जेठ १४ मा संविधान जारी हुने संकेत देखिएको छ। दल तथा त्यसका नेता पनि गम्भीरतापूर्वक लागिपरेका छन्। संविधान अब कस्तो बन्ने हो भन्ने जनचासो चुलिएको छ। बाहिर संविधान निर्माण सम्भवजस्तो देखिए पनि संघीयता तथा शासकीय स्वरुपमा अझ कुरा मिल्न बाँकी छ।
सहमति भइसकेको संघीय व्यवस्थापिकाको स्वरुपलाई हेर्दा त्यसमा नेताहरूले आफ्नो राजनीतिक फाइदा हेरेर निर्णय गरेजस्तो देखिन्छ। अनि संघीयता, न्याय प्रणाली र शासकीय स्वरुपजस्ता विषयमा नेताहरूबाट आइरहेका उद्गार सुन्दा लाग्छ, उनीहरू संविधान निर्माणमा भन्दा आफ्नो भविष्य सुनिश्चित गर्न चिन्तित् छन्।
यही क्रममा मधेसी मोर्चाका नेताले मधेस एक प्रदेशको अडान कायमै रहेको बताएका छन् भने संघीयता पहिचानका आधारमा गर्ने वा नगर्ने भन्ने बहसले अझ पूर्णविराम पाउन सकेको छैन। यिनै कुरालाई लिएर दिनहुँजसो जुलुस र घेराउ हँुदै आएका छन्। अनि आफूले चाहेजस्तो संविधान नबने जलाउने चेतावनी पनि आइसकेको छ। यसले संविधान निर्माणमा झनै जटिलता थपेको छ। विशेषगरी मधेसी मोर्चाले एक मधेस एक प्रदेशको अडान छाडेको छैन भने हालै सम्पन्न थारुहरूको एक भेलाले तराईमा बहु प्रदेश हुनुपर्ने अडान राखेको छ।
नेपाल तीनतिर भारतबाट घेरिएको छ। विशेषगरी दक्षिणतर्फ १७ सयभन्दा बढी दुरी भारतसँग जोडिएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोडिएका सीमावारि र पारिको रहनसहन, भाषा र संस्कृति एउटै छ। अर्थात् पूर्वमा विराटनगर र सीमापारि बिहारको रहनसहन र समाज लगभग उस्तै छ भने मध्य पश्चिममा नेपालगन्ज र सीमापारिको उत्तर प्रदेशको रहनसहन तथा संस्कृति एउटै छ। त्यसैगरी पश्चिममा महेन्द्रनगर र सीमापारि उत्तराखण्डको रहनसहन एउटै छ।
त्यस्तै नेपालको पूर्वमा रहेको मेची अञ्चलको सीमापारि र पश्चिममा महाकाली अञ्चलको सीमापारि भारतमा एउटै प्रदेश छैन। त्यो सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश हँुदै उत्तराखण्डसम्म फैलिएको छ। त्यसबाहेक उत्तर प्रदेशबाट पनि अर्को राज्य बनाउने अभियान चलिरहेको छ। अर्थात् त्यही लगभग १७ सय किलोमिटर सीमापारि भारतमा चार प्रदेश छन्। तर, रहनसहनमा विभिन्नता हँुदै गएको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भूभागलाई एउटै प्रदेश बनाउने तर्क सही मान्न सकिँदैन। किनभने नेपालमा पनि भारतमा जस्तै पूर्वदेखि पश्चिमसम्मको रहनसहनमा अन्तर छ। त्यहाँको समाज र भाषा फरक छ।
अहिले एक मधेस एक प्रदेशको नारा घन्काउनेहरूले पश्चिममा दाङ, बर्दिया, कैलाली तथा कन्चनपुरलाई मधेस त मानिरहेका छन् तर त्यहाँका मूल बासिन्दाका रुपमा रहे पनि आफूहरूलाई बेवास्ता गरिरहेको आरोप थारु जातिले लगाउन थालेका छन्। मधेसमा एकभन्दा बढी प्रदेश बनाउनु भनेको मधेसीलाई टुक्र्याउने षड्यन्त्र मान्नेहरू संघीयताले देश टुक्रन्छ भन्नेहरूको कित्तामा नजानिँदोरुपले पुगेका छन्। देशमा संघीयता चाहिने तर फरकफरक भाषा र संस्कृति रहेको पूर्वदेखि पश्चिमसम्मको भूभाग भने एउटै राज्य हुनुपर्ने तर्क विरोधाभासयुक्त पनि छ। त्यसैले यस सम्बन्धमा आफ्नो अडान राख्दा सबै जनताको भावना र चाहनालाई पनि सम्मान गर्नुपर्छ। एक मधेस प्रदेश भन्नेहरुमाथि संघीय नेपालभित्र एकात्मक राज्यको वकालत गरिरहेको आरोप लागेको छ।
अर्को विवाद पहिचानको हो। पहिचानका आधारमा संघीयता निर्माणको माग एकातिर निकै मुखरित भइरहेको छ भने यसको विरोधमा पनि आवाज उठ्न थालेको छ। संविधान निर्माणको मूल मर्म देशका सम्पूर्ण जनतालाई समान अधिकार दिनु हो भने जातीय आधारमै संघीयता भएर केही फरक पर्दैन। तर, त्यसोभन्दा भोलि जातीय आधारमा हुने संघीय नेपालमा कुनै नेपालीले दोस्रो दर्जाको नागरिक हुनुपर्ने स्थिति भने आउन हँुदैन। यस कुराको निश्चितता संविधान निर्माताहरूले गर्नैपर्छ।
लोकतन्त्रमा सबैले माग राख्न पाउनु स्वाभाविक हो। त्यसमाथि संविधान निर्माणका बेला त्यस किसिमका आफ्ना समस्या सम्बोधन हुने किसिमले माग राख्नुलाई अनौठो मान्नुपर्ने कुनै कारण छैन। तर, त्यस्ता माग जसरी उग्ररुपमा आउन थालेका छन्, त्यसले लोकतन्त्रको मर्यादालाई पूर्णरुपमा जोगाउन भने सकेको छैन। संविधान बनाउन भनेर नै संविधानसभाको निर्वाचन भएको हो। हामी सबैले आफ्ना प्रतिनिधि चुनेर संविधानसभामा पठाइसकेको पनि धेरै भइसकेको छ। हो, संविधान बनाउँदा केही महत्वपूर्ण कुरा छुट्न नपाओस् भनेर सभासद्लाई झकझक्याउने शैलीमा सभा जुलुस गर्नु स्वाभाविक हो। तर, हाम्रो माग पूरा नभए संविधानै मान्दैनौँ भन्ने चेतावनीले संविधान निर्माणमा नै अवरोध उत्पन्न हुन सक्छ।
संविधानमा विवादित विषय संविधानसभाका सभासद्ले निपटारा गर्ने हो। त्यसको समाधान संविधानसभाबाहिर धर्ना दिएर हुन सक्दैन। माग उठाउनेले यो बुझ्नु आवश्यक छ।
संघीयता भनेको त मुलुकको केन्द्रीकृत अधिकारको बाँडफाँट होइन र? अनि नेपाल संघीयतामा जाने भनेको यसभित्र केही अधिकारसहित विभिन्न राज्य गठन गर्नु होइन र? तर, यहाँ उठिरहेका आवाज सुन्दा त पहिलैदेखि बेग्लै अस्तित्वमा रहेका राज्यहरूले नेपालमा मिल्नलाई आफ्नो शर्त राखेजस्तो लाग्न थालेको छ। अनि यही कारणले गर्दा संविधान निर्माणका विषयमा कतिपय नेताहरू राष्ट्रिय राजनीति छाडेर क्षेत्रीयतामा खुम्चन पुगेका छन्। कतै भोलि संविधान निर्माणपछिको संघीय नेपालमा क्षेत्रीय स्तरका नेताहरू थुप्रै हुने तर राष्ट्रिय स्तरका नेता अभाव हुने स्थिति आउने त होइन भन्ने शंका पनि यही कारण उब्जन थालेको छ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने संघीयतामा राष्ट्रियता अझ बलियो हुनुपर्छ। क्षेत्रीयताभित्र राष्ट्रियता हराउने किसिमको संघीयता कुनै पनि कोणबाट मुलुकको हितमा हुन सक्दैन। त्यसैले यसलाई स्विकार्न पनि सकिँदैन।