प्रत्येक पा"च वर्षमा चुनावद्वारा सरकार परिवर्तन गर्ने संसदीय प्रणालीविरुद्ध भारतका सुप्रसिद्ध समाजवादी चिन्तक राममनोहर लोहियाले एकपटक भारतीय संसद्मा भन्नु भएको थियो, ज्युँदो देशले पा"च वर्षसम्म पर्खिन सत्तै्कन। पा"च वर्षको पर्खाइ परिवर्तनका जनआकांक्षाका लागि लामो हुन्छ। लोहियाको यो भनाइ सरकारको सुस्त गतिविरुद्ध लक्षित थियो। उहा"को आशय वर्षैपिच्छे सरकार परिवर्तन हुनुपर्छ भन्ने पक्कै थिएन।
हामी नेपालीले त पुरै साठी वर्ष परिवर्तनलाई पर्खेरै बिताएका छौँ र हरेक एकाध वर्षको अन्तरालमा सरकार बदलिएका पनि छन्। र पनि, विकास भएको छैन। पञ्चायत व्यवस्था बदलियो, राजाको निरंकुश शासन परास्त भयो। संसदीय व्यवस्थाको पुनर्स्थापनापछि नेपाली कांग्रेसले सर्व शक्तिमान सरकार बनाउने मौका पायो जनताबाट। त्यो सर्व शक्तिमान सरकारले पनि केही गर्न सकेन। उल्टै मानिसको चिन्तन प्रक्रिया हिंसात्मक राजनीतितिर मोडियो। त्यसपछिको समयमा सबै कुरा बदलियो, राजा बदलिए, गणतन्त्र आयो। तर, नेपालको शासन पद्धतिमा, सरकारको कामगर्ने शैली र सोचमा कहिल्यै कुनै प्रकारको बदलाव आएन। जनताले माओवादीको सरकार आएपछि धेरै कुरामा परिवर्तन आउने आशा गरेका थिए। यी त नया" राजनीतिक शक्ति हुन्, रगत बगाएर, लडेर आएका छन्। पक्कै केही नया' विचार लिएर आएका होलान्।
संविधान सभाको चुनावपछि एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा वामपन्थीहरूको गठबन्धन सरकार बन्यो। केही समयपछि त्यो सरकार आफैँ परिबन्दमा पर्योह। सवभन्दा पछिल्लो समयमा माओवादीको धोबीघाट आन्दोलनपछि, एसएमएसमार्फत गरिएका मत संकलनका आधारमा लोकप्रिय देखिएका बाबुराम भट्टराईको नेतृत्वमा सरकार बन्यो। यो सरकारले चाहिँ केही न केही त गर्ला भन्ने आशामा थिए नेपाली जनता। अहिले त्यो आशा पनि काठमाडौंका सडकमा धुलो बनेर उँड्दैछ।
यतिबेला भट्टराईको सरकारले शान्ति प्रक्रियाको टुंगो लगाउन र संविधान निर्माण गर्न ठुलो काम गरेको बताइँदैछ। तर, यस देशका जान्नेसुन्ने कोही पनि मूर्ख छैन। नेपालका राजनीतिक दलका नेताहरूको छिमेकीको दबाबमा कामगर्ने बानी छ। भनिरहनु पर्दैन, त्यो दबाब नपरेको भए यी प्रक्रिया अहिलेसम्म पनि अलमलमै हुन्थे ।
नेपाल जलस्रोतमा धनी छ। कुनै विदेशी विशेषज्ञले एक दिन बिहानै भनिदियो, नेपाली हो, ब्युझ र खुसी होऊ। तिम्रो देशमा बगिरहेका नदीनालामा ८३ हजार मेगावाट विद्युत् बगी रहेकोछ। यति धेरै बिजुली हुने देश गरिब हुनैसक्दैन। विदेशीले अरू पनि थप केही भन्न खोजेको थियो, खुसीले रमाएका हामीले सुन्दै सुनेनौ। त्यसै बेलादेखि अहिलेसम्म हामी रमाएको रमाएकै छौँ। संसारमा आएको जलवायु परिवर्तनले नेपालका नदीनालामा बग्ने पानीको क्षमता कति घट्यो वा बढ्यो? त्यसको लेखाजोखा छैन हामीसँग। हामीलाई देशको गौरव धान्दैमा, राष्ट्रियताको गीतापाठ गर्दैमा फुर्सद छैन। नदीनाला देशका गौरव हुन् र राष्ट्रियताका प्रतीक। यसको अपार क्षमताको सुरक्षा गर्दागर्दै गरिब जनताको जुनी बितिसकेको छ। यस्तो अवस्थामा नदीनालाको वर्तमान क्षमताका बारे प्राविधिक अध्ययन कसले गर्ने? जनताको तहमा यस्तो अध्ययन गर्ने क्षमता छैन, सरकारले पनि यसको अध्ययन गर्नुपर्ने आवश्यकता देखेको छैन।
अनुत्पादकरूपमा रहेको यो जलविद्युत् सम्पदा कागका लागि पाकेको बेल बराबर भएको छ नेपाली जनताका लागि। तर, नेपालका टाठाबाठाका लागि यही अनुत्पादक जल व्यक्तिगत सम्पत्ति बनेको छ। राजनीतिको बार्गेनिङ टेबुलमाथि कोसी कर्णाली फिँजाएर धेरै नेताले वरत्र र परत्रसमेत सुधारी सकेका छन्। पहिले राजा र उनका भारदार विदेशका जलविद्युत् प्रवर्धकहरूलाई यही जलशक्ति देखाएर पैसा कमाउ'थे। संसदीय कालमा पनि प्रजातन्त्रका नेताले त्यही भूमिका दोहोर्यायए। गैरसरकारी संस्थाको संरक्षकका रूपमा रहेको नेकपा (एमाले) पार्टीले साना जल विद्युत् प्रवर्धकको स्वार्थ रक्षाका लागि विश्व बैंकको लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो आयोजनामा रोक लगाएर नेपालमा अन्धकार युगलाई निरन्तरता दियो। त्यसपछि देशमा खुद्रे जलविद्युत् आयोजनाको बाढी नै आयो। यता गणतन्त्रकालमा शासनमा स्थापित माओवादीका एकथरी नेता एमालेकै नीतिलाई नै निरन्तरता दिन खोजिरहेका छन्। निर्माण सुरु भइसक्नुपर्ने कतिपय जल विद्युत् आयोजना तावाबाट खसेर भुंग्रोमा परेको अवस्थामा छन्। चार वर्षअघि १४ प्रतिस्पर्धी कम्पनीमध्ये सबैभन्दा राम्रो भनेर छनौटमा परेको भारतीय बहुराष्ट्रिय कम्पनीलाई अपर कर्णाली आयोजना सुरु गर्ने आदेश नै दिइएको छैन। अहिले माओवादीभित्र चर्किएको विवादको मुख्य कारणमध्ये एक बनेको छ यो आयोजना। यसको पक्ष र विपक्षमा बाँडिएको छ माओवादी। सरकार चलाउने प्रधानमन्त्रीको पक्ष तमासा हेरेर आनन्द लिइरहेको छ। विरोधीको तर्क छ, अन्तर्राष्ट्रिय प्रतिस्पर्द्धा जितेर आएको भारतीय कम्पनी जीएमआरलाई आयोजना बनाउन दिने हो भने नेपालको राष्ट्रियता संकटमा पर्छ। जीएमआरले वैद्य पक्षलाई भाउ नदिएसम्म उसले उत्पादन भएको सबै बिजुली नेपाललाई नै दिन्छु भने पनि राष्ट्रियता संकटमा परिरहन्छ।
अपर कर्णाली वा अरु कुनै विद्युत् आयोजनामा कुरा भाउमा नै अड्किने गरेको हुन्छ। आफूलाई स्वतन्त्र र निष्पक्ष बताउने जल विशेषज्ञदेखि ऊर्जा विशेषज्ञसम्म सबै भाउको खोजीमा राजनीतिक दलको आंगन चाहारिरहेका भेटिन्छन्। ठुला जलविद्युत् आयोजनामा भाउको जति महत्व हुन्छ, त्यो अरू कुनै आयोजनामा हु"दैन। त्यो भाउमा कुरा नमिलेसम्म राष्ट्रियता निरन्तर संकटमा परिरहन्छ। जनताले आधा पेट खाएर, फाटेका टालाले आंग छोपेर, आफ्ना बालबच्चाको भविष्य धरापमा पारेर, जसरी भएपनि, नेताका लागि राष्ट्रियताको रक्षा गरिदिई रहनुपर्छ। अपर कर्णालीका बारेमा पनि यही भइरहेको छ। विगत केही सातादेखि स्तम्भकार त्यस क्षेत्रको भ्रमण गर्दैछ। जनता अपर कर्णाली आयोजना बन्नुपर्नेमा सहमत देखिन्छन्। किनभने, यसले आफ्नो जीवनस्तरमा सुधार हुनेछ भन्ने उनीहरूको विश्वास छ। तर, उनीहरूको आवाजको कुनै महत्व छैन। जलस्रोत मन्त्रीको कानमा जनताको यो गुहार परेकै छैन। उहा"लाई जनताको भन्दा पार्टीको चिन्ता छ। पार्टीभित्र विपक्षीका रूपमा रहेका साथीहरूको राष्ट्रियता संकटमा परेको छ। राष्ट्रियतामाथि आइपरेको यो संकट जोगाउन उहा"हरू निरन्तर देश विदेशको भ्रमण गरिरहनु भएको छ।
देशको जेसुकै होस्। देश गरिब नै भए पनि के भयो र? देशको राष्ट्रियता जोगाउन महान् जनयुद्ध लडेको महान पार्टी सक्षम छ। नेताहरूको तर्क छ, विकास भनेको हु"दैगर्छ। अर्बौँ रुपियामा महंगो तेल किनेर पनि काठमाडौंमा बत्ती बालिएकै छ भने यसलाई विकास नभने के भन्ने? बुझ्नुपर्ने मुख्य कुरा यतिमात्रै हो, देशमा ठुला आयोजना नआएसम्म मानिसको जीवनमा आधारभूत परिवर्तन आउनसत्तै्कन। अब यस काममा निर्णायक तहमा बसेका नेताहरू मसक्क आँटेर लागेनन् भने परिवर्तन टिकाउ हुनसत्तै्कन। नयाँ बन्ने संविधानको प्रतिरक्षाका लागि पनि सँगसँगै आर्थिक विकासका योजनाको कार्यान्वयन हुनु जरुरी छ।