राजा खोज्ने प्रवृत्तिबारे इसपको एउटा कथा निकै घोचकखालको छ। कथाअनुसार आफ्नो पोखरीमा आनन्दपूर्वक जीवन बिताइरहेका थिए भ्यागुता। तर अति जान्ने-सुन्ने (अजासु) भ्यागुताले अनुभव गरे- नयाँ राजा र विधान नभई कसरी अनुशासन कायम हुन्छ?
अजासुहरूले वृहस्पतिसँग एक जना राजा मागे। भ्यागुताको ट्वार्रट्वार्र सुन्न नसकेर वृहस्पतिले एउटा ठूलो मुढो पोखरीमा फ्याँकिदिए, लौ यही हो तिमीहरूको राजा भन्दै। मुढाको आकार र पानीको छचल्काइबाट त्रसित भ्यागुता केही दिन अनुशासित भएर बसे। राजा पाएकोमा दंगदास अजासुहरू पनि शासित हुनुको आनन्द भोग्दै बसे। तर, नयाँ राजा त मुढो रहेछ भन्ने थाहा पाएपछि अजासुहरूले साँच्चैको राजा माग गरे, शासन गर्ने शासक माग्न थाले। ट्वार्रट्वार्र सुन्न नसकेर वृहस्पतिले रिसाएर यामानको बकुल्ला पठाइदिए शासन गर्ने राजाका रूपमा। पोखरीमा पाइला टेक्नासाथ बकुल्लाले भटाभट भ्यागुता सिकार गर्दै शासन गर्न थालिहाल्यो। अन्ततः मुर्ख्याइँको पछुतो गर्न पनि कुनै भ्यागुता बाँकी रहेन।
नेपालका अधिकांश राजनीतिक दलमा पनि तिनै अजासु भ्यागुते प्रवृत्ति छ। तिनलाई एक थान राजा नभई भा'छैन। नेपाल हिन्दू अधिराज्यबाट लोकतान्त्रिक गणराज्य भइसकेको छ, दलहरू पनि गणतन्त्रवादी भइसकेका छन्, कम्तीमा पनि विधान र दस्तावेजमा। तर लतारिएर गणतन्त्रवादी भएका दलका नेताहरूको मनमस्तिष्कमा भने राजाको ठाउँ समाप्त भएको रहेनछ। उनीहरू दिनदिनै राष्ट्रपति रामवरण यादवको आवासीय कार्यालय धाउँदैछन्, उनलाई नयाँ राजा बनाउन। वंशानुगत राजतन्त्रको अन्त्यसँगै जनताका छोरा राष्ट्राध्यक्ष हुने क्रममा राष्ट्रपतिको कुर्सीमा बसेका यादवको शीरमा मुकुट लगाइमाग्न अनुनय-विनय गर्ने सिलसिला जारी छ। राष्ट्रपति यादवलाई नयाँ राजा बनाउन उक्साउने क्रममा आलंकारिक राष्ट्रपतिबाट कार्यकारी राष्ट्रपति बनाउने अनि बकुल्ला शैलीको शासन चलाउन लगाउने कसरत तेज र सघन हुँदैछ।
राष्ट्रपतिका लक्ष्मण रेखा
राष्ट्रपति यादवलाई नयाँ राजाका रूपमा श्रीपेचले सुशोभित गर्न तम्सिएका दलहरूलाई नेपालका प्रथम राष्ट्रपति यादव मन्त्रिपरिषद्को सिफारिसमा बाहेक अन्य कुनै स्वविवेकीय अधिकार प्रयोग गर्न नपाउने राष्ट्राध्यक्ष हुन् भन्ने राम्ररी थाहा छ। अन्तरिम संविधानअनुसार आलंकारिक राष्ट्रपतिसँग कुनै कार्यकारी अधिकार छैन, कार्यकारी अधिकार भएको मन्त्रिपरिषद्को सिफारिसमा हस्ताक्षर गर्नेबाहेक उनको कुनै भूमिका हुँदैन। नेपाली सेनाका सर्वोच्च परमाधिपति राष्ट्रपतिलाई बनाइनुको अर्थ पनि कुनै कार्यकारी अधिकार सुम्पिएको होइन। उनले प्रधान सेनापतिको नियुक्ति पनि मन्त्रिपरिषद्को सिफारिसमा गर्ने व्यवस्था छ। हो, उनलाई संविधानका संरक्षक र पालकको कर्तव्य दिएर सम्मान गरिएको छ। यही कर्तव्य पनि स्वविवेकका आधारमा होइन, संविधानअनुसारै पालना हुने हो। अन्तरिम संविधानले मात्रै होइन, सर्वोच्च अदालतको व्याख्याले पनि उनलाई अरू कार्यकारी अधिकार भएका संवैधानिक निकायको सिफारिसमा मात्रै क्रियाशील हुनुपर्ने गरी सीमा तोकेको छ।
राष्ट्रपति यादव विवादमा तानिएका तत्कालीन सेनापति रुक्मांगद कटवाल प्रकरणमा सर्वाेच्च अदालतको आदेश पल्टाएर हेर्ने फुर्सद भए राजनीतिक दल र तिनका नेतालाई हेक्का हुनेछ : राष्ट्रपतिले आफूमा निहित अधिकार पनि आफूखुसी प्रयोग गर्न पाउँदैन। स्पष्ट शब्दमा फैसलाको आदेशमा लेखिएको छ- 'राष्ट्रपतिमा निहित रहेका अधिकारहरूको प्रयोग गर्दा राष्ट्रपतिले मन्त्रिपरिषद्, संवैधानिक परिषद् वा प्रधान मन्त्री, सभामुखको सिफारिसमा गर्नेगरी संवैधानिक व्यवस्था गरिएको छ। राष्ट्रपतिबाट प्रयोग हुने अधिकार निरपेक्ष नभई अन्य निकाय वा पदाधिकारीबाट भएको निर्णयका आधारमा अन्तिम उद्घोषण गर्नेसम्ममा सीमित छ।'
यस फैसलाको एउटा तात्कालिक अर्थ- तत्कालीन प्रधान मन्त्री पुष्पकमल दाहालले सेनापति रुक्मांगद कटवालको बर्खास्त गर्ने निर्णयको बोधार्थ नपठाएर सिफारिस गरेको भए राष्ट्रपति यादव अनुमोदन गर्न बाध्य हुन्थे भन्ने हो। यसको अर्को अर्थ- उनले बोधार्थलाई रछ्यानमा फ्याँक्दै मन्त्रिपरिषद्को निर्णयलाई बदर गर्नु र कटवाललाई रातारात थमौतीको आदेश दिनेजस्तो स्वविवेकीय अधिकार प्रयोग गर्नु पनि वैधानिक र वैध थिएन भन्ने पनि हो। उनले हामी लेखक-पत्रकारसँगको भेटमा सिफारिस गरिएको भए आफू कटवाललाई बर्खास्त गर्न बाध्य हुने तथ्य घुमाउरो पारामा स्वीकारेका थिए। त्यतिखेर माओवादी सत्ता कब्जाको हाउगुजीले भरिएको परिस्थितिमा स्वीकार्ने थिए कि थिएनन्, अनुमान गर्न गाह्रो छ। त्यस दुःखद् प्रकरणले असहमति र द्वन्द्वको खाल्डोतिर धकेलेको नेपाली राजनीति सम्हालिनै नपाई पुनः त्यतैतिर धकेलिन थालेको छ। र, राष्ट्रपति यादवलाई कटवाल प्रकरणमै जस्तो मोहोरा बनाउने तथा उनीमार्फत् बाबुराम भट्टराई सरकारको बर्खास्त गर्नुपर्ने र वार्षिक बजेट सार्वजनिक गर्न नदिने विषयलाई सत्ता प्राप्तिको राजनीतिक मुद्दा बनाइएको छ।
