मृत्यु हुनुभन्दा तीन साताअघि चौथो विश्व बौद्ध सम्मेलनमा भाग लिन भीमराव अम्बेडकर काठमाडौं आएका थिए। अम्बेडकर १५ नोभेम्बर, १९५६ मा काठमाडौंको सिंहदरबार ग्यालरी बैठकमा भएको विश्व बौद्ध सम्मेलनलाई सम्बोधन गर्दैथिए। बुद्ध जन्मिएको देशमा भएको चौथो विश्व बौद्ध सम्मेलनमा अम्बेडकरलाई बोल्न दिइएको विषय थियो, 'बुद्ध धर्ममा अहिंसा।' हिन्दू धर्म त्यागेर बौद्ध धर्मावलम्बी भएका अम्बेडकरलाई सम्मेलनका बहुसंख्यक प्रतिनिधिले 'बुद्ध र कार्ल मार्क्स'बारे बोल्न निकै अनुरोध गरे। बुद्ध धर्मलाई विश्वका सबैभन्दा ठुलो धर्म र त्यसमा पनि महान् सामाजिक सिद्धान्तसमेत ठान्ने अम्बेडकरले प्रतिनिधिहरूको अनुरोध सकारे।
बौद्ध धर्मावलम्बी देशका युवा बौद्धले समेत कार्ल मार्क्सलाई 'प्रोफेट'का रूपमा पूजा गर्न थालेको सन्दर्भ कोट्याउँदै अम्बेडकरले बुद्ध र मार्क्सको लक्ष्य एउटै भएको दाबी गरे। मार्क्सले निजी सम्पत्ति र त्यसको आधारमा बन्ने सत्ता नै दुःखको मूल कारण भएको बताएको प्रसंगकोे व्याख्या गर्दै उनले भने -निजी सम्पत्तिकै परिणामस्वरूप समाजमा शोषण, उत्पीडन र दासता रहेको हो। बुद्धले पनि बहुसंख्यक जनताको दुःख हरणका लागि बहुजन हितायको सिद्धान्त तय गरेको मत राख्दै उनले बौद्ध साहित्यमा दुःख भनेकै निजी सम्पत्तिका रूपमा व्याख्या गरिएको सन्दर्भ उप्काए। बुद्धको विचारमा सबै कुरा अस्थायी भएकाले निजी सम्पत्ति र त्यसको समाप्तिका लागि जारी संघर्ष पनि समाप्त हुने उद्घोष गरेको बताउँदै उनले बौद्ध धर्मावलम्बी भिक्षुहरूलाई निजी सम्पत्ति राख्ने अनुमति नदिइनुको कारण पनि त्यही हो भन्ने टिप्पणी गरे।
धनञ्जय कीरको पुस्तक डा. अम्बेडकरः लाइफ एन्ड मिसनमा उल्लेख भएअनुसार विश्व बौद्ध सम्मेलनका प्रतिनिधिसामु बुद्धिज्म (बुद्ध धर्म) र कम्युनिज्म (साम्यवाद)बीच तुलना गर्दै अम्बेडकरले लक्ष्यमा समानता र मतैक्य हुँदाहुँदै पनि ती दुई वादबीच लक्ष्यप्राप्तिको साधनमा मतभिन्नता रहेको धारणा राखे। बुद्धलाई अगाडि उभ्याई उनले मार्क्सले औँल्याएको साधनमाथि आफ्नो पनि मतभेद रहेको संकेत गरे। उनको भनाइ थियो - साम्यवादले निजी सम्पत्तिको अन्त्यका लागि हिंसात्मक साधन प्रयोग गर्छ भने बुद्ध धर्मले लक्ष्य प्राप्तिका लागि अहिंसात्मक उपाय अँगाल्छ। मार्क्सको साधनले छिटो परिणाम दिन्छ भने बुद्धको साधन पट्यारलाग्दो छ तर अहिंसात्मक उपाय सुनिश्चित मार्ग हो। विश्वलाई सुधार्ने हो भने विश्व