केही अघिमात्र एनेकपा (माओवादी) बाट अलग्गिएर नयाँ दल खोलेका मोहन वैद्य (किरण) केही पदाधिकारीसहित माउ पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न गए। गत साताको माओवादीसम्बन्धी यस समाचारले राजनीतिमा रुचि सबैको ध्यान तानेको थियो।
अझ त्यस भेटमा पार्टी एकताका सम्बन्धमा समेत चर्चा भएको समाचारले त सबैलाई चकित तुल्याएको थियो। सैद्धान्तिक मतभेदको विषय उठाएर अलग भएलगत्तै एकताको प्रसंग उठ्नु आफैँमा अनौठो हो।
पार्टी फुट्नु अघिसम्म वैद्य पक्षले प्रचण्डलाई सम्झौतापरस्त र समर्पणवादी भएको, 'जनसेना'लाई आत्मसर्मण गर्न लगाएको जस्ता आरोप लगाएको थियो। प्रचण्डलाई 'जनयुद्ध'को मर्मविपरीत संसदीय दलहरूसँग सम्झौता गर्दै हिडेको आरोप तिनले लगाउँदै आएका थिए। वैद्य समूहले संस्थापन पक्षमाथि एकपछि अर्को आरोप लगाउँदै दाहाललाई गद्दारसम्म भन्न भ्याएको थियो।
त्यसो त दाहाललाई पार्टीको सिद्धान्त तथा 'जनयुद्ध'को भावनाविपरीत आत्मसमर्पण गर्दैहिडेको भन्ने वैद्यमाथि पनि त्यस्तै आरोप नलागेको चाहिँ होइन। अझ माओवादीभित्र त्यतिबेला वैद्यको नेतृत्वमा देखिएको विद्रोहको योजनाकार भने अरू नै भएको आरोप स्वयं पार्टी वृत्तबाटै लाग्दैआएको थियो। वैयक्तिक स्वार्थ पूर्ती गर्न नसकेकाहरूले वैद्यलाई माध्यम बनाएको आरोप पनि लागेको छ। त्यही आरोपप्रत्यारोपबीच मेलमिलापका सम्भावना सकिएपछि पार्टी फुटेको थियो।
लडाइँका लागि मानिसले निकै ठूलो तयारी गर्छ। लडाइँमा आफ्नो सम्पूर्ण क्षमतासहित ज्यानको बाजी लगाउँछ। त्यहीअनुसार लडाइँमा जित हासिल पनि गर्छ। जितेपछि बल्ल थाहा हुन्छ वास्तविक लडाइँ त बाँकी नै रहेछ। किनभने हार अथवा जित जे भए पनि लडाइँपछिको चुनौती झनै ठूलो हुनेगर्छ।
माओवादी पार्टीमा लडाइँको नेतृत्व प्रचण्डले होइन वैद्यले गरेका थिए अथवा उनलाई त्यो जिम्मेवारी सुम्पिइएको थियो। पार्टी फोर्ने धम्कीसहित वैद्य पक्षले राखेका सम्पूर्ण माग पूरा गर्न राष्ट्रिय मूलधारमा आइसकेको सबैभन्दा ठूलो दलको नेताका लागि सम्भव पनि थिएन। दस वर्षको युद्धमा होमिएको पार्टीलाई विभिन्न सहमति र सम्झौतासहित राष्ट्रिय राजनीतिको मूलधारमा मिसाउन सबैभन्दा पहिले त युद्धको मानसिकतामा परिवर्तन ल्याउनुपर्छ।
त्यस अवस्थामा प्रचण्डको मूल चुनौती पार्टीभित्र र राष्ट्रिय राजनीतिबाट आउने चुनौतीलाई मिलाएर लैजानु थियो। एकातर्फ उनलाई ठूलो दलको नेताका रूपमा पनि राष्ट्रलाई निकास दिने ऐतिहासिक जिम्मेवारी आएको थियो। अर्कोतर्फ त्यस जिम्मेवारी वहन गर्नका लागि उनी पुरानो मान्यताअनुरूप चल्न पनि सक्तैन थिए भने पार्टीलाई त्यस ऐतिहासिक उपलब्धिसम्म पुर्यापउने विद्रोहको महŒवलाई उपेक्षा गर्ने स्थितिमा उनी थिएनन् पनि।
विरोधको राजनीतिमै रमाइरहेका वैद्यका सामु भने त्यस किसिमको चुनौती थिएन। दस वर्षे हिंसात्मक विद्रोहको आत्मा जगाउन तल्लीन वैद्य पक्षका लागि राष्ट्रिय राजनीतिको मागअनुसार अगाडि बढ्ने चुनौतीको खासै महत्व पनि थिएन। उनी पार्टीलाई आफ्नो मागअनुसार हिडाउँने अथवा त्यसलाई फुटाउने जस्ता स्पष्ट बाटो रोजेर प्रचण्डलाई चुनौती दिन तम्सिएका थिए। पार्टी फुट्ने स्थिति आएमा पनि त्यसको जिम्मेवारी दाहालमाथि थोपर्न वैद्यलाई सजिलो थियो र त्यसै भयो पनि।
पार्टी फुटाउँदैमा वैद्यको काम सकिएको भने छैन। नयाँ पार्टीको नेतृत्व पाउनु र नेतृत्व गर्नु दुई बेग्लाबेग्लै विषय हुन्। आफ्नो माउ पार्टीलाई फुटाएर बनाएको दलको नेतृत्व पाउँदासम्म वैद्यलाई रमाइलै लागेको थियो होला तर जब नेतृत्व गर्नुपर्ने भयो अनि उनलाई त्यति सहज भएन। हिजोसम्म दोष दिनका लागि वैद्यका लागि दाहाल थिए। अब सम्पूर्ण जिम्मेवारी आफैँले सम्हाल्नु परेको छ। उनी जसरी ४-५ जनाको फौज लिएर जाने गर्छन् त्यसले पनि पार्टीमा उनको पकड कमजोर रहेको स्थितिको संकेत गर्छ।
विसं २०४० को दशकमा पार्टी नेतृत्व गरेको अनुभव वैद्यसँग छ। किन्तु, उतिबेला अहिलेजस्तो कठिन स्थिति भने थिएन। नेताको हरेक कार्यकर्तासँग सोझो सम्पर्क नहुने भएकाले सानो समूहले गर्ने निर्णय एकबाट अर्को हुनै कार्यकर्तासम्म पुग्ने गर्थ्यो। आफ्नै दलबाट हुने अहिलेको जस्तो विरोधको सामना पनि गर्न पर्दैनथ्यो। अहिलेको स्थिति पनि त्यस्तै भएको भए माओवादी पार्टी फुट्ने स्थितिसमेत आउने थिएन। त्यसैले खुला वातावरणमा पार्टीलाई एक बनाएर लैजाने जिम्मेवारी बाहिरबाट देखिएभन्दा निकै चुनौतीपूर्ण हुँदो रहेछ भन्ने तथ्य अब स्वयं वैद्यले नै अनुभव गरेको हुनुपर्छ।
वैद्य स्वयं अब गाली गर्ने स्थानबाट गाली खानेमा पुगेका छन्। त्यस अर्थमा पार्टीभित्र लगभग दाहालको स्थिति अब वैद्यले भोग्नुपर्ने हुन्छ। माउ पार्टीमा रहेर संस्थापन पक्षको विरोध गर्दासम्म देखिएको एकतालाई जोगाउने चुनौतीलाई वैद्यले अनुभव गर्न थालेको हुनुपर्छ। अलग पार्टीको रूप प्राप्त भइसकेपछि हरेकका स्वार्थ एकापसमा ठोकिने स्थिति आउनेछ। त्यतिबेला वैद्यले पार्टी नेतृत्व लिँदाको वास्तविक चुनौती पनि आत्मसात गर्नु पर्नेछ।
अब पार्टीलाई राष्ट्रिय राजनीतिको महत्वपूर्ण भाग बनाउने चुनौती पनि वैद्यकै काँधमा छ। उनीहरूको दलमा छापामार युद्ध गर्ने चर्चा भइरहेको छ। अहिले छापामार युद्ध थालिहाल्न सक्ने स्थिति नभएको तथ्यलाई त्यस पार्टीमा पनि सबैले बुझेकै हुनुपर्छ। अहिलेसम्म एउटा समूहका कार्यकर्ताको समर्थनका लागि नाराका रूपमा अगाडि सार्दै आएको विद्रोहको वातावरण वास्तविक धरातलमा भने नरहेको तथ्य सोझै स्वीकार गर्नसक्ने स्थिति भने छैन। यस अप्ठेरोलाई वैद्य पक्षले क्रमशः बुझ्दै जानेछ। वैद्य स्वयंमा कुनै स्वार्थ नभए पनि उनलाई त्यहाँसम्म पुर्याकउनेहरूको एजेन्डा खुला हुनथालेपछिको स्थिति पार्टीका लागि झनै चुनौती पूर्ण हुनेछ।
दाहालमाथि दोष थोपरेर पार्टी फुटाउनेसम्मको यात्रा त वैद्यले पार गरिसकेका छन्। यसका लागि उनी र उनलाई साथ दिनेहरूले ठूलै कसरत पनि गरेका थिए। तर लडाइँमा आफ्नो जित भए पनि त्यसपछिको चुनौतीको सामना गर्न वैद्य तयार छन् छैनन् भन्ने चाहिँ अब स्पष्ट हुँदैजानेछ।