सेनापतिसँग मागिएको २४ घण्टे स्पष्टीकरण र उनी माथिको संभावित कारवाहीसँगै नागरिक सर्वोच्चता र सरकारको अधिकार विवादको महत्वपूर्ण विषय बनेको छ । सरकारमा रहेका र नरहेका पनि सबै माओवादी नेताले नेपाली कांग्रेसलाई लक्षित गरेर सेनामाथि नागरिक नियन्त्रणको कांग्रेसको पहिलेदेखिकै प्रतिबद्धता स्मरण गराएका छन् । कांग्रेसका प्रमुख पदाधिकारीले यस बारे सार्वजनिक रुपमा प्रकट गरेका अभिव्यक्ति सैद्धान्तिक रुपले स्पष्ट छैनन् । माओवादी कार्यकर्ताको देशव्यापी उद्दण्डता र अराजकताले आजित मुलुकका सबै क्षेत्र तत्कालका लागि कांग्रेससँग सैद्धान्तिक प्रश्न गर्ने मनस्थितिमा पनि देखिँदैनन् ।
गत साता कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत सेना विवादबारे पार्टीले आफ्नो सैद्धान्तिक प्रतिबद्धतालाई ख्याल राखेर दृष्टिकोण बनाउन र तदनुरुपमा कि्रयाकलाप गर्नुपर्छ भन्ने धारणा उठे पनि महत्व पाएन । तत्काल व्यावहारिक राजनीतिमा उपलब्ध सुविधाको प्रयोग गर्दै प्रमुख प्रतिपक्षी पार्टीको भूमिका निर्वाह गर्ने मेलोमा नै पार्टी एकोरिएको हो । त्यस बाहेक कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकमा माओवादी बाहेक सरकारमा रहेका नेकपा एमालेलगायत प्रायः सबै पार्टीको सहभागिता हुनु र सबै पार्टी कांग्रेसका नेतृत्वमा सरकारी निर्णयको विरुद्ध राष्ट्रपति समक्ष पुग्नु कांग्रेसका निम्ति झन् ठूलो हौसलाको विषय बनेको छ । यही तरल परिस्थितिबीच सेनापति स्पष्टीकरण प्रकरण बारे अन्तर्राष्ट्रिय क्षेत्रको चासो बढ्नु र यो चासो कांग्रेसका तर्फबाट सरकारविरुद्ध लिइएको बाटोका पक्षमा देखिनुले कांग्रेस नेतृत्वलाई झन् धेरै उत्साहित बनाएको हुनुपर्छ ।
यस्तो किन भयो भन्ने बारेमा एकीकृत नेकपा माओवादीका विविध बैठकले निकालेको निष्कर्ष र अध्यक्षलगायत त्यसका नेताको सार्वजनिक अभिव्यक्ति नितान्त एकाङ्गी र सतही छ । पहिलो कुरा संविधानसभाको निर्वाचनदेखि नै नेकपा माओवादीले लिँदै आएका प्रायः सबै नीति सुविचारित र दूरदर्शी बनेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मौखिक रुपमा वर्तमान परिस्थितिलाई जति नै संक्रमणकाल भने पनि आफ्नो र आफ्नो संगठनको व्यवहारमा त्यसलाई अनुवाद गरेको देखिएन । अहिलेको माओवादी नेतृत्वको संयुक्त सरकार अन्तरिम संविधान अन्तर्गत कि्रयाशील छ भन्ने पक्ष पनि बिसे्रको जस्तो देखिन्छ । सरकार निर्वाचित हो र तत्कालका लागि उसलाई जनादेश प्राप्त पनि छ । तर राजनीतिक दृष्टिले मात्रै होइन संवैधानिक हिसावले पनि अन्तरिम हो भन्ने कुरालाई बुझ्नै पर्ने हो । बुझिएको देखिदैन ।
दोस्रो माओवादीलाई लागेको होला सेनापति स्पष्टीकरण प्रकरण बढी चर्किदै जानुमा वर्तमान सरकारप्रति नेपाली कांग्रेसको नकारात्मक र असहयोगी धारणा नै प्रमुख समस्या हो । यथार्थमा यस्तो होइन । गम्भीर विषयमा निर्णय गर्ने तर त्यसलाई टुङया्उन नसक्ने माओवादी कार्यशैली यसको प्रमुख समस्या हो । मुलुकको सेनापतिसँग २४ घण्टे स्पष्टीकरण माग्ने तर १२४ घण्टाभन्दा बढी समय बितिसक्ता पनि समयमै प्राप्त स्पष्टीकरण माथि निर्णय गर्न नसक्नुले यसलाई राम्रै पुष्टि गरेको छ । साथै यो समस्या सरकार र प्रतिपक्षी दलकबीचको विवादले लम्बिएको पनि होइन । सरकारमा नै रहेको प्रमुख सहयोगी दल नेकपा एमालेलाई समेत सहमतिमा लिन नसक्नु समस्याको अर्को पाटो हो । यतिखेर माओवादी र त्यसको सरकारी नेतृत्वले नेपाली कांग्रेसलाई दोष दिनु कुनै पनि दृष्टिले उचित देखिदैन ।
