नेपाली हामी रहौला कँहा नेपालै नरहे'। नातिकाजीको यस गीतलाई लोकप्रिय कलाकार हरिवंश आचार्यले आफ्नो फेसबुक पेजमा लेख्दा छिनभरमै हजारौँ लाइक' र कमेन्ट' जम्मा भयो। आखिर हामी जहाँ जे जे भएपनि नेपाल र नेपाली शब्द सबैभन्दा प्यारो हुन्छ भन्ने हामीले देखेभोगेका छौँ। नेपालको वर्तमान अवस्थादेखि कति नेपाली दुखित र चिन्तित छन् भन्ने फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालबाट अनुभव गर्न सकिन्छ। मनभित्रका आक्रोश, माया र सद्भाव सबै फेसबुकबाट छरपस्टिएका छन्।
गायक अमृत गरुङ अहिले अमृत नेपालीका नामले चिनिन्छन्। केही यता देखिएका जातीय विद्वेषलाई संकेत गर्दै उनले हामी सर्वप्रथम नेपाली हौँ भन्ने दर्शाउन नेपाली लेखेका हुन्। नेपाली पोष्ट नामक वेबसाइटमा उनले आई एम अमृत नेपाली' भन्ने लेख नै लेखेका छन्। देश जतिसुकै बन्द होस् तर फेसबुक चाहिँ बन्द नहोस्, यो पनि बन्द भए त कसरी बाच्नु'। सातौँ देखि बन्द भएर अस्तव्यस्त भइरहेको नेपालको अवस्थालाई व्यंग्य गर्दै विराटनगरका रोसन ढकालले फेसबुकको स्टाटस' बनाए। उनि आजभोलि ढकाल नभएर नेपाली भएका छन्। उनीजस्तै फेसबुक सञ्जालमा आबद्ध हजारौँ नेपालीले थर हटाएर वा जोडेर नेपाली लेखेका छन्। पार्टी र संघसस्थाका कार्यकर्ता सडकमा उर्लेर बन्द हड्ताल र तोडफोडमा उत्रिरहेको बेला केही सचेत सामाजिक सञ्जाल प्रयोगकर्ताले सद्भाव फैलाउने कार्य पनि गरिरहेका छन्। सामाजिक सञ्जाल फेसबुकमा जातीय सद्भाव झल्काउने गरी विशिष्ट व्यक्तिहरूले समेत आफ्नो नाममा नेपाली लेखिरहेका छन् ।
फेसबुकमा मेगा बैंकका सिइओ अनिलकेशरी शाहले आफ्नो नाम अनिलकेशरी नेपाल राखेका छन्। सागर ग्रुप अफ कम्पनीजका अध्यक्ष सागरदेव लाखेले आफ्नो युजरनेम सागरदेश लाखे नेपाली बनाएका छन्। माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपालका एलेन बेलेचन तुलाधरले एले बेलेचन नेपाली नाम फेसबुकमा राखेका छन्। बैंक अफ एसियाका सिइओ पर्शुराम कुवर क्षेत्रीले पनि नेपाल शब्द प्रयोग गरेका छन्। यसरी नेपाली र नेपाल शब्द प्रयोग गरेर फेसबुक मार्फत् सद्भाव फैलाउने अभियानमा केही युवा उद्यमी लागेका छन्। यसरी नेपालका १४ लाख फेसबुक प्रयोगकर्ता मध्ये कतिले नेपाली शब्द प्रयोग गरिरहेका भन्ने यकिन तथ्यांक नभएपनि यो सख्या उल्लेख्य देखिन्छ। टि्वटरमा समेत नेपाल र नेपाली शब्द प्रयोग गरेर टि्वट गर्ने बढिरहेका छन्। अमेरिका, बेलायतलगायत विदेशमा बस्ने लाखौँ नेपालीले समेत फेसबुक, टि्वटरमार्फत समाजिक एकताको सन्देश फैलाइरहेका छन्।
हुनत, फेसबुकको नाममा नेपाली लेख्दैमा नेपाली होइँदैन, नेपाली त मनदेखि हुने हो'। सागर प्रसाइले फेसबुकमा लेखेको यो स्टाटसलाई समर्थन गर्ने पनि सयौँ थिए। नाम राख्दैमा नेपाली हुने त होइन तर अहिले देशमा भइरहेको जातीय विद्वेषले गर्दा हामी सबै एकै नेपाली हौँ भन्ने सन्देश प्रवाह गर्न यस्तो गरिएको फेसबुकमा नेपाली शब्द झुन्डाउनहरूको तर्क छ। सामाजिक अभियानमा सक्रिय अनिल चित्रकारले पनि थर झिकेर फेसबुकमा आफ्नो नाम अनिल नेपाली बनाएका छन्। यो अभियानले केही हदसम्म नेपाली एकतालाई अघि बढाएको छ। नेपाली प्रयोगकर्ताले सामाजिक सद्भाव कायम गर्ने तरिकाले सामग्री प्रस्तुत गरेका छन्।
नेपालमा जीपीआरएसका ग्राहकसहित लगभग ४० लाख इन्टरनेट प्रयोगकर्ता छन्। यीमध्ये सबैभन्दा धेरै लगभग १४ लाख नेपाली फेसबुकमा आबद्ध छन्। अहिलेको बन्द हड्ताल र आन्दोलनलाई हेर्ने हो भने बढी से बढी देशभरबाट एक लाख मानिस सडकमा ओर्लिएका होलान्। नेपाली फेसबुक प्रयोगकर्ता सबैले सामाजिक सद्भावको लागि सामग्री पोस्ट गर्ने कामले मात्र पनि धेरै ठुलो असर पार्न सक्छ। तर फेसबुकमा पनि सामाजिक सद्भाव भड्काउने र जातीयताको नाममा सुन्न र हेर्न नसक्ने पोस्ट पनि भइरहेका हुन्छन्। यस्ता सामग्रीलाई नियन्त्रण गर्नु आवश्यक छ।
राष्ट्रपति र उप राष्ट्रपति मधेसी, प्रधानमन्त्री बाहुन, सभामुख नेम्वाङ (जनजाती) सेनापती गुरुङ (जनजाती) भएर समावेशिताको यो नमुनाबाट चलेको देशमा कसले सल्कायो जातीयताको आगो?' यो पनि फेसबुकमा धेरै सेयर र पोस्ट भएको सामग्री हो। वास्तवमै हाम्रो देश यति अनुपम र जाती समावेशी रहेको छ। तैपनि, झैझगडा किन? नेपालका ६० प्रतिशतभन्दा बढी नागरिक पछाडि परेका छन् तर त्यसको मूल कारण गरिबी हो।
हामीले इजिप्टलगायतका देशमा भएको आन्दोलनमा फेसबुक र टि्वटरले पारेका प्रभाव थाहा पाएका छाँै। सामाजिक सञ्जालले सामाजिक सद्भाव र युद्ध रोक्न पनि सक्छ भने भड्काउन पनि सक्छ। अहिलेका युवा पुस्ता नागरिक पत्रकारितामा विश्वास राख्छन्। अनि आफै समाचारको स्रोत बन्छन जसलाई फेसबुक, टि्वटर गुगल प्लसलगायत सामाजिक सञ्जालले सहयोग पुर्याअइरहेको छ। अब नेपालमा सामाजिक सद्भाव बढााउन पनि फेसबुक र टि्वटरबाट सहयोग हुनसक्छ। नेटिजन भनिने युवा पुस्ता अब नेपालमा अधिकार, सामाजिक र जातीय सद्भावका लागि युवा पुस्ता जाग्नु आवश्यक छ।
नेपाली हामी रहौला कँहा नेपालै नरहे'।