राजनीतिक पार्टीहरूमा झाँगिएको अविश्वास र सत्ता मोहले देशमा गहिरो संवैधानिक संकट उत्पन्न भएको छ। केही मानिस भन्ने गर्छन् - संविधान सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूबीच रहेको फराकिलो वैचारिक भिन्नताका कारण संविधान सभाले काम गर्न नसकेको हो। यो सत्य होइन। राजनीतिक-वैचारिक भिन्नताले लोकतन्त्रमा संस्थाहरूको हत्या होइन बरु संस्थालाई झन् दह्रो बनाउँछ।
भारतको संविधान सभा गठन भएपछि, सरकारले त्यस संस्थाको सहज कार्य सम्पादनका लागि १६ बुँदाको एउटा 'बटमलाइन' प्रस्तुत गरेको थियो। संविधान सभाले त्यसलाई सामान्य मार्ग निर्देशिका मान्यो। दक्षिण अफ्रिकामा पनि राजनीतिक दलहरूको गोलमेच सम्मेलनले केही आधारभूत बुँदा तयार पारेका थिए। संविधान सभाले तिनै बुँदालाई सहमतिको आधार बनायो। नेपालमा सबैभन्दा ठूलो कमजोरी यस्ता आधारभूत बुँदा तयार पार्न नसक्नु थियो। संविधान सभाको निर्वाचनमा एनेकपा (माओवादी)लाई अप्रत्याशित शुभेच्छा जनताले दिए। उसलाई दिएको मत जनताको परिवर्तनका लागि व्यक्त अभिलाषा र आकांक्षा थियो। तर माओवादी नेताहरूले त्यसलाई 'जनयुद्ध'को अनुमोदन ठाने। त्यो सत्य थिएन। अन्य दलहरूलाई निर्वाचनमा पछाडि राख्नुको तात्पर्य जनताले तिनको विगतका अकर्मण्यता र जनउत्तरदायित्वप्रतिको खेलबाडका लागि पाठ सिकाउन सक्छन् भन्ने चेतना थियो। यसलाई नेपाली कांग्रेस र नेकपा (एमाले)ले आफ्नो दिन सकिएको ठाने, त्यो पनि सत्य थिएन। यस अवस्थामा माओवादीमा जन्मिएको 'ठूलो दल' को दम्भ र अन्य दुई पार्टीमा जन्मिएको पराजयको 'हीनताबोध' बास्तबमा संविधान सभाको अकर्मण्यताका पछाडि रहेका परोक्ष तर निर्णायक मनोवैज्ञानिक कारण थिए। 'जितको दम्भ' र 'पराजयको हीनताबोध' ले संविधान सभाको संरचनामा निर्णायकरूपमा असर गरे।
संविधान सभामा संवैधानिक प्रक्रियाबाट विषयवस्तुको टुंगो लगाउँदा कांग्रेस र एमालेले प्रतिनिधित्व गरेको विचारले मत संख्याका आधारमा स्थान पाउनसक्ने अवस्था थिएन। किनभने, तिनको दुईवटा दलको जम्मा सदस्य संख्याभन्दा बढी त माओवादीको मात्रै थियो। त्यसैले मतदानबाट निर्णयमा जाने प्रक्रियाले माओवादीबाहेक अन्य राजनीतिक विचारधाराको उन्मूलन हुने खतरा थियो। अर्कोतिर, एक्लै दुईतिहाइको शक्ति माओवादीसँग पनि थिएन। तर कुनै एउटा शक्तिलाई साथमा लिएर माओवादीले दुईतिहाइ पुर्याएउनसक्ने सम्भावना हुन्थ्यो त्यसैले ऊ संविधान सभामा परोक्षरूपमा निर्णायक शक्ति थियो। कांग्रेस र एमाले निर्णायक शक्ति थिएनन्। यो अवस्था उनीहरूका लागि 'खतरा' को लक्षणका रूपमा रहनु स्वाभाविकै हो। उनीहरूमा भएको हीनताबोधले एक किसिमको मनःस्थिति बन्योे जसले सधैँ आफू कमजोर भएको अनुभूति गराउँछ। यसलाई मनोविज्ञानमा 'साइकोकोन्ड्रिक' अवस्था भनिन्छ, जसमा मानिसले आफूलाई सँधै बिरामी वा कमजोर भएको ठान्छ। अर्कातिर माओवादीमा 'एउटा अपराजयी ताकत' को मानसिकता निर्माण भयो जसलाई मनोविज्ञानमा 'मेग्लोमनाइक' अवस्था भनिन्छ। त्यसमा व्यक्तिले आफू जति महत्वपूर्ण र ठूलो मानिस कोही छैन भन्ने ठान्छ। यी दुवै मनोरोग हुन्। नेपालको संविधान सभा यिनै दुईवटा रोगका कारणले मर्योम। हीनताबोधले निराशा र अकर्मण्यता जन्माउँछ। त्यसैले संविधानसभाको मृत्युमा यस रोगको भूमिका अवश्यै नै थियो। 'आत्मगौरव र दम्भ' ले कठोरता जन्माउँछ। तर, संविधान सभाको मृत्युमा 'एमाले र कांग्रेस' को साइकोकोन्ड्रिक अवस्था होइन माओवादीको 'मेग्लोमनाइक' अवस्था निर्णायक कारण बन्यो।
