अमेरिकाको न्यूयोर्क सहरमा पुग्ने धेरै नेपाली क्विन्सको ज्याक्सन हाइट्स घुम्न रुचाऊँछन्। भारतीय र बंगलादेशीको बाहुल्य रहेको सो ठाउँमा समोसा, गुलाब जामुन, जेरी, छोला भटुरा, पान र मःमःसम्म पाइने हुनाले त्यहाँ पुग्दा नेपालीलाई आफ्नै छिमेकमा पुगेको भान हुन्छ। त्यहाँ हामी सबै दक्षिण एसियाली हुन्छौ र त्यही परिचयमा रमाउछौँ। तर जति जति नेपाल नजिक आउने क्रम बढ्दै जान्छ नेपालीको परिचयको दायरा साघुँरिदै जान्छ। दक्षिण एसियालीबाट नेपाली, नेपालीबाट फलानो जिल्लाबासी, फलानो जिल्लाबासीबाट फलानो जात जाति, अनि फलानो जातिबाट पनि कुन थरको र थरबाट कति हुने खाने, कस्तो जागिर भएको र कस्ताको सन्तान आदिइत्यादि। राजनीतिक आस्थाअनुसारको पहिचानको विभाजन त विकराल समस्याका रूपमा छँदैछ।
यसरी परिचयको फेरो तान्दै गएपछि विदेशमा नेपाली टोपीमात्र लगाएको मान्छे देख्दा वा सारी लगाएकी महिला देख्दा हर्षले गद्गद् भएर परिचय गर्न जानेहरू काठमाडौं एयरपोर्ट नपुग्दै कतिखेर एक अर्कासंग छुटि्टऊँ भनेजस्तो गर्न थाल्छन्। घर पुगेर आफ्ना साथीभाइ, नातेदार र परिवारसंग भेट्दा बल्ल आफ्नो परिचयले पूर्णता पाएको ठान्छन्। तर चाँडै नै त्यही पूर्णता पनि अपूरो हुन थाल्छ। अनि परिचयको विखण्डन फेरि सुरु हुन्छ। काकाफुपुको सन्तानभन्दा सहोदर दाजुभाइ नजिकका, आफ्नै पनि दाजुभाइ, दिदीबहिनीका भन्दा आफ्ना सन्तान नजिकका, अनि बिस्तारै आफ्नै परिवारमा पनि कलह। अन्त्यमा, मान्छेले आफूलाई एक्लो पाउँछ, नितान्त् एक्लो।
मान्छे परिचयको निर्माण र विखण्डनको क्रममा बाँचेको हुन्छ। परिचयको दायरा बढाउने अभिलाषा सामाजिक प्राणीको प्राकृतिक गुण हो भने त्यही समाजभित्र आफ्नो व्यक्तिगत परिचय उकास्न उस्ले गर्ने व्यवहार मानवजन्य कमजोरी। यीनै मानवीय गुण र कमजोरीलाई केही टाठाबाठाले व्यक्तिगत स्वार्थ पूर्ति गर्ने माध्यम बनाउँछन्। अहिले संविधान लेख्ने बेला आएको हुनाले मानिसमानिस बीचको अन्तरद्वन्द्व चर्काएर अघि बढ्नेहरूसांग सावधान हुने समय आएको छ।
विश्व प्रसिद्ध उपन्यासकार अस्कर वाइल्डले भनेका छन् - अधिकांश व्यक्ति अरू कोही व्यक्ति हुन्। तिनको सोच अरू कसैका विचार हुन, तिनकौ जीवन अरू कसैको नक्कल -मिमिक्रि) र तिनका सोख अरू कसैका उद्गार। अर्थात् धेरै व्यक्ति परिचय खोज्ने क्रममा अन्धो जातिवाद, कट्टर धार्मिकता र असहिष्णु राष्ट्रवादको गहिरो खाल्डोमा जाकिन पुग्छन्। विश्वमा धेरै उदाहरण छन् जातिगत अस्तित्वका नाऊँमा रक्त पिपासु बनेका मान्छेकोः कोसोभो, बोस्निया, रुवाण्डा, सुडान, टिमोर धेरै छन् उदाहरण जहाँ मान्छे आफ्नो जातिगत, क्षेत्रगत र धार्मिक आस्थामा वशिभूत भई पशुवत् व्यवहार गर्न उत्रेका थिए र छन्।
सन् १९४० मा भारतमा भएको हिन्दु मुश्लिम दंगाका भुक्तभोगी नोबल पुरस्कार विजेता अमत्र्य सेन सम्झन्छन् - सन् चालीसको जनबरीसम्मका साधारण मानिस जुलाई महिना लाग्दा नलाग्दै अत्यन्त द्रूत गतिमा दयाहीन हिन्दु र निर्दयी मुस्लिममा परिणत भइसकेका थिए। आफ्नो किताब 'आईडेन्टीटी एन्ड भायोलेन्स'मा उनी लेख्छन् - रक्त पिपासु सानो जमातले साधारण र सजिलै प्रभावित हुने मान्छेहरूमा कुनै योद्धा, वीर र आफ्नो अधिकारको रक्षकको परिचय गुथाइदिन्छ जस्ले तिनलाई एकाएक हिंस्रक बनाइदिन्छ।
आफ्नो जातीयता, स्रोत, साधन र विशिष्ट परिचयको रक्षाका नाममा मानिस कति हिंस्रक हुन्छन् भन्ने उदाहरण हालै मनाङमा गोरखाका गरिब किसानलाई यार्सागुम्बा टिप्न जाँदा गरिएको आक्रमण र हत्याले पनि जनाऊँछ। हामी नेपाली आफूलाई जति सोझो, दयावान र अहिंस्रक भने पनि कुनै नेता वा समूहले कुनै विषारोपण गरेभने कति पशुवत व्यवहार गर्न सक्छौं भन्ने यो एउटामात्र उदाहरण अवश्य होइन। गत एक दशकको हत्या, हिंसाको राजनीतिले पनि यसलाई प्रमाणित गरिसकेको छ।
गहिरिएर सोच्ने हो भने, हामी कसैको पनि एउटा मात्र परिचय छैन र हुँदैन। एउटै व्यक्ति विद्यार्थी, पत्रकार, राजनीतिज्ञ, जनजाति, लोकतन्त्रवादी, राष्ट्रवादी, मानवअधिकारवादी, धर्मभीरु, अन्धविश्वासी, समलिंगी आदि अनेकौँ परिचय लिएर बनेको हुन्छ। तर उसले कुनै एक परिचयलाई अत्यधिक अगाडि बढायो वा त्यसप्रति धेरै मोहित भयो भने मानवता, धर्म, लोकतन्त्र, अर्काको अधिकार केही देख्दैन। विश्वमा कैयौं उदाहरण छन् जहाँ एक जातिको मान्छेले जातिगत ऐक्यबद्धता देखाउन अर्को जातिकी आफ्नै प्यारी पत्नीको हत्यासमेत गरेका छन्।
नेपाल राष्ट्र अहिले एक संवेदनशील मोडमा आइपुगेको छ। विगतमा भएका अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार आदिले गर्दा कसैले पनि कुनै पनि कारणलाई कारक देखाएर हिंसाको आगो भड्काउन सक्छ।
हामी अहिले आफ्नो परिचय विखण्डनको मोडमा छौं। केही तत्वको खेलले अहिले जात जातिमा विभक्त भएका छौं। तरे देशलाई जातिगत वा मानिस हिंस्रक बन्नसक्ने अन्य कुनै आधारमा प्रादेशिक विभाजन गर्न खोज्यौँ भने यो विखण्डन ठूलो गृहयुद्ध र नरसंहार बिना रोकिनेछैन।
संविधान सभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएको घोषणा गरिसकेको अवस्थामा संघीय ढाँचामा जाने वा नजाने विषयमा अब सुनुवाइ हुने हो कि होइन ? सुनुवाइ नहुने नै हो भने संघीयतामा जाने क्रममा हरेक व्यक्तिले व्यक्तिगत रूपमा आफू पहिले मानव अनि नेपाली भन्नेमात्र सोच्नु पर्छ। त्यसपछिको आफ्नो परिचय धेरै उधिन्न जरुरी छैन। किनभने हामी एक भएपनि हाम्रा असंख्य परिचय छन्। आफ्नो अधिकार पाउनुपर्छ भन्दा अर्काको अधिकारको रक्षा हुन्छ कि हुन्न भन्ने सोच्नु जरुरी हुन्छ। अहिले हामी सचेत भएनौ भने पछि पछुताउनसम्म पनि समय पाइनेछैन।