समान अधिकार प्राप्तिको सात दशक लामो नेपाली महिलाको यात्रामा थुप्रै उतारचढाव भएको छ। नयाँ संविधानमा नागरिकतासम्बन्धी विषयमा महिलाहरूबीच देखिएको मत विभाजनले यसैलाई निरन्तरता दिएको छ। नागरिकता प्राप्त गर्न आमा र बाबु दुवै नेपाली नागरिक हुनपर्ने र विशेष अवस्थामा मात्र आमा वा बाबुमध्ये एक जना नेपाली नागरिक भए पनि निजका सन्तानले वंशजको नागरिकता प्राप्त गर्ने प्रावधानका पक्षमा अन्तरपार्टी महिला सञ्जाल उभिएको छ। महिला सभासद समूह भने आमा वा बाबुमध्ये एक जना नेपाली नागरिक भएमा उनका सन्तान नेपाली नागरिक हुने प्रावधानको पक्षमा देखिएको छ।
महिलाहरूले नागरिकतासम्बन्धी समान अधिकार खोज्दा राष्ट्रियता खतरामा पर्ने विषयलाई पनि ध्यान दिनुपर्ने भएकोले राज्यले नागरिकतासम्बन्धी कठोर नीति अवलम्बन गर्नुपर्छ भन्ने अन्तरपार्टी महिला सञ्जालका नेतृहरूको भनाइले नेपाली नागरिकता प्राप्त गर्न 'बाबु र आमा' दुवै नेपाली नागरिक हुनपर्ने भन्ने निर्णयलाई बल पुर्याएको छ। उनीहरूको विचारमा करिब १० प्रतिशतदेखि २० प्रतिशतको हाराहारीमा मात्र विशेष अवस्था (बलात्कृत, एकल, बैदेशिक रोजगारीमा जाने, बेचबिखन र लोग्नेद्वारा परित्यक्तलगायत पुरूषबिना पनि विज्ञानको सहाराले वच्चा जन्माउन चाहने, विवाहबिना बच्चा जन्माउन चाहने, बाबु पत्ता नलागेका आदि) का महिलाहरू हुने भएकोले त्यस्तो विशेष अवस्थामा मात्र आमा वा बाबुको नामबाट नागरिकता दिने प्रावधान राखेमा समानताको अधिकार सुनिश्चित हुन्छ।
महिलाहरूको अर्को समूह भने उक्त निर्णयले मूलतः महिला र पुरूषबीचको भेदभावलाई निरन्तरता दिन्छ र महिला तथा पुरूषको स्वतन्त्र अस्तित्वको दाबीलाई अस्वीकार गरेको ठान्छ। उनीहरू यस प्रावधानले बालबालिकाको राज्यविहीनताविरूद्धको अधिकार सम्बोधन नगरेको एवं प्रस्तावित व्यवस्था मानवअधिकारसम्बन्धी विश्वव्यापी सिद्धान्त, अभ्यास, नेपालको अन्तरिम संविधान, २०६३ लगायत विस्तृत् शान्तिसम्झौतामा व्यक्त प्रतिबद्धताअनुरूप छैन भन्ने ठान्छन्।
नागरिकतासम्बन्धी यस बहसले नेपाली महिला आन्दोलनले स्पष्ट हुनपर्ने चारवटा महत्वपूर्ण विषय उजागर गरेको छ। पहिलो, समानतासम्बन्धी बुझाइमा स्पष्टता छैन। दोस्रा,े नेपाली राष्ट्रियताको निर्माणमा महिलाहरू बाहिर रहनुपर्ने कि भित्र? तेस्रो, स्वच्छन्दता र स्वतन्त्रताबीचको परिभाषा र सीमा महिलाहरूका हकमा कसरी परिभाषित र कसले निर्धारण गर्ने? चौथो, यस बहसमा माथि उल्लेख गरिएका बीस प्रतिशत भनिएका महिला र पुरूषको आवाजको प्रतिनिधित्व भएको छ?
नागरिकतासम्बन्धी सबालमा पहिलो मूल विषय यस देशको वंशजको आधारमा नागरिक को हुने वा को नहुने भन्ने प्रश्नको निरुपण नै हो। जन्मका बखत 'बाबु र आमा' दुवै नेपाली नागरिक भएमा मात्र कुनै व्यक्ति नेपालको नागरिक हुनसक्ने भन्ने मूल व्यवस्था रहनु बाबु वा आमामध्ये एक जनामात्रले आफ्नो पति वा पत्नी नेपाली हो भनी प्रमाणित गर्न नसकेमा निजको सन्तान यस मुलुकको नागरिक नहुनु हो। दोस्रो, कुनै व्यक्ति विशेष अवस्थाको हो भने निजले त्यसको प्रमाण राज्यलाई चित्तब‰दो रूपमा पेस गर्न सक्नुपर्छ। कुनै कारणवश नसकेमा उसले नागरिकता प्राप्त गर्न सक्दैन। परिणामतः ऊ राज्यविहीन हुन पुग्छ।
नेपाली तथा विश्व महिला आन्दोलनको मुख्य माग समानता, पहिचान, आत्मसम्मानपूर्वक बाँच्न पाउने र आत्मनिर्णयको अधिकार हो। अतः समानताको पक्षमा पैरवी गरिरहँँदा हामीले महिला र पुरूषबीच उस्तै व्यवहार खोजेको हो कि परिणाम र व्यवहारमा समानता खोजेको भन्ने विषयमा प्रष्ट हुनु आवश्यक छ। बाबु र आमा भन्ने प्रावधानले परिणाममा समानता ल्याउनु सट्टा महिलामहिलाबीच र पुरुषपुरुषबीचै पनि विशेष अवस्थाको विशेषण झुन्ड्याएर असमानताको निरन्तरतालाई पुनर्स्थापित गर्छ। समानताको नाममा कसले केे प्राप्त गर्यो? के गरियो र कसरी गरियो भन्ने मूल विषय हो। यस देशमा एकै जनाको मात्र पनि आत्मसम्मानपूर्वक बाँच्ने हक खोसिन्छ भन्ने त्यो मानवअधिकारको विषय हो। त्यसैले २० प्रतिशतसम्म भनिएका महिला र पुरुषको आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार संरचनागतरूपमा नै खोस्ने अधिकार कसैलाई छैन र दिन पनि हुँँदैन। विशेष अवस्थाको एउटा समूह बनाउँदा के कुनै पनि सामाजिक धरातल वा यथार्थमा यसलेे विशेष अर्थ बोक्छ र यसले एउटा समूह अर्को समूहभन्दा उच्च वा निम्न भनी देखाउँछ? देखाउँछ भने त्यो असमानता र भेदभाव हो। हामी कसैलाई पनि के विभेदमा परेका मानिस वा तिनको समूहले भोगेको दुर्दान्त पीडाका अनन्त शृंखलालाई न्यायोचित पुष्टि गर्ने अधिकार हुन्छ? यस प्रश्नको उत्तर पनि खोजिनु पर्छ।
यस प्रश्नको उत्तर खोज्नुको सट्टा स्वतन्त्रता र स्वच्छन्दताको तर्क अगाडि आयो। भनियो - हामी परिवारको एकतामा विश्वास गर्छौँ, पारिवारिक संस्थाको निरन्तरतामा आस्था राख्छौँ। असमान काुननहरूको अन्त्य हुनुपर्छ, महिलालाई पैतृक सम्पत्तिमा समान अधिकार चाहिन्छ भनिरहँदा पनि महिलाहरूको व्यक्तिगत व्यक्तिगत व्यवहारलाई कठघरामा उभ्याइएको थियो। आज १० वर्षे सशस्त्र विद्रोह, २०६२/६३ को जनआन्दोलनलगायतले महिलाहरूलाई उनीहरू घर तथा पारिवारिक परम्पराको परिचायक मात्रै नभई स्वतन्त्रताको प्रतीक र सारभूत समानताका साझा हिस्सेदार भन्ने प्रमाणित गरेको छ। यस अवस्थामा पनि नागरिकताको अधिकारका सन्दर्भ आउँदा महिला पुरूषसम्बन्धी पुराना अवधारणा प्रभावकारी हुँदैगइरहेको देखिन्छ। यसले राष्ट्रियतासम्बन्धी भूराजनीतिक सीमालाई जोडेर यसको मनौवैज्ञानिक एवं नयाँ समानतापूर्ण सामाजिक आधार तयार गर्ने वियषलाई अस्वीकार गर्दैछ। तर दुःःखको विषय यसको निरन्तरताका पहिलो पंक्तिमा महिला पनि उभिएका छन्। स्वतन्त्रता र स्वच्छन्दताको सीमारेखा कहाँनेर कोर्ने, बलात्कृत महिलाले स्वच्छन्दता खोजेको हाखे कि स्वतन्त्रता र न्याय?, आफूले अगाध विश्वास गरेको लोग्ने र प्रेमीबाट विश्वासघात हुँदा महिलाले स्वतन्त्रता खोजेको ठान्ने कि स्वच्छन्दता, परिवारको भरणपोषणका निमित्त विदेशमा श्रम बगाउन जाने महिला बलात्कृत हुँदा र बेचिएर फर्कँदा उनले के खोज्छिन् यस देशमा? यिनको जवाफ दिनुपर्छ कि पर्दैन?