अहिलेको संवैधानिक संकट यही 'मेग्लोमनाइक' अवस्थासँग गाँसिएको छ। शान्ति प्रक्रिया सम्पन्न नगरी वा सेना समायोजन बिना संविधानका असहमतिका विषयमा टुंगो लगाइयो भने, लोकतन्त्र धरापमा पर्छ भन्ने मनोवैज्ञानिक असरले कांग्रेस र एमालेलाई हिम्मतका साथ अगाडि बढ्न दिएन। माओवादी परितर्वतनको प्रतिनिधित्व गर्ने समसामयिक शक्ति पनि थियो र ठूलो दल भएका कारणले विश्वासको वातावरण निर्माण गर्दै सबैलाई समेटेर अगाडि बढ्नुपर्ने शक्ति पनि थियो। उसले आफ्नो यो जिम्मेवारी पूरा गर्न सकेन। राष्ट्रपतिको निर्वाचनदेखि नै उसको यो कमजोरी सुरु भयो र 'मधेसी मोर्चा' सँगको गठबन्धनबाट अरू शक्तिलाई बाहिर छोड्ने उसको रणनीति संविधान निर्माणमा घातक सिद्ध भयो। मधेसी मोर्चासँग सरकारमा सहकार्य गरेपनि संविधान निर्माणको प्रक्रियामा माओवादीले कांग्रेस र एमालेसँग पनि समान सहकार्य, समान दूरी र समान निकटताको सिद्धान्त अवलम्बन गर्नुपर्ने थियो। तर 'मधेसी मोर्चा'सँग उसले मोर्चामात्र बनाएन अन्य पार्टीहरूमा गम्भीर अनुशासन उल्लंघनको अवस्थासमेत सिर्जना गर्योए। यसबाट 'सहमति' स्वेच्छा, भरोसा, समझदारीबाट होइन 'बाध्यता' को आधारमा निर्माण हुनुपर्ने अवस्था सिर्जना भयो। तर शंकाको बादल यति धेरै बाक्लो थियो, सहमति संभव हुन सकेन।
यही शंकाको बादलले सरकारलाई संविधान सभाको निर्वाचनको कठोर निर्णयको बाटोमा पुर्याुयो। असहमतिको गहिरो खाडलले संविधान सभाको विघटन होइन जबर्जस्ती बर्खास्तीको अवस्था उत्पन्न भयो। संविधान सभाको निर्वाचनमा जान पनि सहमतिकै आवश्यकता
थियो। संविधानको धारा ४३ ले नेपाल सरकारको संचालन संयुक्त जनआन्दोलन, जनआन्दोलनको भावना, राजनीतिक सहमति र सहकार्यको संस्कृति अनुरूप गरिनेछ भन्ने सिद्धान्त स्थापित गरेको छ जसलाई ' नेपालको अन्तरिम संविधान, २०६३ को व्याख्या र नयाँ संविधान निर्माणका लागि मौलिक एवं आधारभूत 'संवैधानिकतावाद' को सिद्धान्त मान्नुपर्छ। यसलाई उल्लंघन गरेर न त अन्तरिम संविधानको व्याख्या गर्न सकिन्छ न त संविधानसभामा संविधान निर्माणको प्रक्रिया नै अगाडि बढाउन सकिन्छ। मतदानद्वारा निर्णय गर्ने त अपवादको अवस्थामा मात्र हो।
यस सिद्धान्तलाई दृष्टिगत गरी वर्तमान संवैधानिक संकटको निकास खोज्नुपर्छ। धारा ६३(२) ले संविधान सभाको निर्वाचन नेपाल सरकारले तोकेको मितिमा हुनेछ भन्ने व्यवस्था भएबाट, संविधान सभाको निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई छ। तर यो अधिकार नेपाल सरकारलाई दिनुको तात्पर्य 'संविधान सभाको निर्वाचनका सम्बन्धमा' नेपाल सरकारले नयाँ संवैधानिक व्यवस्थाको उत्पन्न गर्न सक्छ भन्ने होइन। यो अधिकार शान्ति सुरक्षासँग जोडिएको व्यवस्थापनको विषयमात्र हो। स्वच्छ र निष्पक्ष निर्वाचन हुनुपर्ने संवैधानिक दायित्व पूरा गर्न आवश्यक कार्यहरू गर्ने दायित्व सरकारमा निहित भएबाट मिति तोक्ने 'विशेषाधिकार' सरकारलाई दिइएको हो।
परन्तु, निर्वाचनमा सहभागी हुने, राजनीतिक संगठन निर्माण गर्ने र दलीय राजनीतिक मान्यताअनुसार निर्वाचनमा सरिक हुने, मतदान गर्ने, प्रचारप्रसार गर्ने, जनतासमक्ष आफ्ना मान्यता छलफल गर्नेजस्ता अभ्यासहरू व्यक्तिका मौलिक अधिकार र राजनीतिक संगठनका कानुनी अधिकारका विषयवस्तु हुन्। अतः उनीहरूसँगको सल्लाह, छलफल र सहमतिबिना सत्तामा रहेका दलले आफ्नोमात्र सुविधा हेरेर निर्वाचनका सम्बन्धमा निर्णय लिनु संविधानको धारा ४३(१) विपरीत हुन जान्छ। संविधान सभाको निर्वाचन व्यवस्थापिका भंग गरी नयाँ जनादेश माग्नका लागि गरिने मध्यावधि निर्वाचनजस्तो पक्कै होइन।
वर्तमान संविधानमा धारा ३३ मा "२०६४ सालको ..... महिनामा संविधान सभाको निर्वाचन गर्नुपर्ने कुरालाई" राज्यको दायित्व भनी तोकिएको छ। अर्थात्, २०६४ सालबाहेक अन्य सालमा पनि संविधान सभाको निर्वाचन हुनसक्छ भन्ने मान्यता संविधानले राखेको छैन। अर्थात् २०६९ सालमा पुनः अर्को संविधान सभाको निर्वाचन हुनसक्ने अवस्था वा व्यवस्था संविधानमा छैन। त्यसैगरी संविधानको धारा ६३(७) मा संविधान सभाको प्रयोजनका लागि सम्बत् २०६३ साल मंसिर मसान्तसम्म अठार वर्ष उमेर पुरा भएको प्रत्येक नेपाली नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम मतदान गर्ने व्यवस्था हुनेछ भन्ने व्यवस्था छ। यस व्यवस्थाबमोजिम २०६३ साल मंसिर मसान्त पछाडि अठार वर्ष पूरा भएको नेपाली नागरिकले मतदान गर्नपाउने अवस्था हुँदैन। अतः २०६९ साल मंसिर ७ गने संविधान सभाको निर्वाचन सम्पन्न गर्न संविधानका यी दुईवटा व्यवस्थालाई संशोधन गर्नुपर्ने हुन्छ। यी दुईवटा व्यवस्थालाई संशोधन गरी संविधान सभा निर्वाचन ऐनमा समेत आवश्यक संशोधन गर्नुपर्छ। त्यसैगरी अन्तरिम संविधानको धारा ६४ बमोजिम संविधान सभाको म्याद ४ वर्ष हुने व्यवस्था कायम छ। यसलाई पनि संशोधन गर्नुपर्ने अवस्था छ। अतः २०६९ जेठ १४ गते संविधान सभा संविधान निर्माण गर्न असमर्थ भएको थियो भने प्रधानमन्त्रीले नयाँ संविधान सभाको लागि निर्वाचनको प्रस्ताव संसद् समक्ष राख्नुपर्ने थियो। त्यो प्रस्तावलाई स्वीकार गरेर संविधान सभाले आफ्नो उत्तराधिकारी संस्थाका लागि स्वीकृति दिनसक्ने थियो वा अरू विकल्पका दिने थियो। तर संविधान सभाको निर्वाचनको लागि प्रधानमन्त्रीले संविधान सभाको अधिकार प्रयोग गर्नुभयो।
अब न त संविधान सभा जीवित छ न त व्यवस्थापिका संसद्। तर संविधानको धारा ८७ बमोजिम पारित विधेयक प्रमाणीकरण गर्ने अख्तियार राष्ट्रपतिलाई दिएको छ। अर्थात्, राष्ट्रपतिलाई व्यवस्थापकीय अंगको अंश मानिने सिद्धान्तलाई वर्तमान संविधानले अंगीकार गरेको छ। त्यसैगरी व्यवस्थापिका संसद्को अधिवेशन नचलेको अवस्थामा राष्ट्रपति सन्तुष्ट भएमा यस संविधानमा लेखिएका कुरा प्रतिकूल नहुने गरी अध्यादेश जारी हुनसक्ने संविधानको धारा ८८ (१) मा व्यवस्था रहेको छ। त्यसैगरी धारा ८८(२) को खण्ड (क) ले त्यस्तो अध्यादेश संसद्को बैठकमा पेस गरिने व्यवस्था पनि छ। त्यसैगरी संविधानको धारा ३६(क) को उपधारा (३) ले संविधानको संरक्षण र पालना गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ भनी तोकिएको छ।
