कांग्रेसले स्थापनाको ६२ वर्षपछि सभापतिको 'निरंकुश अध्यक्षात्मक प्रणाली' बाट सामूहिक नेतृत्व पद्धतिमा जाने जमर्को गर्दैछ।
कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा गठित समितिले तयार गरेको विधानको मस्यौदामा पार्टीलाई सामूहिक नेतृत्वमा लाने प्रस्ताव गरिएको छ। स्थापनाकालदेखि लोकतन्त्रका लागि लड्दै आएको पार्टीको संगठन सञ्चालन प्रक्रिया भने प्रजातान्त्रिक थिएन। यो लोकतान्त्रिक पार्टीका लागि दुर्भाग्यपूर्ण पक्ष हो। सभापतिको एकल निर्णयबाट चल्दै आएको पार्टीलाई सामूहिक पद्धतिमा लान खोजिनु ऐतिहासिक घटना हो। इतिहास हेर्दा कांग्रेसको योगदान गौरवलाग्दो छ। तर, आन्तरिक लोकतान्त्रिक अभ्यासको कमी र कोइरालावाद पराकाष्ठामा पुगेका कारण कांग्रेस जीवनमरणको दोसाँधमा पुगिसकेको छ। परिवारवादले थलिएर कांग्रेसका सबै अवयव र नेता-कार्यकर्ता यति लाचार भइसकेका छन् कि सभापति कोइरालाले धृतराष्ट्रको बनेर सुजातालाई सरकारमा पार्टीको नेतृत्व गर्दै पठाउँदा पनि कसैले विरोध गर्न सकेन। यसबाट प्रस्ट हुन्छ- कांग्र्रेसमा न्यायको आवाज निमोठिइसकेको छ। यथास्थितिमै चलाइरहने हो भने कांग्रेस प्रजापरिषद्जस्तै इतिहासको मात्र सीमित हुने निश्चित छ। कांग्रेसलाई पुनर्जीवन दिने हो भने कोइरालावादको अन्त्य गर्नु र पार्टीलाई लोकतान्त्रिक ढंगले चलाउनुको विकल्प छैन। आगामी महाधिवेशन पार्टीलाई पुनर्जीवन दिने अन्तिम मौका हो। विधान समितिले जुन प्रस्ताव अघि सारेको छ, त्यसले कांग्रेसलाई पुनर्जीवन दिने झिनो भए पनि प्रयास हुँदैछ भन्ने सन्देश दिएको छ।
कांग्रेसमा पार्टीलाई सामूहिक नेतृत्वमा लान उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र ८० प्रतिशत सदस्य निर्वाचनबाट छानिने प्रस्ताव गरिएको छ। यो प्रावधानले सभापतिले आफूखुसी पदाधिकारी राख्ने र हटाउने जुन खेल र गुटबन्दी हुन्थ्यो, त्यसलाई समेत अन्त्य गर्नेछ। कांग्रेसमा हालसम्म ५० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित र ५० प्रतिशत मनोनीत हुने व्यवस्था छ, त्यसले सभापति र उनीबाट मनोनीतको जहिले पनि बहुमत हुने हुँदा पार्टीलाई निरंकुश परिपाटीमा चलाउन उत्प्रेरित गर्दै आएको छ। सभापतिले पार्टीमा कुनै निर्णय नगरी कोटको खल्तीबाट मन्त्रीहरूको सूची निकाल्दा पनि पदाधिकारीसमेत पद जाने डरले सधैं मौन बस्ने गरेका छन्। उपसभापति, महामन्त्रीलगायतका सबै पदाधिकारी निर्वाचनबाट छानिंदा पद पाउन सभापतिकहाँ चाकरीमा दौडने प्रवृत्तिको मात्र अन्त्य हुँदैन कि पार्टीमा संगठन सञ्चालन निरंकुश ढंगले हुँदा, कोही नेता-कार्यकर्ता अन्यायमा पर्दा, परिवारवाद लादिंदा निर्वाचित पदाधिकारी-सदस्यले निर्धक्क विरोधमा बोल्न सक्छन्, जसले