लाग्छ, शासकका दृष्टिमा जाजरकोट र त्यसको सेरोफेरो अखण्ड नेपालको अङ्ग नै होइन । अनि त्यहाँका बासिन्दाको जीवन मानवीय मूल्ययुक्त जीवन पनि होइन । त्यताको जीवन समाचार बन्दैन । थोक मृत्युमात्र समाचार बन्छ । जब सयभन्दा धेरै मानिस झाडा-पखालाबाट मरे बल्ल जाजरकोट भेगले समाचार बन्ने सौभाग्य पायो । जो शासनको आसनमा छन् तिनलाई कल बल छल जुन अश्त्रले हुन्छ शासनको आसन जोगाउनु छ । जो शासनको आसनबाट पाखा परेका छन् तिनलाई पनि उही कल बल छलको अश्त्र प्रयोग गरी शासन हत्याउनु छ । दूर्गम र विकट जाजरकोट भेगमा विकराल व्याधिबाट उत्पन्न चित्कार सुन्ने र मृत्युको त्रासदी देख्ने फुस्रद कसलाई छ जाजरकोटे र तिनका छिमेकीसँग छेक्नलाई बाटा छैनन् । त्यताबाट ढुङ्गा हान्दा वा पुत्ला जलाउँदा प्रहारको तोड वा धुवाँको मुस्लो यता शासकका दरबारसम्म आइपुग्दैन । अनि नागरिकले उपध्रो नमच्चाई कान ठाडा नपार्ने शासकले किन भाउ दिउन् त्यस उपेक्षित भेगका अकिाचन नागरिकलाई ?
उता जाजरकोट भेगमा नरनारीहरु झाडा-पखालाको व्याधीले भुतुभुतु मरिरहेका थिए । यता राष्ट्रपति रामवरण यादव सडकमा राजशाही संस्कृतिको लोक-पीडक व्याधिको बिँडो थाम्न आतुर भए । सरकारको नीतिकार्यक्रम वाचन गरी सुनाउने दिन आयो । राष्ट्रपति यादवले शाही ठाँटबाँटका साथ सबारीमा निस्कन खुट्टो उचाले । राजशाही संस्कृतिको प्रेतलाई बौराउँदै सडकबाट नागरिकहरुलाई बलात् पेटीतिर लखेटियो । सडकहरु राष्ट्रपतिको एकछत्र कब्जामा परे । राष्ट्रपति सडकपति भए भूपति भए । अनि उही पुरानो राजसी झाँकी उही दम्भी ठाँटबाँट र उही शाही आतङ्कको प्रदर्शन गर्दै संविधानसभा भवनतिर छुचुन्द्राको गतिमा राष्ट्रपतिको सवारी चल्यो ।
सवारी आतङ्कको छायाँमा परेर समय ठप्प भयो । वाहनहरुको अनन्त लाम जहाँको तहीँ जाम भयो । विद्यालयबाट घर फर्कँदै गरेका थकित बालबालिका बीचैमा अड्किए । मधौरु बोकेका एम्बुलेन्सहरु गतिशून्य सडकमा कैद भए । र सुरक्षाकर्ममा खटिएका प्रहरी बीचैमा अलपत्र परे । सब चौपट भयो । त्यो पनि एक घन्टा होइन तीन-चार घन्टासम्म लगातार । राजधानीमा एकजना फगत एकजना राष्ट्रपति यादव आनन्दमग्न थिए । तिनको त्यो आनन्द लाखौँ नरनारीको अकथनीय हैरानीप्रति समर्पित थियो । त्यो जनपिराहा दृश्य देखेर पूर्व राजा ज्ञानेन्द्रले मखलेल मुद्रामा सोचे हुनन् - धन्य भगवान श्री पशुपतिनाथ † म राजा नरहेर के भो राष्ट्रपतिको भेषमा यादवबाबु सभक्ति मेरो उत्तराधिकार ग्रहण गरिरहेकै छन् † राष्ट्रपतिको औतारमा राजतन्त्रको अमरत्वको यो कति सुन्दर दृश्य ।
राजधानीमा अगणित नागरिकहरुको दुःखबाट राष्ट्रपति पुलकित भइरहेको त्यो कुरुप क्षणमा जाजरकोट भेगमा मानिसहरु झाडा-पखालाले भुतुभुतु मरिरहेका थिए । मलाई सोध्न मन लाग्छ सवारीको यो जनपिराहा तामझाम र धुमधामको योजनाकार को हो बाह्रमुखे माधव सरकार शाही संस्कृतिप्रेमी एकाध उपरवाले जसा्रहेबहरु राष्ट्रपतिका सल्लाहकारहरु कि टोपीधारी राजा बन्ने रहरबाट वशीभूत हुँदै गएका राष्ट्रपति रामवरण यादव स्वयं नै योजनाकार जोसुकै होस् त्यो गणतन्त्रको शत्रु हो । त्यो लोकतन्त्रको धमिरो हो । त्यो पश्चगमनको कुल्ली हो ।
पद सुहाउँदो दायित्वबोध भइदिए राष्ट्रपति रामवरण यादव राष्ट्रपिता पनि हुन् । राष्ट्रपिताले आपुनो देशका सकल नागरिकलाई आपुना सन्ततिसरह मानेर पलप्रतिपल तिनको सुखदुःखको चिन्ता गर्छ । आलङ्कारिक राष्ट्रपति यादवलाई गर्नु केही छैन । यिनलाई फुस्रदै फुस्रद छ । सरकारलाई सल्लाह दिने यिनको हैसियत थियो । यिनले आपुनो अभिभावकीय भूमिका प्रयोग गरी जाजरकोट भेगका धेरै नागरिकको ज्यान बचाउन सक्थे । तर अढाइ महिनाअघि सुरु भएको भयावह प्रकोपतर्पु यिनका नजर पर्दै परेनन् । राजसी ठाँटबाँटतर्पु दुर्दान्त रुचि पैदा हुन थालेपछि जनसाधारणको जीवनमरणको के मतलब ? त्यो पनि अरुको होइन कर्णाली भेगका दोस्रो दर्जाका नागरिकहरुको जीवन-मरणको ।
निर्वाचन नफाप्नेलाई जनमतको उत्रो वास्ता हुँदैन । हारैमात्र हात लाग्ने चुनाव माधवकुमार नेपाललाई सायद अब लड्नु छैन । लोकपि्रयता आर्जन गरेर उनलाई फेरि प्रधानमन्त्री बन्नु पनि छैन । जाजरकोट भेगको प्रकोपले यतिका दिनसम्म उनको पनि ध्यान नखिँचेको त्यसैले त होला । गत शुक्रबारको कुरा हो । जाजरकोटमा जीवन रक्षा गर्न हिँडेको नेपाली सेनाको स्वास्थ टोली साढे बाह्र बजे सुर्खेत पुग्यो । तर हेलिकप्टर नआएर टोली दिनभरि सुर्खेतमै अड्किरह्यो । यता प्रधानमन्त्री माधवकुमार नेपाल सिङ्गै हेलिकप्टर ओगटेर आनन्दी मुद्रामा वीरगाज पुगे । त्यो पनि नगई नहुने कामले होइन फगत ठुटे जुँगा मुसार्दै मेडिकल कलेजको उद्घाटन गर्न । माधवले बित्थामा कब्जा गरेको हेलिकप्टर सुर्खेतमा हुँदो हो त सेनाको स्वास्थ्य टोलीका हातबाट केही नेपालीको ज्यान बच्दो हो । उद्घाटनरुपी कर्मकाण्ड नागरिकको ज्यानभन्दा ठूलो कुरो हो र ?
कमसेकम प्रतिपक्षमा उभिएको माओवादीका नजर त जाजरकोट भेगको आर्तनादतर्पु हुनुपर्ने हो । माओवादीसँग जनबल छ ऊसँग हुङ्कार छ । प्रकोपपीडितका ज्यान बचाउन उसले सरकारलाई घच्घच्याउन सक्थ्यो । हल्का दबाबले नटेरे सिहदरबारअगाडि बरम लागेर गगनभेदी गर्जनै गर्न सक्थ्यो । उसो त उसले आपुना युद्धकालीन स्वास्थ्यकर्मी प्रयोग गर्न पनि सक्थ्यो । तर केही गरेन । माओवादीका आँखा पनि अपलक सत्तातिरै छन् मानौँ उसको पुरानो थेगोअनुसार सत्ताबाहेक सबै कुरा भ्रम हो । नागरिक सर्वोच्चता के हो नागरिकको जिउन पाउने हक नागरिक सर्वोच्चताको जग होइन के माओवादी दृष्टिमा पनि जाजरकोट भेगका नागरिक कम मूल्यका अझ दोस्रो दर्जाकै हुन् ?
जान्नेहरुले जाजरकोट भेग झाडा-पखालाको उच्च जोखिममा छ भनी जान्नेले अहिले होइन पहिल्यै भनेका हुन् । तर कुर्सी पाएपछि त्यसमा किर्नोझैँ टाँसिने सरकारको जातै अल्छी र अघोरी । जोखिमसँग जुध्ने तयारीका नाउँमा सिन्कोसम्म नभाँची यो अल्छे यतिका दिनसम्म अघोरी मुद्रामा गजधम्म बसिरह्यो । अहिले दुर्गम र विकट जाजरकोट भेग मृत्युको ताण्डवबाट आक्रान्त छ । त्यो रोगको पीडा शोकको औडाहा र बिलौनाको सागरमा डुबेको छ । बाह्रबीस स्वास्थ्य चौकीका अहेव कुलबहादुर रावल आजीत भएर गुनासो गर्छन् - सीमित औषधि पूजाको पसा्रद बाँडेजस्तै छ । यसको अर्थ हो मुत्यु मृत्यु र थप मृत्यु । प्रधानमन्त्री माधवले अस्तिमात्र भनेछन् - सरकार प्रमुख भएर म आपुनो निधारमा कालो दाग लाग्न किमार्थ दिन्नँ । झाडा-पखालाजस्तो सामान्य रोगबाट यति धेरै मानिसको ज्यान जानु माधव सरकारका निधारको गाढा कालो दाग होइन र यो दागलाई धुमिल बनाउन मृत्युको आतङ्कमा परेका जाजरकोट भेगका नागरिकको जीवन रक्षार्थ माधव सरकार सात काम छाडेर अब केही प्रभावकारी कदमतिर हात बढाउँला कि यो उही वाहियात उद्घाटन विमोचन शिलान्यास पुष्पग्रहण दर्शन-प्रदान भोज आयोजन पोशाक परिवर्तन गाला पुष्टीकरण भुँडी विकास र खोक्रे बकबकमै मग्न भइरहला ?