कस्तो संविधान बनाउने ?
१८ वैशाख २०६९
•
१२ मिनेट पाठ
कस्तो संविधान बनाउने ?
शान्ति र संविधानका पक्षमा आशा पलाउनु, बिलाउनु विगत ५ वर्षदेखिको नेपालीको नियतिजस्तै भएको छ। यी प्रसंगहरू उठ्नेबित्तिकै हामी सधैँ बाह्र बुँदे सम्झौता सम्झने गर्छौं। त्यसमा हत्या, हिंसाको शृंखला छाडेर माओवादीले शान्तिको बाटोमा आउन प्रण गरेको छ र त्यसका लागि केही सर्त र केही आफ्ना मान्यतालाई गोलमटोल भाषामा अगाडि सार्ने यत्न पनि गरेको छ।
तर यो बाह्र बुँदेको जस भने भारतीय नेताहरूले पनि लिने यत्न गरेका छन्। उति बेलाका रक्षामन्त्री र हालका भारतीय वित्तमन्त्री प्रणव मुखर्जीले त बाह्र बुँदे सम्झौता गराउनमा आफ्नो प्रमुख हात रहेको दाबी सार्वजनिकरूपमै गरेका छन्। त्यसभन्दा अगाडिको कथित दस वर्षे 'जनयुद्ध'का बारेमा त अब चर्चा नै हुन छाडिसकेको छ। त्यो किन ? कुन प्रयोजनका लागि? के उद्देश्य लिएर सुरु गरियो र यसले के प्राप्त गर्योन? मुलुकले यसबाट के हासिल गर्यो्? यसको पछाडि कुन शक्ति थियो? भन्नका लागि त शोषित, पीडित, उत्पीडनमा परेका अधिकारविहीन जनताको मुक्ति आन्दोलन भनिएको थियो। त्यसका लागि सेनै गठन गरेर हातहतियारद्वारा सुसज्जित पारी 'शोषक सामन्त'को सफायाबाट युद्ध थालिएको थियो। परिणाममा भने यो 'जनयुद्ध' स्थापित राजनीतिक कार्यकर्ताको हत्या गरेर समाजलाई तथा हिंसाको विस्तार गरेर राज्यलाई कमजोर तुल्याउने अभियान बन्यो। जातीय नारा दिएर आफ्नो शक्तिलाई विस्तारित गर्नु यसको अर्को उद्देश्य थियो। नेपाल भन्ने मुलुकको एकतामाथि खलल पुर्यानउनैका लागि जात, धर्म, सम्प्रदायहरूबीचमा द्वेष फैलने गरी जातीय राज्य घोषित गर्दै जानु, समानान्तर सरकार बनाउनुजस्ता विभिन्न चरण यसले पार गर्यो्। लामो निरंकुश सत्तापछि जनआन्दोलनबाट लोकतन्त्र स्थापित भएकाले जनअपेक्षा उर्लेको थियो। त्यसरी उर्लेको जनआकांक्षालाई राज्यले सम्बोधन गर्न नसक्ता उत्पन्न असन्तुष्टिलाई समेत उपयोग गर्ने माओवादीको हिंसात्मक आन्दोलन चर्कनु स्वाभाविकै पनि थियो।

संसदीय व्यवस्थाको प्रयोग यथार्थमा चार वर्ष पनि हुन पाएको थिएन। आर्थिक सूचक राम्रैसँग उकालो लाग्दै थिए। समाजमा अहिलेजस्तो कहालीलाग्दो मात्रामा अपराध वृत्ति बढेको थिएन। भ्रष्टाचार अनियन्त्रित थिएन। सामाजिक सद्भाव बिग्रिसकेको थिएन। पहिचान लगायतका लागि जनआकांक्षा साँच्चिकै उर्लेको थियो तर त्यसलाई सम्बोधन गर्ने प्रयत्न पनि राज्यले गर्दै थियो। संचार माध्यमले पर्याप्त स्वतन्त्रता पाएको थियो। निजीक्षेत्रबाट संचारमा लगानी हुन थालेको थियो। भाषिक, सांस्कृतिक स्वतन्त्रता मुलुकले पाइसकेको थियो। रेडियो, टेलिभिजन, छापा कुनै माध्यमलाई पनि भाषा, संस्कृति, शिक्षाको आआफ्नो किसिमले जगेर्ना गर्न रोकटोक थिएन। तर, एकाएक सशस्त्र विद्रोह सुरु गरियो मुलुकमा। यो कहाँबाट भयो? किन भयो? भनेर खोजी गर्ने प्रयत्न भने खासै भएन। बाह्र बुँदे सम्झौता भएको छ वर्ष बितिसक्यो। तैपनि मुलुकले शान्ति पाउन सकेन। एउटा आन्दोलनपश्चात् बनेको संविधान, त्यसअन्तर्गत भएको