माओवादीमा अहंकार
१४ वैशाख २०६९
•
१३ मिनेट पाठ
माओवादीमा अहंकार
इतिहास, विचार, जनमत, संगठनलगायत सबै थोकले साथ दिए पनि चुनौतीहरुको चक्रव्यूहको तुलनामा योग्य नेतृत्व नपाउँदा महँगो मूल्य नेकपा (एमाले) र नेपाली कांग्रेसले चुक्ता गरे। अभागी मृग ब्वाँसोको फन्दामा पर्नुसरहको त्यो दुर्गति अब माओवादी भोग्दै छ। अन्तर्द्वन्द्व, छलछाम र षड्यन्त्र चरम चुलीमा छ। चुलिएको महत्वाकांक्षा र अभिनय गरिएको छलकारी नाटकबीच विरोधाभास छ। प्रेमीले विवाह गर्नुअघि पे्रमिकालाई आकाशका तारा झारिदिन्छु भन्छ, विवाहपछि बंगारा।
यस्तै अनाचार गरी करोडपति कमान्डरहरुले आफ्ना सहकर्मीहरुका चेक खोसेर रोडपति बनाइदिएका छन् । माओवादीमा करोडपतिविरुद्ध रोडपतिहरुले स्ाडक तताएका छन् र अवकाश रोजेका छन्। पद, पैसा र प्रतिष्ठाको पछि नेतृत्व र कार्यकर्ताहरु भौतारिँदा र भिडबाट पार्टी डोरिँदा यस्तो संकट हातलागी हुन्छ। माओवादीमा जोरजम्मापछि झगडाले स्थान पाएको छ। यस वास्तविकतालाई आत्मसात गर्दै संकटबाट पार पाउन जनतास्ामक्ष कुरा प्रस्ट राख्नुपर्नेमा उपाध्यक्ष मोहन वैद्य सुन्दर सौन्दर्यशास्त्र र कुरुप युद्धबीच पिङ खेलेर कार्यकर्ता अल्मल्याइरहेका छन् भने अध्यक्ष पुष्पकमल दाहाल युद्ध र बुद्धको बीचमा असंगतिपूर्ण अशोक कथाको नाटक मञ्चन गर्दैछन्। पञ्चशीलको सिद्धान्त र माओवादी आचारण विपरीत धु्रव हुन्। अहिंस्ाा, क्षमा, दया, परोपकार र शान्तिले प्रत्याक्रमणको चरणमा रहेको. जनयुद्धस्ाँग कुनै सम्बन्ध राख्दैन। माओवादी ढाँटको राजनीतिलाई बौद्ध धर्मसँग जोड्नु निरर्थक प्रयास हो। अंगुलीमाल र अशोकले आफ्नो कुरुप अनुहार चोख्याउन बुद्धम् शरणम् गच्छामी भने होलान्। तर, बौद्ध धर्मको अवधारणागत महत्ता एकदुई जना महत्वाकांक्षीहरुको लहडमा कहिल्यै निर्भर रहेन। बौद्धमार्गी हुनेदेखि युद्ध छोड्नेसम्मका नाटक गर्न छाडी माओवादी नेताहरुले पार्टीलाई मेल, साथीलाई दिल र जनतालाई घुलमिलको खुराक दिएर राजनीतिलाई दिशा दिनु बुद्धिमानी हुन्छ।

हान्ने र हिँड्ने दाउ
आलु खाएर पेडाको धाक जति लगाए पनि माओवादी दरबार, दिल्ली र खाँटी उग्रवामपन्थीहरुको खिचडी थियो। हतियार बिसाउनुमात्र उग्रवामपन्थीजस्तो राजनीतिक कुष्टरोगबाटको उन्मुक्ति होइन। दिल्ली, पूर्वदरबारिया र भारतीय उग्रवामपन्थीहरुसँग सम्बन्धका अवशेषले काम पाएसम्म यो पार्टी र यसभित्रका अमूक गुटहरु एमाले कित्तामा आएर पूर्ण लोकतान्त्रिक एवं सच्चा क्रान्तिकारी बन्न सक्दैनन्। सम्पूर्ण जनआन्दोलनकारी शक्तिको पहल र सामर्थ्यमा हाँसिल सफलता र सत्तालाई एकलौटीरुपले कब्जामा लिन हान्ने र हिँड्ने (हिट एन्ड रन) नीति अर्को चुनावमा वाईसीएल संस्करणमा प्रयोग गर्ने दाउ माओवादीका सबै गुटले हेरिरहेका छन्। बुद्ध र युद्ध अन्ार्गल चर्चा अरु दललाई अल्मल्याउनमात्र हो।
