सोकेसमा सजाइएकी दिदी
१० वैशाख २०६९
•
१२ मिनेट पाठ
सोकेसमा सजाइएकी दिदी
३४ वर्ष पुरानो कम्युनिस्ट राज ढालेर शक्तिमा उदाएकी पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता बनर्जी फेरि एक पल्ट पश्चिमा मिडियाको सोकेसमा सजाइएकी छन्। ममताको 'ओजपूर्ण छवि' पछिल्ला केही महिनायता बंगाल र भारतमा निरन्तर संकटग्रस्त छ। छवि संकटमा परेकै बेला अमेरिकी साप्ताहिक टाइमले वर्षका एक सय प्रभावशाली व्यक्तिको सूचीमा बुधबार उनको नाम पनि चढाएको छ।

टाइमले अमेरिकी राष्ट्रपति बाराक ओबामा, विदेशमन्त्री हिलारी क्लिन्टन, खर्बपति वारेन बफेटसहितको लिस्टमा ममताको नाम पार्दै 'मार्क्सवादीहरूलाई पछार्ने सडककी लडाकु ममता दिदी' भनेको छ। टाइम एउटा उदाहरण हो। पश्चिमा सञ्चार माध्यमकी आइकन नै बनेकी छिन् ममता बनर्जी।
भ्रष्ट एकमना कम्युनिस्ट शासनको विकल्प खोजिरहेका बंगाली जनताका अघिल्तिर उपयुक्त र भरपर्दो विकल्प फेला नपरिरहेका बेला बनर्जीले क्रमशः सिंघुर र नन्दीग्रामका प्रदर्शनहरूसँगै आफूलाई स्थापित गर्दै लगेकी थिइन्। अघिल्लो वर्षको चुनावसम्म आइपुग्दा कम्युनिस्ट हराउन शासकहरूको नालायकी, ममताको योगदान र मिडिया अभियानको संयोग काफी भइसकेको थियो। तिनै 'ममता दिदी' को चर्को समर्थनमा एक वर्ष अघिसम्म लेख्ने 'वर्तमान' नामक पत्रिका अहिले तृणमुल निर्देशित बंगाली पुस्तकालयहरूमा वर्जित छ। टाइम्स अफ इन्डिया, दुई बंगाली र एक नेपाली दैनिकसहित आठ पत्रिकामात्रै त्यहाँ उपलब्ध छन्। यसरी मार्क्सवादी पार्टीको सरकारविरुद्ध चुलिएको जनआक्रोशलाई मिडियाको बलमा आफूतिर आकर्षित गरेकी ममताका लागि आज आफ्नै एक वर्षअघिका साथीहरू शत्रु भएका छन्। बुद्धिजीवीहरू दुश्मन भएका छन्।
ममता दिदीको मिडिया र बुद्धिजीवी खेद्ने अभियान लामो छ। मनोरञ्जनका च्यानल हेर, समाचार हेर्नुपर्दैन भन्ने उनको अभियानै थियो किनकि समाचारमा आफूलाई समर्थन गर्नेगरी सामग्री नआएको उनको धारणा थियो। ममताले राज्यमैत्री प्रेसको वकालत गरेपछि प्रेस काउन्सिल अफ इन्डियाले विरोध नै जनाउनु पर्‍यो। दुई दिनअघि मात्र शनिबार कोलकाताको एक कार्यक्रममा उनले अब आफ्नै टिभी च्यानल र अखबार स्थापना गर्नेसमेत उनले योजना सुनाइन्। यस्तै सरकारी पुस्तकालयमा अघिल्लो महिना आफ्नो तृणमूल सरकारलाई सहयोग गर्ने आठ अखबारलाई मात्रै किन्न अनुमति दिइन्। कम्युनिस्टको विरोध गर्नुमात्रै लोकतन्त्र होइन, आलोचना सुन्ने संस्कृति संस्थागत रुपमै अघि बढाउनु लोकतन्त्र हो, जुन ममताले अभ्यास गरिरहेकी छैनन्। आफ्नो डम्फु बजाउन्जेल विपक्षीहरू मिडियालाई आफ्नो देख्छन् किनकि तिनले लोकप्रिय कार्यक्रमहरूलाई समर्थन गरेका हुन्छन्। जब उनीहरू सत्तामा जान्छन्, मिडिया सामान्यतयाः सत्ताको स्थायी समालोचक हुन्छ जुन सत्ताधारीहरू रुचाउँदैनन्। ममता दिदीलाई मिडिया पचाउन गाह्रो परेको पनि यसै कारण हो।
