गरिखाने वर्गको मुक्ति, स्वाधीनता र स्वतन्त्रताका लागि विश्वभरका मजदुर एक हुनुपर्ने मागमा प्रेम, भ्रातृत्व र मानवताको अभाव छैन। तर, नेपालका मजदुर संगठन र तिनलाई पुच्छरजस्तै सञ्चालन गर्ने राजनीतिक दलको नेतृत्वका विचार र व्यवहारले भने तिनै गरिखाने वर्गबीच पनि प्रेम, स्वतन्त्रता र मानवता जन्माउँदैनन्। मजदुर र मजदुर संगठनहरूलाई पार्टीगत स्वार्थ र व्यक्तिगत हितमा उपयोग गर्ने आचरणका कारण त्यस वर्गको स्वार्थ, हित र स्वाधीनता खतरामा परेको हुन्छ।
भन्नचाहिँ संसारका सबै मजदुर एक हौँ भन्ने, गर्नचाहिँ एउटा श्रमिक दिवस पनि सँगै बसेर मनाउन नसक्ने! एउटै पार्टीका दुईतीन थरी मजदुर संगठन बनाउने अनि मई दिवस पनि दुईदुई ठाउँमा प्रतिस्पर्धात्मक ढंगले आयोजना गर्ने। मई दिवसमा जुलुसमा नारा लगाउँदाचाहिँ सबै गरिखाने वर्गको मुक्तिका लागि एकगठ भएर लड्ने घोषणा गर्ने तर, व्यवहारमा भने गरिखाने वर्गविरुद्ध त्यही वर्गका मानिसलाई नै भिडाउने। उनीहरूको मुक्तिकै नारा दिएर उनीहरूलाई नै जुधाउने। यस्तै बेकाइदामा क्रमभंग भएको छैन। भनाइ र गराइबीच किन यति धेरै दूरी? नारा र व्यवहारमा किन यति धेरै भिन्नता?
विडम्बना, यहाँ वर्गीय संगठन वर्गका आधारमा बन्दैनन् पार्टीपार्टीका आधारमा बन्छन्। यहाँ मुद्दामा आधारित जनवर्गीय संघसंस्था बन्दैनन्, बनेका पनि छैनन्। बनेका छन् त राजनीतिक नेताहरूको लहडमा मात्रै। जन र वर्गको आधारमा, तिनका विशिष्ट मुद्दाका आधारमा नबनेका संगठनले कसरी जन र वर्गका हितका लागि आन्दोलन गर्छन्? आज किन जन र वर्गका मुद्दामा शान्तिपूर्ण जुझारु संघर्ष नभएका हुन्? त्यसको जवाफ कतै संगठनको निर्माणमा त छैन, संगठन र नेतृत्वको ढाँचामा त छैन? यस्ता प्रश्नको उत्तर जन र वर्गका भनिएका संगठन र पार्टीका नेताहरूको उपयोगतावादी नीति र नियतमा त छैन?
यतिखेरको देशका गरिखाने वर्गको एउटै पार्टीको निर्माण हुनुपर्थ्यो। शारीरिक र मानसिक श्रम गर्ने सबै नेपालीको एउटै संगठनको सिर्जना गर्नुपर्थ्यो र त्यति नसके विभिन्न संगठनबीच मोर्चाबन्दी हुनुपर्थ्यो। तर, प्रत्येक दलका मजदुर संगठन नै द्वन्द्वरत छन्, दलभित्रका अनेक दलका पनि आआफ्नै श्रमिक संघसंस्था नै संघर्षरत छन्। अनि तिनीहरूबीच अनेकतामात्रै होइन, द्वन्द्व, झैझगडा र हिंसात्मक झडप व्यापक छ। यस्ता क्रियाकलापले मजदुर एकतालाई कहाँ पुर्या्उँछ? वर्गीय संघर्षलाई कस्तो बनाउँछ?
तलब र अन्य सुविधाको माग गरी मजदुरहरूले संघर्ष गरेका छन् र त्यसैका आधारमा तलब र सुविधामा बढोत्तरीसँगै केही उपलब्धि हासिल पनि भएको छ। पहिलेको तुलनामा मजदुर हडताल कम हुने र वार्ताबाटै मजदुर र मालिकका समस्या समाधान गर्ने शान्तिपूर्ण अभ्यास पनि बढेको छ। र, पछिल्लो चरणमा श्रमक्षेत्रमा सुधारको प्याकेजअन्तर्गत संगठित र असंगठित मजदुरका लागि श्रमनीति बनाउने, सामाजिक सुरक्षा कानुन बनाउने तथा बोनसनीतिसँगै ट्रेड युनियन कानुन ल्याउने प्रयास पनि हुँदैछ। तिनलाई अधिकतम मजदुर हितअनुकूल बनाउने सोचाइ र प्रयास खोइ?
कुनैकुनै मजदुर संघर्षको तरिका र नियत सुनको अण्डा पार्ने कुखुरीनै काट्ने खालको पनि देखिएको छ भने 'हायर एन्ड फायर'को अधिकारमा मात्रै रुचि लिने मालिकहरूको संगठित प्रतिकार पनि कारखाना वा उद्योगै बन्द गर्ने हदसम्म पुग्नेगरेको देखिएको छ। पछिल्लो चरणमा रोजगार संस्था वा मजदुर संगठनको नाममा संगठित गुन्डागर्दी गर्ने तथा स्रोत र साधनमाथि कब्जा जमाउन एकआपसमा भिड्ने क्रम पनि निकै बढेको छ। संगठित गुन्डागर्दीले संगठनलाई कहाँ पुर्यािउँदैछ, मजदुरका माग र संघर्षलाई कुन भड्खालोमा जाक्दैछ?
स्रोत र साधनमाथि कब्जा गर्ने नियतका साथ हुने झगडाले एउटै पार्टी र संगठनका गुटलाई पनि बाँकी राखेको छैन। एउटै समूहका विपक्षीलाई समेत नसहने र मारपिटमा उत्रिहाल्ने प्रवृत्तिको जरोमा के छ? त्यसको जरोमा संगठन, नेतृत्व र संगठित व्यक्तिहरूमा रहेको संकीर्णता त ‰याँगिएको छैन? अर्काको विचार र नेतृत्वलाई पटक्कै नसहने संकीर्णताले कसरी संगठन, संघर्ष र वर्गलाई मुक्त गर्छ? गुटको बन्धनले बाँधिराख्ने संकीर्णताले कुभलोबाहेक मजदुरको भलो गदैन।
यतिखेर सुस्तरीसुस्तरी चलिरहेको संविधान लेखनको अन्तिम मस्यौदा हुँदैछ तर मजदुर र किसानजस्ता गरिखाने वर्गलाई संविधान लेखनले छोएकोसमेत देखिएको छैन। गरिखाने वर्गको पक्षमा नाराबाजी गर्ने वामपन्थी दलहरूले उनीहरूका हक, हित र अधिकारलाई संविधानमा मूर्तरूपमा लेख्न ठोस प्रस्ताव गरेको देखिँदैन, न त उनीहरूको प्रतिनिधित्व र सहभागिताका लागि अलग्ग निर्वाचक मण्डल वा अन्य भिन्नै संरचना बनाउने काममा कुनै वास्ता गरेको पाइन्छ। संविधानसभामा करिब दुई तिहाइको संख्यामा रहेका वामपन्थी सभासद्हरूले गरिखाने वर्गको पक्षपोषण गर्ने कतिवटा प्रावधान संविधानमा राख्न प्रयत्न गरे? थाह पाइएकाो छैन।
हुन त मजदुर संगठनका नेताहरू पनि सभासद् र मन्त्री भएका छन् तर तिनको उपस्थिति र क्रियाशीलता पनि पार्टीका झन्डा फर्फराउन राजनीतिक नेताहरूले सडकछेउ गाडेका खम्बाभन्दा बढी छैन। संविधान लेखनका क्रममा मजदुरहरूका हक, हित र अधिकार स्थापित गर्ने खालका संघर्ष र दबाब, लबिङ र मोलमोलाइ खै भन्ने प्रश्न उठेको छ। स्वदेशमै रोजगार, बेरोजगार भत्ता, बाँच्नयोग्य तलब वा पारिश्रमिकका लागि आन्दोलनको खाँचो देखिएको छ। के गरिखाने वर्गका लागि रोजगार, स्वास्थ्य र शिक्षाको अधिकार संविधानमै स्थापित गर्नु जरुरी छैन? सबै जाति, जनजाति, मधेस, महिला र दलितका मागको सम्बोधनसँगै गरिखाने वर्गको माग सम्बोधनका लागि दबाब दिनु जरुरी छैन र? राज्यमा कहिले पनि पहुँच नभएको, कुनै प्रतिनिधित्व नभएको, कुनै सहभागिता पनि नभएको गरिखाने वर्गले अब भिन्नै निर्वाचक मण्डल खडा गरी राज्यमाथि स्वामित्व र अपनत्व स्थापित गर्नुपर्छ। सबै कामकुरा सशस्त्र क्रान्ति र विद्रोहपछि गर्ने कि आफू सरकारमा गइसकेपछि मात्रै गर्ने भन्दै अहिलेचाहिँ हात बाँधेरै बस्ने?
दुःखको कुरा, विश्वभरिका मजदुर एक हौँ भन्दै नारा उराल्ने मजदुर संगठनहरू राजनीतिक पार्टी र तिनका नेताहरूका झोले संगठन मात्रै भएका छन्, मुद्दाआधारित जुझारु वर्गीय संगठन भएनन्। आफ्ना हकहित र अधिकार संविधानमै लेख्न दबाब दिनुपर्ने बेला पनि उनीहरू आआफ्नो पार्टी र गुटको डम्फु बजाउनमै मग्न छन्। मजदुर नेताहरू आफैँ पनि वर्षमा एक दिन पनि श्रम नगर्ने भएपछि आफ्ना संगठनलाई झोलामै राख्नमै मख्ख हुनु अनौठो पनि होइन। उनीहरूका लागि विश्वभरका गरिखाने मजदुरहरूको दिवस पनि वार्षिक रूपमा गरिने श्राद्ध र पण्डित्याइँ छाँट्ने मौकाबाहेक अरू के हुन्छ र? अब गरिखाने वर्गका सबै मानिसले सोच्नु जरुरी छ, कहीँ उनीहरूकै टाउकोमा घुसेर उनीहरूकै मुद्दा र संगठनको अपहरण त गरिँदै छैन? कहीँ उनीहरूकै एकसेएक नेताहरूले मजदुर वर्गको नाममा मजदुरविरोधी कामकारबाही त गरिरहेका छैनन्?