'कुनै पनि पार्टीले विभाजित भएर वा त्यस्तो विभाजन थेग्न सक्षम बनेरमात्रै आफूलाई विजेता साबित गर्न सक्छ।' हुनत, यो फ्रेडरिक एंगेल्सको भनाइ होइन तर उनकै भनाइका रूपमा उद्धृत गर्ने चलन छ।
वास्तवमा एंगेल्सले सन् १८७० मा जर्मन श्रमिक आन्दोलनको सन्दर्भमा प्रकट गरेको विचार हो यो। यो मौलिक विचार नभएर उनले हेगेललाई उद्धृत गर्दै व्यक्त गरेको धारणा हो। जेहोस्, एंगेल्सले उद्धृत गरेको हेगेलको विचारले दूरदृष्टिमात्रै होइन गहन अन्तर्दृष्टि पनि दिन्छ।
वास्तवमा पार्टी विभाजनको अवसादको कुवामा डुबिरहेका नेता, कार्यकर्तासामु यस्तो अन्तर्दृष्टिले उत्साह र अवसरभन्दा बेसी चुनौती प्रस्तुत गर्छ। त्यस्तो चुनौती, जसको सामना नगर्ने हो भने अगाडि बढ्न त सकिँदै नै यथास्थितिकै चक्कर काटिरहने वा विसर्जनको बाटोमा जाने सम्भावना बढी हुन्छ। यस्तो चुनौतीको नेपथ्यमा रहेको मुख्य प्रश्न हो : विभाजनका कारकत्तव के के हुन्? ती कारकतत्व निर्माण र विस्तारमा आफ्नो योगदानको अंश कति रह्यो? ती कारकतत्वको उपचार गर्न नेतृत्व सक्षम छ कि छैन? कसरी कुनै पनि पार्टी विभाजित भएर वा त्यस्तो विभाजन थेग्न सक्षम बनेरमात्रै आफूलाई विजेता साबित गर्न सक्छ? यस चुनौतीपूर्ण प्रश्नले विभाजित पार्टीलाई बलियो बन्नेमात्रै होइन जनमुखी र रूपान्तरणकारी अभियानको विजेता बन्ने हाँक दिन्छ।
कमजोरीको निदान
यस चुनौतीको सामना गर्न सर्वप्रथम पार्टी विभाजन रोगको निदान (डाइग्नोसिस) गर्नु जरूरी हुन्छ। 'क्रान्तिकारी विचार-समूह'को नाममा संगठित वैद्य समूह विभाजित भएर नेकपा-माओवादी बनेपछि एकीकृत नेकपा (माओवादी) आत्मसमीक्षाको चरणमा छ। चार दिनसम्म चलेको पोलिटब्युरो र केन्द्रीय समितिको बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आत्मसमीक्षाकै भाकामा राजनीतिक दस्तावेज पेस गरेका थिए र विचारविमर्श पनि विगतका कामकारबाहीको समीक्षासँगै आगामी कार्यदिशातिरै प्रवृत्त भएको थियो। ती बैठकमा भएका विचारविमर्शलाई समेटेर परिमार्जन गरिएको राजनीतिक दस्ताबेज मंगलबा सातौँ विस्तारित बैठकमा प्रस्तुत गरिएको छ। पाँच हजार नेताकार्यकर्ताको ध्यानध्याउना पनि चुनबाङ बैठकको निर्णयपछिका राजनीतिक कामकारबाहीको आत्मसमीक्षासँगै शान्ति र संविधानको कार्यदिशालाई मजबुत बनाउनेमै केन्द्रित हुँदैछ।
मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा-माओवादीले उठाएका मुख्य प्रश्न हुन् : माओवादीले चुनबाङ बैठकदेखि लिएको शान्ति र संविधानको कार्यदिशा असफल भयो, पार्टीको मुख्य नेतृत्व राजनीतिकरूपमा सुधारवादी, वैचारिकरूपमा संशोधनवादी र सांस्कृतिकरूपमा सुविधाभोगी भयो, अब जनयुद्धको आधारमाथि टेकेर जनविद्रोहबाट नयाँ जनवादी राज्यसत्ता कायम गर्नुपर्छ। यस्ता प्रश्न पार्टी विभाजनका लागि जोरजाम गरिएका तर्क वा आरोपमात्रै हुन् भनी पन्छिनु सिंगो पार्टी विगतका कामकारबाहीको आत्मनिरीक्षण र परीक्षणबाट भाग्नु ठहरिन्छ। यस्ता तर्कलाई संसद्, सरकार र शान्तिपूर्ण संघर्षको अभ्यासबाट वाक्कदिक्क भएका केही क्रान्तिप्रेमी र अधीर कम्युनिस्टको कुतर्क मात्रै ठान्नु आफ्ना कमीकमजोरीबारे आत्मसमीक्षा गर्ने दायित्वबाट पन्छन खोज्नु ठहरिनेछ। उनीहरूका आरोपलाई जडसूत्रवाद र विसर्जनवादको जगबाट उठाइएको लफ्फाजी मात्रै ठहर गर्दै अगाडि बढ्नु पनि वैचारिक-राजनीतिक नेतृत्वको खुबी र क्षमताको परिचायक हुनसत्तै्कन। सिंगो पार्टी र पार्टी नेतृत्वले तिनका आरोपलाई तथ्य र तर्कका आधारमा उत्तर दिन सबैभन्दा बढी आत्मालोचक, आत्मनिरीक्षक र आत्मसमीक्षक हुनु जरूरी छ। यतिखेरको आवश्यकता हो, आफ्नो जीवन र पार्टीको व्यवहारबाटै वस्तुवादी र क्रान्तिकारी उत्तर दिनु, पार्टीको शुद्धीकरण योजनालाई टाउकोबाटै थाल्नु अनि पार्टीलाई साँच्चै नै राजनीतिक नेतृत्वदायी आन्दोलनका रूपमा स्थापित गर्नु।
सैद्धान्तीकरण नहुँदा 'ब्याकफायर'
नयाँ राजनीतिक दस्ताबेजमा प्रचण्डले शान्ति र संविधानको कार्यदिशामाथि जोड दिँदै कटवाल प्रकरणदेखि सेना समायोजनसम्ममा नेतृत्वको कमजोरी स्वीकारेका छन्। चुनबाङदेखि सिंहदरबारसम्मको 'शान्तिपूर्ण क्रान्ति'को राजनीतिक यात्रामा यस्ता कमजोरीको स्वीकारोक्तिको आफ्नै महत्व हुन्छ। पार्टी विभाजनको दुष्प्रभावबाट मुक्त हुन र नयाँ ढंगले राजनीतिक यात्रालाई अगाडि बढाउन पछिल्लो दशकको 'शान्तिपूर्ण क्रान्ति'को कठोर समीक्षा हुनु जरुरी छ। अरू धेरै कमीकमजोरीको आआफ्नो स्थान होला, तर सबैभन्दा अगाडि र प्राथमिक स्थानमा आउँछ : शान्ति र संविधानको कार्यदिशालाई सैद्धान्तीकरण गर्न नसक्नु। जनयुद्धबाट नयाँ जनवादी राज्यसत्ता कब्जा गर्ने विचार र मनःस्थितितिर एकोहोर्या्इएका नेताकार्यकर्तालाई 'शान्तिपूर्ण क्रान्ति'बाट लोकतान्त्रिक गणतन्त्रतिर डोर्यािउने उपाय थियो हुन्थ्यो - शान्ति र संविधानको कार्यदिशालाई सैद्धान्तीकरण गर्नु र त्यसबाट प्रशिक्षित गर्नु। तर, जनयुद्धमा छापामारहरूलाई जस्तै हाँक्ने र मुख्य नेतृत्वप्रतिको आस्थालाई भजाउने तौरतरिकाबाटै काम चलाउने प्रवृत्तिले अन्ततः 'ब्याकफायर' गर्यो ।
शान्ति र संविधानको कार्यदिशालाई सैद्धान्तीकरण गरिएको भए क्रान्तिसम्बन्धी पुराना मान्यतामाथि प्रश्न, बहस र विचारविमर्श हुन्थ्यो अनि सशस्त्र संघर्षमात्रै संघर्षको रूप हो भन्ने मान्यता पनि खण्डित भइसक्थ्यो। तर, त्यही कमजोरीका कारण एक दशकपछि क्रान्तिसम्बन्धी सैद्धान्तिक मतभेद माओवादीको विभाजनको पहिलो कारक बन्न पुग्यो। क्रान्तिप्रेमीहरूको पार्टी बनेको माओवादीमा नेपालमा नयाँ जनवादी क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने प्रश्नमा विवाद चुलिएर क्रान्ति हैन पार्टी विभाजन हुन पुगेको छ।
