जातीय संघीयताका जोखिम
०१ जेष्ठ २०६९
•
१३ मिनेट पाठ
जातीय संघीयताका जोखिम
केही दिनदेखि संविधान सभाको बैठक सूचना टाँसेर स्थगित गरिँदै आएको छ। अर्कातिर सबै पार्टीले उपस्थितिको ह्विप जारी गरेकै छन्। बन्द होस् वा खुलोस्, सभासद् जसरी भए पनि सविधान सभा भवनसम्म पुगेकै छन्। जातिय पहिचानसहितको राज्य बनाउने वा नबनाउने र बनाउँदा संख्या कति तोक्ने, सीमांकन र नामाकरण कसरी गर्ने भन्ने प्रश्नमा सबै अड्किएको छ।
संवैधानिक समिति, विवादित विषयलाई सुल्झाउन बनेको उपसमितिका सदस्यबाहेक अरूको भूमिका रमितेमा सीमित भएको छ। बन्दसमेतका कारणले सूचना टाँस भइसक्दा पनि घर फर्कने साधन नभएका सभासद् बन्द खुल्ने प्रतीक्षामा त्यतै अलमलिएका बेला पंक्तिकारले एक जना सभासद्सँग सोधेको थियो - 'सिंगो नेपाल जातियताका विरूद्धमा ठप्पैजस्तो छ। पूर्व, काठमाडौं, पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिम। सबैतिर या त क्षेत्रीय अखण्डता या सम्पूर्ण नेपालको अखण्डतालाई लिएर धर्ना, जुलुस, बन्द। यत्रो ठूलो आन्दोलनबीचमा हामी जात र पहिचानका नाममा, संख्या तोक्ने, सीमांकन गर्ने र प्रदेशका स्वरूप निर्धारण गर्ने काममा अल्झेका छौँ। सधैँ आउँछौँ, सूचना हेरेर फर्कन्छौँ। अलिकति अप्ठेरो लाग्दैन?'
देशमा गरिएका अधिकांश मत सर्वेक्षणमा जातिय राज्यका विपक्षमा जनमत देखिएको विगत चार वर्षदेखि नै पढ्दै आएका छौँ। हिमाल खबर पत्रिकाकै पोहोरको जनमत सर्वेक्षणमा ७६ प्रतिशतले जातिय राज्य बेठिक भनेका थिए। ताजा सर्वेक्षणमा पनि ७३ प्रतिशत उत्तरदाता यसलाई बेठिक ठान्छन्। किन्तु, १३ प्रतिशत जनमत बोकेर राजनीतिक दलका नेताहरू भने कहिले १४, कहिले ११, कहिले ८ राज्य भन्दै जातियतालाई प्राथमिकता दिनैपर्ने अड्डी लिएर बसेका छन्। अर्कातिर जात बिनाको अखण्डताको ज्वाला दन्किरहेको छ।
यही क्रममा एक जना सभासद्ले सहजै भवि्नदिए - यो कनकमणिहरूकोे सोचको उपज हो। उनिहरूलाई जे मन पर्योम त्यही जनमत हो भनिदिन्छन्। तर यस्ता हल्लाले कांग्रेस र एमालेलाई मात्रै असर गर्छ। अर्काले भने कुन दललाई नोक्सान वा फाइदा हुन्छ भन्ने होइन। नेपाली जनतालाई के चाहिएको छ र राष्ट्रको हित केमा छ भन्ने पो हामीले सोच्नुपर्छ। उनीहरू आफ्नो काम गर्छन् तर तिनकोे काममा ध्यान दिनै पर्दैन भन्नु पनि पूर्वाग्रह हो। राजनीतिक आस्था बेग्लाबेग्लै भएका यी दुवै सभासद् मिथिला प्रदेशबाट प्रतिनिधित्व गर्छन्।
राजनीतिक दलका नेतामा 'हामी जे सोच्छौँ त्यही जनमत हो र जे भन्दछौँ त्यही जनआवाज हो, हामीले भन्दा बेग्लै सोच जनतासँग हुँदैन भन्ने मानसिकता देखिन्छ। संघीयतासित गाँसे पनि पहिचानको नाममा उठान गर्न खोजिएको जातियताको स्स्वाल नै प्रमुख हो। जातिय राष्ट्रवाद र यससित गाँसिएर बढेका आकांक्षा पुरै पन्छाउन सकिने विषय चाहिँ होइन। आरक्षण, अग्राधिकार, आत्मनिर्णयको अधिकार, स्वायत्तता तथा अरू केही शब्दको विस्तृत व्याख्या भइनसकेको अवस्थामा अखण्ड क्षेत्र, अखण्ड भूखण्ड, स्रोतको बाँडफाँट र कुनै विशेेष जातिका लागि विशेष स्थानको निर्क्योल हुन नसक्नुजस्ता सबै पक्षले यी विषय थप उल्झेका हुन्। पिछडिएका जाति, राज्य संयन्त्रमा पहुँच पुग्न नसकेका जातजाति, भाषाभाषीका विषयमा यसभन्दा अगाडि पनि अनुसन्धान, अन्वेषण भएकै छन्। त्यसरी हेर्दा उपल्लो जातिका भनेर चिनिएकाको राज्य संयन्त्रका विविध अंगमा पनि राम्रो पहुँच देखिन्छ। सामाजिक दृष्टि र सांस्कृतिक लगावका दृष्टिले पनि एउटा जातिको कुनै खास पेसासँग रुचि हुने कारण देखिन्छ। शैक्षिक क्षमताको वृद्धिका लागि विशेष रणनीति बनाउन सके समयको गतिसँगै त्यसलाई केही हदसम्म मेट्न भने सकिएला। अहिले राज्यले त्यसो गर्न नसकेको यथार्थ हो। सरकारी संयन्त्रभित्रको कृषि क्षेत्रमा बाहुन, क्षेत्री, दसनामी आदिको सबभन्दा ठूलो उपस्थिति देखिन्छ भने नापी र चिकित्सा, इन्ििजनियरिङमा बाहुनक्षेत्री र मधेसीको उपस्थिति हाराहारी छ। समानुपातिक दृष्टिकोणले हेर्ने हो भने अरू क्षेत्रमा पनि सतहमा ल्याइएको जस्तो अवस्था भने देखिँदैन।
जनमानसले संघीयतालाई १४ गते आउने संविधानले टुंगो लगाउन नसक्ने विषय ठानेको देखिएको छ। राजनीतिक दलका नेता पनि अन्योलमै देखिएका छन्। संख्याको निर्क्योल गर्ने कार्य मूल समस्या भएको छ। संख्या निर्धारणमा जाति निर्णायक हुन पुगेको छ। मुलुकको सबभन्दा ठुलो जातीय समूह एक ढिका भए संख्याका अनुपातमा एक तिहाइ हुन्छ। यो एक तिहाइ जातीय समूह सामूहिकरूपमा जातीयताका आधारमा विभाजन गर्ने प्रयासको विरोधी देखिएको छ। हिमाल खबर पत्रिकाकाको जनमत सर्वेक्षणहरू र अहिलेको मुलुकव्यापी आन्दोलनलाई पनि स्वीकार गर्ने हो भने मुलुकमा जातीयरूपमा खण्डित नहुने पक्ष बहुमतमा भएको स्पष्ट हुन्छ। सधैँ दोस्रो जनआन्दोलन र त्यसको म्यान्डेटका चर्चा गरेर नथाक्ने नेताहरू अहिलेको आन्दोलनप्रति पनि त्यत्तिकै संवेदनशील हुन जरुरी छ। कतिपय संवेदनशील व्यक्तिको पर्यवेक्षण, विचार निर्माताहरूको अनुभव र प्रक्षेपित चिन्तन, इतिहासको अनुभव, मुलुक सामु तेर्सिएका भविष्यका जोखिमलगायत सबैलाई समग्रमा राखेर नेतृत्वले किन शेर्पाले राज्य मागेका छन्, किन थामीलाई छुट्टै राज्यको आवश्यकता भएको हो, किन कुमाल आफ्नो पहिचानको खोजी गर्दैछन्, कहाँबाट यी सारा पहिचानको लोप हुने भय उनीहरूमा पलायो भन्ने प्रश्नमा गम्भीर हुनु आवश्यक छ। भावि संविधानले पहिचान दिने तर बाँकी अधिकार खोसिदिने त होइन भन्ने भय पनि जनतामा हुनसक्छ। कतै आफूमाथि अर्को पहिचानको शासक लादिने त होइन भन्ने शंका पनि हुनसक्छ। भोलि आफूमाथि गरिने शासन कस्तो हुन्छ? त्यो शासकीय स्वरूप कस्तो हुन्छ? वैयक्तिकरूपले शासनलाई कतिसम्म उपयोग गर्न सकिन्छ? यस्ता विषयमा अहिलेसम्म खुलेर बहसै हुनसकेको छैन। संविधान आउन भने अब जम्मा १४ दिनमात्रै बाँकी छ। प्रदेश त बन्लान् तर ती प्रदेश आजकै ढाँचामा रहन्छन्?
