कुनैपनि पत्रकारका लागि दैनिक समाचारपत्रको प्रधान सम्पादक हुनु अलिकति गौरव र धेरै चुनौतीको विषय हो। त्यसमा पनि नया" नेपालको निर्माणसँगै प्रत्येक नेपाली जनतालाई नागरिक बनाउने उद्देश्यका साथ सुरुभएको नेपाल रिपब्लिक मिडियाको महत्वपूर्ण प्रकाशन नागरिक दैनिकको सम्पादन त्यति सहज विषय हु"दैहोइन। यो जान्दाजान्दै पनि मैले चुनौती स्वीकार गरेको छु र आफूलाई गौरवान्वित ठानेको छु।
लामो समयदेखि विभिन्न चुनौतीको सामना गर्दैआएको मेरा लागि यो नया" चाहिँ पक्कै होइन। तर, अहिलेका मेरा चुनौती बहुआयामिक छन्। एउटा समाचारपत्रका रूपमा नागरिक दैनिकका दायित्व अपरिमित छन्। देश, लोकतन्त्र र गणतन्त्रको स्थायित्वका पक्षमा लडिने कुनैपनि लडाइँमा जनता अथवा नागरिकको आवाज बुलन्द बनाउनु त हाम्रो कर्तव्यै हो। अभिव्यक्ति स्वतन्त्रताको रक्षा हाम्रो अर्को मुख्य कार्यसूची हो। त्यसबाहेक संक्रमणकालीन राजनीति र अर्थनीतिका प्रत्येक घटनाले देशमा पार्ने प्रभावको आकलन गरेर जनतालाई निरन्तर सुसूचित गराइरहनु र तदनुरूप जनमत सिर्जनाका लागि समाचारका सारभूत तŒव केलाउनु हाम्रो महत्वपूर्ण दायित्व हो। अहिलेको संक्रमणकालीन समयमा हामी कतै अलिकति चुक्यौँ भने जनतालाई नागरिक बनाउने हाम्रो अभियानै धराशायी हुनेछ। त्यसैले पनि, कुनै राजनीतिक वाद र प्रतिवादप्रति पूर्वाग्रह नराखी देशको नया" मार्गचित्र निर्माणमा सघाउनु हाम्रो कर्तव्य हो।
देशको जीवनमा सर्वाधिक महत्वपूर्ण तथा राजनीतिक हिसाबले सर्वथा संक्रमणकालीन समयको साक्षी बस्नु समाचारपत्रहरूका लागि आफैँमा पनि सुखद होइन। तर, यो यस्तो बाध्यात्मक अवस्था हो जसको हिसाबकिताब राख्न सकिँदैन। राजतन्त्रको विस्थापनसँगै आमूल परिवर्तनको मनःस्थितिमा गइसकेको देश अहिले जताततै उद्वेलित छ। मानिसहरू आफ्नो भाग्यको ढोका सदाकालका लागि खोल्ने पद्धतिको खोजीमा छन्। त्यसका लागि चाहिने एक थान संविधान अहिले प्रसव पीडामा छटपटाइरहेको छ। त्यसको आकार र अनुहार यस्तै हुन्छ भन्ने कल्पना यसका निर्माताले समेत गर्नसकेका छैनन्। हरेक सहमति विमतिको हिलोमा पछारिएको छ। प्रत्येक दल आफनो स्वार्थ अनुकूलको एक टुक्रा भूमिका लागि अनेक प्रकारका चलखेलमा लागेका छन्।
हामीले मात्रै होइन, कसैले पनि भोलि खिचिने देशको स्पष्ट रेखाको कल्पनागर्न सकेका छैनौ। संविधान आउने दिनको गन्ती गर्दै बितेको छ हाम्रो समय। संघीयताको विवाद एकदिन सल्टिने र अर्को दिन बिथोलिने निकै नाटकीय अवस्थाको सिर्जना भइरहेको छ प्रत्येक दिन। अधिकारको मामिलामा संविधान सभाका सदस्यसमेत विभाजित मानसिकतामा देखिएका छन्। पूरै देश आदिवासी र जनजातिको कार्य क्षेत्र घोषणा भइसक्दा पनि मानिसले चित्त बुझाउन सकेका छैनन् भने मान्नुपर्छ दलहरूबीचको सहमतिमा कुनै न कुनै प्रकारको तुस बा"की थियो। हिजोका दिनमा हामी आफँैले फैलाएका नाराको प्रभावकारिता अहिले हाम्रै छातीमा गोलीका रूपमा बजि्रन थालेको छ। सहमतिको निरन्तर खोजी र असहमतिको निरन्तर प्राप्ति हाम्रो वर्णमाला बनेको छ। आफ्ना लागि स्वायत्तताको खोजी गर्दा त्यसले अर्काको स्वतन्त्रतालाई सीमित पार्नसक्छ भन्नेतिर कसैको पनि ध्यान गएको छैन। आत्मकेन्द्रित राजनीतिको घेरामा फसेकैले त्यस्तो चेतना फैलाउन हामी संचारकर्मी र संचार माध्यम पनि पटकपटक चुकेका छौं। हुनत, भीडको अनन्त कोलाहलबीचमा कसैले पनि हाम्रो कुरा नसुनेको पनि हुन सक्छ।
अहिले नागरिक दैनिकको प्रधान सम्पादकको हैसियतले आफनो नियमित स्तम्भमा यी शब्द लेखिरह"दा मेरा मनमा दुई प्रश्न खेलिरहेका छन्। एक, भोलि अब थोरै दिनमात्र बा"की रहेको अवधिमा संविधान जारी हुन सकेन भने के होला? दुई, संविधान जारी भएर पनि त्यसलाई सबै नेपालीले आफ्नो भाग्यको ढोका खोल्ने चाबीका रूपमा आत्मसात् गर्न सकेनन् भने त्यसपछि उत्पन्न हुने अवस्थाले यस देशलाई कहा" पुर्याउला? प्रश्न त धेरै नै उठ्न सक्लान् तर यी दुई प्रश्न अहिलेका लागि महत्वपूर्ण रहेका छन् मेरा दृष्टिमा।
नेताहरू आआफ्नो प्रत्युत्पन्न मतिमा विश्वस्त देखिएका छन्। चेसको विसात बिच्छयाएर 'सह' र 'मात'को दाउमा लागेका नेताहरू ढुक्कै देखिन्छन् संविधान सर्वसम्मत हुने बारे। यो सर्वसम्मति प्रयोजनका लागि मात्रै हो कि प्रयोगका लागि पनि हो? बोल्न भने कसैले चाहेको छैन। पछिल्लो समयमा एनेकपा (माओवादी)ले प्रस्तुत गरेको ११ प्रदेशको खाका सहमतिमा पुगेर पनि सहमतिभित्र अटाउन पाएन। बाह्रौं प्रदेश चाहियो नेपाली कांग्रेसलाई। तेह्रौँ एमालेलाई र चौधाँै चाहियो मधेसी गठबन्धन विरोधी नेताहरूलाई। संघीय राज्यका बारे दलका नेताले सहमति गरेको एकघन्टा नबित्दै सरकार प्रमुखले विरोधको वातावरणमा रहेको संसद् बोलाएर चाणक्य नीतिको प्रयोग गरी भएको सहमतिलाई अन्तिम होइन भनेर त्यसको खिल्ली उडाउनु अहिलेको राजनीतिमा देखिएको सबभन्दा अविश्वसनीय चरित्र हो।
सहमति र असहमति यसरी छिनछिनमै बढदै जाने हो भने अहिलेको राजनीतिक परिदृश्यबाट संविधान र सहमति भन्ने शब्द नै गायब हुन बेर लाग्नेछैन। आजका नेपाली जनता आफ्नो भावनाको प्रतिरक्षामा कति दह्रो ढंगले जुध्छन भन्ने उदाहरण सुदूरपश्चिमले नै प्रस्तुत गरिसकेको छ। राजनीतिको व्यापक परिवेशमा औचित्यहीन देखिए पनि यस्ता उदाहरण स्थानीयरूपमा जनता कति सशक्त र सबल छन् भन्ने देखाउन पर्याप्त छन्। राजनीतिका नियन्ताहरूले या त यस्ता कुरामा ध्यान दिएका छैनन् या तिनीहरू जनतालाई नागरिक होइन, निम्सरो ठान्ने प्रवृत्तिबाट मुक्त भएका छैनन्। नागरिक दैनिक यस प्रवृत्तिविरुद्ध स"धै अग्रस्थानमा देखापर्नेछ।
एउटा जिम्मेवार समाचारपत्रका रूपमा नागरिक दैनिक र यसका सम्पादकीय सहकर्मी आफ्ना दायित्वप्रति सचेत छ। जनताको आवाज र गतिलाई शक्तिको केन्द्रमा स्थापित गर्ने र केन्द्रीय शक्तिका गतिविधिबारे जनतालाई सुसूचितगर्ने क्रमलाई सबल अभियानकारूपमा निरन्तर अघि बढाउनु आजको आवश्यकता हो। आन्दोलनहरू तीव्र्रताका साथ सुरु भइरहेका बेला मानिसको मन उसै पनि बढी उद्वेलित हुन्छ। बन्दलाई नै बन्द गराउने मानसिकताका साथ सडकमा उत्रेको मानिस आफैँ बन्दको हावासँग लहसिन थाल्छ। जेठ १४ जति जति नजीक आउ"छ, त्यति त्यति आन्दोलन उर्वर हु"दै जानेछन्। अहिलेको कोलाहल अरू बढ्ने छ। कोलाहल हाहाकारमा बदलिनु देश र जनताका लागि अनीष्टकारी हुन्छ। त्यसैले राजनीतिक समस्याको टुंगो सहज ढंगले र शान्तिपूर्ण तवरले लगाउन नेपाली मनको साझा सचेतना जरुरी छ। मेरो सम्पादकीय नेतृत्वमा नागरिक दैनिकका वैचारिक सन्तुलन, लोकतान्त्रिक निष्ठा, समावेशी समाजको निर्माण, उदार अर्थतन्त्र तथा अवसरहरूको समानताको नीतिप्रति अझै प्रतिबद्ध रहनेछ।