हुन त जनयुद्धको केही वर्षसम्म सशस्त्र संघर्षबाट केन्द्रीय राज्यसत्ता कब्जा गर्ने तरिकामाथि कुनै प्रश्न र सन्देह थिएन। तर, सशस्त्र द्वन्द्वको राष्ट्रिय अन्तर्राष्ट्रिय आयामको प्रभाववशः त्यसबाट केन्द्रीय राज्यसत्ता कब्जा गर्न सकिँदैन भन्ने मुख्य नेतृत्वमा तत्वबोध भएपछि शान्ति र संविधानको कार्यदिशाबाट अगाडि बढ्ने, लोकतान्त्रिक गणतन्त्रलाई पहिलो खुड्किलो मान्ने र दोस्रो खुड्किलामा नयाँ जनवादतिर फड्को मार्ने रणनीति अख्तियार गरिएको हो। तर, त्यस रणनीति सुरुमा मौन र पछि मुखररूपमा विरोधको झन्डा उचाल्नेहरूको तर्क जनयुद्धको जगमा टेकेर जनविद्रोहको रणनीतिवरपर केन्द्रित भएको छ। शान्तिप्रक्रियामा व्यवधान आउनु र संविधान सभामार्फत नयाँ संविधान लेख्न नसक्नुले क्रान्तिप्रेमीलाई जनविद्रोहको रणनीतितिर घचेटेको छ। त्यसमा पनि उनीहरूलाई हिंसात्मक र सशस्त्र संघर्षका आधारमा बलप्रयोगबाट सत्ता कब्जा गर्ने पुरानो सैद्धान्तिक धारणाले त लतारिरहेकै छ।
नेतृत्वका लागि लडाइँ
विभाजनअघि वैद्य समूहद्वारा उठाइएको जनविद्रोहको रणनीति नेतृत्वको लडाइँसँग जोडिनु पार्टी विभाजनको कारकतत्व हो। जनयुद्धको नाममा नेतृत्वको अति केन्द्रीकरण गरिएको पार्टीमा उत्तरजनयुद्धकालमा नेतृत्वको विकेन्द्रीकरणको माग हुनु अस्वाभाविक थिएन। विकेन्द्रीकरणकै नारामा गरिएको धोबीघाट गठबन्धन र मुख्य नेतृत्वसँग पदको मोलमोलाइपछि पनि नेतृत्वको लडाइँ टंुगिएन। पद बाँडफाँटसँगै जिम्मेवारी र कर्तव्यको उचित वितरण नगरिएकाले समस्या ज्युकात्युँ रह्यो। हुन त पद विभाजनको अन्तर्यमा मुखर नभएको भए पनि सत्ता-शक्ति-सम्पत्तिको बाँडफाँटको माग लुकिरहेकै थियो। पछिल्लो चरणमा पार्टी विभाजनका लागिमात्रै त्यस मागलाई मुखर बनाइयो तर सामूहिक नेतृत्व प्रणालीको त मागै गरिएन न त संस्थापन पक्षले नै त्यसलाई वास्ता गर्योत।
नेतृत्वको लडाइँसँगै नेता-कार्यकर्ताको जीवनको व्यवस्थापन विभाजनको अर्काे कारकतत्वका रूपमा देखापरेको छ। जनयुद्धका क्रममा 'होलटाइमर' भएका तिनको योग्यता, क्षमता र शक्तिको सदुपयोग गर्ने मामिलामा पार्टी चुकेको थियो। जनयुद्धका लागि 'उपयोग' गरिएका 'लाल'हरूलाई भुइँतहमा जनमुखी रूपान्तरण र उत्पादन संघर्षका काममा लगाउन नसक्ता उनीहरू 'दलाल'सम्म हुन अभिशप्त भए। र, क्रान्तिकारी 'मिसन'को साटो उनीहरू पनि पहिले कांग्रेस र एमालेका कार्यकर्ता लागेजस्तै आफ्नै वर्ग रूपान्तरणका लागि 'कमिसन'तिर लागे। दलाली र कमिसनको चक्करमा लागेका नेताकार्यकर्ताका लागि पार्टीको होस् या सरकारको सत्ता सबैभन्दा प्रिय हुन्छ। त्यस्तो काम गर्न नसक्ने कार्यकर्ता क्रान्तिकारी कर्मबाट पलायन हुने वा निष्त्रि्कय हुने डर बढेको छ। त्यस जोखिमलाई पार्टीको विभाजनले सघन र व्यापक पारेको छ।
नेता-कार्यकर्ताको सशक्तीकरण
सामान्य नेताकार्यकर्ताको सशक्तीकरण नहुनु यी सबै पक्षभन्दा महत्वपूर्ण कारकतत्व हो। विचारविमर्श र बहस गर्ने, त्यसको आधारमा सैद्धान्तिक र राजनीतिक नीति निर्णय गर्ने ठेक्का केन्द्रका एकाध नेतामा केन्द्रीकरण हुनुको अर्थ हो : आम नेताकार्यकर्ताको सशक्तीकरण नहुनु। पदको आधारमा केही नेता शीर्षस्थ हुँदा र ज्ञान उत्पादनमा पनि उनीहरूकै एकाधिकार हुँदा अरूको भूमिका कर्म (अब्जेक्ट) मा सीमित हुनु अनौठो होइन। त्यस्तो अवस्थामा कर्ताहरूसँग नेतृत्वको सम्बन्ध पनि संरक्षक र संरक्षित (प्याट्रोन-क्लाइन्ट)को जस्तो हुनु पनि अस्वाभाविक होइन। कर्ता र कर्म, दिने र लिने, संरक्षक र संरक्षितको अन्तर्सम्बन्ध र अन्तर्द्वन्द्वले कसैको पनि सशक्तीकरण गर्दैन, न त सामूहिक नेतृत्व प्रणाली नै लागु गर्न दिन्छन्। प्रत्येक संरक्षकको अलग्गै संरक्षित गुट निर्माण हुने क्रमसँगै ती गुटहरूबीच गठजोड कायम रहेसम्म पार्टी एकता कायम रहने र सत्ता-शक्ति-सम्पतिको झगडासँगै सिद्धान्तको द्वन्द्व पनि मिसिएपछि पार्टीको विभाजन अनिवार्य हुने हुन्छ। यस्ता विभाजनबाट एकीकृत नेकपा (माओवादी) मात्रै होइन नेकपा-माओवादी बच्न गाह्रो छ।
एकीकृत नेकपा (माओवादी)को सातौं विस्तारित बैठकले महाधिवेशनको मिति तय गर्ने कामसँगै पार्टीभित्रै अझै अस्तित्वमा रहेका त्रिगुट निमिट्यान्न गर्ने सदाशय देखाउन खोजेको छ तर, त्रिगुट समाप्त पार्ने नाममा विचार-समूहको लोकतान्त्रिक अभ्यासलाई पनि निषेध गरियो भने सन् १९२३ पछिको सोभियत संघको कम्युनिस्ट पार्टीको दुर्घटना दोहोरिन सक्छ। विचार निर्माण गर्ने, कार्यदिशा तय गर्ने र नेतृत्व चयन गर्ने उद्देश्यले गरिने महाधिवेशनमा समेत विचार-समूहको अभ्यास गर्न दिइएन भने 'जनवादी केन्द्रीयता' नारामै सीमित हुनेछ। विचार-समूहलाई गुट बन्न नदिने वा गुटलाई विचार-समूहको नाममा संगठित हुन नदिने विषय भने सदाशयभन्दा तल भुइँतहमा ओर्लेर सोच्नैपर्ने पक्ष हो। त्रिगुट निमिट्यान्न पार्ने क्रमसँगै अब गुटै बन्न नदिने वातावरण, संरचना र प्रक्रिया निर्माणकसरी गर्ने भन्ने प्रश्न विभाजनको अवसादबाट मुक्तिका लागि अग्निपरीक्षामा बसिरहेको एनेकपा (माओवादी)का लागि मात्रै होइन अरू राजनीतिक दलका लागि पनि उत्तिकै विचारणीय हुनुपर्छ।