जतिनै संवेदनशील भनिए पनि सेनापतिसँग स्पष्टीकरण माग्ने र आवश्यक पर्दा हटाउने अधिकार संविधान र अन्य कानूनले सरकारलाई दिएको छ दिनै पर्ने कुरा हो । यस कामका निम्ति प्रमुख प्रतिपक्षी दलसँग परामर्श गर्ने व्यवस्था संविधानमा कतै छैन । तर सरकार आफै समग्ररुपले आफ्ना निर्णयका पक्षमा उभिन नसक्ने अनि त्यसको सबै दोष प्रतिपक्षी दललाई लगाउँन मिल्दैन । सरकारसमेत एक ठाउँमा उभिएर निर्णय नगरेको वर्तमान परिस्थितिमा माओवादी कार्यशैली प्रमुख प्रतिपक्षी दलको दृष्टिमा गम्भीर शंकाको घेरामा पर्नु अनि त्यसका पछाडि दुर्नियत र षड्यन्त्रका अनेकौं पक्षबारे अनुमान गरिनु झट्ट हेर्दा अतिरिाजत जस्तो देखिएला तर अस्वाभाविक होइन ।
सेनालाई माओवादी पार्टीले प्रारम्भदेखि नै पूर्वाग्रहका साथ हेरेको हो । अध्यक्ष प्रचण्डको पहिलो बालुवाटार-भाषणमा सेना-प्रसङ्गमा उनी जसरी प्रस्तुत भए त्यो कुनै पनि दृष्टिले सामान्य थिएन । सायद त्यसैले होला उनले तत्काल सच्याउन पर् यो एकप्रकारले क्षमायाचनासहित स्पष्टीकरण दिनुपर् यो । यस पटक स्पष्टीकरणमा राखिएका बुँदा प्नि पुराना प्रसङ्गको संग्रहजस्तै बनेको छ । सेना भर्ना प्रकि्रया बारे लामो विवाद पछि टुङ्गोमा पुगेको र असमझदारी हटेको स्वयं माओवादी मन्त्रीहरुले नै भनिसकेकै हुन् । आठजर्नेल थमौती प्रसङ्ग पनि अदालतमा पुगेकाले न्यायिक विचाराधीन विषय बनेको छ । सेनापतिले सिफारिस गरेबमोजिम यस विषयमा पनि समयमै निर्णय गर्न वा जर्नेलहरुको म्याद नथप्ने बारे दृष्टिकोण बनाउन सरकार समर्थ भएको भए यो विवाद नै उठ्ने विषय थिएन । विगतमा अन्य सरकारहरुले पनि यस्ता प्रकृतिका काम गरिसकेकै थिए । त्यसै गरी सरकारका निर्णयबाट असन्तुष्टहरु समय समयमा अदालत पुग्ने प्रसङ्ग पहिलेदेखिकै चलन चल्तीको प्रकि्रया हो । साथै खेलकुदमा माओवादी लडाकुलाई सामेल गर्ने बारेको विवाद केबल खेलकसदको स्थापित मर्यादा र प्रकि्रयागत विवाद हो । यसबारे सेनापति कटुवालको भन्दा स्पष्ट रुपमा नै प्रधानमन्त्री प्रचण्डको कमजोरी बढी देखिएको छ ।
सेना सरकारको संयन्त्र हो । सम्पूर्ण सैनिक संरचनालाई रक्षा मन्त्रालयअन्तर्गत राखिनु यसैको द्योतक हो । नेपाली सेना रक्षा मन्त्रालयअन्तर्गतको महत्वपूर्ण र ठूलो भए पनि एउटा अङ्ग मात्रै हो । तैपनि यसको व्यावसायिक प्रतिष्ठा र मर्यादाको सुरक्षा सबैले गर्नुपर्छ सेना आफैले पनि गर्नुपर्छ र सरकारले अभिभावकत्व सहितको जिम्मेवारी बोक्नैपर्छ । यति हुँदाहुँदै पनि सरकारले सेनापतिलाई स्पष्टीकरण लिएको विषय यति बढी विवादमा आउनुको कारण यही निर्णय मात्रै होइन । वास्तवमा सेना सम्बन्धमा यतिखेर सरकारले लिएको निर्णय नेपाल सरकारको हो कि माओवादी पार्टीको मात्रै हो यस बारे सरकारमै बसेका दलहरुले प्रकट गरेका धारणाले यसलाई बढी विवादास्पद र अन्यौलपूर्ण बनाएका हुन् । साथै सरकारमा पुगेपछि पनि मुलुकभरी माओवादी र यसका भातृ संगठन तथा निकायले अङ्गिकार गरेको कार्यशैलीले गर्दा पनि सेना-प्रसङ्ग बढी विवादास्पद बनेको छ । माओवादी एकदलीय अधिनायकत्व र सर्वसत्तावाद थोपर्न चाहन्छ भन्ने आशङ्कालाई बलपुर् याउने घटना व्ाारम्वार भइरहेका छन् ।
पछिल्लो पटक त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षाध्यक्षलाई कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालका आफ्नै पार्टीका भातृसंस्थाका सदस्यले कालोमोसो दल्ने जस्तो अमर्यादित मात्रै होइन नितान्त अमानवीय व्यवहार गरेका छन् । बुटवलमा प्रचण्ड थैवको हत्या माओवादी कार्यकर्ताले गरेको सबैतिरबाट पुष्टि भइसक्ता पनि गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री प्रचण्डसँग शान्ति सुरक्षाको स्थापना गर्न र अपराधी पक्रन विशेष अनुमति लिनुपर्ने अनौठो परिस्थिति बनेको छ । कोटेश्वरका रामहरि श्रेष्ठ हत्या प्रकरण संलग्न भनिएका माओवादी कार्यकर्ताको राजनीतिक पदोन्नति भएको छ । यस्ता कुनै पनि विषयमा माओवादीले गम्भीरतापूर्वक दायित्व बोध गरेको देखिन्न । साथै अपराधमा संलग्नलाई कानुनी कारवाही अघि बढाउन र आफ्ना अन्य कार्यकर्तालाई सच्याउन र संयमित राख्न पनि आजसम्म कुनै ठोस प्रयत्न गरेको छैन । यस्ता थुप्रै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट प्रकट बारम्बारका प्रतिबद्धताको अलग संग्रह नै तयार गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । त्यसैले सेना स्पष्टीकरणको विषय एउटा छुट्टै घटनाका रुपमा नभएर सबैले माओवादीका तर्फबाट भइसकेका र हुनसक्ने घटनाको शृङ्खलामा हेर्न खोजिरहेका छन् । सेना स्पष्टीकरणसँग जोडिएर आएका अनेकौं अनुमान र आशङ्का यस्ता प्रसङ्गले पनि थपेको छ ।
केही दिनअघि एमालेका वरिष्ठ नेता के।पी। ओलीले आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर माओवादीले िहंसात्मक दङ्गा मच्चाउन हतियार भित्र्याएको सूचना आफूसमक्ष आइपुगेको जनाकारी गराएका छन् । यस्तो जानकारीलाई आधिकारिक रुपमा पुष्टि गर्नसक्ने निकाय सरकार हो । तर एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम स्वयं गृहमन्त्री रहेको आजको अवस्था र गृहमन्त्री नै राष्ट्रिय गुप्तचर संस्थाको मुखिया रहेको तथ्यलाई कसैले बिस्रन मिल्दैन । तसर्थ सरकारमा बसेकाले सरकारमाथि यति गम्भीर आशंका प्रकट गरिरहेका छन् भने सरकार बाहिर बसेकाको आशङ्कालाई अनुचित भन्न मिल्दैन ।
सेनापति स्पष्टीकरण प्रसङ्ग जुन विन्दुमा पुगेर टुङ्गिए पनि मुलुकको राजनीतिक परिस्थितिलाई यसले असहज बनाइसकेको छ । मुलुकको पहिलो प्राथमिकतामा पर्नुपर्ने संविधान निर्माणको विषय यस्तै असान्दर्भिक विषयमा गरिने विवादले बारम्वार ओझेलमा पार्दै आएको छ । संविधानसभाका समितिमा पार्टीका प्रमुख नेताहरुको लगातारको अनुपस्थितिले समितिका कार्यहरु अपेक्षित मात्रामा अघि बढ्न सकिरहेका छैनन् । परिणामस्वरुप संविधानसभाले आफ्नो कार्यतालिका पटक पटक परिवर्तन गर्नु परेको छ । यस्तो अवस्थामा नागरिक सर्वोच्चताको विषय कसैको अहंकारको विषय हुन सक्तैन । नेपाली कांग्रेसले पनि यो पक्षलाई गम्भीर रुपले बोध गर्नैपर्छ ।
यतिखेर सरकारको मुख्य जिम्मेवारी दैनिक शासन प्रशासन संचालन गर्ने र चालु शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याउन राजनीतिक सहमतिलाई समन्वय गर्ने हो । त्यसैगरी राजनीतिक दलहरुले संविधान निर्माणका क्रममा उपस्थित हुँदै गरेका थुप्रै महत्वपूर्ण विषयमा राष्ट्रिय सहमति जुटाउन कि्रयाशील रहनुपर्ने हो । तर यी कामहरु उपयुक्त ढंगले भइरहेका छैनन् । तसर्थ अहिलेको सेना-विवादलाई टुङ्गोमा पुर् याउन सरकारमा रहेका दल एक ठाउमा उभिएर सरकारको नेतृत्व गरिरहेको माओवादी र स्वयं सरकारमाथि प्रमुख प्रतिपक्षी दल र नागरिक जीवनका सबै क्षेत्रले राखेका आशंकालाई निराकरण गर्न अग्रसर हुनैपर्ने अवस्था छ । यसैमा मात्र माओवादीको सामथ्र्य र वर्तमान सरकारको औचित्य कायम रहने छ ।