यस्ता प्रश्नलाई पन्छाउन महिला अधिकारभन्दा राष्ट्रियता माथिल्लो विषय हो भन्ने तर्क अगाडि सारिँदैछ। राष्ट्रियतासम्बन्धी प्रश्न वा विवाद उठ्नेबित्तिकै महिलाका विषयलाई दोस्रो दर्जाको सवालका रूपमा लिने प्रवृत्ति नेपालमा पटकपटक दोहोरिएको छ। राष्ट्रियताकै प्रश्न उठाएर पुनः पुरुषकेन्द्री पुर्ख्यौली बिरासतको मान्यतालाई संस्थागत गर्ने प्रयत्न हुँदैछ। यी दुवै प्रयत्नले परम्परागत सांस्कृतिक तथा भौतिक सीमाको प्रतिनिधिŒव गर्नुका साथै सांस्कृतिक अभ्यासको निरन्तरता अगाडि सारेका छन्। दीर्घकालीनरूपमा यस्ता कार्यलेे पितृसत्ता र महिलाको यौनिकतामाथिको नियन्त्रणकै निरन्तरताका लागि कानुनको शासनको नाममा गरिनेे अर्को हस्तक्षेप साबित हुन्छ। राष्ट्रियता जस्तो संवेदनशील विषयलार्ई भूराजनीतिक सीमाहरूको परिधिभित्र मात्र राखेर परिभाषित गर्न खोजिएको छ। यसले राष्ट्रको मानसिक र सामाजिक आधारलाई बेवास्ता गरेको छ। राष्ट्रियताको सामूहिक पहिचानमा अपनत्वले राष्ट्रिय एकतालाई बलियो बनाउने हुनाले यो सबैभन्दा महत्वपूर्ण पक्ष हो। महिला र पुरुष दुवै यसको अभिन्न अंग हो। अव्यवस्थित खुला सिमानालाई देखाएर राष्ट्रियता र राष्ट्रिय सीमामा खतरा देख्ने तर खुला सिमानालाई दुवै देशका नागरिकको हित, आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार, सामाजिक न्याय, समानताको हक सुरक्षित गर्ने दिशामा प्रयोग गर्न हिम्मत नदेखाउने प्रवृत्ति, मानसिकता र त्यसमा आधारित निर्णयले लाचारीमात्र प्रतिविम्बित हुन्छ। राष्ट्रियताको यो बिम्व अबको पुस्तालाई स्वीकार्य छैन। हामी सबैको स्वाधीनता र स्वाभिमानमा आधारित राष्ट्रियताको निर्माण नयाँ पुस्ताका सबैको सरोकारको विषय हो। नयाँ संविधानले सारभूत समानता प्राप्त गर्न आवश्यक प्रशासनिक, कानुनी र सामाजिक मापदण्ड निर्माण गर्ने उपयुक्त वातावरण दिन सक्नुपर्छ।
लेखिका अधिवक्ता हुन्।