अतः संवैधानिक संकट आइपरेको अवस्थामा राष्ट्रपतिले त्यसलाई फुकाउन भूमिका खेल्नुपर्ने कर्तव्य संविधानमा परोक्षरूपमा निहित छ। संविधानको धारा ३८(७) को खण्ड (ख) बमोजिम संसद्को सदस्य नरहेमा प्रधानमन्त्री पदबाट मुक्त हुने व्यवस्था छ। अन्यथा जहिलेसुकै संविधान सभा भंग गरेर प्रधानमन्त्री पदमा रहनसक्ने व्यवस्थाले प्रधानमन्त्रीलाई संविधान र संविधान सभामाथि राख्छ, जुन लोकतान्त्रिक व्यवस्थामा स्वीकार गर्न सकिँदैन। प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकबाट संविधान सभा निर्वाचनको लागि घोषणा गर्नुभएको छ र २०६९ जेठ १४ गतेका दिन संविधान सभा जीवितै रहँदैमा निर्वाचन आयोगमा निर्वाचनका लागि पत्र प्रेषित गर्नुभएको छ। यसबाट संविधान सभाको म्याद सकिनु पूर्व नै संविधान सभाको विघठन गर्ने कार्य भएको देखिन्छ।
अब संकटको व्यवस्थापन 'राजनीतिक औचित्य' का आधारमा हुनुपर्ने अवस्था उत्पन्न भएको छ। संविधानको धारा ३८ (१) क्रियाशील भई राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको नियुक्ति हुनुपर्ने अवस्था छ। तर प्रधानमन्त्रीको नियुक्ति विगतको संविधान सभाको सदस्यबाहेक अन्य व्यक्तिबाट हुन सक्तैन। किनभने संविधान सभा संविधानमा अहिले पनि जीवित छ। अर्थात् संविधान सभा संस्थाका रूपमा संविधानमा यथावत छ तर जनताले २०६४ सालमा गठन गरेको संविधान सभाको पदावधि समाप्त भएको छ। राजनीतिक सहमतिका आधारमा वर्तमान काम चलाउ सरकारका प्रधानमन्त्री पुनः नियुक्त हुन वा उहाँजस्तै विगतको संविधान सभाको कुनै सदस्य प्रधानमन्त्रीमा नियुक्त हुन सक्छ। राष्ट्रपतिमा रहेको संविधानको संरक्षण गर्ने कर्तव्य, धारा १५८ को राष्ट्रपतिलाई प्राप्त बाधा अडकाउ फुकाउने अख्तियार र धारा ८८(१) को राष्ट्रपतिको अध्यादेश जारी गर्न सक्ने अधिकार समेत एकमुष्ट व्याख्या गर्दा वर्तमान संकटको निकास निकाल्न सकिन्छ। अतः सर्वप्रथम धारा ३८(१) बमोजिम सहमतिका आधारमा राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्ति भई मन्त्रिपरिषद् गठन हुनुपर्छ। मन्त्रिपरिषद्बाट धारा १५८ को अधिकारअन्तर्गत नयाँ सरकार नियुक्तिको लागि आदेश जारी हुन राष्ट्रपति समक्ष जाहेर हुनुपर्छ। यसरी जारी भएको सिफारिस अनुरूप ३८(१) बमोजिमको सरकार गठन हुनसक्छ। यस्तो आदेशलगायत निर्वाचनका लागि आवश्यक पर्ने अन्य आदेशहरू धारा १५८ अन्तर्गत जारी हुन सक्नेछन्। तर प्रश्न फेरि पनि राजनीतिक सहमतिकै हो। यस्तै आदेशबाट निश्चित् समयका लागि संविधानसभाको पुनर्बहालीको सम्भावना पनि नरहेको छैन।
अन्य विकल्प यस संविधानअन्तर्गत प्राप्त छैनन्। यस संविधानलाई खारेज गर्न सकिने अवस्था पनि छैन। संविधानलाई खारेज गर्दा संविधान सभाको संस्था र शान्ति सम्झौताको अस्तित्वमा प्रश्न उठ्न जान्छ। अतः संकट मोचनमा वर्तमान प्रधानमन्त्री तथा एनेकपा
(माओवादी) र मधेसी मोर्चाको गठबन्धनको भूमिका नै निर्णायक रहेको छ। 'मेग्लोमनाइक' मानोग्रन्थीबाट बाहिर आई वर्तमान सरकारले आफूले गरेको संवैधानिक त्रुटि सच्चाउने प्रयास नै भोलिको लागि सुखद हुनेछ। वर्तमान सरकारको सकारात्मक सक्रियताबाट निर्माण हुने राजनीतिक सहमतिले राष्ट्रपति र न्यायपालिकालाई विवादबाट पनि
जोगाउने छ।