रोमनहरूको सुली (क्रस) मा चढाइएका गुलाम योद्धा डेभिडले मर्नुअघि आफ्ना नेता स्पार्टकसलाई सम्बोधन गर्दै आफैंलाई सोधेका थिए : स्पार्टकस, स्पार्टकस, हामी किन असफल भयौं?
रोमका दास कुनै देश, महिला, सम्पत्ति र सत्ताका लागि लडेका थिएनन् तर पनि उनीहरूको लडाइँ असफल भयो। उनीहरूले आफूमाथि थोपरिएको दासताबाट मुक्तिका लागि संघर्ष गरेका थिए। तर, उनीहरूको युद्ध सफल भएन। हजारौं गुलाम सुलीमा चढाइए, दासविद्रोहका नेता स्पार्टकससँगै। स्पार्टकस ती व्यक्ति हुन् जसले इसापूर्व ७३ मा रोममा भएको दासविद्रोहको नेतृत्व गरेका थिए। अमेरिकी लेखिका हावर्ड फास्टद्वारा लिखित स्पार्टकसको जीवनकथा आदिविद्रोहीमा उठेको प्रश्न आज पनि घरिघरी बौरिन्छ, विशेषतः कुनै जनसंघर्ष असफल हुँदा, असफल भएको भान हुँदा।
आफैंबाट रुपान्तरण खोई?
अहिले जनयुद्धको मुख्य नेतृत्वकर्ता पुष्पकमल दाहाल 'प्रचण्ड' र बाबुराम भट्टराई पनि यस्तै प्रश्नबीच घेरिएका छन्। दसवर्षे जनयुद्धलाई शान्ति, संविधान र लोकतान्त्रिक गणतन्त्रको कार्यदिशातिर डोर्याउने क्रममा केही असफलता हात लाग्न थालेपछि उनीहरू प्रश्नको घेराबन्दीमा परेका हुन्। अरु नेता-कार्यकर्ता, विशेषतः क्रान्तिकारी विचार समूहका नाममा गठित वैद्य समूह त प्रश्न उठाउने कित्तामा मात्रै उभिएका छन्। मानौं, जनयुद्ध प्रचण्ड र बाबुरामले मात्रै हाँकेका थिए, अरु त उनीहरूका 'हस हजुर' मार्का पुच्छरमात्रै। मानौं, शान्ति, संविधान र लोकतान्त्रिक गणतन्त्रको कार्यदिशाको नेतृत्व गर्ने अगुवा प्रचण्ड र बाबुराममात्रै थिए, अरु त उनीहरूका आदेशपालक पछुवामात्रै। जबकि आज प्रचण्ड र बाबुरामलाई प्रश्नले घेराबन्दी गर्नेहरू सबै नै जनयुद्धका एक से एक कमाण्डर र कमिसार थिए, जनआन्दोलनपछि पनि स्थायी समिति र पदाधिकारीका नाममा निर्णायक स्थानमै थिए। शान्ति र संविधानको कार्यदिशा असफल भएको हतारोको निर्णय गर्दै मुख्य नेतृत्वमा रहेका केही व्यक्तिको थाप्लोमा सम्पूर्ण असफलताको भारी बोकाउने नेता-कार्यकर्ता आफ्नो भागमा परेको कमजोरीसमेत स्वीकार्न तयार छैनन्, सकार्ने त टाढैको कुरा!
बाइस सय वर्षअघि नै गुलाम योद्धा डेभिडले मृत्युको मुखमा पनि आफ्ना नेतालाई गालीगलौज गर्नुभन्दा स्पार्टकसलाई सम्बोधन गर्दै आफैंलाई प्रश्न सोधेका थिए- 'हामी किन असफल भयौं? यस्तै आत्ममुखी प्रश्नबाटै आत्मसमीक्षा, आत्मपरीक्षण र आत्मालोचनासँगै रुपान्तरणको थालनी हुने हो। तर, एक्काइसौँ शताब्दीमा नेपालका अब्बल क्रान्तिकारीले आफूलाई प्रश्नसम्म पनि सोध्नु जरुरी ठानेनन्। अरुलाई गालीगलौज गर्नेबाहेक नयाँ जनमुखी र अग्रगामी रुपान्तरणका एजेण्डा बनाउनु पनि आवश्यक मानेनन्। संघर्ष, एकता र रुपान्तरणको आकर्षक नारा लगाउँदा सर्वप्रथम रुपान्तरण आफैंबाट हुनुपर्छ भन्ने मान्यता आकर्षित हुने सत्य बेवास्ता गर्न पाइँदैन।
यी सबै असफलता मात्रै हुन्?