निर्वाचनबाट गठित सरकारले सम्पूर्ण समस्याको समाधान गर्न सकेन भनेर हिंसात्मक आन्दोलन गर्नेहरूले जनतासँग गरेका के कति कबुल पुरा गरे? अब त त्यसको लेखाजोखा हुनुपर्ने हैन? यथार्थमा यो १६ वर्षमा मुलुक साँच्चिकै अस्थिरतातर्फ धकेलिँदै छ कि छैन? नेपाली जनता यसको लेखाजोखा गर्ने कि नगर्ने? मुलुकलाई यसरी खाल्डोमा हाल्नेलाई खबरदारी गर्ने जिम्मेवारी कसको हो? प्रश्न बाह्र बुँदाको होइन। प्रश्न त्यो दिनको हो जुन दिन जनयुद्धको नाममा पहिलो मान्छे मारियो। त्यसको नाम, ठेगाना, गाउँ, ठाउँ, नेपाली जनताको सम्झना छ कि छैन? र, त्यसलाई मार्न र त्यहीँबाट जनयुद्धको सुरु हुन्छ, यसैगरी गर्नु भनेर खटनपटन गर्नेका बारेका हेक्का छ कि छैन? छैन भने नेपालको राजनीतिमात्रै होइन अस्तित्व नै पनि धुमिल छ।
अहिले हामी संविधान कस्तो बन्नुपर्छ र त्यसमा के के लेखिनुपर्छ भन्ने बहसमा छौं। संविधान कागजको खोस्टो होइन। एकथरी संविधान कुनै विषय नै होइन, शासन मात्रै विषय हो भन्ने सोच राख्छन् भने अर्कोथरी संविधान मूल कानुन हो, मुलुकलाई कानुनले संरक्षित गर्नुपर्छ, कानुन नै व्यवहार हो, कानुन नै नागरिकको सुरक्षा हो, कानुनले नै नागरिकलाई संरक्षित गर्छ, सुरक्षित गर्छ। कानुन नै सम्प्रभु हो, त्यसकारण त्यसैलाई बलियो बनाउनुपर्छ भन्ने सोचमा छन्। दुईथरीबीचको अहिलेको द्वन्द्वकोे विषय यही हो। भनिदिए हुने, बोलिदिए पुग्ने। क्रान्तिको उन्मादमा हामीले मुलुकलाई संघीयतामा लग्यौँ। मुलुक त्यहीँ अड्क्यो। धर्मनिरपेक्षतामा लग्यौँ त्यहीँ फस्यौँ। जातीयतामा लग्यौं त्यहीँ भासियौँ। हिंसाको राजनीति सुरु भएपछि हिंसा अपराध होइन राजनीति हो भन्ने अर्थमा अनूदित भयो। यी सबैले गर्दा संविधान पनि त्यहीँ अड्क्यो। संवैधानिक समितिमा निर्णय भइसकेका विषयमा रिसोर्टमा गएर हाम्रा कुरा मिले भनेर फर्किनु र त्यसपछिका बैठकमा फेरि कुरा नमिल्नुलाई के भन्ने?
अर्घेलो जति अरूलाई देखाउने, समस्या सतरन्जाभित्र राख्ने। फोहोर धेरैपटक देखिइसकेको छ र पनि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल अहिले पनि त्यही गर्दैछन्। को कसको एजेन्ट भनेर कहाँ कोट्याउँदै जाने? उनीहरूकै भाषणलाई टिपेर हिँड्ने हो भने पनि बिहान, दिउँसो र बेलुकाका तीन सभामा तीन थरीका भाषण गर्छन्। यो नेताको धारणा यही हो भनेर खुट्याउनै गाह्रो छ। संघीयताको माग केका लागि थियो? त्यो पनि अब त भन्नै मुस्किल भइसक्यो। पहिचानको माग भन्थे अब उनैको पहिचान खोज्नुपर्यो । मार्क्सवादी हो? लेनिनवादी हो? स्तालिनवादी हो? माओवादी हो? प्रचण्डपथ भन्ने कुनै चिज छ? कसैले यही माग भनेर पठाएको हो? पुष्पकमल अध्यक्ष रहेको पार्टीमा बाबुराम भट्टराई प्रधानमन्त्री कसरी भए भन्ने प्रश्नको जबाफ छ? दस वर्षेको हिंसात्मक विद्रोहकालमा आठ वर्षभन्दा बढी त भारतमै बसेका यी दुई नेतामध्ये एकजना भारतको साह्रै निकट हुनु र अर्का दूरीमा बस्नुको कारण किन कसैले भन्न सक्तैन? त्यसको भन्डाफोर गर्न उनैका पार्टीका नेता कार्यकर्ता अहिले उफ्रेर लागेका छन्। त्यसको कारण?
प्रश्न त अन्त पनि तेर्सिन सक्छन्। सुरुमा कुरा उठान भएजस्तै के माओवादी हिंसात्मक द्वन्द्व वा बाबुराम भट्टराईकै शब्दमा भन्ने हो भने 'सिभिल वार' यो भूमिबाट उठेकै होइन। नेपालको स्थिरता अरू कसैका लागि अरुचि हुनु विचित्रको विडम्बना हो। यसमा तीन चार थरीको स्वार्थ गाँसिएको छ। स्थिर, बलियो, जनताको सहभागितासहितको लोकतन्त्र, जनताको स्वाभिमान, स्वायत्तता, सार्वभौमिकताले गर्ने निर्णय प्रक्रिया भारतलाई स्वीकार्य भएन या नभएको देखियो। जबजब मुलुकको सरकारले आफ्नो विदेशमा काम गर्ने गुप्तचर संस्थालाई बलियो बनाउँछ, कूटनीतिक संस्थालाई कमजोर तुल्याउँदै जान्छ र राजनीतिक स्वार्थहरू आफ्नै सत्ताघेरामा बाँधिदै जान्छन् तबतब यस्ता समस्या अरू मुलुकमा पनि देखिने गरेका छन्। आईएसआईले के गर्छ भन्ने पाकिस्तानको सरकारलाई थाहा हुँदैन। केजीबीजस्तै संस्थाले के गरिरहेको छ भन्नेे रुसको वैध शासन वृत्तलाई थाहा हुँदैन थियो। अमेरिकाको शक्ति राष्ट्रपतिको हातमा छ भनेर जति भने पनि करिब ६० वटा मुलुकमा अहिलेसमेत सीआईएले जे चाह्यो त्यही हुने स्थितिमा छ। त्यसैगरी छिमेकका साना मुलुकहरूमा साउथब्लकभन्दा 'रअ' शक्तिशाली र क्रियाशील भएको देखिन्छ। नेपालसँगको सम्बन्धमा पनि अब राजनीतिक, कूटनीतिकभन्दा यस्ता खालका सम्बन्ध बढी प्रभावशाली भएको नेपालीले बुझ्न थालिसकेका छन्। कहिले सात प्रदेश, कहिले १४ प्रदेश, कुनै दलबाट १२ प्रदेश एक मधेस, दुई मधेस, अखण्ड थरुहट आदि सबै यसैका द्योतक हुन्। जेठ १४ भित्र संविधान आउन पनि सक्छ तर त्यो संविधान कसरी आउने? कहाँबाट आउने? कस्तो आउने? यसप्रति नेपाली जागरुक हुनु भने आवश्यक छ।

 

 
अर्को समाचार
‘संविधान कसरी र कस्तो भन्ने निर्णय हाम्रै'
११ मंसिर २०७१
•
२ मिनेट पाठ
‘संविधान कसरी र कस्तो भन्ने निर्णय हाम्रै'
काठमाडौं–प्रधानमन्त्री सुशील कोइरालाले ‘संविधान कसरी र कस्तो बनाउने भन्ने निर्णय नेपालका राजनीतिक दलहरूले नै लिने' बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय ट्रमा सेन्टर उद्घाटन क्रममा ‘संख्याको बलमा होइन, सहमतिका आधारमा निर्धारित समयभित्रै संविधान बनाउन' सुझाव दिएको बारे प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री कोइरालाले बिहीबार भने, ‘मोदीज्यूले सहमतिमा संविधान जारी गर्नुस् भनी सुझाव दिनुभएको हो। हामीलाई बाहिरबाट कसैले संविधान यसरी बनाऊ भनेर दबाब दिएको छैन, संविधान कसरी र कस्तो बनाउने भन्ने निर्णय नेपालका राजनीतिक दलहरूले नै लिनेछन्।'

सार्कको १८ औं शिखर सम्मेलन समापनपछि आयोजित पत्रकार सम्मेनलमा कोइरालाले नेपालका राजनीतिक दलहरूले तोकिएको माघ ८ गते आफ्नै निर्णयमा संविधान जारी गर्ने बताए। ‘सार्क सम्मेलनमा नेपालले शान्ति, स्थिरता र समृद्धिको मार्गमा हिँडेको स्पष्ट सन्देश दिएको छ,' कोइरालाले भने, ‘शान्तिमार्फत विकास गर्ने हाम्रो प्रयास हो।'
सार्कले जुन गतिमा अघि बढ्नुपर्थ्यो, त्यो लिन नसकेको पनि उनले टिप्पणी गरे। ‘सार्क अब शान्ति, स्थिरता, लोकतन्त्र र विकासलाई अँगालेर अघि बढ्नेछ,' उनले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
असमान तीन सम्बन्ध
असमान तीन सम्बन्ध
भरत बम भरत बम • · ०६ चैत्र २०६८ · १३ मिनेट पाठ
अतुलनीय नयाँ संविधान
डा युवराज संग्रौला डा युवराज संग्रौला • · ०१ मंसिर २०७२ · १९ मिनेट पाठ
कस्तो शासकीय पद्धति अपनाउने?
नागरिक नागरिक • · ०८ कार्तिक २०७० · २२ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस