संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनका विशेष प्रतिनिधि साम्युएल ताम्राटसँगको छलफलमा निर्वाचन आयोगले मंसिरमा संविधान सभाको चुनाव गराउन असजिलो पर्ने र त्यसका लागि राष्ट्रसंघले नै विशेष सहयोग उपलब्ध गराउनु पर्ने माग राखेको सुनियो। अरू संवैधानिक र कानुनी अड्चन पनि यस निर्वाचनसँग गाँसिएकै छन्। ती गाँठा कसरी फुकाउने भन्ने निर्क्योल गर्न अझै बाँकी नै छ। संविधान संशोधन गर्न र नियम कानुन बनाउन संसद् छैन। बाधा अड्काउ फुकाउँदै, संविधान संशोधन गर्दै अगाडि बढ्न राष्ट्रपतिको अत्यन्तै महत्वपूर्ण एवं भूमिकाको खाँचो छ। सरकारको हैसियत काम चलाउमात्रै छ। भनिन्छ, न्यायाधीश रणबहादुर बमको हत्या न्यायपालिकालाई धम्क्याउनैका लागि भएको हो भन्ने निर्क्योलमा अनुसन्धानमा खटिएको प्रहरी टोली पुगेको छ। बाँकी रहेका यिनै दुईवटा संस्थामात्रै हुन् जसले सम्पूर्ण कार्य सम्पादन गर्नुपर्छ।
यस अवस्थामा कांग्रेसको एउटा धार, एकीकृत एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र केही साना दलहरू फेरि संविधानसभा, व्यवस्थापिका संसद्लाई छोटै समयका लागि भए पनि ब्युँताएर केही कार्य सम्पादन गर्दै अगाडि बढ्ने पक्षमा देखिन्छन्। एकातिर विघटनलाई असंवैधानिक भन्नु फेरि त्यही संविधान सभालाई ब्युँताउने कुरो गर्नु उति तर्कसंगत देखिँदैन। सर्वोच्च अदालतले दिएका तीन विकल्पमध्ये निर्वाचनको विकल्पलाई छान्दा नै माओवादी र मधेसी मोर्चाको गठबन्धनको कुनियत स्पष्ट देखिएकै हो। अहिले माओवादी पक्षबाट आएका कुराले निर्वाचनप्रति पनि त्यो पार्टी त्यति गम्भीर छैन भन्ने प्रष्टै देखिन्छ। संविधान सभा रहुन्जेल पनि माओवादीको संविधान बनाउने नियत थिएन। त्यो पनि प्रष्ट नै देखिन्छ। विषयगत समितिहरूले आआफ्ना कार्य पूरा गरेर २ वर्षभित्रै प्रतिवेदनहरू संवैधानिक समितिलाई बुझाई सकेकै हुन्। केही विवादित विषयमा सहमति जुटाउन माओवादी अध्यक्ष दाहालको नेतृत्वमा अर्को उपसमिति गठन भएकै हो। दलहरूको बैठकमा पटक पटक सहमति हुँदै तोडिँदै गएर ४ वर्षसम्म पनि संविधान बन्ने लक्षण नदेखिए पछि सर्वोच्च अदालतले अन्तिम म्याद तोकिदिएको थियोे। त्यसमाथि उपयुक्त विकल्प खोजीको अवसर पनि तत्कालीन व्यवस्थापिका संसद्लाई न्यायालयले दिँदादिँदै यसलाई हठात् विघटन गरिएको हो। अहिले निर्वाचनको सुनिश्चितता छैन अर्थात् भनिएको मितिमा चसनाव हुँदैन भन्न हिचकिचाउनु पर्दैन।
मुलुक भयानक शून्यतापूर्ण अन्धकारको भुमरीमा परेको छ। सरकारमा वर्तमान नेतृत्व रहिरहन्छ भन्ने पनि ठेगान छैेन। फेरि सहमतिका कुरा उठ्न थालेका छन्। आन्दोलनको माध्यमबाट सरकार परिवर्तन भएछ भनेमात्रै नत्र राष्ट्रिय चरित्रको सरकार निर्माण हुनसक्ने वा सरकार परिवर्तन हुने सहज संकेत पनि देखिँदैन। मुखले त प्रधानमन्त्री पद त्याग गर्न तयार छन् जसरी पार्टी मिलाउन दाहालले माओवादी पार्टीको अध्यक्ष पद त्याग गर्न तयार रहेको बताएका छन्। परन्तु, सहजै बुझिन्छ, यी दुवै आआफ्नो ठाउँबाट एक इन्च हल्लिन तयार छैनन्। लेखेर गरिएका सहमति त अहिलेसम्म यिनले कहिल्यै पूरा गरेनन् भने जनता भुलाउन दिइएका यी मौखिक आश्वासन पूरा गर्लान् भनेर नेपालीले विश्वास गर्ने कुनै आधार छैन। उनीहरूसितै बीसौं वर्ष काम गरेका, सँगै पार्टी चलाएका, हाँकेका सहयात्रीहरू नै तिनका कुरा पत्याउँदैनन् भने अरूले पत्याउने त झन् प्रश्नै भएन। माओवादी अध्यक्ष दाहालकै शब्दलाई केलाउने हो भने पनि फुटको संघारमा पुगेको उनको पार्टीको एउटा समूहको चित्त बुझाउन उनले गरेका कतिपय कुरा यथार्थमा लागु गर्न भनेेका होइनन् भन्ने स्पष्टै देखिन्छ। लागु गर्न बोलेकै हुन् भने पनि जातीय पहिचानसहितको राज्य पुनर्संरचनाका विषयमा जे जति उनले आफ्ना मन्त्रीहरूबाट सहमतिमा पुग्न लगाए जातीय संगठनहरूलाई त्यसअनुसारको राज्य दिनसक्ने संभावनै थिएन। एउटै तराई मधेसलाई तीन, थरुवानमा पनि बाँड्ने, दुई मधेसमा पनि बाँड्ने, पाँचम मधेसको मागलाई पनि पूरा गरिदिने, एक मधेस एक प्रदेशलाई पनि स्वीकार गर्ने, बाहुन क्षेत्री, दसनामी, दलितलाई पनि आदिवासीको सूचीमा राख्ने, पहाडलाई आठ प्रदेश पनि दिने यी सबै कागजमा दस्तखत गर्न उनलाई कुनै आपत्ति भएन। उनले ६ प्रदेश, ८ प्रदेश, ११ प्रदेश, १३ प्रदेश, १४ प्रदेश र अनगिन्ती प्रदेश जे पनि संविधान बन्ने अन्तिम दिन जेठ १४ सम्मै मानी रहे। कुनै ठोस प्रस्ताव ल्याएनन्। बाहिर भने एकल जातीय प्रदेश र शोषण, उत्पीडन हर किसिमको विभेदपूर्ण अवस्थाको अन्त्य ज्सता लफ्फाजी प्रयोग गरिरहे। ठोसरूपमा यही नै गरौँ भन्ने कुनै प्रस्ताव ल्याएनन् र कांग्रेस एमाले पहिचान सहितको संघीयताका विरोधी हुन् भन्ने एकोहोरो रट लगाई राखे। यथार्थमा विवादित विषय समाधानको नाटक स्वरूप बैठक बोेलाए तर उनले छलफल भने गर्न चाहेनन्। दिनभर कांग्रेस र एमालेका नेताहरू बैठक भनेर जान पनि तर छलफलै हुन सकेन। एकजना छलीको कपटपूर्ण नाटकको मञ्चनमात्र भइरह्यो। र, अहिले पनि विपक्षीलाई आरोप लगाउने उनले त्यही एउटा बुँदा भेटेका छन् जो पहिचानसहितको संघीयताको चुलिएको र चुलाइएको आकांक्षा बोकेका जनताबीच लोकप्रिय हुन सक्ने नारा उचालेर अझै केही समयको राजनीति गर्ने अभिष्ट पूरा गर्नमात्रै काम लाग्नेछ। जसले मुलुकलाई अझै दुर्दिन तिर धकेली रहनेछ।
संविधानसभाको निर्वाचन भएछ या कुनै विधिले संविधानसभा पुनर्स्थापित भएछ भने संविधान बनोस् भनेर नेपालमा गर्न लागिएको यो प्रयोग पुनः मिश्रित शासन प्रणाली, नागरिकताको विषय, निर्वाचन पद्धति, जातीय पहिचानसहितको संघीयताको प्रश्न आदि विषयमा पहिलेकै स्थितिमा छलफलमा जुट्न पुग्नेछन् । नेतृत्व तहबाट अहिलेसम्म भएका कामकारबाही र सहमतिलाई जनताले उचित मानेको ठोकुुवा गर्न सकिँदैन। चार वर्षको छलफलपछि पनि नेतृत्व तहले चित्तबु‰दो किसिमले यी विषयलाई टुंगोमा पुर्याउन नसकेकै हो। यसैले अब निर्वाचनमा जाने नै हो भने यी विषयमा पनि विषयगत मतदानमा जानु उपयुक्त हुन्छ। पहिलो एकल जातीय पहिचानसहितको संघीयताको खोजी बहुमत सामान्य नेपालीको माग हो या होइन? भन्ने विषयमा जनमत बु‰नु आवश्यक छ। कुनै राजनीतिक दलको नेताले जनतालाई मैले चिनेको छु, मैले जानेको छु, मैले बोलेको नै जनताको बोली हो भनेर भन्दैमा त्यो सर्वस्वीकृत हुन्छ भन्ने त छैन। त्यसैगरी कस्तो किसिमको शासन पद्धति मुलुकले खोजेको हो? भन्ने विषय मतदानमा अर्को विषय बनाउनुपर्छ। तेस्रो मत नागरिकताका बारेमा लिनुपर्छ भने कति प्रतिशत समानुपातिक, कति प्रतिशत प्रत्यक्ष निर्वाचनबाट जनप्रतिनिधित्त्व गराउने विषयमा अर्को मत संकलनको विषय हुनसक्छ। विवादित विषयहरूमा यसरी मत लिने कार्यको सँगसँगै उम्मेदवारलाई मतदान गर्न सकिन्छ। यसरी संकलित बहुमतका आधारमा निर्णय लिन सकियो भने संविधान बन्ने सुनिश्चित हुन्छ। त्यसपछि अहिलेजस्तो लामो समय लिनु पनि पर्दैन। त्यही सदनलाई छोटो समयका लागि संविधानसभा र पछि व्यवस्थापिका संसद्मा रूपान्तरित गर्न पनि सकिन्छ। यसबाट निर्वाचनको खर्च र अभ्यास जोगाउन पनि सकिन्छ।
यति भन्दाभन्दै निर्वाचन गर्ने भनिएको तिथिमा हुनसक्ने संभावना नभएको बिर्सन मिल्दैन। तर संविधानसभाबाटै संविधान बनाउने नेपालीको ६ दशक अघिदेखिको सपनालाई तुहाउँदै कुनै आयोगबाट संविधान निर्माण गरेर फेरि स्वीकृति वा अस्वीकृतिको माझमा मत विभाजनमा लगेर समस्याको समाधान निकाल्न पनि सहज देखिँदैन। संविधान सभाको निर्वाचन गरेर उल्लेखित प्रश्नहरूलाई यत्तिकै छोडिदिने हो भने यो विवाद फेरि बल्झेर आउँछ। फेरि पनि संविधानका जानिफकारहरूको अध्ययन र परीक्षणको थलो हुन आउँछ नेपाल। गैससहरूको चलखेल, अर्बौंको खर्च, नयाँ आकांक्षा, नयाँ विधि, फेरि पनि अर्को चार वर्ष लाग्दैन अझ खेर जँदैन भनेर भन्न कसरी सकिन्छ र? त्यस अर्थमा पनि अब मतदानमा जानै परेपछि विवादित विषयको टुंगो पनि मतपत्रले नै लगाउँ्क। आखिर आयोग पनि बनाइएकै हो, आयोग पनि राजनीतिक दलहरूको भागबण्डामै पर्ने हो र भागबण्डाले आआफ्नो भागवाला अनुसारकै सिफारिस गर्ने हुन्। विवाद जहाँको तहीँ रहने हो। त्यसकारण नेपालीको भाग्य नेताले, गैरसरकारी संस्थाको पैसाले, विदेशीको चलखेल र विदेशी विज्ञले निर्धारण गर्ने होइन नेपालीले नै कोरून्। मतपत्र र मतदानमा नेपाली पोख्त छन्। त्यसका लागि के कति सहयोग निर्वाचन आयोगलाई चाहिने हो राज्य र संयुक्त राष्ट्रसंघसँग हारगुहार गर्न निर्वाचन आयोगले तत्परता देखाओस्।