बहुदलीय व्यवस्था पुनर्स्थापनापछि नेपालगन्जमा आयोजित आमसभामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भनेका थिए, ...भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीले मलाई सोधे- तपाईँले संविधान बनाउनेजस्तो गाह्रो कुरा सबैलाई चित्त बुझ्ने किसिमले कसरी पूरा गर्नुभयो? मैले भनेँ, हामी नेपाली जादुटुनामा विश्वास गछौँ, त्यस्तै किसिमले बनाएँ।'
त्यति बेला पनि संविधान निर्माण सहज भने थिएन। संविधानमा आ-आफ्ना कुरा राख्न विभिन्न समुदायले सभा र जुलुस गर्थे। अझ पञ्चायत समर्थक, दरबारभित्रको समूहले प्रधानमन्त्री भट्टराईलाई दिनहुँजसो दबाब दिइरहेका हुन्थे। तर, उनले ती सबै दबाब पन्छाउँदै पहिलो प्रजातान्त्रिक संविधान तयार गरे। अहिले संविधानसभामार्फत बन्न लागेको संविधानमा दबाब दिन प्रत्यक्षरुपमा दरबार छैन। तैपनि संविधान निर्माणको प्रक्रिया झनै जटिल भयो। तोकिएको अवधिमा संविधान निर्माण हुन नसकेपछि पटकपटक संविधानसभाको म्याद बढाइयो। पछिल्ला केही दिनले भने आशाको दियो जगाएका छन्। अर्थात् शान्ति प्रक्रिया टुंगिने र संविधान बन्ने आशाले जनता उत्साहित छन्।
सेना समायोजनजस्तो अप्ठेरो प्रक्रिया पूरा हुन लागेकामा विदेशीहरू छक्क छन्। सबैभन्दा ठूलो कुरा, प्रमुख दलहरूले व्यक्तिगत तथा दलगत स्वार्थलाई पहिलो पटक थाँती राख्दै राष्ट्रिय मुद्दालाई प्राथमिकतामा राखेका छन्। तर, पछिल्लो पटक एक्कासि सहमतीय सरकारको कुरा उठाइएपछि नयाँ तरंग उत्पन्न भएको छ। लाग्छ, दलहरूको आपसी सहमतिले शान्त बनेको नेपाली राजनीतिक पोखरीमा कसैले सहमतीय सरकारको ढुंगा फालेको छ। त्यसको तरंगबाट जोगिनु नेपाली राजनीतिका लागि ठूलो चुनौती हुनेछ।
इतिहास साक्षी छ, नेपालमा हुने राजनीतिक उथलपुथलमा सरकार निर्माणको नाराले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। यसबाट दुई किसिमका प्रतिक्रिया नेपाली राजनीतिमा देखिन थाल्छन्। पहिलो, विद्यमान सरकारले आफूलाई जोगाउन भरमग्दुर प्रयास थाल्छ। यो प्रयास युद्ध र प्रेममा जे पनि जायज हुन्छ भन्ने कथनमा आधारित हुनाले यहाँ नैतिकताको सीमाले आफ्नो मूल्य, मान्यता र महत्व गुमाउँदै जान्छ। उता सरकार बनाउन तम्सनेहरूले पनि यही सिद्धान्त अँगाल्दै राजनीतिक थर्कीमा आफ्ना पासा फाल्न थाल्छन्।
यस्तो अवस्थामा मुलुकमा चरम अस्थिरता देखिन्छ। भ्रष्टाचारले संस्थागत रुप लिँदै जान्छ। विगतमा सांसदलाई थुनेर राख्नुपरेको, पुरुष सांसदले सुत्केरी भत्ता लिएको जस्ता घटना यस्तै सरकार बनाउने र खसाउने क्रममा भएका हुन्। यो कल्पनामात्र होइन। बिहीबारे छापाहरू केलाउने हो भने त्यस्तै घटनाक्रम दोहोरिने लख जोकोहीले काट्न सक्छ। सहमतीय सरकारको कुरा उठ्नासाथ नेताहरूले कुरा फेर्न थालिसकेका छन्। सहमतीय सरकार बन्ने स्थिति आए अबको पालो नेपाली कांगे्रसको भन्दै आएका एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नै दलको नेतृत्वमा सहमतीय सरकार भन्न थालेका छन्। उता, सरकार बनाउने आफ्नो पालो भएको मान्ने कांग्रेसभित्र त्यसको असर देखिन थालिसकेको छ। कांग्रेसका नेता शेरबहादुर देउवा र महामन्त्री प्रकाशमान सिंह राजधानीमा एउटै कार्यक्रम दुई स्थानमा मनाउने अवस्थामा पुगिसकेका छन्। उता सभापति सुशील कोइरालाले संसदीय दलका नेता रामचन्द्र पौडेलले सहमतीय सरकारको नेतृत्व गर्ने बताइसकेका छन्। देउवा त्यो नेतृत्व आफूले गर्न पाउनुपर्ने जिद्दी गर्छन्। यस्तो अवस्थामा सहमतीय सरकारको नाराले दलबीच र दलभित्र देखिएको सहमति नै भंग गर्ने खतरा छ।
सहमतीय सरकारकै नाममा सरकार परिवर्तन गरिहाल्नुपर्ने कारणलाई प्रधानमन्त्री बाबुराम भट्टराईले पचाउन सकेका छैनन्। उनलाई सरकारमा सामेल मधेसी मोर्चाका नेताहरूले साथ दिइसकेका छन्। उता सहमतीय सरकार आफ्नै दलको नेतृत्वमा भनेर दाहालले मौका आए त्यसको नेतृत्व गर्न आफूले पहल गर्ने संकेत दिएको हुन सक्छ। हो, अबको सहमतीय सरकारको नाराले नछोएको दल नेकपा (एमाले) हो। उसले आफ्नो पालो पुर्याइसकेको छ। एमाले पृथक रहँदैमा सहमतीय सरकारको नाराबाट उत्पन्न हुने राजनीतिक किचलो साम्य हुने होइन। अबको सहमतीय सरकारले नेपाली राजनीतिमा अर्को विवाद उत्पन्न गर्ने खतरा त्यत्तिकै छ। यो विवाद कांग्रेस, माओवादीभित्रै देखिने खतरा छ। यसबाट दलभित्र र बाहिर देखिएको सहमति टुट्ने शंका त छँदैछ, लगभग शान्त नेपाली राजनीतिक तलाउमा उत्पन्न तरंगले खेस्राकै रुपमा भए पनि लेखिन लागेको संविधानलाई भिजाउने डर छ।