अहंकार अर्थात् अन्धकार
राजनीतिमा अहंकार अन्धकार भविष्यतिरको यात्राको प्रस्थान विन्दु हो। संविधानसभा निर्वाचनपछि माओवादी कार्यकर्ताले ठानेजस्तो विशेष धातुले बनेको पार्टी रहेन। कुनै समयमा कार्यकर्ताआधारित उक्त पार्टी क्रमशः सभासद्, केन्द्रीय सदस्य र केही थान मन्त्री आधारित पार्टी भइसकेको छ। राजनीति फापेका र नफापेका अर्थात् हुने र नहुनेबीचको खाडल त्यहाँ एमाले र कांग्रेसमा भन्दा पनि भयावह छ। कार्यकर्ताले समयमै पूर्वानुमान गरेको संकटको विकाराल स्वरुपबारे सुन्ने कान नेतृत्वसँग छैन। २०४८ र २०५९ सालतिर विजयोन्मादका कारण कांग्रेस र एमालेका सांसदहरु पृथ्वी आफैँले थामेको र सृष्टिको आखिर घडी त्यही कालखण्ड रहेको भ्रममा हुन्थे। त्यसरी नै आज माओवादीभित्रका केही थान जोडीहरु र केही दर्जन युद्ध सरदारहरु सभासद् र आलोपालो मन्त्री हुँदा अहंकारले अन्धा भएका छन् । कसको पीडा कति छ भनेर खोजी गर्ने सद्बुद्धिको स्थान कसले कति कमायो र कति सुविधा पायो भनेर जल्ने 'विनाश काले विपरीत बुद्धि'ले काम भएको छ। एक खेमाले अर्को खेमालाई लगाएका आरोप केलाउने हो भने कोभन्दा को कमको अवस्था छ। राज्यसत्तामा तर मार्न दाहाल र भट्टराई पक्षधरले पाएका छन् भने समानान्तर सत्ताको आडमा कब्जा गरिएका घर, जग्गा र सम्पत्तिमा मनोमानी मोहन वैद्य पक्षधरहरुको छ।
वैद्य र क्रमभंग
मोहनविक्रम सिंह र निर्मल लामासँगको सहकार्य र संघर्षको बेला होस् वा दाहाल र बाबुराम भट्टराईको सामदामसामु, जीवनभर वृष्टिछायाँमा पर्नु मोहन वैद्यको प्रमुख चिनारी बन्यो। अर्थात् वैद्यलाई कमरेड तेस्रा भन्दा अत्युक्ति हुँदैन। सँगसँगै सत्य के पनि हो भने समय सधैँ स्थिर रहँदैन। मोहनविक्रम स्कुलिङका पाका हस्तीहरु रामबहादुर थापा, सीपी गजुरेल, हरिभक्त कँडेलदेखि पुष्पलाल स्कुलिङ हुँदै एमालेको करिस्मा बढाइदिएका शिवराज गौतम, खगेन्द्र खड्काले सम्म एकाएक धोका दिएर दाहालसामु आत्मसमर्पण नगरेको खण्डमा कमरेड तेस्राको स्थान र आकर्षणमा क्रमभंग हुने सम्भावना बलशाली छ। आफ्नो पार्टीको अखण्डित जीवनको पक्षमा दृढतापूर्वक अडिएर होस् वा नैतिकता र जबाफदेहीको बलले जोश र जाँगर भएका असन्तुष्ट कार्यकर्तालाई गोलबन्द गरेर, वा आफूप्रतिको आकर्षणलाई राजनीतिक पुँजीमा बदल्ने सुन्दर अवसरको सदुपयोग गरेर वैद्यले माओवादी संस्थापनका अतिरिक्त अन्य दलहरुलाई आगामी दिनमा ओठतालु सुकाइदिने खतरा छ। विधिदेखि विद्रोहसम्मलाई सम्बोधन गर्ने हुनाले नै राजनीतिलाई सर्वश्रेष्ठ नीति मानिन्छ। माओवादीको चलाखी वा रुपान्तरणको चाल हेरेेर अन्य दलहरु योग्य हुनसक्नु वा चुक्नुसँग नेपालको भविष्य निर्भर छ।