अहिले प्रयोग गरिएको तथ्यांक एक दशक पुरानो हो। पछिल्लो जनगणनाको तथ्यांक सार्वजनिक गरिएकै छैन। त्यसबखत मुलुकको जातिगत स्थिति दलित ८ प्रतिशत, मधेसी १९ प्रतिशत, आदिवासी २५ प्रतिशत, बाहुनक्षेत्री, दशनामी ३० प्रतिशत र अन्य १९ प्रतिशत थियो। पछिल्लो जनगणनापछि यी पाँच जातिलाई पनि खण्डित गरेर हामी विभिन्न प्रदेशको निर्माण गर्ने वार्तामा छौँँ। त्यसकारण कहिले ११ कहिले १४ प्रदेश हुन्छ। राष्ट्रिय जनगणना, २०६८को तथ्यांक खोज्ने प्रयासै गरिएन। फलतः संघको निर्माणदेखि समावेसी राजनीतिको खाका कोर्ने वैकल्पिक उपाय सोच्ने प्रयत्नसमेत अवरूद्ध हुनपुगेको छ। के यसलाई नियतवश भन्न सकिन्छ? प्राथमिक तथ्यांकै आउन पनि यति ढिलो त नहुनुपर्ने हो। पछिल्लो तथ्यांककै आधारमा पहिचान निर्धारण गर्ने, त्यसैको आधारमा प्रदेशको सीमांकन गर्ने, भौगोलिक र आर्थिक क्षमता पनि प्राप्त तथ्यांकको आधारमा निर्धारण गर्ने इमानदार प्रयत्न भइदिएको भए यो सबैभन्दा उपयुक्त समय हुने थियो। किनभने यसपालि तथ्यांक विभागले धेरै तथ्य संकलन गरेको छ। विवसं २०५८ मा त देश युद्धभूमि जस्तै थियो। त्यसबेला संकलित तथ्यांक कति तथ्य थिए र कति मिथ्या थिए यसै भन्न गाहो छ। अहिले कुनै पनि क्षेत्रलाई लिम्बुवान, खम्बुवान, शेर्पा, किराँत, थारुवान, मिथिला, अवध, मगरात भनेर तोक्नु संघीयतामा हैन सामन्ती संरचनामा जानु हो। नयाँ तथ्यांकका आधारमा छलफल गर्न सकिने गरी प्राथमिक तथ्यांकसम्म पनि किन सार्वजनिक गरिएन भन्ने विषय रहस्यमय भएको छ।
माओवादीले आफ्नो हिंसात्मक विद्रोहलाई सहज तुल्याउन उठाएका १५ वर्ष पुराना संघीयताका आधार र विषय प्रासंगिकताका कसीमा अहिले सही सिद्ध हुन सत्तै्कनन्। संविधान आउनुअघि नै यति उल्भि्कसकेको र बहस नै अमान्य भइसकेको अवस्थामा संघीयताको विषयलाई जबर्जस्ती आठ ११ वा १४ को थानगन्तीमा टुंग्याइँयो भने झन् चर्को विवाद जन्मने निश्चित छ। नामाकरणको विषय प्रदेशको जिम्मामा दिनु त झन् कथित राष्ट्रिय नेतृत्वको बिल्ला भिर्नेहरू यो गहनतम जिम्मेवारीबाट आफू पन्छेर मुलुकभरि आगो सल्काउने काम गर्नु नै हो। सबैलाई हेक्का रहोस्, सिंगो नेपाल जातीय संघीयताका विपक्षमा उभिन पुगेको छ।
 


अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस