देशका प्रमुख राजनीतिक दलका मुख्य नेताहरू संविधान निर्माणको लेनदेनमा सक्रिय तवरले लाग्दा पनि जनता नया" नेपालको नया" संविधान बारे विश्वस्त हुननसक्नुलाई विडम्बनामात्रै भनेर पार लाग्दैन। संविधान निर्माणको अन्तिम भनिएको चरणमा संचारकर्मीले निकै ढंग पुर्याएर दलका नेताहरूको गंभीर छलफलवाट चुहिएका सूचनाको जतिसुकै सकारात्मक विश्लेषण गरेपनि तिनको हैसियत र विश्वसनीयता जनताका माझ स्थापित हुनसकेको छैन। लगातार तीन वर्षसम्म राजनीतिक दलहरूले संविधान निर्माणसँग खेलबाड गरे। संचारकर्मीले पनि राजनीतिज्ञहरूको अविश्वसनीयता स्थापितगर्न त्यत्तिकै मेहनत गरे। त्यसैले पनि, अहिले एकाएक दलहरूप्रति संचारकर्मीहरूको सदाशय बेमौसमी रागजस्तो सुनिएको छ। संचारकर्मीहरू अब चाहिँ राजनीतिक नेताले संविधान बनाउ"छन् भन्ने सन्देश प्रवाहित गर्न किन नाटकीय ढंगले लागि परेका हुन्? अचानक देखिएको यो अभिप्रेरणाको मुख्य स्रोत के हो? जनताको मनमा खुलदुली छ। यो खुलदुली नमेटिएसम्म नेपाली संचारकर्मीहरूको साख जोगिनेछैन।
संविधान जारी नभएसम्म यसका बारेमा यसै भन्नसकिने अवस्था अहिलेसम्म पनि बनेको छैन। दलका नेताहरूले जतिसुकै रात जुनसुकै रिसोर्टमा बिताए पनि उनीहरूको मनबाट एकअर्काप्रतिको अविश्वास हटेको छैन। देशको मूल राष्ट्रिय नीतिको खाका कसरी कोरिने हो? मूल राष्ट्रिय लक्ष्यको निर्धारण कसरी गरिने हो? विविध जाति जनजातिलाई एकै सूत्रमा समेटेर राष्ट्रिय एकताको माला कसरी उनिने हो? यसबारे नेताहरूले गम्भीर चिन्तन गरेको कतैपनि अनुभव गर्न पाइएको छैन। अहिले त संघीय स्वरूपको निर्माणमा मात्र सबै नेताको ध्यान केन्द्रित देखिएको छ। यसपछि आउने संकट बारे उनीहरूले सोच्नै सकेका छैनन्। नेपालका सन्दर्भमा एक देश र एक अर्थतन्त्रको भावनाप्रति प्रतिबद्ध हुने हो भने संघीय संरचना आफैँमा त्यति अप्ठेरो प्रस्तावना होइन। त्यस्तो राष्ट्रिय भावनालाई संगठित नगरी संघीय स्वरूपमा जाने हो भने सात राज्य बनाएपनि र दश राज्य बनाएपनि देशलाई विखण्डनबाट जोगाउन कसैले सक्नेछैन। दरिद्रताको समानुपातिक वितरण गर्नकै लागि संघीयता चाहिएको हो भने त देशलाई जतिसुकै थुम्कामा विभाजित गरेपनि हुन्छ। होइन भने, नेताहरूले देशका रूपमा नेपाली राष्ट्रलाई निरन्तरता दिन आपसी अविश्वासको बादल चिर्नै पर्छ। त्यो नचिरेसम्म नेपालका लागि लाभकारी र प्रतिनिधिŒवमूलक संघीय व्यवस्थाको पहिचान हुन मुस्किलै पर्छ। दरिद्रतै झगडा, विद्रोह र अन्त्यमा विभाजनको बीउ पनि हो। अहिले सामान्य नेपाली जनता संविधान जारी हुनुअघि र जारी भइसकेको अवस्थाका बारेमा चिन्तित छन्। यी दुवै अवस्था प्रीतिकर नहुन सक्छ।
प्रमुख दलहरू आफैँभित्र पनि सुल्भि्कन सकिरहेका छैनन्। नेपाली कांग्रेसका लागि स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाले उत्तराधिकारमा छाडेर जानुभएको संघीय गणतन्त्रको एजेन्डा मुटुको भक्कानो साबित भइरहेको स्पष्ट देखिएको छ। आफ्ना प्रतिद्वन्द्वी शेरवहादुर देउवाप्रति कांग्रेस सभापति सुशील कोइरालाको मौन क्रोधले कांग्रेस संगठनलाई क्षतविक्षत तुल्याइसकेको छ। तै पनि, उहा" शक्तिशाली भएको भ्रममा बा"च्न छाड्नुभएको छैन। कांग्रेस सबै पार्टीहरूको माउ र माओवादी पार्टीलाई शान्ति र संविधानको बाटोमा डोर्याउने पार्टीसमेत भएकोले राजनीतिक प्रक्रियामा कांग्रेसको मुख्य भूमिकाको दाबेदारी उहा"ले छाड्नुभएको छैन। संविधान सभाको चुनाव परिणामले त्यस्तो दाबेदारीको खण्डन गरी सकेको यथार्थलाई उहा"ले अहिलेसम्म पनि आत्मसात गर्नसक्नु भएको छैन। इतिहासको ब्याज खाएर बस्ने नेताहरूलाई विस्थापित गर्नसक्ने समर्थ पुस्तालाई कांग्रेसभित्र टाउको उठाउनसम्म दिइएको छैन।