सरकार विरोधमा उत्रने र सत्ता शक्ति प्राप्त गर्ने धूनमा विपक्षी राजनीतिक दलहरूले राष्ट्रपति यादवलाई संविधानको लक्ष्मण रेखाभन्दा बाहिर आउन, नयाँ राजा हुन र सिंहासनमा आरुढ हुन हौस्याउँदैछन्। दिनरात शीतल निवास धाएर ती दलका नेताहरूले संविधानका संरक्षक र पालकका हैसियतसहित सरकारलाई बर्खास्त गर्दै 'राजनीतिक गतिरोधको निकास निकाल्न' उक्साउँदैछन्। उनले हामी लेखक पत्रकारलाई असार १५ गते शीतल निवास बोलाएर नेपाली कांग्रेस र एमालेलगायत् दलहरूले उक्साउन खोजिरहेको तथ्य स्वीकारेका थिए। संविधानका संरक्षक र पालकको दायित्व पूरा गराउने नाममा जारी यस्तो उक्साहटले उनको मनमा पनि नयाँ राजा हुने महत्वाकांक्षा पलाउने र उनले त्यही महत्वाकांक्षाबाट वशीभूत भई असंवैधानिक कदम चाल्ने डर त छ। यस्तै, उनी बजेट विवादको निहुँमा वा संविधान सभाको निर्वाचन असफलताको बहानामा सरकारको राजीनामा माग्ने मनःस्थितिमा पुग्न सक्छन्।
इतिहासको पाठ
हुन त सत्ताशक्तिका लागि जे/जस्तो सम्झौता पनि गर्ने राजनीतिक दलका नेतामा इतिहासको स्मृति र आफ्नै गल्तीको अनुभूति निकै कम रहेछ। सात सालको परिवर्तनको क्रममा घोषित संविधान सभाको चुनाव नगर्ने, पन्ध्र सालमा आयोगबाट शाही संविधान बनाउने र त्यसकै त्यान्द्रो समातेर सत्र सालमा जननिर्वाचित सरकारलाई बर्खास्त गर्ने राजतन्त्रसँगको व्यवहारमा राजनीतिक दलहरूले सम्झौतावादी प्रवृत्ति देखाउँदै आए। त्यही सम्झौतावादी प्रवृत्तिकै पुनरावृत्तिका कारण २०४६ को जनआन्दोलनपछि राजतन्त्रलाई वैधानिकताभित्र बाँध्ने संविधान र संयन्त्रको निर्माणमा मात्रै होइन, संस्कृति सिर्जनामा पनि सोचाइ, विमर्श र अग्रसरता देखिएन। अझ त्यसको उल्टो, उनीहरू आफैँले पनि राजतन्त्रलाई संविधानको लक्ष्मणरेखाभन्दा बाहिर निस्कन, संवैधानिक राजतन्त्रको सट्टा अर्धसंवैधानिक राजतन्त्रको अभ्यास गर्न एवं अन्ततः २०४७ को संविधान, संविधानतः निर्वाचित सदन र सरकारसँगै संसदीय प्रजातन्त्रै मास्न प्रेरित गरेको इतिहास बिर्सन सकिँदैन। संविधानतः संवैधानिक राजतन्त्र स्वीकारेका राजा वीरेन्द्रलाई अर्ध-अर्ध-संवैधानिक राजतन्त्र अभ्यास गर्न प्रेरित गरिएको एक उदाहरण नयाँ राजतन्त्र निर्माणको प्रयासका सन्दर्भमा स्मरणीय छ।
विसं २०४८ सालमा संसद्को निर्वाचनबाट बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारविरुद्ध नेपाली कांग्रेसकै महामन्त्री महेन्द्रनारायण निधिसँगै एमालेका अध्यक्ष मनमोहन अधिकारीले राजा वीरेन्द्रसामु निवेदन हालेका थिए। सिंहदरबारमा रहेको संसद्लाई बेवास्ता गर्दै नारायणहिटी दरबार धाएर सरकार गिराउन खोज्ने क्रममा राजा वीरेन्द्रलाई अर्धसंवैधानिक राजतन्त्र अभ्यास गर्ने वातावरण बन्न थाल्यो। हुन त दल र दलका नेताहरूले अर्धसंवैधानिक राजतन्त्रका लागि पहिलो परीक्षा दिएकाले उनले दरबार गुहार्ने संसद्वादी नेताहरूलाई नै संसदीय बाटो देखाइदिए। सत्तापक्षका महामन्त्री तथा विपक्षका अध्यक्ष र संसदीय दलका नेताको गुहारका आधारमा सरकारले बहुमतको विश्वास गुमाएको ठहर गर्दै उनले गिरिजाप्रसादलाई प्रधान मन्त्रीबाट बर्खास्त गर्ने अर्धसंवैधानिक राजतन्त्रको अभ्यास थालिहालेनन्।
सहमतिमा बाधा हटाऊ
सत्ताशक्तिका लागि दरबार गुहार्ने र राजाहरूलाई अर्धसंवैधानिक राजतन्त्रको अभ्यास गर्दा मौन बस्ने सम्झौतावादी प्रवृत्तिकै मलजलबीच ज्ञानेन्द्र शाहको निरंकुशता थोपरिएको हो। हुन त जनआन्दोलनबाट सत्ताच्युत भएका पूर्व राजा शाहले फेरि पनि श्रीपेच पाउने अपेक्षाका साथ क्रियाशीलता बढाउँदैछन्। यही बेला जननिर्वाचित राष्ट्रपति यादवलाई पनि नयाँ राजा बनाउने कसरत पनि जारी छ। उनी आफैं पनि बाबुराम भट्टराईको सरकारलाई 'कामचलाउ' ठहर गर्दै गतिरोधको निकास खोज्ने नाममा सक्रिय हुँदैछन्। व्यवस्थापिका संसद् भंग भइसकेको स्थितिमा सरकार कामचलाउ हुने आफ्नो एकलौटी निर्णयको फेरो समातेर राजनीतिक र कानुनी संघर्ष सुरु भएमा उनी आफैं पनि बर्खास्त हुन सक्छन् भन्ने हेक्का उनले गरेका छैनन्। व्यवस्थापिका संसद्बाट निर्वाचित सभामुख पदच्युत हुने, सरकार कामचलाउ हुने अनि राष्ट्रपति मात्रै पदासीन रहने र कार्यकारी अधिकारले सम्पन्न हुने प्रावधान संविधानमा कतै कोरिएको छैन भन्ने तथ्य उनले र उनलाई क्रियाशील बन्न उक्साउने नेताहरूले कसरी बिर्सेका होलान्?
हुन त २०४७ सालको संविधानमा राजालाई दिइएको संवैधानिक बाधा अड्काउ फुकाउने अधिकार अन्तरिम संविधानमा राष्ट्रपतिलाई पनि दिइएको छ। यही प्रावधानका आधारमा यादव क्रियाशील हुने हो भने पनि उनले कुनै एक पक्षको पोषण गर्दै जननिर्वाचित सरकारको तेजोबध गर्नु र उसलाई पदच्युत गर्नु महागल्ती हुन्छ। किनभने जुनसुकैखालको राजनीतिक निकास निकाल्ने उद्देश्यका साथ संवैधानिक बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गर्न पनि मन्त्रिपरिषद्कै सिफारिस अत्यावश्यक छ। मन्त्रिपरिषद्को सिफारिसबिना एक पाइला पनि चाल्न नसक्ने राष्ट्रपतिले संवैधानिक बाधा अड्काउ फुकाउने नाममा सक्रियता देखाए भने द्वैध सत्ताको अभ्यास सुरु हुन्छ। यतिखेर मुलुकलाई अनन्त द्वन्द्वतिर धकेल्ने द्वैधसत्ताको अभ्यास होइन, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गर्दै संविधान सभाको पुनःनिर्वाचन सुगम पार्ने वा संविधान सभाको पुनःस्थापना गर्ने काम गर्नु बुद्धिमानीपूर्ण लोकतान्त्रिक अभ्यास हुनसक्छ। विसं २०१७ सालको सत्तापलट वा २०५९ को काण्ड वा २०६१ को शाही सैनिक शासनको नयाँ रुपरंगको पुनरावृत्ति र नयाँ राजाको स्थापनाले देशलाई दशकौंदशकसम्म पश्चगामी खाडलमा धकेल्ने चेतना राष्ट्रपति यादवमा पनि छ। त्यो चेत अब व्यवहारमा लागु हुनु जरुरी छ।