कार्टुन अनलाइनमा आफूलाई व्यंग्य गरेर बनाइएको कार्टुन सेयर गरेकै निहुँमा जादवपुर विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक अम्बिकेश महापात्रलाई पक्राउ गरेपछि ममताको अलोकप्रियता अझ बढ्दो छ। अघिल्लो साता आफ्नो परिवारलाई विभिन्न खाले त्रासहरू दिइएको भन्दै महापात्रले परिवारको सुरक्षा चिन्ता गरेका थिए। नोम चोम्स्कीसहित ५० भन्दा धेरै बुद्धिजीवीहरूले प्रधानमन्त्री मनमोहन सिंहलाई संयुक्त पत्र लेख्दै उनको रिहाइ र परिवारको सुरक्षा माग गरेका छन्। आधुनिक विश्वमा राज्यनियन्त्रित बुद्धिजीवीहरूको धारणा लगभग मेटिएर गइसक्यो। तर बुद्धिजीवीहरूप्रति ममताबाट व्यक्त क्षोभले उनी अघिल्लो युगको पक्षमा रहेको इंगित गर्छ। यसको विरोध हुनु स्वाभाविक छ।
गोर्खाल्याण्डको मुद्दालाई समावेशी भावनाको सम्मान भन्दै आश्चर्यजनक रुपमा समाप्त पारेकी यी ममताले तीन हप्ताअघि पश्चिम बंगालको पाठ्यपुस्तकबाट मार्क्सवादसम्बन्धी पाठहरू हटाउन निर्देशन दिएकी छन्। विचारप्रति ममताको भयलाई यो घटनाले अझै सतहमा ल्याइदिएको छ। मार्क्सवादप्रति कसैको व्यक्तिगत सम्मति वा असम्मति होला। तर विश्वभरका विश्वविद्यालयहरूका फरक फरक डिपार्टमेन्टमा अध्ययन अध्यापनको योग्यता राख्ने विषय हो मार्क्सवाद। अर्थशास्त्र होस् या समाजशास्त्र, साहित्य होस् वा दर्शन। तर्कशास्त्र होस् या सौन्दर्यशास्त्र। मार्क्सवाद नपसेको त्यस्तो क्षेत्र हुँदैन। यसर्थ यो एउटा बृहत् आयाम बोकेको दर्शन हो। ममता दिदीलाई यतातिर अत्तोपत्तो छैन।
मार्क्सवादी पार्टीविरुद्ध खनिएका भारतका माओवादीहरूसँग वार्ता गर्ने र उनीहरूका मुद्दा सम्बोधन गर्ने आश्वासन दिएर चुनाव परिणाम आफ्नो पक्षमा पारेकी ममताले अहिलेसम्म न वार्ता गरिन्, न त्यसका लागि इमान्दार पहल नै गरिन्। बरु माओवादीका उच्च नेताहरू उनको सरकारबाट मारिएका मारियै छन्। यसरी ममता दिदीले आफूप्रति बढ्दो जनअपेक्षालाई एकपछि अर्को गर्दै तुहाइदिएकी छन्।