बाबुरामको सही कद
विद्यार्थी कालमा बाबुराम नामले वाहीवाही बटुले पनि कठोर राजनीति वृत्तले बाबुरामलाई फुच्चेराम बनाइदिएको छ। इतिहास, विचार, संगठन, जोखिम, जबाफदेही, रचनात्मकता र लोकप्रियता कुनैै हिसाबले पनि बाबुराम भट्टराई समकालीन अन्य नेताभन्दा विलक्षण देखिएनन्। दाहाल नेतृत्वको सरकारका बेला विशेषगरी सेनापति काण्डताक उच्शंृखल अभिव्यक्ति दिन उनी पनि चुकेनन्। त्यति बेलाको उत्तेजना र अहिलेको परिपक्वता दाँज्दा सन्देहास्पद भूमिकाको गन्ध आउँछ। प्रधानमन्त्री चयनको क्रममा दाहालले भोगेको सात पटकको पराजय र उम्मेदवार बदल्दा पहिलो प्रयासमै भएको जितबाजीले भट्टराईको अवसरवाद सर्वांग भयो । धोबीघाट गठबन्धन भट्टराईले आजसम्म चढेका असंख्य अवसरवादी भर्यारङमध्ये जीवनकै महत्वपूर्ण हो। मन्त्रिमण्डल गठनकै क्रममा उक्त गठबन्धनरुपी सुन कुसुरीको गला रेटेपछि भट्टराईका जरा खोजी हुन थाल्यो। पार्टी, साथी, सहयात्री अन्य दल, संविधानसभा, संसद्लाई समेत गुमराहमा पारी गरिएको बीप्पा सम्झौताले वास्तविकता बुझ्न सघाउ पुर्यातयो। दाहाल, नेपाल र खनालको पालामा शान्ति प्रक्रिया अघि नबढेको तर भट्टराईको कार्यकालमा गति पाएको भन्नु, प्रधानमन्त्री हुँदा र नहुँदा भट्टराईले खेलेको भिन्नाभिन्न्ौ भूमिकाप्रति आँखा चिम्लिनु हो। जसरी खनाल सरकारको कार्यकालमा भएको अधिक वर्षाको साइनो खनालसँग थिएन, त्यसरी नै विगतको कटुताबाट पाठ सिकेर तीन दलले शान्ति प्रक्रियामा हाँसिल गरेको प्रगतिसँग रबरस्ट्याम्पको रुपमा रहेका भट्टराईको कुनै साइनो र सम्बन्ध छैन।
डमीलाई कोट, माओवादीलाई भोट
रुपान्तरण भएर आए पनि माओवादी लोकतान्त्रिक नेपालको भरपर्दो र नमुनायोग्य अगुवा बन्न सक्दैन। 'पशु खेद्नू पछि लागी, मान्छे खेद्नू अघि लागी' त्यसै भनिएको होइन। अनिच्छापूर्वक, जनदबाबले घिसारिएर मूल धारमा आएकाले माओवादीले भोट पाउनु र कपडा पसलमा उभ्याइएको पुतला (डोमी) ले कोट पाउनु एउटै थियो। एक पार्टी, दुई कार्यनीति अख्तियार गरी माओवादीभित्रका गुटहरु तँ हानेजस्तो गर, म रोएजस्तो गर्छु शैलीको धुर्त्याइँ गरिरहेको हुनसक्ने भएकाले ढुक्क हुने अवस्था छैन। उल्का पिण्ड कुन ग्रहको कहाँनेर ठोक्किँदैछ भन्ने गणित ज्योतिषीले भन्न सक्छ। तर, वायुको गति र चापमा आउने फेरबदलले विन्दुमा ल्याउनसक्ने अन्तरबारे भन्न सक्दैन। त्यसरी नै माओवादी सामदामको सामना गर्न पनि उसका प्राप्तिको गणित ज्योतिषदृष्टि मात्र पर्याप्त छैन, मौसम विज्ञानदृष्टि पनि त्यतिकै अपरिहार्य छ।
