विकल्प : गैरराजनीतिक सरकार
१८ असार २०६९
•
१३ मिनेट पाठ
विकल्प : गैरराजनीतिक सरकार
बाबुराम भट्टराईको राजीनामा संविधान सभाको विघटनपछि सबैभन्दा ठूलो राजनीतिक विवाद बन्न पुगेको छ। 'राष्ट्रिय सहमति' को खोजीमा जुटेका नेपाली कांग्रेस र एकीकृत नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)का नेताहरूको अभिव्यक्तिअनुसार उनले राजीनामा नदिई राजनीतिक सहमति सम्भव छैन। उनीहरूको विचारमा प्रधानमन्त्री भट्टराई नै राजनीतिक सहमतिका बाधक हुन्। उनले राजीनामा दिनासाथै सहमति स्वतः हुनेछ। बारम्बार सहमतिका निमित्त आफू बाधक नबन्ने प्रतिबद्धता देखाउँदै आएका बाबुरामले भने दृढताका साथ कुनै पनि हालतमा प्रधानमन्त्रित्व नछाड्ने अभिव्यक्ति दिन थालेका छन्। उनको भाषामा आएको परिवर्तनले मुलुकमात्र होइन, उनका अध्यक्ष कमरेड प्रचण्डसमेत अन्यौलमा परेका छन्। प्रधानमन्त्रीको पालो कुरेर बसेका नेपाली कांग्रेसका नेताहरू त पूरै विचलित हुनु स्वाभाविक हो। लम्बिँदै गएका तरल राजनीतिक स्थितिबाट मुलुक कति खति बेहोरिरहेछ, त्यसको मूल्यांकन त भविष्यले अवश्य पनि गर्ने नै छ।
अहं प्रश्न हो बाबुरामले राजीनामा किन दिनुपर्छ भन्ने। नेका र एमाले उनको राजीनामा नआए आँधीबेहरी ल्याएर उनलाई हटाउने दृढता व्यक्त गर्दै कालो झण्डा देखाउन थालेका छन्। तर हट्नुपर्ने कारण जनमानसमा स्पष्ट ल्याउन सकेका छैनन्। गफ गर्ने राजनीतिक माहोलमा जनतालाई पत्यार पर्ने कारणहरू यी दुवै पार्टीले दिन सकेका छैनन्। न त आजका दिनसम्म बाबुराम हटेपछि हुने रिक्तता कसरी भर्ने हो, त्यसको 'रोडम्याप' नै प्रस्तुत गर्न सकेका छन्।
काजी दामोदर पाण्डेदेखि कमरेड झलनाथ खनालसम्म प्रधानमन्त्री/मन्त्री परिषद्को अध्यक्ष बनेकाहरूले 'राष्ट्रिय आवश्यकता'लाई कारण देखाएर राजीनामा दिएका हाम्रो मुलुकमा कोही पनि छैनन्। नेपालका प्रधानमन्त्रीहरू जतिसुकै लामो अवधिसम्म शासन गर्न सफल भए पनि कि निकालिन्थे कि तिनको हत्या हुन्थ्यो वा मृत्युका कारण हट्ने गर्थे। विसं २००७ सालपछिको इतिहास त झनै अचम्मको छ। पाँच-पाँच पटक प्रधानमन्त्री हुनेहरूदेखि केही महिनामात्र उक्त पदमा बस्न पाउनेहरू सबै त्यो पदमा अन्तिम समयसम्म आसिन हुन खोज्थे। कोही रोइकराई टिक्न खोज्थे भने कोही सबै भताभुंग हुन्जेलसम्म पनि कुर्सीमा जुकाझैँ टाँसिन चाहन्थे। पदको मर्यादा राख्ने प्रधानमन्त्री त बीपीबाहेक अरू कोही पनि बन्न सकेनन्। भ्रष्टाचारका अनेक काण्डमा मुछिएका कारण, संसद्मा विश्वास सिद्ध गर्न नसकेका कारण र सुरक्षा र प्रशासन यन्त्रले आफूलाई नटेरेका कारण नै प्रधानमन्त्रीहरू पद छाड्न बाध्य भएका हुन्। नौ दिन प्रधानमन्त्री बन्नेदेखि चार चार पटक प्रधानमन्त्री बन्नेहरूसमेतले जनता र राष्ट्रलाई केन्द्रमा राखे र मुलुलाई निकास दिनका लागि स्वेच्छाले मैदान कसैले छाडेको छैन। त्यसैका कारण पनि बल्लबल्ल पाएको प्रधानमन्त्रित्व बाबुराम जस्ता चतुर राजनीतिकले किन छोडुन्!
राजनीतिक आस्था र सिद्धान्तका कारणले गर्दा बाबुरामले पद छोड्नुपर्छ भन्ने हो भने उनले अपनाएको राजनीतिक पद्धतिमा पद छाड्ने प्रसंग उठ्दै उठ्दैन। त्यो पद्धतिमा त कि 'पर्जमा' परेर मारिन्छन् अथवा प्राकृतिक कारणले मृत्यु भएपछि मात्र पदबाट मुक्त हुन्छन्। एक दुईबाहेक साम्यवादी नेताले स्वेच्छाले कुर्सी छाडेको उदाहरण भेटिँदैन। माओवादी पार्टीमा बाबुरामको पकड कति छ त्यसको अनुमान लगाउनु कठिन हुँदाहुँदै पनि एउटा कुरा निश्तित छ- वर्तमान अवस्थामा त्यो पार्टी उनलाई निकाल्ने हैसियत राख्दैन।
बरु पार्टी त्याग्ने कुर्सी नत्याग्ने हाम्रो राजनीतिक संस्कारमा चिराचिरामा विभक्त पार्टी नेतृत्वले उनलाई निकाल्ने सामर्थ्य राख्दैन भन्न ज्योतिषशास्त्रको ज्ञान आवश्यक परोइन।
जहाँसम्म प्रक्रियाको कुरा हो, त्यसलाई बाबुरामले नै सविस्तार भत्काइदिएका हुन््। अब यो मुलुकमा राजतन्त्र छैन, जसले 'असक्षम' घोषणा गरेर प्रधानमन्त्रीलाई निकाल्ने आँट गरोस्। भएका राष्ट्रपतिलाई नभएको संविधानले त्यो अधिकार दिएको छैन। उनले बाबुरामलाई हटाउन सक्दैनन्।
प्रजातान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीलाई जनताले हटाउन सक्छन् भन्ने कुरा हेपाहाको उखानसरह नै हो। बाबुरामलाई राम्रोसँग थाहा छ, उनीहरूले माधव नेपालको सरकार हटाउन के के हतकण्डा प्रयोग गरे। काठमाडौँ पूरै बन्द गर्दासम्म पनि तिनले माधव नेपालको कुर्सीलाई हल्लाउनेसम्मको सफलता हासिल गर्न सकेनन्। 'कठपुतली सरकार' हटाउन त विरोध प्रदर्शनले केही गर्न सकेन भने बाबुराम त बाजागाजासहित प्रधानमन्त्री बनेका हुन्। नैतिक मूल्य र मान्यता होइन, उपयोगको रणनीति अपनाउने माओवादी पार्टीका आर्किटेक्टलाई नभएको संविधानलाई आधार मानेर 'तपाईंले त्यो पदमा बसिरहनु संविधानसम्मत त छैन' भन्ने निरीह अपिल अथवा जनसहभागिता हुन नसक्ने आन्दोलनको विगुल फुकाईले केही लछारपाटो लाग्ने देखिँदैन। अर्को सबल पक्ष पनि के छ भने बाबुरामले छोडेपछि कुन रामले सरकार सञ्चालनको बागडोर सम्हाल्ने? रोलवाला बनेर बसेको पार्टी नेपाली कांग्रेसमा लडाइँ छ। बाबुरामको 'सकसेसर को हुने' भन्ने विषयमा सुशील कोइरालाले रामचन्द्रलाई अघि सार्नुभएको थियो विघटित संविधान सभाको पार्टी नेताका कारणले। अब संविधान सभा नै नभएको परिप्रेक्ष्यमा त्यो आधारको कुनै औचित्य रहेन। तर पनि 'एकपल्ट' प्रधानमन्त्री नभई नछाड्ने' उद्देश्यमा लागेका पौडेललाई बाबुराम हटाउन सजिलो होला, त्यो उद्देश्य प्राप्ति भने कठिन हुन सक्छ। शेरबहादुरको आफ्नै अडान छ। उनीबिना अर्को उम्मेदवार कोही हुनै सक्दैन। यी दुवैलाई पाखा लगाएर सुशील स्वयं प्रधानमन्त्री बन्न खोजे भने पार्टी सञ्चालन गर्नमा असफल भएका तिनले मुलुक कसरी सञ्चालन गर्लान्? प्रश्न आफ्नै ठाउँमा छ। उनको बाटोमा रामचन्द्र र शेरबहादुर 'ग्रेट वाल अफ नेपाली कांग्रेस' भएर खडा हुने निश्चित देखिन्छ। छोटोमा भन्नुपर्दा राष्ट्रिय सहमति त अँध्यारो कोठामा लुक्दै नलुकेको कालो बिरालो खोज्नु जस्तै हो। विपक्षी पार्टी उम्मेदवार खडा गर्ने सामर्थ्यसमेत राख्दैन।
यस्तो परिस्थितिमा गैरराजनीतिक सरकारको गठन विकल्प हुन सक्छ। गैर राजनीतिक चुनावी सरकार गठनका निमित्त सहमति जुटाउन कठिन परेन। किनकि त्यस प्रकारको सरकार सबैको हितमा हुनेछ। नेपाली कांग्रेसका निमित्त निष्पक्ष सरकार आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारभन्दा बढी लाभदायक हुनेछ। एक त सत्ता सदा अफाप सिद्ध हुने कांग्रेसजनका निमित्त व्यक्तिगत हिसाबले पनि निष्पक्ष सरकारद्वारा गराइने चुनाव जित्न सजिलो पर्छ। आफ्नो एकल सरकारको सम्भाव्यता नभएको आजको सन्दर्भमा कांग्रेसको नेतृत्वमा बनेको सरकारले चुनाव गराउने भनेको माओवादीलाई चुनाव जिताउने र तिनको जितलाई कानुनी मान्यता प्रदान गर्नु हुनेछ। त्यसैगरी एमालेलाई पनि गैरराजनीतिक चरित्रको चुनावी सरकार नेका नेतृत्वको सरकारभन्दा बढी लाभप्रद् हुने देखिन्छ। कार्यकर्तामा आधारित पार्टीका निमित्त जनतामा गएर तिनको मत जित्न गैरराजनीतिक निष्पक्ष सरकारको उपादेयताको व्याख््यान आवश्यक परोइन। माओवादीका निमित्त बाबुरामलाई हटाउने योभन्दा ठूलो उपाय अरू के नै हुन सक्छ र? बाबुरामलाई हटाउन पाएको खण्डमा मोहन वैद्यको समूहलाई प्रचण्डले पुनः आफूतिर फर्काउने बाटो पनि खुला हुन सक्छ। अनि आफूभन्दा बढी चतुर साबित हुन लागेका बाबुरामलाई आफू देखै नपरी सत्ताच्युत गर्ने सुवर्ण अवसर प्रचण्डका लागि अर्को के नै हुन सक्ला र?
भट्टराईलाई पनि जुका टाँसिए जस्तै कुर्सीमा टाँसिन नचाहेको छाप जनमानसमा प्रस्तुत गर्नु छ भने (जुन कुरा तिनको लामो राजनीतिक जीवनका निमित्त अपरिहार्य छ ) यो नै सबैभन्दा लाभदायक प्रस्ताव हुन्छ।
गैरराजनीतिक सरकारले चुनाव गराउने हो भने त्यो चुनाव जनमत संग्रहको अभिन्न अंग बन्न सक्छ। किनकि संविधान बन्न नसक्नाको प्रमुख कारण ठानिएको एक जातीय, बहुजातीयदेखि बिना संघीयताका मुद्दा नै प्रमुख चुनावी मुद्दाका रूपमा राजनीतिक पार्टीहरूले आफ्नो कार्यक्रममा समावेश गर्नुपर्नेछ। जुन पार्टीले चुनाव जिते पनि वा हारे पनि जनताले 'इस्यु' का आधारमा तिनलाई मतदान गर्नेछन्। जसले गर्दा चुनावपछि बन्ने सरकार वास्तविक जनाधारअनुरुपको संविधान निर्माण र पुनर्संरचनाको डिजाइन तर्जुमा गर्न सक्षम हुनेछ।




निश्चित जातका लागि गरिएको आरक्षणको फल उक्त जातिको उपल्लो सम्पन्न समूहले मात्र पाउने भएकाले जातीय आरक्षण प्रभाव हुनेछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस