'ताबेदार संविधान' र संविधान सभा अनेक नाम भएका उनी २००७ सालदेखि नै संविधान सभाको पक्षमा उभिएका थिए, केदार विष्टका नाममा। उनी २०६९ सालमा संविधान सभासद् भएका भए के गर्थे होलान्? उनले संविधान सभालाई रिसोर्टमा कैद गर्ने राजनीतिक नेतृत्वको कति हरिविजोग गर्थे होलान्?
उनले पनि जेठ १४ गते आर्यघाटमा पुगेपछि मात्रै संविधान सभाको बैठक डाक्नुपर्यो भन्दै नाराबाजी मात्रै गर्र्थे कि राजनीतिक दल, सरकार र संविधान सभा का नेतृत्वको झाँको झारेर संविधान सभा बचाउन संघर्ष गर्थे? संविधान सभा भंग गर्ने र जनमुखी संविधान नबनाउने राजनीतिक नेतृत्वलाई तह लगाउन उनले के कस्ता कामकारबाही गर्थे?
यस्ता प्रश्नमा पञ्चायतकालीन राष्ट्रिय पञ्चायतका जनमुखी सदस्य सत्य र न्यायको पक्षमा उनले खेलेको भूमिकाबाट धेरै अनुमान गर्न सकिन्छ। तर, यो जटिल संक्रमणकालसँग न रूपचन्द्र विष्ट न उनीजस्ता निष्पक्ष-सक्रियताको अभ्यास गर्ने अभियन्ता नै धेरै छन्। र त ६ दशकको जनसंघर्षपछि स्थापित संविधान सभा जनमुखी संविधानसमेत नबनाई राजनीतिक नेतृत्वको सत्तासंघर्षका कारण विसर्जन भएको छ।
विसं २०३८ सालमै 'ताबेदार संविधान खारेज' हुनुपर्ने र संविधान सभाबाट जनमुखी संविधान निर्माण गर्नुपर्ने मागलाई जनजनसम्म पुर्याउने 'थाहा' आन्दोलनका अभियन्ता विष्ट र उनको जस्तो भूमिकाको अभाव निकै खट्किएको छ। नेपालमा संविधान सभाको निर्वाचनअघि नै स्वैच्छिक मृत्युवरण गरेका विष्टजस्ता स्वप्नदर्शीहरूले देखेको सपनामध्ये एक : संविधान सभाबाट जनमुखी संविधान निर्माणको सपना समाप्त भएको छैन। संविधान सभालाई बाध्यतात्मक मृत्युवरण गर्न लगाइए पनि, केही समय अवरोध भए पनि अग्रगामी राजनीतिक परिवर्तन भने रोकिनेवाला छैन। त्यस्तो अग्रगामी राजनीतिक परिवर्तनका लागिमात्रै होइन, जनमुखी विकास र शैक्षिक क्रान्तिका लागि विष्ट बेजोडका व्यक्तित्व हुन्। उनको जीवन र चरित्रको आलोकले नयाँ राजनीतिक बाटो र नयाँ जनमुखी नेतृत्वको तस्बिर कोर्न दिव्यदृष्टि दिन सक्छ। तर, आज विष्टले स्वैच्छिक मृत्युवरण गरेको तेह्र वर्षपछि पनि उनलाई चिन्ने र उनको जीवनसंघर्षबाट ऊर्जा र प्रकाश लिन खोज्नेहरूको संख्या अत्यन्त न्यून हुनु भने दुःखको विषय हो।
विस्मृतिमा चिर विद्रोही
उनी कुनै जमानाका शासक वर्ग वा सत्तासीन दलका नेता भएका भए उनको स्मृतिमा पक्कै पनि धुमधामसँग दिवस मनाइन्थ्यो होला। उनी कुनै बेला प्रतिपक्षी दलका नायक भएका भए पनि उनको वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरिन्थ्यो होला। तर उनी न सत्तासीन दलका नेता थिए न त प्रतिपक्षी दलकै अगुवा थिए। उनी सत्तासीन सुकिला-मुकिला वर्गका प्रतिनिधि पनि थिएनन्। उनी थिए त सत्य र न्यायका पक्षपाती। त्यसैले उनको जीवन र संघर्षलाई अज्ञातजस्तै बनाइएको छ। उनी छाप्रेहरूका सहयोद्धा भएकैले होला, आज ठूलठूला कम्युनिस्ट पार्टीका साइनबोर्ड झुण्ड्याएर बसेका पार्टीहरूबाट उनको मृत्युको सम्झनासमेत गरिएन। गरिखाने वर्गका सच्चा प्रतिनिधि भएकैले होला, कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको सरकारबाट पनि उनको आन्दोलनबारे चर्चा गर्ने कुनै काम भएन।
हुन त 'थाहा' आन्दोलन चलाएर जसले सत्य र न्यायका लागि छाप्रेहरूलाई जगाएका थिए, उनलाई नै भ्रमको जालोमा फसाएको छ। शत्रुले चिनेका चिर विद्रोही, तर मित्रले नै नचिनेका क्रान्तिकारीलाई आज धेरै छाप्रेको ज्ञानबाट टाढा राखिएको छ। आज अज्ञात र अनामजस्तै बनाइएका विराट व्यक्तित्वको नाम हो रूपचन्द्र विष्ट। रूपचन्द्र विष्ट अर्थात् रुदाने, जसरु, रापसरु र स्वरूपे। रूपचन्द्र विष्ट अर्थात् थाहा आन्दोलनका प्रवर्तक। रूपचन्द्र विष्ट अर्थात् जनमुखी अभियानका अभियन्ता। रूपचन्द्र विष्ट अर्थात् छाप्रेहरूका नेता, गरिब किसान, मजदुर र नारीहरूका नायक, कलिला बालबालिकाका हिरो। कोही भन्थे, रूपचन्द्र विष्ट बहुलाहा हुन्, त्यसैले त उनले आफू जन्मिएको सम्भ्रान्त वर्गलाई समेत त्यागेर पागलपन देखाए, त्यसैले त उनले सम्भ्रान्त वर्गका सबै सुखसुविधा लात मारे अनि छाप्रेहरूको मुक्तिको संघर्ष होमिए।
वास्तवमा रूपचन्द्र विष्ट बहुलाहा होइनन्, बरु सचेततापूर्वक नै सम्भ्रान्तता त्याग्ने छाप्रेका वर्गच्युत नेता हुन्। उनी त्यस्ता नेता हुन्, जसले कम्युनिस्ट पार्टीका एकसेएक नक्कली नेताहरू महल बनाउन लागेको बेला कर्मबाटै देखाए, कम्युनिस्ट पार्टीका नेता हुनुको नेपाली अर्थ के हो भनेर। आफैँले भनेका कुरा व्यवहारमा उतारेर, ती तथाकथित नेताहरूलाई बाटो देखाए : वर्गच्युत भई साँच्चै नै क्रान्तिकारी कम्युनिस्ट नेता हुने तरिका कस्तो हुनुपर्छ भनेर।
विकास, शिक्षा र राजनीतिमा उदाहरण
रूपचन्द्र विष्ट छाप्रेहरूकै जीवनस्तर अँगाल्ने तिनको मुक्तिसंघर्षका नेता थिए। तिनले उनीहरूसँग संवाद गर्दै मकवानपुरमा जनमुखी सुधारको अभियानै चलाए। उनीहरूलाई क्रान्तिको बाटो देखाए अनि 'थाहा आन्दोलन' चलाएर निष्पक्ष सक्रियताको अभ्यास गरे।
हो, रूपचन्द्र विष्ट जिउँदै छँदा कोही भन्थे, उनी सन्काहा हुन्। उनले कसैले नबु‰ने 'थाहा' आन्दोलन चलाए भन्थे। कोही भन्थे, उनले कसैले थाहा नपाउने दार्शनिक अभियान चलाए, बाटोघाटो, लुगाफाटो र कार्यालय-कार्यालयमा 'थाहा' शब्द लेखेर। पञ्चायती कालरात्रिमा भ्रम खाएर, भ्रम पिएर, भ्रम ओढेर मस्तसँग सुतेको देशमा 'थाहा' आन्दोलनबारे व्यापक भ्रम हुनु अनौठो होइन, न त त्यसका प्रणेताबारे भ्रम फैलाइनु र हल्ला फिजाइनु नै आश्चर्य हो। तर, यस्ता हल्ला र भ्रमका पर्दा च्यातेर हेर्दा देखिन्छ, रूपचन्द्र विष्ट यथार्थमा जनमुखी सहकर्मीमात्रै होइनन्, दार्शनिक प्रवृत्तिका मौलिक नेता पनि थिए। उनले ससाना चोटिला कविता लेखेर, छापेर, सुका-मोहर-रुपियाँमा बेचेर चुनावी अभियान चलाए, साहुमहाजनसँग चन्दा नलिईकनै। उनले राजनीतिक-दार्शनिक विचारले भरिएका पर्चा बेचेर चेतनाको राँको बाल्दै हिँडे र 'थाहा' आन्दोलनको अग्निपथ बनाउन खोजे। मकवानपुरजस्तो पिछडिएको क्षेत्रलाई कर्मथलो बनाएर न्यायसँग विकासलाई जोडे, विकासमा न्याय मिसाए। अनि न्यायपूर्ण विकासको नयाँ ढाँचा बनाए। मकवानपुरमा जनश्रमदानबाट 'विकास घर' बनाउनेदेखि उन्नत जातको नगदेबालीको विकास र विस्तार गर्ने सुधारका कामको नेतृत्व पनि उनले गरे।
रूपचन्द्र विष्टले शिक्षासँग जनमुखी राजनीति जोडे अनि जनमुखी राजनीतिसँग शिक्षा मिलाएर शैक्षिक राजनीतिको उदाहरण पनि बनाएर देखाए। उनले मकवानपुरमा शिक्षासँग चेतनालाई जोडे, 'श्रीमान् गम्भीर'जस्ता राजावादी राष्ट्रगानको साटो जनमुखी 'घोषणा' गीत गाउने चलन सयौँ स्कुलमा चलाएर। उनले शिक्षासँग श्रमलाई पनि घोले अनि स्कुल भवनदेखि विकास घरसम्म बनाए, आफैंँले ढंुगा बोक्दै। स्कुलका ८ देखि १० कक्षाका विद्यार्थीले अनिवार्यरूपमा बिहान-बेलुका प्रौढ शिक्षा पढाउनुपर्ने व्यवस्था पनि बनाए।
उनले चलाएको 'थाहा' आन्दोलनको मुख्य तत्व हो, जनमुखीपना। असंख्य छाप्रेजनप्रति उत्तरदायित्व र जवाफेही नै 'थाहा' आन्दोलनको प्राण थियो। त्यसैले उनले हरेक विकास, निर्माण, अभियान र संघर्षलाई जनतासामु पारदर्शी बनाए। पैसापैसा हिसाबकिताब जनतासामु सार्वजनिक गरे। हरेक नीतिनिर्णयमा छाप्रेहरूको सहभागिताको पद्धति अँगाले उनले। छाप्रेहरूसँग रूपचन्द्र विष्ट र जनमुखी सहकर्मीहरूले गर्ने संवाद र संवादका आधारमा गरिने नीति-निर्णय र त्यसको क्रियान्वयन अति नै लोकतान्त्रिक थियो, जनतालाई सशक्तीकरण गर्ने खालको थियो। त्यसैले शासक वर्ग अर्थात् सम्भ्रान्त वर्ग र उसको सरकार उनीदेखि डराए, 'थाहा' आन्दोलनदेखि तर्सिए।
तर्सिनु पनि स्वाभाविकै थियो। रूपचन्द्र विष्ट राजाको निरंकुश शासनकालका त्यस्ता चिर विद्रोही थिए जसले आफ्नो विद्रोहको आगो कहीँ पनि निभ्न दिएनन्। छाप्रेहरूमाथि शासन गर्ने शासक सम्भ्रान्त वर्गको राजनीतिक किल्लाका रूपमा रहेको राष्ट्रिय पञ्चायतमै उनी हाकाहाकी शत्रुलाई ललकार्थे। अनि छाप्रेहरूका लागि शोषण उत्पीडनबाट मुक्त समाजका लागि संघर्ष गर्न आह्वान गर्थे।
मान्छेभित्र मान्छेपनको निर्माण
त्यसैले उनलाई क्रान्तिको राँको बालेको आरोपमा धेरै पटक मार्न खोजियो। मार्न नसकेपछि धेरै चोटि गिरफ्तार गरियो, जेलनेलको सजाय दिइयो, कहिले राजद्रोह गरेको आरोपमा त कहिले 'होसियार' कविता छपाएको निहँुमा। जेलनेलको कठोर यातनाबाट उनको चिरविद्रोही स्वभावलाई मार्न नसकेपछि अनि थालियो मन्त्री पद दिएर लोभ्याउने र नलोभिएपछि चरित्रहत्या गर्ने अभियान। चरित्रहत्याको अभियानमा निर्दलीय व्यवस्थाको शासक सम्भ्रान्त वर्ग लाग्यो। त्यसमा अभियानमा पञ्चायती सरकारमात्रै लागेको होइन, आफूलाई बहुदलीय व्यवस्थाका हिमायती मान्ने कम्युनिस्ट-कांग्रेस भन्ने दलका कार्यकर्ताहरू पनि लागे, उनलाई महापञ्च ठहर्याउन, बहुदलविरोधी आरोप थोपर्न, भ्रमको खेती गर्न। र, सबैजसो छाप्रेविरोधी, 'थाहा'विरोधी तथा ज्ञान र चेतनाका शत्रुहरूले अज्ञानको खेती गर्दै उनको दार्शनिक स्वभाव, कठोर बोलीवचन, पार्टी नबनाउने सोचाइबीच बनेको तुँवालोमै खेल्नसम्म खेले। उनीहरू छाप्रेहरूसँग रूपचन्द्र विष्टलाई र 'थाहा' आन्दोलनलाई छाप्रेहरूबाट अलग्याउन केही हदसम्म सफल पनि भए। सत्ता-शक्तिको बलबाट गर्न नसकिएको काममा सफल भए, छलकपटबाट, प्रचारबाजीबाट र भ्रमको खेतीबाट।
जसले 'थाहा' आन्दोलन चलाएर मान्छेभित्रको मान्छेपन जगाउन खोजे, उनलाई नै भ्रमको खेती चलाएर ढालियो। जसले एक अँगालो लोग्ने वा स्वास्नीमा मात्रै रमाउने, एक थाल दालभातमा मात्रै मग्न हुने छाप्रेहरूलाई सचेत बनाउन जीवनै अर्पे, उनलाई नै झुठा प्रचारबाजीबाट नराम्ररी हराइयो, किंवदन्तीका पात्र बनाएर। जसले शोषण-उत्पीडनविरुद्ध नारी, श्रमिक र बालबालिकालाई जगाएर स्वतन्त्रता, समानता र सशक्तीकरणको बाटोमा हिँडाए, उनलाई नै तेजोबध गरियो, ०४६ सालको आन्दोलनका प्रतिकारवादीको आरोप लादेर।
यथार्थमा, उनी निरंकुश राजतन्त्रकालीन त्यस्ता चिर क्रान्तिकारी विद्रोही हुन्, शत्रुले चिने, तर मित्रहरूले चिनेनन्। जसलाई शत्रुले चिनेर शत्रुवत् व्यवहार गरे, तर मित्रहरूले पनि उनलाई शत्रु नै ठानेर दुत्कारे अनि उनको 'थाहा' आन्दोलनलाई बहुलाहा रुदानेको प्रलापमा दर्ता गरेर सम्भ्रान्त वर्गकै सेवा गरे, सित्तैमा। त्यसैले उनको मृत्युमा शत्रुहरूले आँसु नबगाउनु जति स्वाभाविक देखिन्छ, त्यत्तिकै स्वाभाविक देखिन्छ, मित्र भनाउँदाहरूले समेत गोहीको आँसुसमेत नबगाउनु पनि। एक जमानामा उनको 'अराजकतावादी गतिविधि' तत्कालीन कम्युनिस्ट पार्टीलाई स्वीकार्य भएन, अब संास्कृतिक क्रान्ति गर्ने उनको विचार धेरैजसो दललाई अस्वीकार्य भएकै कारण उनलाई विस्मृतिको खाडलमै छोपछाप पार्न खोजिनु पनि अनौठो होइन। जनतालाई विवेकशील, राजनीतिलाई जनमुखी, नेतालाई समाजवादी र पार्टीलाई साम्यवादी बनाउनुपर्छ भन्ने विष्टका आग्रह र आचरण धेरैजसो समाजवादी र साम्यवादी नेताहरूलाई अपाच्य भएकै कारण 'थाहा' आन्दोलन र जनमुखी अभियान पनि स्मृति र अनुसरण योग्य नहुनु आश्चर्यको कुरा होइन। तर, प्रश्न के हो भने यस्तै दुरवस्था सधैं रहिरहन्छ र?
'हामी कसैका होइनौ, कोही हाम्रा होइनन्
हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो'
जनमुखी सहकर्मी रूपचन्द्र विष्ट