मतदाता स्थिर हुँदैनन्। उनीहरूले अघिल्लो वर्ष ममतालाई जिताउँदै गर्दा कुनै निश्चित विचार पराजित गरिरहेका थिएनन्। ममताले पनि विचारको आकर्षण देखाएर चुनाव जितेकी होइनन्। कम्युनिस्टका नाममा चालु गुण्डाराज ममताको पहलमा रोकिन्छ, राज्य सर्वसाधारणको सिधा पहुँचमा हुन्छ, कम्युनिस्ट पार्टीको नोकरशाही नियन्त्रणभन्दा त्यो बाहिर हुन्छ भन्ने बंगालीको अपेक्षा थियो। कम्युनिस्ट त हटे तर त्यसको ठाउँमा दिदी बसिन्। दिदीका भाइहरू बसे। आज कम्युनिस्टलाई प्रतिस्थापित गरेर तृणमुल कंग्रेसले संस्थागत गर्दैगरेको गुण्डाराजलाई ममता दिदीको 'सादगी जीवनशैली' ले बिर्साउन नसक्ने भएको छ।
भनिन्छ, जुनसुकै शासनले मानिसलाई भ्रष्ट बनाउँछ, निरंकुश शासनले त सम्पूर्ण रुपमै भ्रष्ट बनाउँछ। ममता दिदीको यात्रा एउटा निरंकुशताबाट अर्को निरंकुशतातर्फको यात्रा भएको छ। उनको यात्रा एउटा स्वेच्छारिताबाट अर्को स्वेच्छाचारितातर्फको यात्रा भएको छ। उसमाथि स्थानीय तहमा जति बद्नामी खेप्नु परे पनि ग्लोबल मिडिया हाइपले उनलाई झन् झन् महत्वाकांक्षी बनाउँदै लगेको छ। दुई भिन्न दर्शनलाई प्रतिनिधित्व गर्ने भए पनि ममता दिदी र हाम्रा प्रधानमन्त्री बाबुराम भट्टराईको अवस्था झण्डैझण्डै उस्तै छ। दुवै सोकेसमा सजाउन राखिएका सोपिसजस्ता भएका छन्। बाहिरबाट हेर्दा सुन्दर देखिन्छन्। शासनशैलीको भित्री अवस्था भने डुङडुङ्ती गन्हाइरहेको छ। उनीहरू माथि बसेर स्वच्छ छविको मार्केटिङ गर्न अभ्यस्त छन्। जस्तो कि हाम्रा प्रधानमन्त्री पनि कर्मचारीतन्त्र, प्रहरी प्रशासन आदिलाई दोष थुपार्छन्। आफूलाई चोखो देखाइरहन्छन्। उनको शासनशैलीले चोखोपन प्रमाणित गरेको छैन। चरम भ्रष्टाचार, अपारदर्शिता, मनपरी र अनियमितताको शरीरमा केही सेता देखिने खोलहरू लगाइदिन उनी अभ्यस्त छन्। यस अर्थमा उनी दिदीभन्दा कम छैनन्।
भट्टराईले नियुक्त गरेका 'असंख्य' सल्लाहकारहरू उनको मौन आवाजलाई प्रतिनिधित्व गर्दै विचारहरू सार्वजनिक गरिरहेका छन्। मिडियाले सहयोग नगरेको तिनको बुझाइ छ। आज यसरी विरोध नै गर्नुपर्ने भए हिजो किन समर्थन गरेको त? हिजै विरोध गर्नु नि? तिनका वाणीहरूको आशय यस्तो छ। शासकहरूको कुण्ठा जति छोप्न खोजे पनि बाहिर आइहाल्छ। दुई दिनको प्रचारले केही हुने होइन। जसरी बाह्य जगत्का शक्तिशाली डिस्कोर्सका सञ्चालकले होहल्ला गर्दैमा 'ममता दिदी' को शासनको स्वच्छता पुष्टि हुँदैन, त्यसरी नै हाम्रा शासकहरूले पनि सतहमा बाग्मतीका फोहोरहरू जति नै उठाए पनि, जति नै राम्रा जलप र अत्तरहरू छर्किए पनि शासन सुगन्धित हुँदैन। ममता दिदीको करिब एकवर्षे शासनबाट छिमेकी देश नेपालले सिक्ने पाठ यही हो।
अर्को समाचार
सोकेसमा सजाइएकी दिदी
११ वैशाख २०६९
•
१२ मिनेट पाठ
सोकेसमा सजाइएकी दिदी
३४ वर्ष पुरानो कम्युनिस्ट राज ढालेर शक्तिमा उदाएकी पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता बनर्जी फेरि एक पल्ट पश्चिमा मिडियाको सोकेसमा सजाइएकी छन्। ममताको 'ओजपूर्ण छवि' पछिल्ला केही महिनायता बंगाल र भारतमा निरन्तर संकटग्रस्त छ। छवि संकटमा परेकै बेला अमेरिकी साप्ताहिक टाइमले वर्षका एक सय प्रभावशाली व्यक्तिको सूचीमा बुधबार उनको नाम पनि चढाएको छ।
टाइमले अमेरिकी राष्ट्रपति बाराक ओबामा, विदेशमन्त्री हिलारी क्लिन्टन, खर्बपति वारेन बफेटसहितको लिस्टमा ममताको नाम पार्दै 'मार्क्सवादीहरूलाई पछार्ने सडककी लडाकु ममता दिदी' भनेको छ। टाइम एउटा उदाहरण हो। पश्चिमा सञ्चार माध्यमकी आइकन नै बनेकी छिन् ममता बनर्जी।
भ्रष्ट एकमना कम्युनिस्ट शासनको विकल्प खोजिरहेका बंगाली जनताका अघिल्तिर उपयुक्त र भरपर्दो विकल्प फेला नपरिरहेका बेला बनर्जीले क्रमशः सिंघुर र नन्दीग्रामका प्रदर्शनहरूसँगै आफूलाई स्थापित गर्दै लगेकी थिइन्। अघिल्लो वर्षको चुनावसम्म आइपुग्दा कम्युनिस्ट हराउन शासकहरूको नालायकी, ममताको योगदान र मिडिया अभियानको संयोग काफी भइसकेको थियो। तिनै 'ममता दिदी' को चर्को समर्थनमा एक वर्ष अघिसम्म लेख्ने 'वर्तमान' नामक पत्रिका अहिले तृणमुल निर्देशित बंगाली पुस्तकालयहरूमा वर्जित छ। टाइम्स अफ इन्डिया, दुई बंगाली र एक नेपाली दैनिकसहित आठ पत्रिकामात्रै त्यहाँ उपलब्ध छन्। यसरी मार्क्सवादी पार्टीको सरकारविरुद्ध चुलिएको जनआक्रोशलाई मिडियाको बलमा आफूतिर आकर्षित गरेकी ममताका लागि आज आफ्नै एक वर्षअघिका साथीहरू शत्रु भएका छन्। बुद्धिजीवीहरू दुश्मन भएका छन्।
ममता दिदीको मिडिया र बुद्धिजीवी खेद्ने अभियान लामो छ। मनोरञ्जनका च्यानल हेर, समाचार हेर्नुपर्दैन भन्ने उनको अभियानै थियो किनकि समाचारमा आफूलाई समर्थन गर्नेगरी सामग्री नआएको उनको धारणा थियो। ममताले राज्यमैत्री प्रेसको वकालत गरेपछि प्रेस काउन्सिल अफ इन्डियाले विरोध नै जनाउनु पर्यो्। दुई दिनअघि मात्र शनिबार कोलकाताको एक कार्यक्रममा उनले अब आफ्नै टिभी च्यानल र अखबार स्थापना गर्नेसमेत उनले योजना सुनाइन्। यस्तै सरकारी पुस्तकालयमा अघिल्लो महिना आफ्नो तृणमूल सरकारलाई सहयोग गर्ने आठ अखबारलाई मात्रै किन्न अनुमति दिइन्। कम्युनिस्टको विरोध गर्नुमात्रै लोकतन्त्र होइन, आलोचना सुन्ने संस्कृति संस्थागत रुपमै अघि बढाउनु लोकतन्त्र हो, जुन ममताले अभ्यास गरिरहेकी छैनन्। आफ्नो डम्फु बजाउन्जेल विपक्षीहरू मिडियालाई आफ्नो देख्छन् किनकि तिनले लोकप्रिय कार्यक्रमहरूलाई समर्थन गरेका हुन्छन्। जब उनीहरू सत्तामा जान्छन्, मिडिया सामान्यतयाः सत्ताको स्थायी समालोचक हुन्छ जुन सत्ताधारीहरू रुचाउँदैनन्। ममता दिदीलाई मिडिया पचाउन गाह्रो परेको पनि यसै कारण हो।
कार्टुन अनलाइनमा आफूलाई व्यंग्य गरेर बनाइएको कार्टुन सेयर गरेकै निहुँमा जादवपुर विश्वविद्यालयका रसायनशास्त्रका प्राध्यापक अम्बिकेश महापात्रलाई पक्राउ गरेपछि ममताको अलोकप्रियता अझ बढ्दो छ। अघिल्लो साता आफ्नो परिवारलाई विभिन्न खाले त्रासहरू दिइएको भन्दै महापात्रले परिवारको सुरक्षा चिन्ता गरेका थिए। नोम चोम्स्कीसहित ५० भन्दा धेरै बुद्धिजीवीहरूले प्रधानमन्त्री मनमोहन सिंहलाई संयुक्त पत्र लेख्दै उनको रिहाइ र परिवारको सुरक्षा माग गरेका छन्। आधुनिक विश्वमा राज्यनियन्त्रित बुद्धिजीवीहरूको धारणा लगभग मेटिएर गइसक्यो। तर बुद्धिजीवीहरूप्रति ममताबाट व्यक्त क्षोभले उनी अघिल्लो युगको पक्षमा रहेको इंगित गर्छ। यसको विरोध हुनु स्वाभाविक छ।
गोर्खाल्याण्डको मुद्दालाई समावेशी भावनाको सम्मान भन्दै आश्चर्यजनक रुपमा समाप्त पारेकी यी ममताले तीन हप्ताअघि पश्चिम बंगालको पाठ्यपुस्तकबाट मार्क्सवादसम्बन्धी पाठहरू हटाउन निर्देशन दिएकी छन्। विचारप्रति ममताको भयलाई यो घटनाले अझै सतहमा ल्याइदिएको छ। मार्क्सवादप्रति कसैको व्यक्तिगत सम्मति वा असम्मति होला। तर विश्वभरका विश्वविद्यालयहरूका फरक फरक डिपार्टमेन्टमा अध्ययन अध्यापनको योग्यता राख्ने विषय हो मार्क्सवाद। अर्थशास्त्र होस् या समाजशास्त्र, साहित्य होस् वा दर्शन। तर्कशास्त्र होस् या सौन्दर्यशास्त्र। मार्क्सवाद नपसेको त्यस्तो क्षेत्र हुँदैन। यसर्थ यो एउटा बृहत् आयाम बोकेको दर्शन हो। ममता दिदीलाई यतातिर अत्तोपत्तो छैन।
मार्क्सवादी पार्टीविरुद्ध खनिएका भारतका माओवादीहरूसँग वार्ता गर्ने र उनीहरूका मुद्दा सम्बोधन गर्ने आश्वासन दिएर चुनाव परिणाम आफ्नो पक्षमा पारेकी ममताले अहिलेसम्म न वार्ता गरिन्, न त्यसका लागि इमान्दार पहल नै गरिन्। बरु माओवादीका उच्च नेताहरू उनको सरकारबाट मारिएका मारियै छन्। यसरी ममता दिदीले आफूप्रति बढ्दो जनअपेक्षालाई एकपछि अर्को गर्दै तुहाइदिएकी छन्।
