सम्भव छैन पुनर्स्थापना
२५ जेष्ठ २०६९
•
१३ मिनेट पाठ
सम्भव छैन पुनर्स्थापना
संविधानसभाको असामयीक बिघटनपछि देशमा संवैधानिक संकट र राजनीतिक अन्यौलता बढ्दै छ। संविधासभा भंग भएको भोली पल्ट देखी केही सभासदहरु संविधानसभा पुर्नस्थापनाको माग गर्दै हिडिरहेका छन। सरकारले भने मंसीर ७ गते संविधानसभाको निर्वाचन घोषणा गरिसकेको छ।
निर्वाचन घोषणाको संवैधानिक हैसियतमा प्रश्न उठाउदै नेपाली कागे्रस र एमालेलगायतका दलहरूले सडक सघर्ष सुरु गरेका छन्। निर्वाचन घोषणासंगै कागे्रस/एमाले लगायत संसदवादी दलले १२ बुदे सहमतिदेखी सुरु भएको राजनीतिक यात्रा ब्रेक भएको बताएका छन। तोकिएको समयमा निर्वाचन हुनेमा आशंका उव्जीएको छ। स्वयंम निर्वाचन आयोगले विद्यमान ऐन नियम संशोधन नगरी निर्वाचन गर्न संभव नभएको बताएको छ। १४ जेठ पछि विकसित घटनाक्रमले मुलुकलाइ फेरि राजनीतिक द्धन्दको स्थितीमा पुर्याकएको छ। जतिसुकै सडक आन्दोलन गरेपनि देशलाइ निकास दिन मूलधारका राजनीतिक दलहरु मिल्नुको विकल्प छैन। ढिलो चाडो राजनीतिक सहमति गरेर दलहरु संविधानसभाको नयाँ निर्वाचनमा जानु बाहेकको अर्को विकल्प देखिदैन।
संविधानसभाको विघटनपछि पूरानै संविधानसभा व्युताउने, संवैधान मस्यौदा आयोग वा पुनः संविधानसभा निर्वाचन गर्नेजस्ता विकल्पमा पनि छलफल सुरु भएका छन। अधिकाशं बिषयमा सहमति भइसकेकोले राजनीतिक सहमति कायम गरेर संविधान अनुमोदन गर्नका लागि केही दिन संविधानसभा पुनस्थापना गर्न सकिने पुनस्थापनाको पक्षधरको भनाइ छ। संविधानसभाको मुख्य शक्ति माओवादीको रुची नभएका कारण यो विकल्पमा तत्काल सहमतिको संभावना देखिदैन। दुइ बर्षका लागि निर्वाचित संविधानसभाले चार बर्षमा समेत संविधान दिन नसकेका कारण पुनस्थापना गर्दा जनआक्रोश बढ्ने खतरा छ। एकपटक संविधानसभा गठन भइसकेको देशमा आयोगवाट संविधान बनाउने विकल्पमा जान पनि दलहरु तयार छैनन्। संविधानसभाको नयाँ निर्वाचन नै मुलुकलाइ निकाश दिने उपयुक्त विकल्प हो। आवाधिक निर्वाचन लोकतन्त्रको प्राणवायु जस्तै हो। यसले बदलिएको राजनीतिक सन्दर्भमा दलहरुको वास्तविक हैसियत पनि निर्धारण गर्नेछ। नयाँ निर्वाचनले संविधानसभाको पुरानो समिकरणमा फेरबदल ल्याइदिन सक्छ जसका कारण संविधान निर्माण सजिलो हुनेछ।
निर्वाचन प्रणालीमा सुधार
फेरि ६०१ जनाको जम्बो संविधानसभा आवश्यक छैन, संख्या घटाएर चारसयसम्मको बनाउनु उपयुक्त हुनेछ। विगतमा समावेशीकरणको नाममा संविधानसभा मुलुकको आवस्यकताभन्दा ठूलो र भद्दा थियो। समावेशीको मुद्दा प्रत्यक्ष निर्वाचित -पहिलो हुने निर्वाचित हुने) प्रणाली मार्फत नै संवोधन गर्न सकिन्छ। पिछडिएको बर्ग र समूदायलाइ प्रतिनिधित्व गराउने भनिएपनि विगतमा प्रभावशाली नेताका नातेदार र निर्वाचनमा जान हिम्मत नगर्ने नेतालाई संविधानसभामा पुर्यािइयो। नयाँ निर्वाचनमा जानुपुर्व विद्यमान निर्वाचन प्रणालीमा सुधार जरुरी छ। जनतावाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिहरु मात्र व्यबस्थापिका संसदका सदस्य बन्ने व्यवस्थामा सहमति गर्न सके संविधानसभामा वेथिति हुने छैन। यसो गर्दा व्यबस्थापिका संसदमा आठ/दशवटा भन्दा बढि दल आउने छैनन, जसले स्थिर सरकार दिनेछ।
संविधान बनाउन समानुपातिक निर्वाचन प्रणालीवाट छानिएर आएको एउटा सभासद भएको पार्टीले संसदमा नाजायज माग राख्ने संभावना रहदैन। प्रत्यक्ष निर्वाचितलाइ मात्र व्यबस्थापिका संसद सदस्य बनाउदा जवाफदेही र उत्तर दायित्व बढ्ने छ। स्मरण रहोस विगतमा एक/एक सिट रहेका तीनजना र एकजना स्वतन्त्र सभासदले कयौ पटक संसदको बैठक अबरुद्ध गरेका थिए। प्रत्यक्ष निर्वाचित भएर आउने २४० जनाको संयन्त्रलाइ संविधानसभा सकिएपछि पनि आवाधिक संसदमा रुपान्तरण गर्न सकिन्छ। समानुपातिक प्रतिनिधत्वका पक्षधरले यसको विरोध गर्न सक्छन, तर प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेशी प्रतिनिधित्व गराउन सकिन्छ।
संविधान बनाउने मुख्य दायित्व विर्सिएर विगतमा सभासदहरुलाई सरकार गठन/विघटनको खेलमा दुरुपयोग गरियो। सरकार गठनका क्रममा भएका बार्गेनिङले साना दलमा विभाजन ल्याइदियो। निर्वाचनवाट २५ दल आएकोमा संविधानसभा विघटन हुदा दलको संख्या ३३ पुगेको थियो। विगतको अनुभवले के देखियो भने, समानुपातिक निर्वाचनवाट प्रतिनिधित्व भएका दलका सभासद सरकार परिवर्तनमा निर्णायक भइदिए। कुनै राजनीतिक दर्शन र सिद्धान्त भन्दापनि गैर सरकाी संस्था वा धार्मिक संगठनलाइ राजनीतिक दलको मुकुण्डो लगाएर संविधानसभामा प्रवेश गरियो। यसले संविधानका बिषयगत समितिमा भएका छलफलमा पनि अनावश्यक बिषय प्रवेश गरेको थियो। विशिष्ट योगदान पुर्याकएवापत सरकारले नियुक्त गर्ने कोटामा राजनीतिक दलका कार्यकर्ता भन्दा पनि इतिहासविद्, भूगोलविद र समाजशास्त्रीहरुको प्रतिनिधित्व गराउन जरुरी छ।
विगतमा भएका कमजोरी सच्चयाएर अघि बढेमात्र नयाँ संविधानसभा सफल हुनेछ। संवैधानिक रुपमा बाध्यात्मक नभएपनि विघटित संविधानसभाले धेरै काम गरिसकेका कारण त्यसले गरेका सकारात्मक कामलाइ नयाँले सुझावको रुपमा लिन सक्छ। पूरानो संविधानसभाले राष्ट्रिय अन्तराष्ट्रिय अनुभवका आधारमा बिषयगत समितिका मस्यौदा बनाएको थियो, नयाँ संविधानसभाका लागि ती आधार बन्न सक्छन।
आधारभूत सिद्धान्त
संविधानसभाले सुरुमै नयाँ संविधानका आधारभूत सिद्धान्त तयगर्न नसक्नु विगतमा कमजोरी रह्यो, संवैधानिक समितिका अन्तिम बैठकहरुमा पनि यसको चर्चा चलिरहयो। विश्वकै उत्कृष्ट संविधान बनाउने नाममा संविधानसभालाइ थेग्नै नसकिने भारी बोकाइयो, सुरुमै आधारभूत सिद्धान्त तय हुन नसक्दा। सोही कारण बिषयगत समितिले अन्ट/सन्ट कुरा राखेर बिषयगत समितिका प्रतिवेदन बनाए। तीनै बिषयगत समितिले तयार गरेका प्रतिवेदनमा रहेका विबाद निरुपणका नाममा संविधानसभाका पछिल्लो दुइ बर्षका समय व्यर्थ खेर गए। बिषयगत समितिले आफ्नो दायरा भन्दा बाहिर गएर 'ढोका भन्दा खापा ठूलो' भन्ने जस्ता प्रतिवेदन बनाए। व्यबस्थापिककीय अंगको स्वरुप निर्धारण समितिले भावी संसदको संख्या प्रतक्षवाट ७५ र समानुपातिकवाट ७६ गरी १५१ सदस्यीय बनाउन सुझाव दियो। जबकी निर्वाचन प्रणाली कस्तो बनाउने भन्ने बिषय शासकीय स्वरुप निर्धारण समितिको क्षेत्राधिकार भित्रको कुरा थियो।
पहिलो दुइबर्ष शीर्ष नेताको उपेक्षाको शिकार बन्यो, संविधानसभा। गणतान्त्रिक नेपालको पहिलो राष्टपति बन्ने आकाक्षमा तुषारापात भएपछि तत्कालिन कागे्रस सभापति गिरिजाप्रसाद कोइरालाले संविधानसभाको संयन्त्रलाइ हदैसम्मको उपेक्षा गरे। संविधानसभाका बैठकमा त उनी गएनन नै, शासकीय स्वरुप समितिले उनकै निवासमा गएर छलफल गर्न चाहादा समेत समय दिएनन कोइरालाले। यदी संविधानसभालाइ शीर्ष नेताहरुको अविभावकत्व प्राप्त भएको भए, विबषयगत समितिका मस्यौदा 'विकादको पोको' हुने थिएनन। वाबुराम भट्टराइलाइ अपवाद मान्ने हो भने बिषयगत समितिका मस्यौदा प्रतिवेदनमाथीको छलफलमा शीर्ष नेताहरुले भाग लिएनन, संविधानसभामा बोलन छाडेर विबादास्पद गैर सरकारी संस्थाका कार्यक्रममा भाषणगर्न दौडिए। कार्यतालिका अनुसार कुनैपनि काम भएन, पहिलो पटम ०६५ मंसिर १ मा बनाएको कार्यतालिका ११ औ पटक र ०६८ मंसिर २० मा बनाएको कार्यतालिका छैठौ पटक संशोधन गरेर निश्कीर्य बर्न्यो। समग्रमा भन्दा संविधानसभालाइ नेतृत्वगर्ने दक्षिण अफ्रिकामा जस्तो नेपालमा कोही मण्डेला बन्न तयार भएनन्।
आधारभूत सिद्धान्तमा सहमति जुटन नसक्दा संवैधानिक समितिमा ९८ बुदाँमा मदतान गर्नुपर्ने अबस्था सृजना भयो। संविधानसभाले गठन गरेको प्रतिवेदन अध्ययन समितिले झिना मसिना बिषयलाइ समेटेर विबादको लामो सूची बनाइदियो। कुनैपनि संविधानमा २८८ बिषयमा विबाद हुदैनन, जुन प्रतिवेदन अध्ययन समितिले बनायो। संविधानको नामका पछाडि इश्वी संवत राख्ने की नेपाः संवत भन्ने जस्ता बिषयलाइ असली विबाद ठानि सहमतिको कसरत गरियो। शासकीय स्वरुप, राज्यपुर्नसंरचना, निर्वाचन प्रणाली, न्याय प्रणालीको सुधार र मौलिक अधिकारसंग सम्बनधीत खासमा संविधानमा चार/पाँचवटा मुलभूत विबाद थिए। जानेर/नजानेर विघटित संविधानसभाले केही गल्ती गरेको थियो, ती कुराको समिक्षा गरेर मात्र नयाँ संविधानसभा गठनमा सहमति कायम गर्न सक्नुपर्छ। विगतमा भएका कमजोरीको समिक्षा गरेर संविधान लेखनको नयाँ अध्याय सुरु गरेमात्र नयाँ संविधानसभाले जनअपेक्षा अनुसारको लोकतान्त्रिक र अग्रगामी संविधान दिन सक्नेछ।


अर्को समाचार
ओलीले भने: प्रतिनिधिसभा पुनर्स्थापना कि अदालत गर्छ, कि राष्ट्रपति
२१ कार्तिक २०८२
•
१ मिनेट पाठ
ओलीले भने: प्रतिनिधिसभा पुनर्स्थापना कि अदालत गर्छ, कि राष्ट्रपति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई तीव्र बनाउनुपर्ने बताएका छन्। शुक्रबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै ओलीले संसद् पुनर्स्थापना कि अदालत कि राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुपर्ने बताएका हुन्। 




‘हामी विघटित प्रतिनिधिसभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ। र, प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई तीव्र बनाउनु पर्दछ,’ ओलीले भने, ‘जसले पुनर्स्थापना गर्दछ, त्यसैले गर्नुपर्दछ। कि त अदालतले गर्छ होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नुपर्छ।’ 

राष्ट्रपति पौडेलले ‘असंवैधानिक ढंगले विघटन गर्न सक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ?’ भन्दै उनले प्रश्न गरे। ‘गर्नुपर्‍यो नि त। विघटन गर्ने राष्ट्रपतिले पुनर्स्थापना गर्नुपर्छ,’ उनले भने। 

यस कुरामा सबैले लेख्न र बोल्न पनि सक्नुपर्ने ओलीको भनाई छ। ‘सत्यको पक्षमा हामी बोल्न सक्नुपर्छ। सुकरात बोल्न सक्ने, हामी बोल्न नसक्ने भन्ने हुन्छ,’ ओलीले भने। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस