यतिबेला एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पार्टीका लागि नयाँ दस्तावेज लेख्दै हुनुहुन्छ। उहाँका भेटघाट र जनसम्पर्क बन्द छन्। हेर्दाहेर्दै उहाँको पार्टी भूकम्पमा परेर क्षतिग्रस्त भएको छ। घरका कोठा-चोटा सावुत छन्। अन्न-पात र रसद-पानी पनि सावुत छन् तर घरको शोभाको रुपमा अघिल्लो भागमा रहेको ठूलो बाल्कनी भत्काएको छ भूकम्पले। उहाँको पार्टीका बहुसंख्यक नेता र कार्यकर्ताले यसलाई असहज घटना मानेको देखिएको छैन। तर, प्रचण्डका लागि यो घटना राजनीतिक वियोगान्तको संकेत पनि हुन सक्छ। त्यसै कारण पनि अहिले प्रचण्डको मुड खराब देखिएको छ। हाँक्छु भन्दाभन्दै थाकेको जस्तो। आफनो हँसिलो र फरासिलो सार्वजनिक व्यक्तित्वलाई स्थगित राखेर उहाँ दस्तावेजमार्फत् राजनीतिक वियोगान्तलाई सुखान्तमा परिणत गर्ने तयारीमा लाग्नुभएको हुनुपर्छ।
कांग्रेसका सभापति सुशील कोइराला पनि प्रचण्डको जस्तै मनस्थितिमा देखिनुभएको छ। उहाँले पार्टीमा भरोसा गर्न लायक मानिस भेट्टाउनुभएको छैन। त्यसैले अचेल उहाँ भरोसाको खोजीमा साँझ बिहान शीतल निवास पुग्न थाल्नुभएको छ। प्रकटमा शीतल निवाससँग सभापति कोइरालालाई सदाशयबाहेक केही दिन सक्ने क्षमता देखिएको छैन। तैपनि राजनीतिमा सम्भावना अनन्त हुन्छन् भन्ने मान्यता भत्किइसकेको पनि छैन। पार्टीमा भूकम्पको सानो धक्का लागेर बाल्कनी भत्कँदा प्रचण्ड पीडाले तिलमिलाउनुभएको आभाष पाइएको छ। तर सभापति कोइरालाको हकमा त्यस्तो केही छैन। उहाँको पार्टीले पहिलो जनआन्दोलनदेखि नै भूकम्पका अनेकन धक्का खाँदै आएको छ। मानसिकरुपले त्यसैबेलादेखि पार्टी सधैं विभाजित छ। त्यसैले कांग्रेसका लागि भत्किनु र जोडिनुको खासै महत्व छैन। कसैले यसबारे प्रश्न उठायो भने जवाफ तम्तयार छ- लोकतान्त्रिक पार्टीमा विचारको विविधता हुन्छ नै। यो नौलो कुरा होइन।
एमालेका अध्यक्ष झलनाथ खनाल पनि उत्तिकै व्यग्र देखिनुभएको छ यतिबेला। पार्टीभित्र मच्चिएको आन्तरिक जातीय दंगाले उहाँको भोक र निन्द्रा पक्कै खलबलिएको छ। यो रडाको साम्य पार्ने एक सूत्र हुन सक्छ सरकार। त्यो हात लाग्ने अवस्था देखिएको छैन। यसबाहेक पार्टीका स्थायी र रैथाने नेताहरुको कचकच उत्तिकै छ। नेताबीचको आपसी मतभेद नै एमाले पार्टीको जीवनको आधार भएकाले यो पार्टीभित्रको विवादमा पनि कुनै नौलो कुरा छैन। बन्दै-भत्किँदै र भत्किँदै-बन्दै गरेका विजय र शरदसिंहका पार्टी र मोर्चाको त किन कुरा गर्नु र? उनीहरुसँग त झन् नौलो केही हुने कुरै भएन।
साँच्चै नै देशको राजनीतिमा नौलो भन्न सकिने कुनै कुरा छैन। माओवादी, कांग्रेस र एमाले जस्ता जब्बर मानिएका पार्टीले संविधान सभाद्वारा संविधान निर्माणको अवसर तुहाएर समयको गतिलाई उल्टो घुमाउँदै संविधान सभा चुनावअघिको अवस्थामा पुर्याएपछि देशका सामान्य जनता जिज्ञासारहित भएका छन्। प्रचण्डले आफ्नो दस्तावेजमा के लेख्दै हुनुहुन्छ? सुशील कोइराला किन शीतल निवास धाउनुहुन्छ? झलनाथ खनाल पार्टीभित्र आन्तरिकरुपमा भएको जातीय दंगा कसरी साम्य पार्दै हुनुहुन्छ? यस्ता विषयमा चासो राख्नुको निरर्थकता जनताले बुझिसकेका छन्। त्यसैले पनि उनीहरु जिज्ञासारहित बनेका छन्।
कुनै पनि देशको सामान्य मानिस जब जिज्ञासारहित हुन्छ, तब सोच्नुपर्छ त्यो देश संकटको ठूलै भुमरीमा पर्दैछ। जनताको मनमा अहिलेसम्म नसोचिएको, कल्पना नगरिएको विग्रहको स्वतस्फूर्त मन्चनको तयारी भइरहेको छ। स्थापित मान्यता र स्थापित शक्तिहरुप्रति मानिसको अविश्वास चरमचुलीमा पुग्न थालेको छ। कुनै पनि देश र समाजका लागि जीवनदायी ऊर्जा मानिने जनताका अकुण्ठित जिज्ञासा र असीमित आकांक्षा असामान्य हिसावले कुण्ठित भएका छन्। यतिबेला राजधानीबाहिरका मानिसमा राजनीतिप्रति त्यस्तो कुनै आशा, जिज्ञासा र आकांक्षा देखिँदैन, जसले कुनै शुभ सन्देश दिन सकोस्। उनीहरुको मनस्थिति सुस्त देखिन थालेको छ। विधि र नीतिको शासनको खोजीमा लामो समयसम्म अथक र कष्टपूर्ण प्रयत्न गरेपछि पनि उपलब्धिका रुपमा मुसल जस्तो निर्जीव वस्तु हात परेपछि जनता विश्वासहीन अवस्थामा पुगेका छन्।
सामान्य आँखाले हेर्दा देशकोे राजधानी र आर्थिक केन्द्र भनेर पुल्पुल्याइएका अन्य शहर-बजारमा त्यस्तो अवस्था नदेखिएला। त्यो बेग्लै कुरा हो। शहरिया जीवनका बाध्यता धेरै हुन्छन्। नचाहँदा/नचाहँदै पनि मानिस नाटकमा सामेल भइराखेका हुन्छन्। शो मस्ट वी कन्टिन्युड...तमाशा निरन्तर हुनैपर्छ। प्रधान मन्त्री बाबुराम भट्टराई आन्तरिक पर्यटकका रुपमा होम स्टेमा सपरिवार भक्तपुरको कुनै गाउँ पुग्नुभएको समाचार आइसकेको छ। शो मस्ट वी कन्टिन्युड...। अघिल्लो दिनका प्रत्येक बासी घटना भोलिपल्ट ताजा बनाएर प्रस्तुत गरिने शहरका लागि सबै घटना ताजा हुन्छन्। बासी भन्ने केही हुँदैन। विचारमात्रै बासी हुन्छ। त्यो बासी होस् कि ताजा! कसैलाई त्यसको मतलव पनि हुँदैन। शहर-बजारका मानिसका लागि आफ्नै ओथारो भारी हुन्छ। त्यसैले पनि उनीहरु आफनै मनोगत विश्लेषणका आधारमा देशको तस्बिर खिच्छन्। ओथारोमा जो फिट हुन्छ, तस्बिर त्यसैको खिचिन्छ। त्यही तस्बिर हेरेर रमाउने गर्छ शहर।
देश एकपटक फेरि राजधानीमा खुम्चिएको छ। राजधानीमा बसेर मानिस मूल्यांकन गर्छन्- देशमा चुनाव हुने परिस्थिति छैन। उनीहरुको भनाईको सारांश हुन्छ- नेताहरु चुनावमा जाने मनस्थितिमा छैनन्। संविधान सभाको मसान जगाउन नसके राष्ट्रपतिको कृपाले भए पनि एक पटक सरकार परिवर्तन हुनै परेको छ। फाटेको सुरुवाललाई संदिग्ध सहमतिको टालोले टाल्दाटाल्दै सुरुवालको कपडा सकिइसके पनि टाल्ने काम सकिएको छैन। सुरुवाल टालैटालोको नयाँ पोशाक बनेको छ।
कुरा विगत र भविष्यको होइन। वर्तमानमा देश छटपटाइरहेको छ। माओवादी र कांग्रेस मिलेर राज्यको पुनर्संरचना गर्नेछन् भन्ने जनताको आशा भ्रम सावित भएको छ। माओवादी योद्धाहरुको जीवनमा व्यावसायिक स्थायित्व आउने आशा मिथ्या सावित भएको छ। नयाँ राजनीतिक शक्तिहरुको संयोजनले देशलाई दुई अंकको वृद्धिदरमा उकाल्ने आशालाई राजनीतिको कालो तुषारोले ढाकेको छ। प्रकारान्तरमा, दोस्रो जन-आन्दोलनका उपलब्धि अर्थात् सहमति र सहकार्यको संस्कृतिलाई नेताहरुको महत्वाकांक्षाको पहाडमा पुरिएको छ।
हामी विश्वको सर्वाधिक दुर्गम भौगोलिक विन्दुमा छौं र पनि हामीलाई लाग्छ- हामी विश्वको केन्द्रमा छौं। साम्यवाद र लोकतन्त्रवादका विभिन्न अत्याधुनिक संस्करण बजारमा आइसकेका छन् र पनि सन् पचासभन्दा अघिको मान्यता समातेर त्यसैको एजेन्सी बिजनेसमा फसेका छन् हाम्रा दलका नेता। पूरै नेतृत्व साम्यवाद र लोकतन्त्रवादको प्रामाणिक र पौराणिक तन्तु समातेर अर्धमूर्च्छित अवस्थामा रहेको देश विश्वको कुन केन्द्रमा टिक्छ? टटपुँजिया गफाडीहरु कहिल्यै पनि विश्वको केन्द्रमा रहँदैनन्। हाम्रा नेताहरुको कल्पनाशीलता उहिल्यै सकिएको छ। उनीहरु कहिल्यै कल्पनाशील थिए पनि कि हामीले नै अवतार बनाएका थियौं? यो त्यति महत्वको कुरा अब रहेन।
समय सधँै यसरी गतिहीन अवस्थामा चल्दैन। देशमा अहिले देखिएको जनताको जिज्ञासारहित मनस्थिति र जनताले व्यक्तिगतरुपमा भोगिरहेको अनावश्यक यन्त्रणाको केही न केही र कुनै न कुनै निकास हुनैपर्छ। खाली सय थुंगा फूलको गीत गाएरमात्र देश बलियो हुँदैन।