अर्को समाचार
तीन दल र जनताको अदालत
०४ माघ २०७०
•
१२ मिनेट पाठ
तीन दल र जनताको अदालत
संविधान सभाको दोस्रो निर्वाचनको ताजा जनादेशले कांग्रेस, एमाले र एमाओवादीलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो ठूलो दल बनाएको छ। नेपाली कांग्रेसको अहंकार, एमालेले हेर्ने क्षणिक लाभ र माओवादीमा छाएको हतासाले जनआन्दोलन २०४६ को उपलब्धिहरु धरापमा परे भने पहिलो संविधान सभाले पनि संविधान दिन सकेन। जनआन्दोलन २०६२।६३ का उपलब्धिहरुको रक्षा र दस्तावेजीकरणका लागि ठूला तीन दलले आफ्नो स्वार्थ तिलाञ्जली दिन सक्नुपर्छ र विवेक पुर्याबउनुपर्छ। राजनीतिमा साधनाको पक्ष कमजोर छ। ठूला नेताहरु सहजकालमा बेइमानद्वारा घेरिएका हुन्छन् भने असहज अवस्थामा इमानदार र निष्ठावानहरुलाई सम्झने गर्छन्। यसैले ठूला दल र शीर्ष नेताहरुले विगतको असावधानी, अदूरदर्शिता, अहंकार र असफलताबाट पाठ नसिक्ने खतरा बढेको छ। राजनीति यस क्षेत्रमा भित्रिएका व्यापारी र उद्यमीका लागि नाफामा गएको उद्योग र व्यापार बनेको छ, नोकरशाही मनोवृत्तिका मान्छेहरुका लागि जागिर बनेको छ, दलबदलुहरुका लागि पर्यटन व्यवसाय भएको छ, रुपौसीहरुका लागि सुन्दरी प्रतियोगिता बनेको छ भने बाहुबलीहरुका लागि मुढेबल खपत गर्ने बजार भएको छ। 
अझै पनि दलहरु सुध्रने लक्षण छैन। जनता जनार्दनले अन्तिम चेतावनीसहित पुनर्जीवन दिएको ठानी दलहरूले घमण्ड नगर्नु पर्ने हो। अटेरी गर्नु शुभसंकेत होइन। संविधान सभाको समीकरण, सन्तुलन र बनावटले देखाएको छ कि कुनै पनि दल विपरीत ध्रुवका बा“की दुई दल वा शक्तिस“ग नमिलेर न त सरकार बन्न सक्छ न त विश्वासको मत नै पाउन सक्ने अवस्था छ। यसर्थ सरकार यदि अन्य शक्तिको सहयोगविना नबन्ने स्थिति हो भने एमाले र एमाओवादीले कांग्रेस सामु तम् शरणम् हुने अवस्था छैन। वामपन्थीहरूले विगतका कटुता बिर्सेर कांग्रेसको अहंकारलाई नियन्त्रण गर्नुपर्छ। राष्ट्रपति कायमै राखेर नया“ संविधान सभाबाट पुनः जनादेश प्रदान गर्ने हो भने सरकार आगामी पा“च वर्षका ६० महिनामा ठूला तीन दलले बीस/बीस महिनामा आलोपालो सरकार गठन गर्ने गरी सहमतिमा पुग्नु जरुरी छ। 
ठूला तीन दल २०४८ साल र २०६५ सालमा मिल्न सकेको भए यस्तो विकराल अवस्था आउने थिएन। यसैले दल विशेषका विशेष कमजोरी आत्मसात गरी इतिहासबाट पाठ सिक्न सकेमा नेपालमा शान्ति, समृद्धि, स्थिरता, सामाजिक न्याय, सामाजिक सुरक्षा र समावेशी लोकतन्त्र सम्भव हुनेछ। २०४८ सालको जस्तै संविधान सभाको शक्ति सन्तुलन र ठूला दलले कमजोरी दोहोर्‍याउने संकेत देखिएकाले यहा“ त्यस प्रकारको समस्यालाई औल्याउने प्रयत्न गरिएको छ। 
नेपाली कांग्रेसको अहंकार
२०४८ सालमा सत्ता र शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसले तत्कालीन प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गर्योन। विपक्षीलाई उसले राम्रो आ“खाले देख्न चाहेन। पञ्चहरूलाई पार्टी प्रवेशका लागि रातो कार्पेट ओछ्यायो। वामपन्थीविरुद्ध चाडपर्वमा, मेलापातमा, चुनावमा गुण्डा प्रयोग गरी चैन छुरीका निशाना बनायो। प्रहरी, प्रशासन, न्यायालय, स्थानीय सरकार र केन्द्रीय सरकारको समेत संरक्षणमा गुण्डा प्रयोग गरी वामपन्थीहरूको कत्लेआम गर्ने, सिलसिलेवार हत्या गर्ने, विस्थापित गर्नेलगायत् अमानवीय काम कांग्रेसबाट भए। राष्ट्रिय उद्योगहरू कमिसनको खेलमा परी धरासायी पार्ने, बेच्ने काम भए। महँगी बढ्यो, बजार कालाबजारियाको कब्जामा गयो। प्रतिपक्षी दलस“ग हात मिलाउन कांग्रेसी नेताहरू धक मान्न र स्तर घटेको महसुस गर्न थाले। यसले गर्दा एमालेले येनतेन प्रकरण प्रतिस्पर्धाको मैदान नछाडे पनि २०४८ सालमा ९ सिट जितेर तेस्रो स्थानमा पुगेको संयुक्त जनमोर्चा नेपाल माओवादीमा विलय भई जंगल पस्यो र १८ हजार सहदेशवासीको अकालमा मृत्यु भयो। द्वन्द्वका कारण लाखौ अंगभंग, विस्थापित, प्रताडित भएका छन्। हजारौंको घरबार उजाडिएको छ, खबर्ौंको भौतिक संरचना क्षति भयो। वामपन्थीहरूलाई नेपाली कांग्रेसले अहंकार र अदूरदर्शितावश समेट्न नसक्दा विकराल संकट आयो। अझै पनि कांग्रेस चेतिरहेको छैन। २०४८ सालदेखि २०६४ सालसम्मको उत्कर्षकालमा कांग्रेसले जुन खाडल एमालेविरुद्ध खन्यो, अन्ततः त्यही खाडलमा पहिलो संविधान सभा चुनावमा आफू पनि खस्यो। विनाश रोज्नु छैन भने कांग्रेसले अब अहंकार दोहोर्यानउनु हु“दैन र एमालेस“ग बेइमान गर्नुहु“दैन। 
एमालेले हेर्ने क्षणिक लाभ 
पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीका फोटा देखाएर व्यापार गर्ने र नाफा कमाउने केही बाठाहरूको कल्पवृक्ष हैन भने एमालेले आफू असल भएर र अरुलाई पनि असल हुन बाध्य पारेर यो मुलुकलाई ठूलो अनिष्ठ र बर्बादीबाट बचाउन सही नेतृत्व प्रदान गर्न सक्नुपर्नेछ। असहज अवस्थामा पनि जनता, देश र आन्दोलनका प्रति दृढतापूर्वक उभिने पुष्पलाल श्रेष्ठ, सुशासन, सामाजिक न्याय, सामाजिक सुरक्षा, प्रगतिशील सुधारका प्रतीक पुरुष मनमोहन अधिकारी र मार्क्सवादलाई नेपालको धरातलीय यथार्थ र लोकतन्त्रसम्मत बनाउने मदन भण्डारीले देखाएको मार्गनिर्देशलाई अटेर गरी ऐन मौकामा एमाले नेतृत्वले क्षणिक लाभ हेर्दा मुलुक र लोकतान्त्रिक आन्दोलनले विगतमा ठूलो धक्का खानुपर्यो । 
अवसर र पदको लुछाचुँडीमा नेताहरुले दुई दशक बर्बाद परिसके। त्याग र धैर्य देखाउन नेताहरु अझै पनि तयार देखिँदैनन। नेताहरूकै कारण यो पार्टी विभाजित भएको र दुई दुई वटा आफ्नै सरकार ढाल्न पछि नपरेको इतिहास साक्षी छ। निजी स्वार्थको जोखाना हेरेर राजाको गोडामा दाम राख्नेदेखि प्रतिगमन आधा सच्चियो भनेर अदूरदर्शिता र अकर्मण्यता पस्कने पात्र र प्रवृत्ति अझै पनि थान्को लागिसकेको छैन। प्याकेजमै सहमति गर्दा राष्ट्रपति अरु दललाई दिने अवस्था आउन सक्छ र परिवर्तन नगर्ने अवस्था पनि आउन सक्छ। एमालेमा भने नेपाललाई बनाउनुपर्ने वा खनाललाई बनाउनुपर्ने अनावश्यक बहस चलेको छ। संसदीय व्यवस्था अवलम्बन गरेका देश बेलायत र भारतका अनुभवले देखाएको छ कि कार्यकारी प्रधान मन्त्री भएको व्यक्ति पछि गएर सेरेमोनियल राष्ट्रपति भएको राजनीतिक नजीर छैन। नेपालमा भने अरु कसैकी आमा व्याएकी छैनन् भनेझै एमाओवादी नेताद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई, एमाले नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल उधारो राष्ट्रपति हुन अहिले नै भुँडी छोल्न पछि परेका छैनन्।
एमाओवादी एक दुई जना नेताको झोले एन्जिओ हुन सक्छ तर एमाले विधि, पद्धति र थितिमा चल्ने पार्टी हो। राष्ट्रपति पाएकै खण्डमा विद्यादेवी भण्डारी, भरतमोहन अधिकारी, मोदनाथ प्रश्रित, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, केशव बडाल जस्ता हस्तीलाई अघि सारेर पुटिन पथ नेपालमा भित्र्याउन गइरहेका पदलोलुपहरूको उपचार गर्न सक्छ। 
एमाओवादीमा छाड्ने हतासा 
लोकतन्त्रवादी शक्तिको नायकका हिसाबले नेपाली कांग्रेस र वामपन्थीहरूको महानायकका हिसाबले एमालेले २०५२ सालमा माओवादीमा छाएको हतासालाई हटाउन सकेनन्। आज पनि क्यास र ड्यास माओवादीमा हतासा छाएको छ। हामी सबै एउटै परिवारका सदस्य हौ। संसदीय राजनीतिमा जीत हार ठूलो कुरा होइन। देश नेपालीहरूले मिलेर चलाउनु र बचाउनु छ। हैसियत ठूलो सानो हुन सक्छ तर एक साधकका लागि अनुकूलता र प्रतिकूलता ठूलो होइन। आशा र धैर्य प्रवाह दुवै माओवादीमा गर्नु गराउनु आवश्यक छ। जनता शान्ति, लोकतन्त्र र समृद्धि चाहन्छन्। बाह्य हस्तक्षेप र आन्तरिक उपद्रवस“ग लड्ने आ“ट र अठोट पनि नेपालीस“ग छ। यसर्थ एमाओवादीले धैर्य गर्नु र मित्रताको हात एमालेस“ग बढाउनुको विकल्प छैन। एमाले र एमाओवादी मिलेमा र असल हुन सकेमा कांग्रेस पनि असल हुन बाध्य हुनेछ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस