विस्तृत शान्ति सम्झौता भएको पाँच वर्षपछि बल्ल प्रमुख रााजनीतिक दल सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्न सहमत भएका छन्। दलका नेतचहरूले मेलमिलापको भावनाअनुरूप आयोग गठन गरिने बताउदै आएका छन्। किन्तु, राजनीतिक नेताहरूले मेलमिलाप भनेको सामान्यतः मानवअधिकार पीडकहरूलाई 'आम माफी' हो भन्ने ठान्ने गरेको देखिएको छ। मूलतः दस वर्षे सशस्त्र विद्रोहको मूल कारक एनेकपा (माओवादी)ले विगतका सबै ज्यादती बिर्सनुपर्ने र निःशस्त्र नागरिकको हत्या, जबर्जस्ती बेपत्ता तथा यातनाजस्ता गम्भीर अपराधमा समेत माफी दिनुपर्ने जिद्दी गरेर मेलमिलाप शब्दको अपव्याख्या गर्दैआएको छ। अरू दलहरूसमेत माओवादीकै अपव्याख्यामा सहमति जनाउँदै गएजस्तो देखिन थालेको छ।
द्वन्द्वमा मानवअधिकार हननका कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, क्षति एवं कटुताका कारण भाँचिएका मन र भत्किएको सामाजिक सम्बन्धलाई हार्दिकतामा रूपान्तरण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने प्रचलन छ। वास्तवमा शान्ति प्रक्रियाको सफल कार्यान्वयनबाट समाजले अपेक्षा गरेको सुखद नतिजा नै मेलमिलाप हो। द्वन्द्वपीडित नागरिकहरूले स्थापित मान्यताका आधारमा द्वन्द्वका कारण सिर्जित मानवीय पीडा सम्बोधन गरी समाजमा न्याय, शान्ति र मेलमिलाप कायम होस् भनेर दसौँ वर्षदेखि निरन्तर शान्तिपूर्ण रूपमा आवाज उठाइरहेका छन्। मेलमिलाप भनेको त पीडितसँगको अन्तरंग र भावनात्मक सम्बन्ध तथा व्यवहारबाट समाजमा विकसित हुने अपेक्षित प्रतिफल हो। यस्तै, न्यायको प्रत्याभूति पीडितको नैसर्गिक अधिकार एवं मेलमिलाप र शान्तिको पूर्वाधार हो।
द्वन्द्वका नाममा निशस्त्र नागरिकहरूको हत्या गर्नु गल्ती भएको महसुस गर्नुको साटो एनेकपा (माओवादी) ले अझै पनि द्वन्द्वमा सामन्तहरूको 'सफाया गरेको' भन्दै हिंसाको औचित्य सिद्ध गर्ने दुष्प्रयास गरिरहेको पाइन्छ। विकट गाउँघरमा मारिएका दस नंग्रा खियाएर जीविकोपार्जन गर्ने स्वाभिमानी नागरिकलाई माओवादीले अझै पनि कथित सामन्त र सुराकीको आरोप लगाएर अपमान गरिरहेको छ। सशस्त्र द्वन्द्वको कारक एनेकपा (माओवादी) ले हतियार बिसाएको भए पनि अझै पनि हिंसा त्याग गरेको घोषणा गरेको छैन। माओवादीभित्रको असन्तुष्ट समूहले फेरि विद्रोह गर्ने भनिरहेकैे छ। मानवअधिकार उल्लंघनका जघन्य अपराधलाई समेत द्वन्द्व कालका राजनीतिक प्रकृतिको घटनाभन्दै राजनीतिकरण गर्ने र अदालतका फैसलाहरूको समेत अवज्ञा गर्ने प्रवृत्ति व्यापक बनेको छ।