पार्टीमा आन्तरिक प्रजातन्त्रलाई चुस्त बनाउनेछ। विधान समितिले केन्द्रीय समितिमा सभापतिलाई २० प्रतिशत सदस्य मनोनीत गर्ने जुन अधिकार दिएको छ, त्यसले सभापतिलाई अझै खेल्ने ठाउँ दिनेछ। कांग्रेसले आफूलाई पूर्णरूपमा लोकतान्त्रिक बनाउने हो भने सबभन्दा तल्लो गाउँ कमिटीदेखि माथिल्लो केन्द्रीय समितिसम्मका सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गर्नु अपरिहार्य हुन्छ। निर्वाचन प्रक्रियामा जाँदा कुनै महत्वपूर्ण नेता या पिछडिएको वर्ग पार्टीको नेतृत्वमा आउनबाट छुट्छ भनेर थोरै भए पनि मनोनीत कोटा राख्न खोजिएको हो भने त्यसमा सभापतिलाई स्वविवेकीय अधिकार दिनुहुँदैन। सभापतिलाई होइन केन्द्रीय समितिलाई मनोनीत गर्ने अधिकार दिनुपर्छ, त्यो पनि २० होइन १० प्रतिशतभन्दा कम।
कांग्रेसले विधानको मस्यौदामा महिलालाई नेतृत्वमा ल्याउन अरू पार्टीको तुलनामा ऐतिहासिक प्रस्ताव गरेको छ। उसले पार्टीको सबै तहमा अनिवार्यरूपमा ३३ प्रतिशत महिला ल्याउने प्रस्ताव गरेको छ। नेपालका पार्टीहरूमा हाल मुस्किलले ५ देखि ७ प्रतिशत महिलामात्र केन्द्रीय समितिमा छन्, यस्तो बेलामा ३३ प्रतिशत महिला ल्याउने प्रस्ताव गर्नु सराहनीय हो। हाल कुनै पनि ठूला पार्टीमा निर्णायक पदमा महिला छैनन्। कांग्रेसले त्यसलाई अन्त्य गर्न तीन उपसभापति र तीन महामन्त्रीमा एक/एक जना महिला अनिवार्य राख्ने प्रस्ताव गरेको छ। यसले महिलालाई राजनीतिमा आउन प्रोत्साहित गर्नेछ। विधानको मस्यौदामा गाउँ समितिदेखि केन्द्रसम्म दलित, मुस्लिम, आदिबासी जनजाति, मधेशी, दुर्गम क्षेत्रबासीलाई समानुपातिक आरक्षण दिएर नेतृत्वमा ल्याउने प्रस्ताव गरिएको छ। समावेशीका सवालमा अनुदार मानिने पार्टीमा यति उदार प्रस्ताव आउनु आफैंमा उत्साहजनक हो।
कांग्रेस नेतृत्वका लागि हुने निर्वाचन प्रणाली खोटपूर्ण छ। विधान समितिले त्यसलाई सच्याउनेतर्फ भने ध्यान दिएको छैन। कांग्रेसमा जो निर्णायक तहमा बस्छन्, उनीहरूले तोकेका प्रतिनिधिले क्रियाशील सदस्यता वितरण गर्ने जुन परिपाटी छ, त्यो निरंकुश छ।
कांग्रेसका प्रत्येक महाधिवेशनका क्रममा जिल्लाजिल्लामा क्रियाशील सदस्यताको वितरणमा धाँधली भएका कुरा उठ्छन्। क्रियाशील सदस्य र तिनबाट छानिने महाधिवेशन प्रतिनिधिले नै केन्द्रीय नेतृत्व चयन गर्छन्। तिनको छनोट निष्पक्ष ढंगमा हुनुपर्छ। विधानमा क्रियाशील सदस्यता वितरणमा धाँधली नहुने प्रस्ट व्यवस्था राखिनुपर्छ। नत्र पार्टीको निर्णायक तहमा बसेका नेताले पहिला आफूलाई चुन्ने कार्यकर्ता चयन गर्ने र आफू तिनैबाट निर्वाचित भएर आउने जुन विडम्बनापूर्ण प्रवृत्ति छ, त्यसलाई अन्त्य गरेमात्र कांग्रेस लोकतान्त्रिक हुनेछ।
balaram@nagariknews.com