प्रमुख दलबीच संविधान निर्माणमा सबैभन्दा ठूलो बाधकका रूपमा रहेका मुख्य दुई बुँदा राज्यको पुनर्संरचना तथा शासकीय स्वरूपका बारेसम्बन्धमा सहमति भएपछि अब निर्धारित समयमा संविधान बन्ने आशा जनमानसमा जागेको थियो। तर त्यसपछि फरक मागसहित भएका आन्दोलन हेर्दा भने नेपाली राजनीतिले बन्द/हडतालबाट सजलै त्राण नपाउने डर बढ्दैगएको छ।
नेपालमा राजनीति अहिले अँध्यारो सुरूङभित्र रातमा हराएको व्यक्तिजस्तै भएको छ। ऊ अथक प्रयासले सुरूङको मुहानसम्म पुग्न सफल भए पनि बाहिरको अन्धकारका कारण झुक्किएर पुनः सुरूङभित्रै फर्कने गर्छ। प्रमख दलले मधेसमा पाँचसहित ११ प्रदेशको नयाँ सहमति गरेको समाचार आएलगत्तै मधेसी मोर्चाले त्यसमा सहमति नजनाए पनि संविधान निर्माणमा अवरोध नगर्ने उद्गार उपप्रधान मन्त्री तथा मधेसी नेता विजयकुमार गच्छदारबाट आएको थियो। त्यसपछि अब संंविधान निर्माणले पूर्णता पाउने सम्भावना बढेको थियो। तर मधेसी मोर्चाले नै विरोध गरेपछि राजनीतिक गतिरोध पुनः प्रकट भएको छ।
यता सुदूरपश्चिमको बन्द फिर्ता भए पनि स्थिति पुरै सहज भइसकेजस्तो लाग्दैन। अखण्डताको माग मध्यपश्चिम तथा पश्चिमाञ्चलमा पनि सुनिन थालेको छ। आन्दोलनका प्रकृति उस्तै देखिए पनि माग फरक तथा जटिल हुँदैगएका छन्। बर्दियामा जारी हडतालका क्रममा एक प्रदर्शनकारीले आफ्नो जिल्लासमेत समावेश भएर बन्ने नयाँ प्रदेशको राजधानी भैरहवा अथवा चितवन हुने भएकाले अखण्ड मध्यपश्चिमको माग राख्दै आन्दोलन गरेको बताएका थिए। उनका अनुसार त्यसो भएको खण्डमा बर्दियाबासीले धेरै गुमाउनुपर्ने हुन्छ।
यस्ता मागसहितका आन्दोलन सेलाउन नपाउँदै अब प्रदेशको राजधानीलाई लिएर नयाँ विवाद उत्पन्न भइसकेको छ। यही क्रममा वीरगन्जबासीले वीरगन्ंजलाई नै अब बन्ने प्रदेशको राजधानी बनाउने मागसहित नाकाबन्दी गरेका थिए। त्यस्तै मागसहित धनकुटा आन्दोलित भइसकेको छ। र, अबका दिनमा हुने आन्दोलनको केन्द्रविन्दुमध्ये एक प्रादेशिक राजधानीको माग हुने देखिन्छ।
संंविधान निर्माणका क्रममा देखिएका विवादित मुख्य मुद्दामा सहमति हुनुलाई नेपाली राजनीतिले प्राप्त गरेको उपलब्धि मान्न सकिन्छ। तर उपलब्धि हासिल गर्नभन्दा त्यसलाई जोगाइराख्न कठिन हुन्छ भनेजस्तै नेपाली राजनीतिमा अबका दिन झनै चुनौतीपूर्ण हुने आधार विवादित विषयलाई मिलाउने क्रममा जानेर या नजानेर तयार पारिएको छ।
प्रमुख दलहरूले ११ प्रदेशमा सहमति जनाए पनि तिनको नामाकरण र सीमांकन टुंगो लाग्नसकेन। त्यस्तै प्रदेशको राजधानी कुन आधारमा बनाउने भन्नेबारे पनि कुनै निर्णय नगरीकन सहमतिको हल्ला फिँजाइएको छ।
त्यसैगरी शासकीय प्रणालीमा राष्ट्रपति र प्रधानमन्त्रीबीच अधिकार बाँड्ने सहमति भएको छ। त्यसमा पनि प्रदेश प्रमुखको नियुक्ति, परराष्ट्र सम्बन्ध स्थापना र सञ्चालन, संकटकालको घोषणा, युद्धको घोषणा, सेना सञ्चालन, अन्तर्राष्ट्रिय सन्धि र सीमा सुरक्षा तथा सेना परिचालनलगायतका विषय पनि टुंगो लाग्न बाँकी नै छ। अहिले टुंगो लगाउन बाँकी भनिएका यिनै विषय पछि राजनीतिक गतिरोधका कारण बन्ने छैनन् भनेर कसरी ढुक्क हुन सकिन्छ र?
शासकीय स्वरूपका विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच अधिकार बाँडफाँट गर्ने विषय वास्तवमा यस सम्बन्धमा देखिँदै आएको गतिरोधको अन्त्य नभई भविष्यमा उत्पन्न हुने खिचलोका आधार हुन्। तिनैका कारण अहिले नेपाली राजनीतिले पाएको उपलब्धिलाई पनि दीर्घकालसम्म कायम राख्न कठिन हुनेछ।
संविधान निर्माण प्रक्रियामा सुरुदेखि नै उत्पन्न मतभेदभित्रको वास्तविक कारण देशका लागि नभई दलगत तथा नेताहरूको राजनीतिक स्वार्थ हो। त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक भएका दलका धारणा तथा उनीहरूबीचको छलफलमा गौर गर्ने हो भने संविधान नभई एकापसको राजनीतिक भविष्य सुनिश्चित गर्ने होडबाजी भइरहेको स्पष्टै हुन्छ। संविधान निर्माण प्रक्रिया त दोस्रो प्राथमिकता हुन पुगेको छ।
वास्तवमा हामी कुन किसिमको संविधान बनाउँदै छौँ? शासकीय प्रणालीमा राष्ट्रपति र प्रधानमन्त्रीबीच अधिकार बाँडफाँट नेपाली संविाधनको आवश्यकता हो कि प्रमुख दलहरूले एकापसमा गरेको अधिकार बाँडफाँट हो? यसले भोलिका दिनमा नेपाली राजनीति सहज हुन्छ कि झन् राष्ट्र प्रमुख र सरकार प्रमुखबीच नयाँ किसिमको विवाद उत्पन्न गराउनेछ?
विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक मानिने भारतको राष्ट्रपतिसँग एउटा हवलदार बराबरको अधिकार पनि हँुदैन। तर पनि सन् १९८० को दशकमा तत्कालीन राष्ट्रपति ज्ञानीजैल सिंह र प्रधान मन्त्री राजीव गान्धीबीचको विवाद कति चुुलियो भने गान्धीले आफ्नो सरकारलाई राष्ट्रपतिले बर्खास्त गर्न खोजेको आरोपसमेत लगाएका थिए।
एउटा हवलदार बराबर अधिकार नभएको राष्ट्रपतिबाट जनताले निर्वाचित गरेका प्रधानमन्त्री त्यति त्रसित हुन्छ भने यहाँ त राष्ट्र प्रमुख र सरकार प्रमुखबीच अधिकार बाँडफाँट गर्ने भनिएको छ। यसले भोलिका दिनमा नेपाली राजनीति कस्तो चक्रव्यूहमा फस्ला त्यसको अनुमान त अहिले अन्तरपार्टी तथा पार्टीभित्रको किचलो हेरेरै गर्न सकिन्छ।
अहिलेका गतिविधि हेर्दा नेपालमा संविधान निर्माण प्रक्रिया उल्टो बाटोबाट सुरू भएजस्तो देखिन थालेको छ। भावी संविधानको स्वरूप तथा यसका मुख्य विषयमा पहिला स्थानीयरूपमा गहन छलफल भएपछि मात्र त्यो विषय संंवैधानिक समितमा छलफल हुनुपर्ने हो। तर यहाँ भने उल्टो भइरहेको छ। त्यस्ता विषयबारे एकै पटक दलहरूमा छलफल र बहस हुने गरेको छ। अनि, त्यही विषयमा जनताले असन्तुष्टि व्यक्त गर्न आन्दोलन थालेका छन्। फलस्वरूप, विवादित केही विषयका कारण संविधान निर्माण प्रक्रिया लामो समयसम्म अवरूद्ध रहनपुगेको थियो। तर जे/जस्तो किसिमले संविधान बनाइँदैछ, त्यसले संविधान बनिसकेपछिको समय नेपालका लागि झनै चुनौतीपूर्ण बनाउनेमा दुई मत हुने छैन।
वास्तवमा नयाँ संविधान जनताको अहिलेसम्मको भावना र चाहनालाई प्रतिनिधित्व गर्नुको साटो केही प्रमुख दलको राजनीतिक अभिष्ट पूरा गर्नेखालको दस्तावेज नहोस् भन्ने जनचाहना अझै पनि छ।