प्रजातन्त्र पुनर्स्थापनाअघि प्रजातन्त्रमा कतिवटा दल हुनुपर्छ भन्नेमा छलफल र विवाद हुन्थ्यो। त्यति बेला लगभग एक करोड ५० लाख जनसंख्या भएको मुलुकमा धेरै दलले झनै झमेला हुन्छ भन्ने आशंका थियो।
त्यही सम्बन्धमा ०४६ सालको जनआन्दोलनअघि चाक्सीबारीमा आयोजित कार्यक्रममा भारतीय नेता सुब्रमन्ह्यम स्वामीले भनेका थिए, 'प्रजातन्त्रपछि नेपालमा दुई दलीय व्यवस्था राख्ने अथवा वहुदलीय, त्यो तपाईँहरूले विचार गर्ने कुरा हो।' त्यति बेला इजरायलको जनसंख्या लगभग ५० लाख भएको र त्यहाँ झन्डै ५० वटै पार्टी भएको बताउँदै उनले भनेका थिए, 'जनसंख्याकै आधारमा भन्ने हो भने नेपालमा सयभन्दा बढी दल भए हुन्छ।'
लगभग यस्तै बहस अहिले नेपालमा हँुदै छ। विभिन्न जातजातिको फूलबारीसरह रहेको मुलुक संघीयतामा जाने भइसकेपछि कति राज्य बनाउने भन्ने बहसले गम्भीर विवाद निम्त्याएको छ। पहिचानलाई संघीयता निर्माणको आधार बनाउनुपर्ने माग कडा रुपमा आइरहेको छ। यसको विरोध गर्नेले नेपालमा सयभन्दा बढी जाति भएकाले जातीय आधारमा संघीयता कायम गरे त्यसले निरन्तर विवाद उत्पन्न गरिरहने बताउँदै आएका छन्। यसबीच जिल्ला र क्षेत्रका भूभागलाई अखण्ड राख्नुपर्ने माग पनि उत्तिकै उठेको छ। यसमा दल र त्यसका नेताहरूको ठोस विचार आएको छैन। उनीहरू संघीयताको मागमा निस्कने आवाजको चर्कोपन अनुसार सहमति गर्दै आएका छन्। मधेसी मोर्चासँगको कार्यगत एकता गर्न पुगेको माओवादीले आफ्नो सुझावमा मधेसलाई एउटै प्रदेशमा नराखे पनि उनीहरूको एक मधेस प्रदेशको विरोध गरेको छैन। प्रधानमन्त्रीले मिथिला राज्यको मागलाई स्विकार गर्दै सहमतिमा जान एक मधेस प्रदेशको कुरा मान्नु परेको विवशता व्यक्त गरेका छन्। मधेसी मोर्चाका कुनै पनि घटकले मिथिला, भोजपुरा, अवधजस्ता कुरालाई वास्ता गरेको छैन। उनीहरू एक मधेस प्रदेशमै अडिग छन्। मधेसमा विभिन्न मागसहित आन्दोलन भइरहेका छन्। जनकपुरलाई केन्द्रित गरेर भइरहेको आन्दोलनले मिथिला प्रदेश हुनैपर्ने माग राखेको छ। त्यस्तै पश्चिम तराईमा थारुले थरुहट राज्यको माग गर्दै आन्दोलन चर्काइरहेको छ। उता नयाँ संविधानमा सुदूर पश्चिमलाई अखण्ड राख्नुपर्ने मागसहित आन्दोलनले चरम रुप लिइसकेको छ।
यी सबै मागलाई मान्ने हो भने एक मधेस प्रदेशको आन्दोलनलाई बिर्सनुपर्छ। बाँकी आन्दोलनलाई अगाडि राखेर एक मधेस प्रदेशको मागलाई ध्यान दिन सकिने स्थिति छैन। त्यसैले संविधान निर्माणको समय सीमाको अन्त्यतिर देखिएको यस अन्योलले जनतालाई रनभुल्ल पारेको छ। उज्यालो हुने बेला रात झनै गहिरिएझैँ छ यो अन्योल।
नेपाल संघीयतामा जान कुन कुरालाई आधार बनाउने भन्ने विषय अहिलेसम्म टुंगो लागेको छैन। जातीय पहिचानका आधारमा राज्य निर्माण गर्दा त्यो क्रम कहिल्यै नटुंगिने तर्क पनि आइरहेको छ। नेपालमा कति राज्य बनाउन अनुकूल हुन्छ भन्ने जिज्ञासा संघीयतापछिको स्थितिबारे केलाउनु आवश्यक छ।
भारतकै उदाहरण लिने हो भने संघीयतापछि हरेक राज्यमा एउटा विधान सभा बनाउनु पर्छ, त्यस्तै गभर्नर निवास, मुख्यमन्त्री तथा मन्त्री निवास बनाउनुपर्छ। उनीहरूलगायत विधायकहरूको सुरक्षाका लागि सुरक्षाकर्मीको आवश्यकता पर्छ। ती सबैलाई तलब, भत्ताको व्यवस्था गर्नुपर्छ। अनि सबैभन्दा महत्वपूर्ण कुरा, जेठ १४ मा घोषणा हुने संविधानमा भएका राज्य संख्या नै अन्तिम हुने छैनन्। त्यसपछि पनि विभिन्न आधारमा थप राज्य निर्माणको माग उठ्नेछ। सयभन्दा बढी जातजाति भएको मुलुकमा यसले निरन्तरता पाउने पक्का छ।
मुख्य कुरा नेपालमा संघीय राज्य निर्माण भइसकेपछिको आर्थिक व्ययभार कति पुग्ने भन्नेबारे पनि छलफल हुनुपर्छ। अर्थात् राज्य निर्माणको एउटा आधार नेपालको आर्थिक स्थितिलाई पनि बनाउनुपर्छ। त्यही अनुसार हाम्रो आर्थिक स्थितिले थेग्न सक्ने भए २० त के ४० राज्य बनाए पनि हुन्छ। होइन, हाम्रो आर्थिक स्थिति त्यसअनुरुप छैन भने कति वटासम्म थेग्न सकिन्छ, त्यही किसिमले सोच्नु पर्छ। संघीयताको विषयमा नेपाल निकै अगाडि बढिसकेकाले त्यसविनाको संविधानको कल्पना गने स्थिति छैन। अहिलेको डरलाग्दो स्थिति भनेको राज्य पुनर्संरचनाको विषय भावनासँग जोडिनु हो। यस्तो स्थितिमा आफ्नो सोचअनुसार नभए मान्दैनौँ भन्ने प्रवृत्ति झाँगिदै गएको छ। यस किसिमको सोचले विवादित विषयहरूको टुंगो लाग्न निकै कठिन छ।
संघीयताको सवाल अगाडि बढेको भए पनि हाम्रा नेताहरूले त्यसको लक्ष्य भने अझ निर्धारण गर्न सकेका छैनन्। हाम्रो अहिलेसम्मको सोच भनेकै संघीय राज्यसहितको नयाँ नेपालको निर्माणसम्म मात्र सीमित छ। संविधान निर्माणसँगै नयाँ नेपालको निर्माण प्रक्रिया सकिने होइन। सुरुमात्र हुनेछ। त्यसैले नेपाल संघीयतामा गइसकेपछि उत्पन्न हुने राजनीतिक, आर्थिक, सामाजिक, चुनौतीतर्फ पनि अहिले नै विचार पुर्याउँदा राम्रो हुन्छ। परिणाम नआउँदासम्म युद्ध निकै ठूलो हुन्छ। वास्तविक लडाइँ त युद्धपछिको स्थिति नै हो।