र मानिसको मनलाई सुधार्नेबाहेक अर्काे उपाय छैन। मन बदलियो भने सुधार सुनिश्चित र स्थायी हुन्छ। तर, मार्क्सवादी बाटो भने बलमा आधारित छ। उनको दाबी र भविष्यवाणी थियो, बलकै आधारमा बनाइएको रुसको अधिनायकत्व असफल भयो भने रुसी जनताबीच ठूलो रक्तपात हुन सक्छ। बौद्ध व्यवस्था लोकतान्त्रिक र कम्युनिस्ट व्यवस्था अधिनायकवादमा आधारित भएकाले बौद्धमार्ग सुरक्षित र उपयुक्त छ।
अम्बेडकरले बुद्ध र मार्क्सका सिद्धान्त र व्यवहारबीच गरेको तुलना साढे ६ दशकपछि पनि त्यत्तिकै विचारोत्तेजक छ। मार्क्सवादीका लागि हिंसा नै एकमात्र साधन हो कि होइन? सर्वहारा वर्गको अधिनायकत्व कत्तिको उचित छ? भन्नेजस्ता प्रश्न एक्काइसौँ शताब्दीमा थप बहसका विषय भएका छन्। तर, निजी सम्पत्तिले ल्याएको दुःख निवारणका लागि हिंसात्मक उपाय नै एकमात्रै माध्यम हो भन्ने तथ्य मार्क्सले समेत स्वीकारेका थिएनन्। न त मार्क्सपछिको कम्युनिस्ट आन्दोलनले नै त्यसलाई सिद्ध गर्न सकेको देखिन्छ। मार्क्स स्वयंले पनि 'जहाँजहाँ सम्भव हुन्छ, त्यहाँत्यहाँ शान्तिपूर्वक लड्ने, जहाँ जरुरी हुन्छ, त्यहाँ हतियारको शक्ति प्रयोग गर्ने' घोषणा गरेका थिए
दसवर्षे 'जनयुद्ध'पछि भएको नेपालकै शान्तिपूर्ण क्रान्तिको अनुभवले पनि देखाएको छ, मार्क्सवादी सिद्धान्तअनुसार हिंसात्मक उपाय न निर्विकल्प माध्यम हो, न त सुनिश्चित मार्ग नै। मार्क्सवादीहरूका लागि शान्तिपूर्ण उपाय पनि त्यत्तिकै स्वीकार्य छ, जति बाध्यतावश अँगालिने सशस्त्र संघर्ष सम्पूर्णतः त्याज्य छैन। त्यसो त सन् १९५० को दशकसम्म हिंसात्मक मार्गलाई निर्विकल्प मार्ग मान्ने विश्व कम्युनिस्ट आन्दोलनका अनुभव र अध्ययनका आधारमा अम्बेडकर त्यस्तो निष्कर्षमा पुग्नु पनि अनौठो होइन। न त त्यसलाई उनको दृष्टिदोषै भन्न सकिन्छ। एक्काइसौँ शताब्दीमा जारी उत्पीडितका संघर्षको अध्ययन र अनुभव गर्न पाएका भए उनी शान्तिपूर्ण सामाजिक क्रान्तिका प्रवक्ता भएर निस्कने सम्भावना पनि कम थिएन। उनी बुद्ध र मार्क्सका विचारको सम्मिश्रणबाट दक्षिण एसियामा मात्रै रहेको दलित समुदाय र उत्पीडित वर्गको मुक्तिको क्रान्तिकारी सपना बुन्न उद्यत हुने सम्भावना नै बढी हुन सक्छ। 'मुक्ति कोन पाथे?' ( कुन बाटाबाट मुक्ति?) भन्ने प्रश्न बोकेर सधैँ क्रियाशील रहने अम्बेडकरको जीवन र विचारले हिन्दू समाजमा क्रान्तिका लागि अहिले पनि आह्वान गर्दैछन् : सचेत बन, संगठित होऊ अनि प्रतिरोध गर!
भनिन्छ, मार्क्स युरोपमा जन्मिएकाले पुँजीवाद ( क्यापिटलिज्म) विरोधी मेनीफेस्टो लेखे। उनी दक्षिण एसियामा जन्मिएका भए जातप्रथा (कास्टिज्म ) विरुद्ध घोषणापत्र लेख्थे। यस्तो भनाइमा मार्क्स र मार्क्सवादलाई दक्षिण एसियालीकरण गर्ने असल मनसाय लुकेको देखिन्छ। यस्तो आशावादमा दक्षिण एसियाली समाजमा क्यान्सरको रूपमा रहेको जातप्रथाको वस्तुगत चिरफार र ठोस उपचारका लागि मार्गदर्शन गर्नुपर्ने आशय रहेको छ। युरोपमा जन्मिएका कार्ल मार्क्सले दक्षिण एसियाली सन्दर्भमा जुन काम गर्न सकेनन्, अम्बेडकरले त्यसको क्षतिपूर्ति गर्न खोजेका थिए। बुद्धले दुःखको भौतिक कारण खोतल्दै शान्तिको मार्ग खोजेजसरी। आआफ्ना भिन्नभिन्न सामाजिक अन्तर्ससम्बन्धका उपजका रूपमा यी तीनै मेधावी सिद्धान्तकारका विचारलाई संयुक्तरूपमा अध्ययन गरियो भने दक्षिण एसियाली समाजबारे नयाँ प्रकाश फेला पार्न सकिन्छ। यसै क्रममा 'सत्ता-विमर्श र दलित' (अम्बेडकर : दृष्टिकोण र विवेचना) पुस्तक सम्पादनको विचारोत्तेक यात्रामा विभिन्न मोडमा उत्पीडित वर्गका मुद्दा उठाएर मार्क्स ठोक्किन आए, जुन निक्कै सुखानुभूति हो।
बुद्ध, मार्क्स वा अम्बेडकर तीनै जनाबीचको समानता हो, कुनै न कुनै रूपमा उत्पीडित रहेका जनताको मुक्तिप्रतिको प्रतिबद्धता। अत्यन्त कठिन परिस्थितिमा पनि उत्पीडितहरूको मुक्तिमार्ग खोज्न उनीहरूले गरेका प्रयासमा तत्कालीन समयको छाप देखिनु स्वाभाविकै हो, तर त्यस प्रयासका लागि उनीहरूले गरेको आफ्नो जीवन र सर्वस्व अर्पण प्रेरणादायी छ। बुद्धले बहुजन हितको वकालत गरेका थिए भने मार्क्सले बहुजनका रूपमा रहेका गरिखाने वर्गको मुक्तिको मार्ग खोजेका थिए भने अम्बेडकरले जातजातिमा विभाजित हिन्दू समाजमा गरिखाने वर्गमध्ये पनि सबैभन्दा वञ्चित दलितहरूको मुक्तिको प्रयास गरेका थिए। त्यसैले जसरी अम्बेडकरले नेपालमा आएर बुद्ध र मार्क्सको तुलनात्मक अध्ययन गरे, त्यसरी नै अब बुद्ध, मार्क्स र अम्बेडकरको तुलनात्मक अध्ययनबाट गुदी निकाल्नु जरुरी देखिन्छ।
भारतीय संविधानका निर्माता अम्बेडकरले सबै दृष्टिबाट कमजोर, असंगठित, विभाजित दलितलाई सामाजिक प्रतिष्ठा, आर्थिक समृद्धि र राजनीतिक सत्ताका लागि तत्कालीन सत्तासँग मोलमोलाइ र सम्झौताको बाटो अँगाले, धेरैजसो असफल भएको हिंस्रक विद्रोहको साटो। मोलमोलाइ र सम्झौताको राजनीति गर्नु उनको कमजोरी होइन, मजबुरी थियो। यही क्रममा उनले दलितहरूका लागि आरक्षण, अस्पृश्यता उन्मूलन कानुन, हिन्दू धर्ममा सुधारको प्रयत्नसँगै भारतीय संविधानमा पुँजीवादी लोकतन्त्रका कतिपय अवयव राख्ने काममा योगदान दिए। ती अवयवलाई सघन र व्यापक पार्नमा विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको भारतको शासन सफल हुनसकेको छैन। त्यसबाट नेपाली लोकतन्त्रले पाठ सिक्दै संविधान निर्माणको क्रममा राज्यको लोकतन्त्रीकरणलाई भुइँतहसम्म विस्तार गर्नु जरुरी छ।
लोकतन्त्रसहितको राज्य समाजवादको पक्षमा वकालत गर्ने अम्बेडकरको आँखामा क्रान्तिको अर्थ थियो, सत्तामा दलितहरूको सहभागितालाई प्रत्याभूत गर्नु, उनीहरूलाई राजनीतिक-आर्थिक विकासको भरपूर अवसर जुटाउनु अनि सबै खाले उत्पीडनकारी ब्राह्मणवादी प्रवृत्ति र प्रतीकको विनाश गर्नु। बुद्धले हिन्दू समाजमा ब्राह्मणवादी प्रवृत्ति र प्रतीकको विनाश गर्दै सांस्कृतिक क्रान्ति थाले जसरी नै मार्क्सले विश्वमा सामाजिक परिवर्तन र वर्गीय क्रान्तिको वकालत गरेका थिए। अम्बेडकरले पनि दलित मुद्दालाई सामाजिक रूपान्तरणसँगै आर्थिक, राजनीतिक र सांस्कृतिक समाधानतिर बल दिएका थिए। थोत्रा पुराना आग्रहबाट मुक्त भएर तिनको अध्ययन गरियो भने नेपालमा जारी राज्य संरचनाको लोकतन्त्रीकरण गर्न, त्यसमा आर्थिक र सांस्कृतिक लोकतन्त्रका गुदी भर्न अलिकति प्रकाशका किरण पाउन सकिन्छ।