मतदाता स्थिर हुँदैनन्। उनीहरूले अघिल्लो वर्ष ममतालाई जिताउँदै गर्दा कुनै निश्चित विचार पराजित गरिरहेका थिएनन्। ममताले पनि विचारको आकर्षण देखाएर चुनाव जितेकी होइनन्। कम्युनिस्टका नाममा चालु गुण्डाराज ममताको पहलमा रोकिन्छ, राज्य सर्वसाधारणको सिधा पहुँचमा हुन्छ, कम्युनिस्ट पार्टीको नोकरशाही नियन्त्रणभन्दा त्यो बाहिर हुन्छ भन्ने बंगालीको अपेक्षा थियो। कम्युनिस्ट त हटे तर त्यसको ठाउँमा दिदी बसिन्। दिदीका भाइहरू बसे। आज कम्युनिस्टलाई प्रतिस्थापित गरेर तृणमुल कंग्रेसले संस्थागत गर्दैगरेको गुण्डाराजलाई ममता दिदीको 'सादगी जीवनशैली' ले बिर्साउन नसक्ने भएको छ।
भनिन्छ, जुनसुकै शासनले मानिसलाई भ्रष्ट बनाउँछ, निरंकुश शासनले त सम्पूर्ण रुपमै भ्रष्ट बनाउँछ। ममता दिदीको यात्रा एउटा निरंकुशताबाट अर्को निरंकुशतातर्फको यात्रा भएको छ। उनको यात्रा एउटा स्वेच्छारिताबाट अर्को स्वेच्छाचारितातर्फको यात्रा भएको छ। उसमाथि स्थानीय तहमा जति बद्नामी खेप्नु परे पनि ग्लोबल मिडिया हाइपले उनलाई झन् झन् महत्वाकांक्षी बनाउँदै लगेको छ। दुई भिन्न दर्शनलाई प्रतिनिधित्व गर्ने भए पनि ममता दिदी र हाम्रा प्रधानमन्त्री बाबुराम भट्टराईको अवस्था झण्डैझण्डै उस्तै छ। दुवै सोकेसमा सजाउन राखिएका सोपिसजस्ता भएका छन्। बाहिरबाट हेर्दा सुन्दर देखिन्छन्। शासनशैलीको भित्री अवस्था भने डुङडुङ्ती गन्हाइरहेको छ। उनीहरू माथि बसेर स्वच्छ छविको मार्केटिङ गर्न अभ्यस्त छन्। जस्तो कि हाम्रा प्रधानमन्त्री पनि कर्मचारीतन्त्र, प्रहरी प्रशासन आदिलाई दोष थुपार्छन्। आफूलाई चोखो देखाइरहन्छन्। उनको शासनशैलीले चोखोपन प्रमाणित गरेको छैन। चरम भ्रष्टाचार, अपारदर्शिता, मनपरी र अनियमितताको शरीरमा केही सेता देखिने खोलहरू लगाइदिन उनी अभ्यस्त छन्। यस अर्थमा उनी दिदीभन्दा कम छैनन्।
भट्टराईले नियुक्त गरेका 'असंख्य' सल्लाहकारहरू उनको मौन आवाजलाई प्रतिनिधित्व गर्दै विचारहरू सार्वजनिक गरिरहेका छन्। मिडियाले सहयोग नगरेको तिनको बुझाइ छ। आज यसरी विरोध नै गर्नुपर्ने भए हिजो किन समर्थन गरेको त? हिजै विरोध गर्नु नि? तिनका वाणीहरूको आशय यस्तो छ। शासकहरूको कुण्ठा जति छोप्न खोजे पनि बाहिर आइहाल्छ। दुई दिनको प्रचारले केही हुने होइन। जसरी बाह्य जगत्का शक्तिशाली डिस्कोर्सका सञ्चालकले होहल्ला गर्दैमा 'ममता दिदी' को शासनको स्वच्छता पुष्टि हुँदैन, त्यसरी नै हाम्रा शासकहरूले पनि सतहमा बाग्मतीका फोहोरहरू जति नै उठाए पनि, जति नै राम्रा जलप र अत्तरहरू छर्किए पनि शासन सुगन्धित हुँदैन। ममता दिदीको करिब एकवर्षे शासनबाट छिमेकी देश नेपालले सिक्ने पाठ यही हो।

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ

आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस