एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को छिन्नभिन्न विचार समूहको परिणाम चैत २४ को जनआन्दोलन दिवस मनाउने क्रममा देखियो। संविधानसभाको ठूलो दल। सानै पहलमा यसअघि उसका जनसभाहरूमा जनताको उपस्थिति अटेसमटेस हुन्थ्यो।
यस्तै पुरानो युद्ध भिड्दै अहिले एउटा विचार समूहको चर्को वकालत गर्ने मित्रले फोनमा भने, 'भन्नुस् त दुवै ठाउँमै जानु भयो हेला कार्यक्रम कस्तो भयो?' उनले भन्न खोजेको अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई पक्षधरको वसन्तपुर र उपाध्यक्ष मोहन वैद्यसहित अन्य मोर्चाका कार्यक्रम रत्नपार्क शान्ति वाटिकामा २४ गतेका दुई समानान्तर कार्यक्रम। जबाफ दिएँ- 'बढो उत्साहजनक, एक ठाउँको सत्यनारायण पूजाजस्तो, अर्को ठाउँमा पितृको श्राद्धजस्तो।' एकदमै अनकनाएर कुनै प्रतिक्रिया नदिई ती मित्रले मोबाइल राखे। अहिले जुन विचार समूहले जति क्रान्ति, जनविद्रोहको कुरा गरे पनि देशभरिकै यथार्थ यही हो। कार्यकर्तामा उत्साह, उमंग, देखिन्न। सभाहरू यस्तै कार्यकर्ताविहीन। खल्लो।
दुवै पक्षका केही कार्यकर्ताबाहेक धेरैले आफ्ना धारणा प्रस्ट राख्दैनन्। केहीले अनुमान गर्छन्, शान्ति प्रक्रियामा 'जनमुक्ति सेना'को सम्मानजनक समायोजन हुँदैन, सामर्थ्य र पहिचानका आधारमा संघीयता बन्दैन। यही असन्तुष्टि पक्रेर 'जनविद्रोह'को तयारीमा पुग्न सकिन्छ। सकेसम्म मोर्चामा आबद्ध साना दल र वैद्य समूहका सभासद्हरुले संविधान निर्माणका क्रममा संविधानसभा अवरोध गर्ने मनसाय देखिन्छ। अहिले त्यही आधार मानेर साना वाम, केही जातीय/क्षेत्रीय समूहलाई लिएर वैद्य समूहले मोर्चा बनाएको छ। त्यो कति प्रभावकारी छ भन्ने पुष्टि २४ गते रत्नपार्कको शान्ति वाटिका प्रर्दशनले प्रस्ट पारेको छ। पार्टीभित्रकै धोबीघाट मोर्चाले बरु बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनायो। तर, यो ११ वटा पार्टी, मोर्चा सम्मिलित गठबन्धनको औचित्य २४ गतेको शान्ति वाटिकामा देखिएको उपस्थितिले झन् पुष्टि गरेको छ।
मोर्चामा सामेल संगठनभित्रको अन्तर्कथा त झन् अर्कै छ। आदिवासी जनजाति महासंघ अहिले सात राजनीतिक दल निकट आदिवासी जनजातिहरूको संघर्ष मोर्चामा छ। महासंघको नेतृत्व राजकुमार लेखीले गरेका छन्। यता लेखीले नै नेतृत्व गरेको नागरिक पार्टी माओवादी सचिव सीपी गजुरेलले नेतृत्व गरेको 'जन संविधान निर्माण' अभियानको मोर्चामा छ। अर्को उदेकलाग्दो पक्ष नेकपा (एकीकृत) गजुरेलको मोर्चामा छ। एकीकृतको औपचारिक बैठक बस्न सकेको छैन। एक केन्द्रीय सदस्यले मोर्चाको कार्यक्रम सञ्चालक थिए, त्यस पार्टीका प्रमुख तल सडकमा हिँड्दै थिए, मञ्चमा आमन्त्रित थिएनन्।
माओवादीमा चर्किएको अन्तर्विरोधले समाजको सबै क्षेत्रमा प्रभाव पारेको छ। उपाध्यक्ष वैद्यले पार्टीभित्र अभिजात वर्ग जन्मिएकाले पार्टी रूपान्तरण हुनुपर्ने बताउँदै आएका छन्। पार्टीमा क्रान्तिका झन्डा समाउन आफू तयार भएको उद्घोष गरिसकेका छन्। यस उद्घोषले अवसर नपाएका, युद्धमा लडेका, भिडेका कार्यकर्ताको मनोबल उच्च पारेको देखिन्छ।
वैद्यलाई नजिकबाट जान्नेहरूको भनाइ अर्कै छ। दर्शन, विचारमा वैद्यको निक्कै दखल छ। बाहिर देखिएजस्तो पार्टी विभाजन गरेर नेतृत्व लिन वैद्य तयार देखिन्नन्। बरू वैद्यले सम्भावना बोकेको पात्र खोज्छन् र अघि बढाउँछन्। वैद्यकै स्वभावका कारण २३ वर्षदेखि निरन्तर दाहालको नेतृत्व यहाँसम्म आइपुगेको भन्नेहरूको संख्या माओवादीभित्रै बाक्लो छ।
माओवादीमा अर्को पक्ष हो तीन विचार समूहबीच देखिने नजिक र टाढा। माओवादी शान्ति प्रक्रियामा आएपछिका दिनमा जुनजुन कुरा हुँदैन भनिएको छ, त्यही भएको छ। जतिजति विपक्षीहरूले घेराबन्दीमा पार्छन् उनीहरू एक ठाउँ हुन्छन्। जतिजति विपक्षहरूसँग सम्झौताको राजनीति अघि बढ्छ माओवादीको अन्तर्विरोध चुलिँदै गएको देखिन्छ।
यसको उदाहरण दुई/तीन महिनाभित्रको माओवादीमा देखिएको घट्नाक्रम नै हुन्। जब लडाकु समायोजनका बेला विपक्षीहरूको कारण रोकिने अवस्था देखियो, त्यो बेला दाहाल र वैद्य नजिकजस्तो देखिए। यता प्रधानमन्त्री भट्टराईले आफूलाई हटाउन खोजिएको भनी उनी निकटहरूमार्फत सार्वजनिक गरे। जब सेना समायोजन प्रक्रियाले तीव्रता पायो, सहमतीय राजनीति अघि बढ्ने बेला वैद्य पक्ष पार्टी नेतृत्व संशोधनवादमा फस्यो भनेर दाहालसँग टाढिएको छ।
दाहाल-भट्टराई निकट केन्द्रीय समितिले तल्लो निकायसम्म आफ्नो कार्यक्रम सार्वजनिक गरेपछि वैद्यले आफूनिकट मोर्चाले अघि सारेको प्रतिउत्तरमा भनेका छन्, 'आज हाम्रो आफ्नै पहल र मोर्चाका तर्फबाट जनसंविधानको निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाका जल्दाबल्दा समस्याहरुलाई लिएर जुन संघर्षको कार्यक्रम प्रस्तुत गरिएको छ, त्यसलाई राम्रोसँग विकसित तुल्याउन तथा प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यक छ। क्रान्तिकारी सिद्धान्तको रक्षा, प्रयोग र विकास संघर्षकै बीचबाट हुन्छ र संघर्षको कुनै विकल्प छैन।'
अन्तर्विरोध कसरी हल गर्ने भन्नबारे यता दाहाल अर्को ध्याउन्नमा देखिन्छन्। दाहालले अहिले भ्लादिमिर लेनिनलाई बढी पढ्न थालेका छन्। उनको तर्क छ, मार्क्सको पुँजीवादी व्यवस्था र क्रान्तिमा फरकफरक देखेपछि लेनिनले पुँजीवादी सम्राज्यवाद कमजोर भएकाले क्रान्ति सम्भव हुने बताएका थिए।
त्यही कारण लेनिन र जर्जी प्लेखानोभ, जुलियस मार्तोभ, भ्लादिमिर मार्तिनोभबीच दुई लाइनको संघर्ष चल्यो। सन् १९०३ को दोस्रो अधिवेशनमा पार्टी सदस्यताबारे बहस भयो। यही अधिवेशनबाट बोल्सेभिक र मेन्सेभिक विभाजित भए। बोल्सेभिकले क्रान्तिकारी विचार लियो, मेन्सेभिकले अवसरवादी। सन् १९०५ को असफल क्रान्तिपछि प्लेखानोभले हतियार उठाउनु गल्ती थियो भने। लेनिनले सही थियो, बरु बलियोसँग उठाउनुपर्थ्यो भन्ने तर्क गरे।
त्यही बेला लेनिनले संशोधनवादविरूद्ध लड्न 'दुई पाइला पछि, एक पाइला अघि' भने। त्यति बेला ट्राटस्की, मार्तिनोभ, बुखरी, प्लेखानोभहरु पूरै क्रान्तिकारी देखिएका थिए। सन् १९१७ फ्रेब्रुअरीमा पुँजीवादी क्रान्तिले जारशाहीको अन्त्य भयो। केरेन्स्कीको सरकार बनेपछि लेनिनले त्राट्स्कीसँग एकता गर्नु परेको थियो। अहिले माओवादीको एउटा पंक्ति यही सश्लेषणमा देखिन्छ। माओवादीभित्रको तयारी र बाहिरी हेर्दा पार्टीमा फुट लगभग अनिवार्य छ र एकता पनि।