यस्तै अवस्थामा देखिएको छ नेकपा (एमाले)। राजनीतिक हिसाबले चित्रवहादुर केसीको पार्टी राष्ट्रिय जनमोर्चाले लिए जत्ति पनि अडान लिनसकेको छैन एमालेले। झापा विद्रोहपछि निर्दलीय पञ्चायत र बहुदलीय व्यवस्थाहु"दै अहिलेसम्म सत्ता राजनीतिको खेल खेल्दै आएको यो पार्टीको अडान नहुनु नै अडान भएको छ। सत्ताका लागि मरिमेटेर जे पनि गर्ने मधेसवादी दलहरू र अन्य साना पार्टीहरूले राष्ट्रिय लक्ष्यका बारे सोच्ने आवश्यकता देखेकै छैनन्। सबै प्रकारका नीहित स्वार्थका लागि देश एउटा ताउलो बनेकोछ।
शान्ति प्रक्रियामा आएपछि सबैभन्दा शक्तिशाली र संगठित भनिएको राजनीतिक दल एनजेकपा (माओवादी)मा पनि कलहको डढेलो सल्किएको छ। त्यो पार्टीका अध्यक्षका रूपमा पुष्पकमल दाहाल 'प्रचण्ड'लाई देशका एकमात्र खलनायक साबित गर्ने काममा लागेका व्यक्ति र प्रवृत्ति अहिले त्यही पार्टीभित्र सगबगाइरहेका देखिन्छन्। सत्ताको भोगविलासबाट वञ्चित गरिएको कारण उत्पन्न व्यक्तिगत आक्रोशलाई सिद्धान्तको कालो जामा पहिराइएको त्यो झगडाले माओवादी पार्टीका कार्यकर्ताहरूको मथिंगल खियाएको छ। अध्यक्ष दाहालका विरोधीले सुरु गरेको यो अभियान चर्काउन सीपी गजुरेल, रामबहादुर थापा र हरिभक्त क"डेल अहोरात्र खटिएपनि अहिलेसम्म उहा"हरूको पार्टी विभाजन गर्नसक्ने राजनीतिक हैसियत प्रमाणित हुनसकेको छैन।
नेपाली जनताले पार्टीहरूको विभाजनलाई रुचाउने गरेका छैनन्। त्यसैले पार्टीहरू चोइटिएर जान्छन्, विभाजित हु"दैनन्। पहिले जनमत संग्रहपछि २०३८ मा नेपाली कांग्रेसबाट परशुनारायण चौधरी चोइटिएर बाहिरिएका थिए। पञ्चायतको चुनावमा भाग लिनुपर्ने उनको विचारको समर्थन गर्ने कांग्रेसीहरूको ठूलो जमातबाट केही व्यक्तिमात्रै उनीसँग चोइटिएका थिए। त्यस्तै २०५१ मा गिरिजाप्रसाद कोइरालाले आफ्नै पार्टी बनाउने मनसुवा देखाउनु भएपनि त्यो पुरा भएन। विग्रह बढ्दै गएपछि पार्टीबाट अलग्गिनु भएका शेरबहादुर देउवा पनि धेरै दिन रुखको छहारीबाहिर टिक्नसक्नु भएन। वामदेव गौतमले पनि एमालेबाट छुट्टिएर माले पार्टी बनाउन सकेनन्। दाहाललाई खँगार्ने उद्देश्यसाथ सुरु भएको धोवीघाट धुलाई अभियानका प्रचण्ड विरोधीहरूको उद्देश्य र आशय दुवै परास्त भयो।
पार्टीहरू यस्तो अनौठो आन्तरिक विग्रहमा परेका बेला रचना गरिएको संविधान आकारबाहेक अरू केही हु"दैन। त्यसैले संविधानसभाको अन्तिम समय सीमाभित्र नया" संविधान जारी हुनु अनौठो हुनेछैन। तर, त्यसरी जारी भएको संविधानले अन्तरिम संविधानको अवस्था भोग्नु पर्यो भने नेपालीका लागि त्यसभन्दा नमिठो अनुभव अरू केही हुनेछैन। सभासद्हरूले संविधान निर्माण प्रक्रियामा अहिलेसम्म एक शब्द बोलेको सुनिएको छैन। पार्टीहरूले आफ्ना सभासदहरूको मुखमा ह्विप लगाइदिएका छन्। प्रत्यक्ष निर्वाचितबाहेक समानुपातिक पद्धतिबाट छानिएका सभासद्को आवाज अहिलेसम्म फुटेको छैन। ती आवाजहीनहरूको आवाज अब फुट्ने सम्भावना पनि छैन। यस अवस्थामा आगामी संविधान जनताका नाममा दलहरूले दलहरूकै सत्ता स्वार्थका लागि लेखिएको दस्ताबेजभन्दा बढी केही हुने देखिँदैन। नेताहरू जेजस्ता विषयमा जसरी बहसमा अल्भि्कएका छन् त्यसबाट स्पष्ट भइसकेको छ उनीहरूले संविधानका नाममा आपसी सम्झौताको एउटा दस्ताबेज सार्वजनिक गर्नेछन्। त्यो दस्ताबेज नया" नेपालका लागि कति उपयोगी साबित हुनेछ? त्यो भने भविष्यले देखाउनेछ। शान्तिको संस्थागत विकास, लोकतन्त्रको प्रभावकारी प्रयोग र संघीय गणतन्त्रको फराकिलो मार्गको खोजीमा रहेका नेपाली जनताको चित्त त्यसले बुझाउने छ कि छैन? आजको संशय यही हो।