संविधानसभा विघटन भएपछि प्रमुख राजनीतिक दलहरू नयाँ अधिनायकको खोजीमा लागेका छन्। कांग्रेस-एमाले लगायतका दलहरू राष्ट्रपति रामवरण यादवलाई शक्तिको दुरुपयोग गर्न उकासिरहेका छन्। संविधानसभा विघटन भएपछि प्रधानमन्त्री पद रिक्त भैसकेकोले संविधानको धारा ३८ (१) अनुसार राष्ट्रिय सहमतिको सरकारका लागि अह्वान गर्नुपर्ने उनीहरूको दाबी छ।
राष्ट्रपति भने त्यति उत्साहित देखिएका छैनन्। कांग्रेस-एमालेको व्याख्या अनुसार चल्ने हो भने राष्ट्रपति रामवरण यादव 'श्रीपेचबिनाका नयाँ राजा' बन्नुपर्नेछ। त्यसो भएमा अर्को एउटा 'कू' हुने छ। दलहरूले उकासे जसरी नै बीपी कोइरालाका अनुयायी राष्ट्रपति यादवले यसपटक धैर्य नगुमाउने लक्षण देखाएका छन्। यो भावी राजनीतिका लागि सकारात्मक पहल हो।
संविधानसभा विघटन भएपछि प्रधानमन्त्री बाबुराम भट्टराई 'बेलगाम' भएका छन्। उनलाई प्रधानमन्त्री चुन्ने व्यवस्थापिका-संसद् संविधानसभासँगै भंग भैसकेको छ। त्यसैले उनलाई हटाएर अर्को व्यक्ति प्रधानमन्त्री बनाउने संभावना तत्काललाई छैन। प्रधानमन्त्री हुनका लागि व्यवस्थापिका-संसद्को सदस्य हुनु अनिवार्य योग्यता हो जो अब नेपालमा कोही पनि व्यक्ति रहेन। त्यसैले सभासद् हुँदा प्रधानमन्त्री चुनिएका भट्टराईको ठाउँमा नयाँ व्यक्ति चुनिने संभावना छैन। यस्तो अवस्थामा संसद्मार्फत् जनताप्रति जवाफदेही हुनुपर्ने स्थिति नरहेकाले स्वच्छन्द ढंगले बलियो शासकका रूपमा सत्ता चलाउने धम्की विपक्षीलाई दिन पनि नयाँ चुनावको बाटो रोजिएको सहज अनुमान गर्न सकिन्छ। माओवादी पार्टी र सत्ताशक्तिको उन्माद उनमा पनि जाग्न सक्छ। संविधानसभा विघटनसँगै माओवादीले देशको मुख्य कार्यकारी प्रधानमन्त्री अझै बलियो हुने सपना देखेको हुनसक्छ।
पक्ष र विपक्षका भ्रमबीच दुवै पक्षले नयाँ अधिनायकको खोजी सुरु भएको छ। देखाउने विवाद राज्य पुनर्संरचना भनिए पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र नदिने अडानका कारण संविधानबिनै संविधानसभा विघटन भएको हो। अझै प्रधानमन्त्री हटाउने र नहट्ने कसरत जारी छ। सत्ताको खेलमा लोकतन्त्र र आन्दोलनको आदर्श मात्र हैन, पार्टीहरूले आफ्ना विचार, नीति र सिद्धान्त पनि बिर्सेका छन्। लोकतन्त्रवादी भनिएको कांग्रेस माओवादीभित्रको पनि 'उग्र क्रान्तिकारी' धार मानिने मोहन बैद्य पक्षसँग सहकार्यको प्रयासमा छ। जवकि बैद्यसमूह सशस्त्र जनविद्रोहद्वारा सत्ताकब्जा गर्ने कार्यनीतिमा विश्वास गर्छ। बहुलवादी लोकतन्त्र र उदार अर्थनीतिविरोधी बैद्य समूह बन्दूकको नालबाट सत्ता प्राप्त गर्ने सिद्धान्तमा विश्वास गर्छ। यो समुह पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले लिएको शान्ति र संविधानको कार्यनीतिको विरोधी मानिन्छ। तर, राष्ट्रपतिलाई उकासेर भट्टराईलाई पदच्युत गराउन भने कांग्रेस-एमालेले बैद्यसमूहसँग सहकार्य गर्दैछन्। यो एमाले-कांग्रेसले भावी राजनीतिका लागि सोच्नुपर्ने विषय हो। सत्ताका निम्ति विगतमा राप्रपालाई बोकेर हिंड्नुभन्दा पनि गलत काम हो, यो। उनीहरूसँगको सहकार्य गर्नुको साटो शान्ति र संविधान पक्षधरसँग सम्झौता गर्नु दीर्घकालीन राजनीतिका निम्ति हितकर हुन्छ।
संविधानसभा निष्फल शुन्यमा रुपान्तरण हुनुमा कांग्रेस-एमाले माओवादीभन्दा कम जिम्मेवार छैनन्। संविधान जारी हुन नसक्ने अवस्थामा पुगिसकेपछि जेठ १४ गते साँझ संविधानसभा अध्यक्षको कार्यकक्षमा कांग्रेस नेता शेरबहादुर देउवाले संकटकाल लगाएर संविधानसभाको म्याद बढाउन प्रधानमन्त्री भट्टराईलाई सुझाव दिएका थिए। भट्टराईले उनको सुझाव स्वीकार्दै भनेका थिए- कांग्रेस-एमालेले संकटकालको पक्षमा संसद्मा भोट हाल्छन् भने म तपाईंको अनुयायी बन्न तयार छु। बैठकमा ठूलै हाँसो भयो। तर, सुशील कोइराला र रामचन्द्र पौडेलले देउवाको समर्थन गरेनन्। संकटकाल लगाउने अधिकार सरकारको भएकाले कांग्रेसले समर्थन नगर्ने उनीहरूले बताए। एमाले मुख्य सचेतक भीम आचार्यले संकटकालको पक्षमा भोट हाल्नुपर्ने भएकाले सभासद्लाई पर्खिन आग्रह गसिसकेका थिए। तर, अध्यक्ष झलनाथ खनाल पनि संकटकालको विपक्षमा गए। फलतः संविधानसभा जोगाउन गरिएको अन्तिम प्रयास पनि विफल भयो। माओवादी स्थायी समितिको निर्देशनबमोजिम प्रधानमन्त्रीले चुनावको बाटो रोजे। अन्तिम दिन बैठक नै नबसी संविधानसभा स्वतः विघटन भयो।
संविधानसभा विघटन हुनुमा राजनीतिक दलभित्रको आन्तरिक समस्याले पनि काम गरेको छ। ०६२/६३ मा जनआन्दोलनको बलमा सात वर्षअघि निर्वाचित संसद् ब्युँताउने आन्दोलनको नेतृत्व कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले गरेका हुन्। बीचैमा प्रतिगमन आधा सचियो भनेर शाही-सत्तामा सामेल एमाले पनि 'माघ १९' को 'कू' पछि त्यही आन्दोलनमा मिसिएको थियो। शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा विश्वास गर्ने दलका लागि संसद् नै सबैभन्दा ठूलो हतियार हो। यो गुमेपछि सबैभन्दा बढी घाटा त्यही शक्तिलाई हुन्छ, जो प्रतिस्पर्धाको बहुदलीय राजनीतिमा विश्वास गर्छ।
निर्वाचित संविधानसभा जोगाउन 'प्रो-एक्टिभ' भूमिका खेल्नुपर्ने कांग्रेस-एमालेकै नेतृत्व लचक नभएका कारण यो विघटन हुन पुगेको हो। माओवादीसामु नथप्ने अडान राखेपछि संसदीय दलको कार्यालयमा केही प्रभावशाली सभासद्हरूसँगको छलफलमा पौडेलले भने- संविधानसभा त जोगाउनुपर्योय नि! उनको भनाइलाई मिनेन्द्र रिजालले समर्थनमात्र के गरेका थिए- उपस्थित सभासदहरुले दुवैको विरोध गरे। 'तिमीलाई प्रधानमन्त्री चाहिएको?' भनी पौडेलविरुद्ध बोलिएको अपशब्द बाहिरैसम्म सुनिन्थ्यो।
संविधानसभा जीवितै रहेर प्रक्रियाबाट संविधान निर्माण अघि बढेमा पार्टीभित्रका जनजाति-मधेशीले अप्ठेरो पार्ने र संविधानसभाभित्र मत विभाजन पनि हुनसक्ने अप्ठेरो एमालेभित्र थियो। सो पार्टीभित्र जति जनजाति-मधेशीको समस्या अन्यमा थिएन। कांग्रेस-एमाले दुवै दल माओवादी शक्तिशाली भएको संविधानसभा जोगाउन लचिलो भएनन्।
माओवादीको मोहन बैद्य समूह यो संविधानसभाले बनाउने 'बुर्जुवा संविधान' चाहँदैनथे। यो पक्ष संविधानसभा विघटनसँगै अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराईको नेतृत्व विफल भएको पुष्टि गर्न चाहन्थ्यो। त्यसैले उसले सधैं सहमतिका आधारमा संविधान बनाउने प्रक्रियाको विरोध गर्दै रह्यो। सत्ताको नेतृत्व गरिरहेको माओवादीको संस्थापन पक्षको बुझाइ थियो- कांग्रेस-एमाले सत्ताबाट हटाउने तर संविधान बन्न नदिने खेलमा छन्। त्यसैले उनीहरू कुनै पनि हालतमा प्रधानमन्त्री पद नछाड्ने रणनीतिमा लागे। मधेशी मोर्चाका सबै शर्त मानिरहे। मात्रै बहुमतीय खेलबाट सरकार फेर्न नसकून भनेरै। चार वर्षको समयमा संविधान निर्माणभन्दा सधैं सत्ता समीकरणको खेलमा बन्दी बन्दै आयो।
एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चा दलीय स्वार्थबाट माथि उठ्न नसक्दा संविधानसभा विघटन भएको छ। चुनाव घोषणा त भयो तर त्यसलाई सम्पन्न गराउने सामर्थ्य दलहरूसँग देखिन्न। दुई वर्षका लागि भनेर चुनिएका सभासद् आयु दोब्बर बनाएर पनि रित्तोहात फेरि के भनेर भोट माग्न जाने? निर्वाचन गराउनका लागि संविधान कहाँबाट संशोधन गर्ने? अनि आपसी अविश्वास र खिचातानीका कारण विघटित संविधानसभाको चुनावमा विश्वासका साथ कसरी स्वस्थ प्रतिस्पर्धा गर्ने? कथम् चुनाव भैहाले पनि फेरि अहिलेकै जस्तो अनुपातमै परिणाम आएमा संविधान बनाउने ग्यारेन्टी के? जनताका यस्ता धेरै प्रश्नहरू छन्, जसको जवाफ दिन त्यत्ति सजिलो हुनेछैन।
अहिले माओवादी र कांग्रेस-एमाले एकअर्काविरुद्ध मोर्चाबन्दीमा लागेका छन्। यो निकास हैन। लोकतन्त्रमा विश्वास गर्नेहरूले दलीय स्वार्थका लागि अलोकतान्त्रिक विधि अपनाउने र अलोकतान्त्रिक शक्तिसँग गठबन्धन गर्ने प्रयत्न गर्नु हुँदैन। नयाँ अधिनायकको खोजी गर्नुको साटो तीन दलबीचको संवादहीनता अन्त्य गर्नुपर्छ। सहमतिबाटै लोकतान्त्रिक निकास निकाल्नुपर्छ। लोकतन्त्रको विकल्प अधिनायकवाद हुनै सक्दैन।