अल्पमतको सरकार बनाएलगत्तै २०५१ सालमा एमालेमा फुटको बीउ रोपियो। वामदेव गौतम नेतृत्वमा एमाले फुट्ने निश्चित भएपछि संस्थापन पक्षका एक नेताले प्रतिक्रिया व्यक्त गर्दै भनेका थिए- 'पिलो निचर्दैमा तौल कम हुँदैन।' हुन पनि एमाले फुट्यो र त्यसपछिको निर्वाचनमा मूल पार्टीबाट चोइटिएर आएको मालेको गति हेर्दा विवादका बेला संस्थापन पक्षको आलोचना र विद्रोही पक्षको प्रशंसा गर्नेहरूको उद्देश्य प्रष्टिएको थियो।
त्यसै पनि कम्युष्टि पार्टी नेपालमा फुटका लागि प्रख्यात् छ। मार्क्स, लेनिन र माओवादीका नाममा खुलेका पार्टीका अनेकन शाखा नेपालमा रहेका छन्। ०५१ सालमा एमाले दुई चिरामा भएको घटना कम्युनिस्ट पार्टी फुटको न पहिलो थियो न त अन्तिम नै हुन्थ्यो। कम्युनिस्टमा देखिएको फुट त नेपाली राजनीतिको निरन्तर प्रक्रियाका रुपमा स्थापित हँुदै गएको छ। र, त्यही प्रक्रियालाई अहिले एनेकपा माओवादीले निरन्तरता दिँदैछ। माओवादीभित्र केही समयदेखि देखिँदै आएको दुई धारबीचको सम्बन्धको आरोह/अवरोहलाई पेरिसडाँडाको उचाईले छेक्न सकेको छैन, त्यो जनता सामु छताछुल्ल भइसकेको छ।
हुन त माओवादी फुटेको यो पहिलो पटक होइन। रवीन्द्र श्रेष्ठ, मणि थापा, मातृका यादव लगायतका केही नेताहरू यसअघि नै संस्थापन पक्षलाई आरोप लगाउँदै बाहिरिइसकेका छन्। तर, उनीहरूको बहिर्गमनले एमाले नेताले भनेजस्तो पिलो निचर्दा जत्तिको पनि महत्व देखाउन सकेन। अहिले बाबुराम भट्टराईको नेतृत्वमा सत्तामा पुग्दा पार्टी फुटको संघारमा पुगेको छ। यस पटक वरिष्ठ उपध्यक्ष मोहन वैद्यको नेतृत्वमा पार्टीमा असन्तुष्ट पक्ष देखिएको छ जसले संस्थापन पक्षलाई पार्टीको सिद्धान्त छाडेको तथा जनयुद्धको भावना र मर्म विपरित आत्मसमर्पण गरेको आरोप लगाउँदै आएको छ। उता संस्थापन पक्षले भने विरोधी गुटमा असन्तुष्टिबाहेक अन्य कुनै कारण नभएको बताउँदै आएको छ। वैद्य समूहमा कुनै एजेन्डा नभएको उनीहरूको आरोप छ। केही समयदेखि आरोप/प्रत्यारोपको दोहोरी गाउँदै आएका दुवै पक्षबीचको दूरी कहिले निकै तन्किने गर्छ भने कहिले एकताको सम्भावनाको विश्लेषण पनि हुने गर्छ।
वास्तवमा अहिले माओवादी एकताको गीत गाउँदागाउँदै एक पटक पुनः चोइटिने अवस्थामा पुगेको छ। बुझ्नुपर्ने कुरा के हो भने एकताको आवाज सुनिनुको अर्थ नै त्यस पार्टीमा विभाजनको रेखा कोरिएको प्रमाण हो। दाहाल अहिले वैद्यसँग नेतृत्वको अभाव भएको भन्छन् भने वैद्य पक्षले दाहालसँग सिद्धान्तको अभाव भएको आरोप लगाउँदै आएको छ। वैद्यको दृष्टिमा दाहालमा अहिले क्रान्तिको प्रतीक खुइलिँदै गएको छ। संस्थापन पक्षको नजरमा वैद्यले अनावश्यकरुपमा असंभव क्रान्तिलाई उछालेका छन्।
१० वर्षे विद्रोहमार्फत् कमाएको शक्ति संस्थापन पक्षले राज्यलाई बुझाएको आरोप वैद्य पक्षको छ। विशेषगरी सेना समायोजनका नाममा माओवादी संस्थापन पक्षले गरेको निर्णयपछि पार्टीले आफ्नो 'हतियार' गुमाएको आरोप वैद्यले लगाएको हो। उनका नजरमा अब दाहालमा बाँकी रहेको क्रान्तिका बीज पनि त्यसै सेलाउनेछन् किनभने त्यसलाई अगाडि बढाउने माओवादीले दश वर्षमा जन्माएर हुर्काएको सेनाको अस्तित्व अब छैन।
वैद्यको नेतृत्वमा रहेको देखिएको यो विरोधको लडाईको पर्दापछाडि कुनै अर्कै अनुहारले नेतृत्व गरिरहेको चर्चा माओवादी वृत्तमा सुन्न सकिन्छ। माओवादीमा आफ्नो व्यक्तिगत अभिष्ट पूरा गर्न नसकेकाहरूको 'ग्राण्ड डिजाइन' अनुसार वैद्य प्रयोग भइरहेको संस्थापन पक्षको आरोप छ। व्यक्तिगत स्वार्थ पूरा गर्न नसकेकाहरूको समूहले वैद्यलाई छाताका रुपमा प्रयोग गरिरहेको भनाई सुन्न पेरिसडाँडाको उचाई नाप्न पर्दैन।
एमालेमा भएको फुटको सबैभन्दा रोचक पक्ष भनेको मूल पार्टीबाट चोइटिएको मालेका नेता वामदेवको फिर्ति थियो। आफ्नो नेतृत्वमा केही साथीसाथ अलग्गिएका वामदेव पार्टीमा फर्केपछि सिद्धान्तनिष्टका रुपमा चिनिएकाहरूलाई मूल पार्टीमा फर्कन अप्ठेरो भएको थियो। अर्थात कम्युनिस्ट पार्टीमा हुने कम 'रेड' र 'कमरेड'बीचको विवादमा कमरेडले नोक्सानी सहनुपरेको छ। माओवादी उपाध्यक्ष वैद्यका सम्बन्धमा पनि अहिले अध्यक्ष दाहालले यस्तै संकेत गर्न भ्याएका छन्। उनले बुधबार मात्र वैद्य पक्षमा नयाँ धार देखापरेको र त्यसले आफूलाई पार्टी एकताको प्रस्ताव गरेको बताएका छन्। अर्थात एकताका लागि वैद्य तयार नभए उनी पनि एक्लीने सम्भावना त्यतिकै भएको संकेत अध्यक्ष दाहालले गरेका छन्।
नेपाली राजनीतिमा शक्ति सन्तुलनलाई आफूअनुकूल मिलाएर जाने दिग्गज नेतामा कहलिने दाहालको पछिल्लो उद्गारमा कति 'दम' छ त्यो अहिले भन्न सकिँदैन, चर्कदै गएको विरोधको 'किरण' लाई छोप्न दाहालले त्यही रणनीति अपनाएको हुन सक्ने अनुमान गर्नेको संख्या पनि कम हुने छैन। हुन पनि विरोधका स-साना स्वरुपलाई एकत्रित हुन एउटा छाताको आवश्यकता पर्ने गर्छ। तर ती विरोधी स्वरले आफ्नो अभिष्ट छातामुनिभन्दा त्यसबाहिर गएर पुरा हुने/देखेको खण्डमा छाता एक्लै टाँंगिएर रहने सम्भावना पनि उत्तिकै हुन सक्छ।
माओवादीभित्रको असन्तुष्ट पक्षमा देखिएको एकताको धारको उल्लेख गर्दै सम्भवतः प्रचण्डले त्यो सम्भावना एउटा चेतावनीका रुपमा फालेका हुन सक्छन्। अर्थात वैद्यको स्थिति पनि एक्लिएको छाताको जस्तो हुन सक्ने संकेत उनले गरेका छन्। यदि एकताकै कुरा गर्ने हो भने पनि आफूले लगाउँदै आएको आरोपको चित्तबुझ्दो जवाफ अहिले पनि वैद्य (किरण) को नेतृत्वमा रहेको विरोधी पक्षले पाएको छैन। सैद्धान्तिक लडाईंलाई व्यावहारिकरुपमा लड्न खप्पिसहरूले जहिले पनि आफ्नो विरोधलाई त्यति लामो दूरीमा राख्दैनन्, जहाँबाट मिल्नुपर्ने स्थितिमा फर्कन असम्भव होस्। त्यसैले कम 'रेड' र कमरेडबीचको द्वन्द्वको परिणाम प्रायः कमरेडले भोग्नुपर्छ। सम्भवतः नेपाली राजनीतिका चतुर खेलाडी प्रचण्ड अहिले किरण शिविरमा त्यस्तै कम 'रेड'हरूको खोजीमा छन्।