राष्ट्रपति रामवरण यादवले संविधानमा विखण्डनको गन्ध आए आफूले घोषणा नगर्ने उद्घोष गरेर नेपालको राजनीतिक वृत्तमा ठुलै तरंग ल्याइदिएका छन्। संविधान निर्माणका लागि समयको पनि चापमा परेका राजनीतिक दलका नेतालाई राष्ट्रपतिको अभिव्यक्तिले राम्रै झक्झक्याएको हुनुपर्छ।
काभ्रेको तिमाल क्षेत्रमा पर्ने कानपुरस्थित कालीमाता मन्दिर उद्घाटन र नारायणस्थानमा बौद्ध गुम्बा अवलोकनार्थ गएका राष्ट्रपति यादवले कानपुरको सभामा राज्य पुनर्संरचना गर्दा 'आर्थिक, सामाजिक, भौगोलिक र सांस्कृतिक महत्वलाई बुझेरमात्रै अघि बढ्न' पनि दलका नेताहरूलाई आग्रह गरेका थिए। उनले नेपाल बहुजाति, भाषा, संस्कृति र धर्म भएको देश हुनाले त्यसमा खलल पर्ने काम भए आफूले संविधानमा हस्ताक्षर नगर्ने प्रतिज्ञा जनसमुदायसमक्ष गरे। तामाङ संस्कृतिको मूलथलो भए पनि विभिन्न जाति, भाषाभाषीको सामाजिक सद्भावको उदाहरण बनेका तिमालवासी राष्ट्रपतिका अभिव्यक्तिप्रति सहमत देखिन्थे। हुनत, राष्ट्रपतिको अभिव्यक्ति लाक्षणिक थियो तर उनले जातीयता पहिचानको मुख्य आधार हुनुपर्छ भन्ने तथा आफ्नो अडानअनुरूप राज्यको पुनर्संरचना नभए देशै टुक्य्राउने र देशभर आगो लगाउने धम्की दिनेहरूप्रति उनको अभिव्यक्ति लक्षित भएको सजिलै बुझिन्थ्यो।
राष्ट्रपतिको यो अपेक्षाकृत खरो अभिव्यक्तिप्रति टीका टिप्पणी सुरु भएको छ। संविधानका प्रावधानअनुरूप अधिकारका सीमा देखाएर उनलाई विवादमा ल्याउने प्रयास थालिएको छ। राष्ट्रिय अखण्डताको चिन्ता गर्नेहरू उनको समर्थनमा देखिने छन्। तैपनि, राष्ट्राध्यक्षका रूपमा उनको चिन्ता कति सान्दर्भिक छ? र यसले संविधान निर्माणमा कस्तो प्रभाव पार्नसक्छ? भन्ने विषयमा भने छलफल हुनु जरुरी छ। पंक्तिकार त्यही सभामा सहभागी थियो। मूलतः त्यहाँ उनले सामाजिक सद्भाव नखल्बलियोस् भन्ने चिन्ता व्यक्त गरेका थिए। भौगोलिकरूपमा खासै ठुलो नभए पनि जाति, भाषा, धर्म, संस्कृतिमा ठुलो विविधता रहेको नेपालमा सामाजिक सौहार्द उदाहरणीय रहेको छ। देशका सबै क्षेत्रमा विभिन्न जाति र समुदाय एक अर्काका संस्कृतिलाई सम्मान गर्दै हार्दिकतापूर्वक बसेका छन्।
राष्ट्रपतिको चिन्ता सही छ र बहुसंख्यक जनताको भावनालाई समेटेको छ। अहिले उग्र जातीयताको नारा दिएर युगौँदेखि नेपालीहरूबीच विद्यमान सद्भावपूर्ण सम्बन्ध खलबल्याउन विभिन्न शक्ति सलबलाएका देखिन्छ। एकजना पश्चिमी कूटनीतिकले आयन्दा 'जनजाति आन्दोलन'लाई सहयोग नगर्ने घोषणा नै गरे। यसले नेपालको सामाजिक सौहार्द बिगार्ने स्रोत र शक्तिको उद्गम कुन रहेछ भन्ने स्पष्ट हुन्छ। जातीय राज्य, अग्राधिकार, आत्मनिर्णयको अधिकारको माग चर्काएर सबैको साझा संविधान बन्नै नदिने योजनाप्रति राष्ट्रपतिको अभिव्यक्तिले सजग गराएको हुनुपर्छ। पक्कै पनि नेपालको विविधतालाई सम्बोधन गरेर त्यसलाई एकताको आधार बनाउनै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण हुँदैछ। तर, अहिले चर्काइएको उग्र जातीय नाराले यसलाई समेट्न सत्तै्कन। विविधतालाई सम्बोधन गर्न दबाब दिनेहरू किन एउटा जातिको आधिपत्य हुने राज्य निर्माण गर्न चाहन्छन्? त्यस्ता राज्यमा चाहिँ जातीयलगायतका विविधताको सम्बोधन गर्नु पर्दैन? पहिचानका आधार जातीयबाहेक अरू पनि छन्। भौगोलिक, जातीय, सांस्कृतिक, भाषिक, धार्मिक विविधतामात्र होइन समान कष्ट, आर्थिक स्वार्थ, इतिहास र सपनासमेत पहिचानभित्रै पर्छन्। कर्णालीका मुगाल भोटे र ठकुरीको समस्या तथा स्वार्थ समान हुन्छ। त्यसैले त मधेसका नेता महन्थ ठाकुर र शरतसिंह भण्डारीका चिन्तन किन एकै प्रकारको भएको हो। विविधताका यस्ता पक्षले जातिभन्दा माथि समान विचार र आकांक्षा राख्ने वर्गको सिर्जना गर्छ।
राष्ट्रपतिको भाषण सुन्दा उनको अभिव्यक्ति उग्र जातीयताको नारा दिएर 'जातीय अराजकता (इथार्की)' उत्पन्न गर्न र संविधानमा आत्मनिर्णयको प्रावधान राखेर भविष्यमा राष्ट्रिय एकतामा विचलन खोज्ने तत्वप्रति लक्षित रहेको स्पष्टै बुझिन्थ्यो। आत्मनिर्णयको अधिकारको सट्टा स्थानीय स्वायत्तताको हकको प्रावधान राख्दा के अप्ठेरो हुन्छ? जातीय राज्यको साटो सक्रिय समावेशीकरणको माग किन भएन? प्रसिद्ध लेखक इलाजारका अनुसार - 'जातीय संघीयताले गृहयुद्धको जोखिम बढाउँछ भने जातीय परिसंघले पृथकताको जोखिम'। जातको पहिचानको नाराकालान्तरमा 'एक राष्ट्रियता : एक राष्ट्र' को मागमा रूपान्तरण हुने खतरा रहन्छ। रुसको संविधानले पृथक हुने अधिकार दिएको थियो। क्यानाडाको 'मिल्कलेक एग्रिमेन्ट'ले क्युबेकलाई 'डिस्टिङ्क्ट सोसाइटी' मानेको थियो। यही प्रावधानलाई आधार मानेरै क्यानाडामा क्युबेक प्रान्तले स्वतन्त्रताको माग गरिरहेको छ भने रुसको के हालत भयो सबैलाई थाहै छ। मलेसियाबाट सिंगापुर छुट्टिँदा पनि संविधानकै प्रावधानको प्रयोग भएको थियो। चेकोस्लाभाकिया र युगोस्लाभियाको बिभाजनको कारक उग्र उपराष्ट्रवादै थियो। नेपालमा पनि आत्मनिर्णयको अधिकार र जातीय पहिचानसहितको संघीयताको माग भइरहेको स्थितिमा भविष्यमा देखापर्ने जातीय राष्ट्रियता (इथनिक नेसनालिज्म) ले अखण्डतामा पार्नसक्ने प्रभावका बारेमा सोच्नुपर्ने स्थिति छ। अहिलेसम्मको छलफलमा अखण्डता बिरोधी कामलाई रोक्ने प्रावधान राख्ने सहमति भए पनि आत्मनिर्णयसम्बन्धी अधिकारको सैद्धान्तिक र मनोवैज्ञानिक पक्षमा भने पर्याप्त विचार गरिएको देखिँदैन।
स्थानीय स्वायत्तता र राष्ट्रिय एकता नै संघीयताका दुई मन्त्र हुन्। संघीयतामा जाँदा दूरदर्शी भएर सबैलाई मान्य हुने गरी राज्यको पुनर्संरचना गर्ने हो भने नेपालको राष्ट्रिय एकता र अखण्डता अझ सुदृढ हुनसक्छ। यसमा गम्भीर नभएमा अहिलेसम्मको जातीय, सांस्कृतिक र धार्मिक सहिष्णुता र सद्भावमा खलल पुग्न सक्छ। त्यसैले सबैले जित्ने र कसैले नहार्ने संघीय स्वरूपैमा जानु उचित हुन्छ। कुनै जातिको नाममा प्रदेशको नामकरण गर्दैमा उत्थान हुने होइन। सबै जातजाति, संस्कृति र धर्मको पहिचानलाई सम्मान गर्ने 'सांस्कृतिक अनुकूलन'(एकल्चरेसन)' को नीतिले बरु सबैको भलो हुन्छ। सबै वर्गको जनसंख्याअनुसार समानुपातिक प्रतिनिधित्व हुने चुनाव प्रणाली अवलम्बन गरेर, राज्यका सबै अंगमा समावेशीकरण गरेर, सबै भाषा र संस्कृतिको विकासको प्रत्याभूति गरेर राष्ट्रिय एकता सुदृढ पार्न सकिन्छ। जातीय भन्दा भौगोलिक बिशेषताका आधारमा राज्यको पुनर्संरचना गर्नु उपयुक्त हुन्छ। त्यसक्रममा विशेष संस्कृति भएको वर्गको बाहुल्य निश्चित प्रदेशमा पार्ने प्रयाश भने गर्नुपर्छ। यसबाट अल्पसंख्यक र बहुसंख्यक दुवै समूहले उपेक्षित अनुभव गर्नु पर्दैन।
देशको अखण्डताप्रति राष्ट्रपतिको चिन्ता उनको पदीय गरिमा सुहाउँदो छ। यस प्रकरणमा राष्ट्रपतिको आलोचना गर्नु राष्ट्रिय अखण्डताका विपक्षमा उभिनुजस्तै हो। राष्ट्रिय अखण्डता सबै नेपालीको साझा चासोको विषय हो। राष्ट्रपति जनताका प्रतिनिधि भएकाले देशप्रति उनको चिन्ता र दायित्व बढी हुनु स्वाभाविकै हो। देशको अस्तिŒव संकटमा परे सार्वभौम जनताकै निर्णय अन्तिम हुन्छ। यसर्थ, सबैकोे चिन्तन राष्ट्रिय अखण्डता सुदृढ हुने र विविधतालाई संबोधन गर्न सकिने उपायको खोजीमै केन्द्रित हुनु आवश्यक छ।