द्वन्द्वका पीडा नभोग्नेहरू त आँखा अगाडि पीडित परेको बेला एकछिन भावुक हो। द्वन्द्वका कारण जीवनको सहारा, उज्वल भविष्यको आधार र अविभावकत्व गुमाएका हजारौँ पीडितले हृदय नै छियाछिया पार्ने घाउ कसैका आदेशमा बिर्सन सत्तै्कनन्। द्वन्द्वको कहालीलाग्दो पीर्डा त छँदैछ त्यसमाथि पीडकहरू छाती फुलाएर हिँड्ने, आफूले गरेको ज्यादतीप्रति पश्चाताप नगर्ने तर उल्टै पुरस्कृत र गौरवान्वित हुने गरेको देख्दा पीडितले झनै दलनको अनुभव गरेका छन्। यसबाट पीडितको स्वाभिमानमै चोट पुगेको छ।
'हिजो जे भयो भयो घटनाको सत्य पत्ता लगाएपछि पुराना पीडा र कटुता बिर्सेर सबैलाई माफी दिनुपर्छ' भन्ने दलका नेताहरूको अभिव्यक्ति पीडितप्रतिको संवेदनहीनता र गैरजिम्मेवारीको उदाहरण हो। अझै पनि पीडितले त आफूले भोगेको पीडाका सम्बन्धमा खुलस्त र निडर भएर भन्नसक्ने वातावरण बनिसकेको छैन। यस अवस्थामा पीडितको सहमतिमा पीडकलाई माफी दिन सकिने र पीडितको सहमति नभए माफी वा अभियोजनको अधिकार आयोगलाई हुने दलहरूको सहमतिले माफीका लागि बाध्य पार्न पीडितमाथि राजनीतिक, आर्थिक, प्रलोभन र भौतिक दबाब तथा धम्कीको जोखिममात्र बढाउने छ।
राजनीतिक सहमति हुँदैमा दण्डसजाय र प्रायश्चितबिनै पीडकलाई माफी दिलाएर मेलमिलाप हुन्छ भन्नु समस्याको गहिराइ नबुΣनु हो। घटनाको निष्पक्ष सत्यतथ्य विरण सार्वजनिक गरेपछि पीडकसिवरुद्ध मुद्दा चलाउनु पर्छ। अर्कातिर, पीडितका आधारभूत आवश्यकता, पुनःस्थापना तथा आँसु पुछ्नका लागि दीर्घकालीन कार्यक्रम लागु गर्नुपर्छ। पीडित समक्ष पीडकले आफूले गरेका गम्भीर अपराधको वास्तवमै प्रायश्चित गरेमा दण्डसजाय भोग्दै गरेका पीडकको सजाय कम गर्ने वा माफी दिने अवस्था पछि आउनसक्छ।मानवताविरुद्ध कुनै आवरणमा भएको अपराधले पनि उन्मुक्ति पाउँदैन भन्ने सन्देश दिएर भविष्यमा अपराध प्रवृत्ति निरुत्साहित हुने वातावरण निर्माणका लागि पनि अपराधीमाथि कारबाही हुनैपर्छ।
माओवादी लडाकुको नेपाली सेनामा समायोजन प्रक्रिया अगाडि बढिरहेको छ। मानवअधिकार हननमा संलग्न लडाकुलाई सेनामा समायोजन गरिनुहुन्न। यस्तै, मानवअधिकार हननमा संलग्न सुरक्षाकर्मी तथा पार्टीमा रहेका व्यत्तिलाई पनि पुरस्कृत गर्ने कार्यको अन्त्य हुनुपर्छ। दलका नेताहरूले भनेजस्तो सत्य निरुपण आयोग दलीय सहमति र भागबण्डामा नभएर पीडकलाई जबाफदेही बनाउने र पीडितलाई न्यायको प्रत्याभूति गर्ने स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र शक्तिशाल्ाी बनाउनुपर्छ। अन्तर्राष्ट्रिय मानवअधिकार कानुनहरूमा अक्षम्य ठहर गरिएका कब्जामा लिएर गरिएको हत्या, निःशस्त्र नागरिकको हत्या, जबर्जस्ती बेपत्ता पार्ने कार्य, बलात्कार तथा यातनाजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिलाई आफ्नो कर्तुतका लागि जबाफदेही बनाउने र कानुनी शासनको थालनी आयोगको गठनबाटै गरिनुपर्छ।