माओवादीद्वारा सञ्चालित दश वर्षे जनयुद्ध टुङ्गिन लागेको समयमा पुनः हातहतियार साँध लगाउने काम थालिएका संकेत देखिन थालेका छन्।
प्राप्त संकेत विश्लेषण गर्ने हो भने प्रष्टसँग तीनथरि व्यक्ति यसमा लागेको पाइन्छ। ती हुन् सानातिना आपराधिक समूह, जो राजनीतिक मुकुट लगाएर स्थानीय स्तरमा डर, त्रास र भयको वातावरण बनाउँदै पैसा कमाउन थालेका छन्। राजनीतिक पार्टीबाट छुट्टिएका अतिवादी उग्रपन्थीका गुट/उपगुट, जो पूर्व पार्टीलाई दक्षिण वा वामपन्थीको आरोप लगाउँदै संगठित हुँदैछन्। विभिन्न जातजाति तथा समूह, जो आफ्नो आफ्नो स्वार्थ संरक्षणका निमित्त हतियार अपरिहार्य हुन्छ भन्ने ठान्न थालेका छन्।
संविधान बनाउने कार्यको अन्तिम घडीमा आएर प्रक्रिया नै तुहाउनुपर्ने अवस्था आउनुका पछाडि जातीय द्वन्द्व सुरु होला भन्ने भयका कारणले हो भन्ने थुप्रे बौद्धिक व्यक्ति छन्। विभिन्न स्थानमा सञ्चालित आन्दोलन तथा चक्काजाम जस्ता घटना र संविधान सभा वरपर देखिन थालेका रमिते प्रदर्शनका कारण जात-जातबीचको सुमधुर सम्बन्ध खलबलिन थालेकाले अन्तिम हतियारका रुपमा संविधान सभा विघटन घोषणा गरिएको हो भन्ने यिनीहरूको भनाई छ। षडयन्त्रको भूतले सधैं ग्रस्त पार्ने हाम्रा थुप्रै विचारकको सोचाईमा भने यी प्रदर्शन संविधान नबनाउन रचिएका नाटक हुन् भन्ने परेको छ। लम्बिँदै गएको शान्ति प्रक्रिया र त्यसको फलस्वरुप बढ्दै गएको संक्रमणकालको प्रमुख उपज भनेको कमजोर सरकार हो। २०६२/०६३ पछि बनेका सरकारहरू सबैले जनतालाई सुरक्षा दिने आधारभूत कार्यमा सफलता पाउन सकेनन्, जसले गर्दा मुलुकभित्रै बसेका नेपाली आफन्तको खोजीमा लागेको पाइन्छ। यो प्रयासमा राजनीतिक दल निरीह सावित भए। तिनले जनभावना समेटेर मुलुकका अगाडि उभिएका चुनौती सामना गर्नुको साटो सत्ताको खेलमा नै आफ्नो कार्यलाई सीमित तुल्याए। जसले गर्दा जातीय शासन खोज्ने चाहनाले इन्धन प्राप्त गर्योआ।
अर्कोतर्फ मुलुकमा जनचेतनाको लहर बढेको बढ्यै छ। व्यापक सरकारी संयन्त्रमा आफ्नो जातीय प्रतिनिधित्व भएको भए स्थिति फरक हुने थियो भन्ने विश्वास सबै जातजातिमा बढ्न थालेको छ। अनि, मुलुकमा समस्याको समाधान हिंसाबाट मात्र सम्भव छ भन्ने संस्कृतिले त जग बसाली नै सकेको छ। यो सन्दर्भमा हतियार उठाउनु कठिन हुने कुरै भएन।
मुलुकमा बढ्दै गएको जातिगत आन्दोलनलाई विदेशी चलखेलका रुपमा प्रस्तुत गर्ने बुद्धिजीवीहरूको जमात पनि ठूलै छ। उनीहरूको नजरमा समस्त विश्व हाम्रा शत्रु हुन किनकि विश्व समुदाय हामीलाई शान्तिपूर्ण तरिकाले बाँचेको देख्न चाहँदैनन्। तराई मधेस आन्दोलनलाई उनीहरूले भारतले नेपालको सिक्किमीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको व्याख्या गरे। कसैकसैले त यसलाई चिलाई 'इन सर्कल' गर्न पश्चिमी राष्ट्रहरूले सञ्चालन गरेको ग्रयाण्ड डिजाइनको एउटा पाटो पनि ठानेका छन्। तिनको आँखामा जनजातिद्वारा सञ्चालित आन्दोलन पनि त्यसैको उपज हो।
हाम्रो समाज 'ख्याक' को खोजमा परापूर्वकालदेखि नै ब्यस्त भएकाले होला, हामी सँधै अदृष्य शक्तिको खोजमा लागिपर्छौँ। जसले गर्दा समस्याको जरोमा पुग्ने चेष्टा गर्नुको साटो सतही भएर निष्कर्ष निकाल्छौँ। आफ्नो दोष ढाकछोप गर्न औँला अर्कोतर्फ सोझाउने गर्छौँ। यो हाम्रो एतिहासिक परम्परा नै हो। बढ्दो जातीयताको सवालमा पनि हामी त्यही परम्परा कायम गर्दैछौँ।
तर, विदेशीले उक्साएको हुनाले मुलुकमा कलह बढन थालेको ठान्ने ज्योतिषीहरूले कहिले पनि आफ्नो अभिव्यक्तिको प्रभाव समाजमा पर्छ भन्नेबारे सोचेका हुँदैनन्। वास्तवमा अर्काको बहमा बहकिनेलाई कसैले पनि विवेकशील मान्दैनन्। यस अर्थमा प्रश्न उठ्छ के तराई मधेसवादी र जनजाति तथा दलित र पिछडिएको समुदाय त्यति कमजोर छन् होला कि उनीहरू अरुले उक्साउँदासाथ उकासिइहालून? विदेशीले पैसाको खोलो बगाएर उनीहरूलाई उचालेका हुन् भन्नेहरूले पैसा कताबाट आयो, किन आयो, कसरी आयो, कसकसले भेट्टाए भन्न सक्दैनन्। कुनै पनि सरकारले आजको जमानामा जथाभावी पैसा छर्न सक्दैन। उनीहरूको मुलुकको कानुनले जनताको पैसा कति उठ्यो र त्यो के/के कार्यमा खर्च भयो भन्ने हिसाब देखाउनुपर्ने हुन्छ। तापनि प्रश्न के हो भने के त हाम्रो मुलुकको जातीय नारासँग सम्बन्धित सबै नेता तथा बौद्धिक वर्ग बिकाउ छन् त? अनि त्यसरी विकेकाहरूका पछाडि लागेर हिँड्ने स्तरको चेतना हाम्रो समुदायमा छ? छोटकरीमा भन्दा यस्तो तर्कले आन्दोलनकारीको अपमान गरेको छ। जो कोही पनि स्वावलम्बी मानिस अपमानित भएपछि स्वतः उग्र हुन पुग्छ। समुच्च समुदायलाई यस प्रकार अपमानित गर्ने अधिकार कसैसँग पनि छैन र हुनु पनि हुँदैन। यत्रो मुलुकको सम्पूर्ण विकास बजेट विदेशीको सहयोगमा सञ्चालन हुने गर्छ। त्यही मुलुकका कुनै जातिको उत्थानका निमित्त कसैले सहयोग दियो भने त्यसलाई लाच्छना लगाउनु भनेको आफ्नो आङको भैंसी नदेख्ने, अर्काको कपालको जुम्रा देख्ने प्रवृत्ति हो। यसले समस्या समाधानभन्दा त्यसलाई चर्काउन मद्दत पुर्याउँछ। अर्को महत्वपूर्ण पाटो भनेको किन विदेशी हामीलाई अशान्त, अराजकता र असफल राष्ट्र भएको देख्न चाहन्छन् भन्ने हो। हाम्रो परम्परा नै भइसकेको छ कि कुनै पनि समस्या समाधान गर्न कठिन भयो भने कि 'भगवान' को कृपा भनेर आकास ताक्ने होइन भने विदेशीको चलखेलका कारण भनेर अर्काको थाप्लोमा दोष थुपार्ने। प्रबुद्ध कहलिएको बौद्विक समाजका प्रतिष्ठित व्यक्तिहरूकै कुरालाई आधार मान्ने हो भने त लाग्छ- समस्त विश्व नै हामीविरुद्व लागिपरेको छ। उनीहरू जसरी भए पनि हाम्रो मुलुकलाई तहसनहस पारेर असफल राष्ट्र भनाउन चाहन्छन्। यो प्रक्रियामा हामी पहिले छिमेकी राष्ट्र भारततर्फ इंगित गर्ने गर्थ्यौँ । त्यसपछि अमेरिका अनि चीन। अबचाहिँ हामीलाई सहयोग गर्ने सबै मुलुकलाई यसमा मुछ्न थालेका छौँ। प्रचलित धारणालाई आधार मान्ने हो भने हामीलाई सहयोग गर्ने सबै राष्ट्र हुन वा संस्था तिनीहरूको एउटै स्वार्थ छ यो देशलाई विनाश गर्ने। विडम्बना नै हो शक्तिमा बसुन्जेल कुनै पनि जिम्मेवार व्यक्तिले यस्तो धारणा व्यक्त गरेको सुनिँदैन। हामीलाई कसैको सहयोग चाहिँदैन भन्ने हिम्मत गरेको उदहारण पाउने कुरै भएन। विदेश जाने भनेर पछि काठमाडौँबाट उड्ने जुनसुकै हवाइजहाज चढ्न आतुर नहुने भने कोही भेटिन्न। सर्सर्ती हेर्दा हामी अस्थिर हुँदा हुने बेफाइदा थुप्रै छन्। हाम्रो मुलुकमा हुने कुनै पनि मानवनिर्मित संकटहरूको पहिलो मार भारतले भोग्नुपर्छ। उसले कुन स्वार्थका कारण हाम्रो हितविरुद्व लाग्ने? आजको विश्व सन् ७० अघिको विश्व होइन भन्ने तथ्य भारतीय संस्थापन पक्षलाई राम्रोसँग थाहा हुनुपर्छ। सिक्किमीकरण आजको विश्वमा सम्भव पनि छैन। न त हाम्रो अवस्थिति नै सिक्किमीकरणको जस्तो छ। भारतले छिमेकी मुलुकमा हस्तक्षेप गरे के/कस्तो समस्या झेल्नुपर्छ भन्ने पाठ उसको 'श्रीलंका फियस्को' बाट राम्रैसँग सिकेको छ। आखिर तमिलहरूकै अनुरोधमा तमिलहरूको रक्षार्थ गएको भारतीय फौज उनीहरूसँगै लड्न बाध्य भयो। राजीव गान्धीको हत्यासमेत तिनकै हातबाट हुन पुग्यो। भारतीय परराष्ट्र नीति निर्माताहरू श्रीलंकाबाट सिकेको पाठ चाँडै बिर्सेर आएको मामिलामा सितिमिति फस्नेवाला छैनन्।
धेरैजसो राष्ट्र विदेश घुम्न गएका पर्यटक हुन् अथवा आफ्नै भूमिमा कार्यरत् नागरिक मारिएलान् भन्ने चिन्तामा हुन्छन्। असफल राष्ट्रमा हुने आतंकको मारमा पर्नुपर्ला भन्ने डरमा बाँचेका हुन्छन् धनी राष्ट्र। असफल राष्ट्रबाट आउने शरणार्थीको पालनपोषणमा तिनका जनताले तिरेको तिरो खर्चनुपर्ने बाध्यात्मक परिस्थितिको विकल्पमा सहयोग गरेर उन्नति पक्ष्मा लागून् भन्ने उनीहरूको धारणा हुने गर्छ।
जहाँसम्म चीनलाई 'इन सर्कल' गर्ने पश्चिमी राष्ट्रहरूको उदेश्यअनुरुप हामीलाई असफल राष्ट्र बनाउन उनीहरू तत्लीन छन् भन्ने तर्क दिइन्छ, त्यसको पनि कुनै आधार भेटिन्न। 'इन सर्कल' गर्न खोजेका नै हुन् भने पनि समृद्धशाली नेपालले मात्र त्यो उद्देश्य प्राप्त गर्न सहयोग गर्न सक्छ। वास्तविकता बेग्लै छ। 'इन सर्कल' हुँला भन्ने कुरासँग चीन बहुतै संवेदनशील छ। त्यस प्रयोजनका निमित्त हाम्रो उपयोगिता न्युन छ।
चार दशक लामो अवधिमा चीन चितुवाको गतिमा आर्थिक उन्नति गर्न सफल भएको छ। अनि भारत पनि दुई दशकदेखि हात्तीको लस्काईमा अगाडि बढ्न थालिसकेको छ। दुःखको कुरा उनीहरूको उन्नतिको प्रभाव हामीमा नपर्नु हो। किनकि आजको विश्वमा छिमेकीको उन्नतिले प्रभाव नपरेका थोरै मुलुकमात्र छन्। उदाहरणका निमित्त क्युबा र टीहीटीलाई लिने गरिन्छ। जो आन्तरिक कारणहरुले गर्दा छिमेकीको उन्नतिबाट प्रभावित हुन सकेनन्।
निश्चय पनि हाम्रो समस्याको जड भनेको गरिबी नै हो। गरिबीकै कारण हामीकहाँ ठूला बेरोजगार युवा शक्तिको भण्डार छ। बेरोजगारी र गरिबीले पिल्सिएका युवालाई बन्दुक बोकाएर उज्ज्वल भविष्यको सपना देखाउन त्यति कठिन परेन। साम्यवादीमात्र होइन, विश्वमा थुपै्र अरु राजनीतिक विचार बोक्नेवालादेखि लागु पदार्थको व्यापार गर्नेहरूसम्म सबै युवा पिडीलाई बन्दुक बोकाएर सफल भएका छन्। हाम्रो मुलुकमा पनि यो काम कति सजिलैसँग हुन सकेको रहेछ भन्ने प्रमाण कमरेड प्रचण्डले देखाइदिनुभएको छ। बन्दुक भिरेपछि आउने शक्तितर्फ अन्धकार भविष्य सामना गरेर बसेका युवा छिटै आकर्षित भइ नै हाल्छन्। झन्, दण्डहीनता फस्टाएको समाजमा कमजोर सरकारको उपस्थितिले 'बन्दुके संस्कृति' बढ्नु कुनै अनौठो पनि होइन।
जातीय सद्भाव बिथोल्न र सविस्तार जातीय द्वन्द्वतर्फ समाज घचेट्न के/कस्ता सारतत्वले कार्य गर्छन्, त्यसको यकिन गर्नु कठिन छ। हिटलरको जर्मनीमात्र होइन, पूर्व युगोलास्भाकियादेखि श्रीलंकासम्म भएका जातीय लडाइँहरूले शिक्षित समुदायमा जातीय द्वन्द्व फैलियो भने झनै घातक हुने प्रमाण प्रस्तुत गरेका छन्। त्यस्तै आर्थिक समृद्धि भयो भने जातीय सद्भाव दिगो हुन्छ भन्नेहरूलाई सरयोगो शहरमा भएको नरसंहारले गलत प्रमाणित गरिदिएको छ। वास्तवमा जातीय दंगा हुँदैन भन्नेहरूको विश्वासमा वालकन मुलुकमा भएको नरसंहारले पनि गलत प्रमाणित गरिदिएको छ। जातीय दंगामा एउटा जातिले अर्को जातिलाई सखाप पार्ने गर्छ भन्ने मान्यतालाई पनि श्रीलंकामा भएको तमिलले तमिल विद्रोही सखाप पार्ने अभियानदेखि रुवाण्डामा हुतुले तुत्तसीभन्दा बढी हुतुकै नरसंहार गरेबाट यो पनि भ्रममात्र रहेको देखाएको छ। तर पनि एउटा सबैमा समान देखिने अवस्थाचाहिँ जातीय सद्भाव र सन्तुलन खल्बलियो भने त्यसलाई पूर्व विन्दुमा पुर्यादउन कठिन हुन्छ। यो असन्तुलन ल्याउनेहरू सधैं साना समूहमा रहेका उग्रवादी, अतिवादीहरू हुन्छन्। संहारको सबैभन्दा बढी 'भिक्टिम' चाहिँ महिला, वद्धवृद्धा र बालक हुन्छन्।
हामीकहाँ जातीयताको सवाल आर्थिक असमानतासँग भन्दा बढी अवसरहरूको असमान वितरणबाट उब्जिएको देखिन्छ। चाहे तराई मधेसका हुन् वा जनजातिका, मानव विकास क्रममा पछाडि परेका दलित वा मुसलमान समुदायका सदस्य सबै समान अवसर प्राप्तिका निमित्त संघर्षरत् भएको पाइन्छ। तर पनि स्थितिलाई ऊर्जा प्रदान गर्नेहरूका विचारमा विद्यमान जातीय असन्तुलन कसको थिचोमिचोमा भइरहेको छ? यो अहं प्रश्न बन्न पुगेको छ। उग्र हुनेहरूको नारामा त 'उनीहरूको भाषालाई राष्ट्रिय भाषा मान्ने हो भने के मेरोचाहिँ अराष्ट्रिय भाषा भन्न खोजेको?' भन्ने तर्कदेखि 'पहाडियाले तराइलाई उपनिवेश बनाए' र 'बाहुन क्षत्रीले हाम्रो शेाषण गरेका होइनन्, प्रगतिका सबै ढोका थुनेर विफल तुल्याए' भन्नेसम्म आरोप लगाएको सुनिन्छ। नेपालमा बोलिने सबै भाषा नेपालीका भाषा हुन् वा झण्डै ८० को संख्यामा रहेका यी सबै भाषा राष्ट्रिय भाषा हुँदैनन्। अथवा, आफ्नै मुलुकको जनसंख्या एउटा भागबाट अर्को भागमा बसाई सर्दा त्यसलाई उपनिवेश भनिँदैन। विकास प्रक्रियामा अपनाइएको नीतिका कारण केही सीमित व्यक्तिले धनी नेपालीको आखिरी नाम हेर्दा यिनै तथ्य प्रष्ट हुन्छ नै। तर कुनै समुदायले अर्को समुदायको उन्नतिका ढोका थुनेर असमानता बढेको होइन भन्ने जस्ता वास्तविकता बिर्सने प्रवृत्तिले द्वन्द्व निम्त्याउँछ। समाजमा कुनै समुदाय वा जातजातिले किन आन्दोलित हुनुपर्योव भन्ने तथ्यको अध्ययनबिना सतही तर्क/वितर्क कायम नै गरियो भने निश्चय पनि हतियार साँध लाउनेले ऊर्जा प्राप्त गर्छ।