नवनिर्मित नेकपा-माओवादीले दाबी गरेझैँ के एकीकृत माओवादी र त्यसको नेतृत्व राजनीतिक उपलब्धि प्राप्त गर्नमा असफल भएकै हुन् त? राजनीतिक असफलता र नेता-कार्यकर्ताका शंकालाई पार्टीगत आकार दिँदा रिमका इमेल र कम्पोसाका पत्रलाई भन्दा आफ्नो विवेकलाई साक्षी राखेर प्रश्न गर्नुपर्छ : शान्ति र संविधानको कार्यदिशा असफल भएकै हो? नेपालको वस्तुगत हेरेर आफैंलाई सोध्नुपर्छ : लोकतान्त्रिक गणतन्त्रदेखि राज्य पुनर्संरचनाको प्रयासलाई सुलीमा चढाइएको हो? प्राप्त उपलब्धिलाई ठोस र मूर्तरुपमा मात्रै खोज्ने कि प्रक्रिया, पद्धति र संस्कृतिका रुपमा पनि खोज्ने? असफलै भइएको हो भने त्यसबाट पाठ सिकेर अघि बढ्ने कि विगततिर फर्केर इतिहास दोहोर्याउने? इतिहासलाई वर्तमानमा दोहोर्याउन खोज्दा प्रहसनको पात्र बन्ने सम्भावना हुन्छ।
शाही सैनिक शासनको ठाउँमा लोकतान्त्रिक गणतन्त्र, एकात्मक र केन्द्रीकृत जातीय राज्यको सट्टा जातीय, भाषिक र क्षेत्रीय पहिचानसहितको संघीयता, एकल धार्मिक-सांस्कृतिक आधिपत्यको स्थानमा धर्मनिरपेक्षता, राज्यमा उत्पीडित समुदायको समावेशिता, संविधान सभामार्फत् नयाँ संविधान लेखनको प्रयास, महिला-पुरुषमा समानताको पहल जनयुद्ध जारी राख्दा सम्भव थिएनन्। हुन त शान्ति र संविधानको कार्यदिशाकै विरोधमा रहेको समूहको छलाङमा मात्रै विश्वास गर्ने मानसिकतासामु यी राजनीतिक उपलब्धिको कुनै मूल्य नहुन सक्छ। वर्तमान समयलाई २०५७ भन्दा अघिकै गोरेटोतिर पश्चगामी छलाङ मार्न बाध्य पार्न खोज्ने प्रवृत्ति बोक्दै हिँडेको समूहले अब हरहालतमा जनयुद्धकै निरन्तरता वा जनविद्रोहकारी फड्को नै चाहेकाले बाह्रबुँदे समझदारीदेखि जनआन्दोलन, बृहत् शान्ति सम्झौता, अन्तरिम संविधानको कुनै अर्थ नहुन सक्छ। संविधान सभामार्फत् नयाँ संविधान लेखनको प्रयास र सेना समायोजन र समग्रमा राज्य रुपान्तरणमा सफलता-असफलता, मान-सम्मानको कुरा गर्नुको कुनै तुक नहुन सक्छ।
यान्त्रिक विचार र निषेधकारी व्यवहार हेर्दा नयाँ माओवादी समूह आफ्नो क्रान्तिकारी शब्दकोशबाट सहमति, सहकार्य र सुधारजस्ता शब्द 'डिलिट' गर्न उद्यत देखिन्छ। यस अर्थमा त्यस समूहले २०५७ सालपछि भएका राजनीतिक प्रयासमा आफ्नो घोषित लक्ष्यअनुसार उपलब्धि हासिल नभएकोमा आरोप-प्रत्यारोप गर्नुमा कुनै तर्क पनि देखिँदैन। उदाहरणका लागि- एकातिर सिंगो शान्ति प्रक्रियाकै विरोध गर्ने, अर्काेतिर सेना समायोजन सम्माजनक नभएको र असफलै भएको आरोप लगाउँदै शिविरमा आगो लगाउन खोज्नुमा कुनै पनि तर्कशास्त्रले काम गरेको पाइँदैन। तर, यस्तै तर्कहीन आरोपको वर्षा गर्दै भए/नभएका असफलताको डंगुरमाथि पार्टीको जग हाल्दा नयाँ पार्टी बनाएको होइन, 'विरोधका लागि विरोध' गरेकोमात्रै ठहरिन्छ। त्यस्तो विरोधको नेपथ्यमा पार्टी र पार्टीबाहिरको सत्ता-शक्ति-सम्पत्तिको सम्बन्धमा सीमान्तीकृत रहेका र संसदीय गोलचक्करबाट वाक्कदिक्क भएर क्रान्तिका लागि आतुर व्यक्तिका आक्रोश र कुण्ठाबाहेक केही नदेखिन पनि सक्छ। उनीहरूले एकीकृत माओवादी नेतृत्वविरुद्ध पोखेका शंका, असन्तुष्टि र आक्रोशलाई पार्टीगत आकार दिँदा पनि जग भने अग्रगामी राजनीतिक एजेन्डाका ढुंगाबाट राखेको देखिएन।
विशुद्धतावादी क्रान्तिकारी हुने सहुलियत
जे होस्, नयाँ माओवादी पार्टीले 'संसद्वाददेखि संशोधनवादसम्ममा फसेर नयाँ वर्गमा रुपान्तरित नेतृत्व' को विरोधमा रातो झन्डा फहराएको छ। तर एकीकृत माओवादीकै गर्भबाट जन्मिएको नयाँ माओवादी नेतृत्वले पनि संसद्वाद वा संशोधनवादमा नफस्ने र नयाँ वर्गमा रुपान्तरित नभई क्रान्तिकारी भइरहने कुनै प्रक्रिया र पद्धतिको प्रत्याभूति दिन सकेको छैन। हुन त एक जमानामा संसद्मा नगई क्रान्तिकारी भइरहने, क्रान्तिकारी नारा लगाउँदै संशोधनवादी र सुधारवादी नहुने र सानो समूह बनाएर लगभग दुई दसकसम्म नफुट्ने सुविधा कमरेड मोहनविक्रम सिंहलाई प्राप्त थियो। तर, अब त कुनै नीति र कामका लागि पाइला चाल्नासाथ ती सबै वादी हुने डर नयाँ माओवादीमा छ। त्यसैले केही अग्रगामी काम नगरी, अरुलाई गैरक्रान्तिकारी र सुधारवादीको आरोप लगाउँदै विशुद्धतावादी क्रान्तिकारी भइरहने सहुलियत मोहन वैद्यले प्राप्त गर्न सक्छन्।
पक्कै पनि चीन वा रुसको नक्कल गर्दै क्रान्ति गर्ने सपना देख्ने सुविधा नयाँ पार्टी नेतृत्वलाई छ। तर त्यस सुविधाले मौलिकरुपमा अनेक उतार-चढावबीच अगाडि बढिरहेको शान्तिपूर्ण क्रान्तिको प्रक्रियालाई भने अन्तर्ध्वंश गर्ने खतरा बढाएको छ। शान्तिपूर्ण क्रान्ति केही उतारमा रहेका बेला प्रतिगामी छलाङको सम्भावना सघन भएको छ। ठीक यही बेला ठूलो पार्टीको विभाजनले क्रान्तिकारी रोमाञ्चलाई पनि सघन र तेज बनाएको छ तर त्यसले प्रतिगामी छलाङलाई पनि सघन र तेज पार्न सक्छ।
एकीकृत माओवादीभन्दा क्रान्तिकारी एजेण्डा बोक्ने उद्घोष गरेको नयाँ माओवादीले राष्ट्रिय राजनीतिमा कत्तिको वामपन्थी र जनमुखी भूमिका खेल्छ, त्यो त भावी इतिहासमा देखिएला नै। यस्ता प्रश्नको उत्तर पार्टी संगठन, पार्टीका स्रोत-साधन र पार्टी कार्यालयमा कसको कति प्रभुत्व छ भन्ने कुराले निर्धारण गर्दैन, राष्ट्रिय राजनीतिमा कत्तिको अग्रगामी हस्तक्षेप गर्न सक्छ, त्यसले निर्क्यौल गर्ने हो। मुखले संसद्वाद र संसद्वादीलाई घृणा गर्ने समूहले पार्टी गठनअघि नै संंसदवादी दलहरूसँग सहकार्य गरेर आफ्नो नाराको साख गुमाइसकेको छ। अब यस्तैखालको सहकार्य भारतको अन्धविरोध गर्ने र राष्ट्रवादी झण्डा उचाल्ने क्रममा राष्ट्रवादीको मुकुण्डो लाएर बसेका पूर्व पञ्च र राजावादीसँग हिमचिमको स्तरसम्म बढ्न सक्छ, जुन खतरनाक हुन सक्छ। होइन, भुइँ तहका संगठन निर्माणसँगै भूमि, जीविका र राज्यको लोकतन्त्रीकरणका मुद्दाको उत्थानले भने उसलाई स्थापित पनि गर्नसक्छ।
पार्टीको साइनबोर्ड मात्रै नयाँ?
यतिखेरका प्रमुख राजनीतिक मुद्दा हुन्- जातीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माण। यस्तै मुद्दामा नयाँ संविधान लेखन जनताको चासोको विषय भइरहेको बेला नयाँ पार्टीसँग भने एकीकृत माओवादीको भिन्न एजेण्डै छैन। उससँग एकीकृत माओवादीका नेताहरूले ती मुद्दा त्यागिसकेको आरोप लगाउने र देश-जनताविरुद्ध गद्दारी गरिसेकेको गालीबाहेक विकल्प पनि छैन। आफूलाई क्रान्तिकारी सिद्ध गर्न र नयाँ पार्टीको अस्तित्व/औचित्य पुष्टि गर्न यस्ता अनेक आरोप लगाउन थालेको नयाँ पार्टीका बाध्यता र कुण्ठा बुझ्न गाह्रो छैन। तर, आरोप-प्रत्यारोपमा लिप्त हुने प्रतिक्रियाको राजनीतिले नयाँ पार्टीलाई क्रान्तिकारी सिद्ध गर्दैन, न त राष्ट्रिय राजनीतिमै हस्तक्षेपकारी शक्तिका रुपमा स्थापित गर्छ। जसरी भए पनि सत्ता-शक्ति-सम्पत्ति प्राप्त गर्ने लालसा र पार्टीको प्रमुख नेतृत्वमा नहुनुको कुण्ठालाई नयाँ पार्टी बनाएर तुष्टि गर्ने तौरतरिका र संस्कृतिले नवगठित नेकपा-माओवादीलाई पार्टीका भीडमा एउटा नयाँ पार्टीको साइनबोर्ड थप्नेबाहेक केही गर्दैन।
जनविद्रोहमार्फत् नयाँ जनवादी क्रान्ति गर्ने नारा लगाउँदैमा कोही क्रान्तिकारी हुँदैन, न त प्रचण्ड र बाबुरामको खोइरो खन्दैमा कोही सुधारवादबाट मुक्त हुन्छ। मन मिलेसम्म आफ्नो मासु नै काटेर ख्वाउनसम्म तयार हुने, मन नमिलेपछि सात पुस्ताको नाम काढेर गाली गर्ने र शत्रु साँध्ने प्रवृत्ति कुनै पनि हिसाबले क्रान्तिकारी संस्कृतिको द्योतक हुन सक्दैन। रिमजस्तो विदेशी वैचारिक केन्द्रको उक्साहट र कम्पोसाजस्तो छिमेकी भाइचारा संगठनको दबाबमा पार्टी फुटाउनेहरूको मनमा नयाँ पार्टी बनाएर सत्ता-शक्ति-सम्पत्ति प्राप्त गर्ने अभिलाषासँगै क्रान्तिकारी वैधता हत्याउने नियत पनि हुन सक्छ। तिनै अभिलाषा र नियतलाई माओवादी पार्टीको झण्डा ओढाइँदैमा कोही चौबीस क्यारेटको माओवादी क्रान्तिकारी हुँदैन। क्रान्तिकारी बन्ने काम त नेपाली समाजमा जारी सबैखाले अन्तर्विरोधमाथि सचेत अग्रगामी हस्तक्षेपबाट मात्रै सम्भव हुन्छ। तर, यस्तो हस्तक्षेपबाट अलग्गिएर आफूलाई विशुद्ध क्रान्तिकारी ठहर्याउने मोहले नयाँ पार्टीको नेतृत्वलाई कहाँ पुर्याउने हो, समयले पक्कै उत्तर दिनेछ।