यान्स र लाश भिœयाउनु पनि हो, लाखौं कान्छीहरूको 'काँचो मासु' यौनबजारमा बेच्दै एड्स र मृत्यु आयात गर्नु पनि हो। यस्ता 'अधिकारबिनाका मानव'हरूको रगत बगाउने वा सुकाउने संरचनागत हिंसाको कुनै विरोध नगर्ने अनि त्यस्तो संरचनागत हिंसाको प्रतिक्रियामा जन्मिएको माओवादी हिंसाको मात्रै भर्त्सना गर्दै, शान्तिप्रक्रियामा क्रियाशील नेतृत्वको बद्ख्वाइँको खेतीपातीमै दिनरात लाग्नु कुनचाहिँ वर्गका मानवका अधिकार र हिंसाचारको पक्षपोषण हो?
राज्य हिंसासँगै संरचनात्मक हिंसाको पनि विरोध नगर्नेहरूलाई शान्ति सम्झौताको विकासक्रमलाई अन्तिम निष्कर्षमा पुर्याउन माओवादी र माओवादी नेतृत्वको सरकारले गरिरहेको कामलाई बढावा दिन पनि बानको नेपाल भ्रमण फलदायी हुने थाहै नभएको होइन। माओवादी नेतृत्वमा शान्ति र संविधान तार्किक निष्कर्षमा पुग्यो भने, दाहालको नेतृत्वमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्तिकेन्द्र बन्यो भने, उनको अगुवाइमा बुद्धको पुनरुत्थानसँगै अहिंसा र शान्तिको ज्योति बल्यो भने धेरैको युद्धको खेतीपाती सुक्नसक्छ। धेरैले काट्दै आएको मानवअधिकारको बाली नष्ट हुनसक्छ र युद्धबिना हतियारको कमिसनको स्रोत पनि समाप्त हुनसक्छ। अझ, त्यसो भएमा सुधारिएको संसदीय प्रजातन्त्र र ०४७ सालको संविधान लागु गर्न सकिँदैन र सुधारिएको राजतन्त्र पुनर्स्थापना गर्नै सकिँदैन भन्ने समस्याले गर्दा धेरैलाई औडाहा हुनसक्छ। पत्रिपत्रिका, भाषणबाजी र कूटनीतिक चाकडीमार्फत बनलाई नेपाल आउने ढोका बन्द गर्न खोज्ने र लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्तिकेन्द्र बन्नबाट रोक्न खोज्नेहरूको औडाहा भ्रमण भइहालेमा अझ चर्काेरूपमा सडकमा पनि पोखिनसक्छ। किनभने, लुम्बिनी बचाउने, त्यसलाई शान्तिकेन्द्र बनाउने वा बुद्धको अहिंसा र शान्तिको सन्देशलाई नेपालमा लागु गरी विश्वमा फैलाउने नियत नै उनीहरूमा छैन।