दोस्रो विश्वयुद्धपछि फ्रान्समा धेरै क्रान्ति भए- राज्य क्रान्ति, औद्योगिक क्रान्ति र कृषि क्रान्ति। यी क्रान्तिले राज्य, उद्योग र कृषि क्षेत्रमा परिवर्तनका सम्भावना देखिए। कृषि, उद्योग र कलकारखानामा आमूल परिवर्तन भयो।
कृषि क्रान्तिले फ्रान्समा उत्पादित कृषिजन्य सामग्रीको व्यापकता बढ्यो। पशु नश्लमा सुधार आयो भने किसानमा उत्साह बढ्यो। बोट-बिरूवा सप्रिए र माटोको उर्वरा शक्ति सुधि्रयो। कृषक लाभान्वित भएपछि फ्रान्सको विकासले गति लियो।
विश्व युद्धले जर्जर बनेको फ्रान्समा माटोको अम्लीयपन र उर्बराशक्तिमा आएको र्हा्सलाई कृषि क्रान्तिले विस्थापित गर्योफ। युद्धमा प्रयोग भएका आधुनिक हातहतियार र तिनका रासायनिक तत्वले माटोको उत्पादन क्षमता र्हाफस भएपछि किसान पीडित थिए। उनीहरूको पीडा भनेको राष्ट्रको पीडा हो भन्दै कृषि क्रान्तिको विगुल फुकिएको थियो। क्रान्ति आफैँमा नराम्रो होइन, यो त केबल परिवर्तनको पर्याय हो। फ्रान्सेली जनताले देखाएको परिवर्तनको सकारात्मक प्रयासमा नेतृत्व शक्तिले साथ दिएकाले आज फ्रान्स एउटा सम्भावना बोकेको शक्तिशाली राष्ट्रमा परिणत भयो।
उल्लिखित तथ्य नेपालले सिक्नुपर्ने पाठ हो। यसो हुन सके नेपाल पनि समृद्धको सूचीमा अवश्य पर्छ। राजनीतिक इच्छाशक्तिले कृषि क्रान्तिमा साथ दिए नेपालले कृषि क्षेत्रमा सकारात्मक फड्को मार्ने निश्चितप्रायः छ।
नेपालमा दुई दशकयता कृषि उत्पादमा र्हा स आइरहेको छ। कम उब्जनी, विषादीको प्रयोग, हाइब्रिडलाई महत्व दिनु र खाद्यान्न उत्पादनमा निराशा छाउनु उत्पादन कमीका कारण हुन्। राजनीतिक खिचातानी र हरेक क्षेत्रमा राजनीतिको मिसावटले कृषि पेशा ओझेलमा पर्दैछ। नेपालमा करिब ९० प्रतिशत जनता कृषि पेशामा आश्रित छन्। ती समुदायले कृषि पेशाको प्रतिनिधित्व गर्छन्। तर यसमा आश्रित नै कृषि पेशाबाट निरास छन्। कारण हो- माटोमा उर्बरा क्षमता घट्नु र कृषिका लागि आवश्यक न्युनतम सामग्री अभाव। पछिल्लो उदाहरण नेपालमा केही वर्षदेखि वर्षामा आएको फेरबदल हो। यसलाई आजभोलि जलवायु परिवर्तनको भाषाले बुझ्न थालिएको छ। यही कारण नियमित बाली लगाउन पाएका छैनन् कृषकले।
जलवायु परिवर्तनकै कारण पानी पर्ने अवस्थामा परिवर्तन देखिएको छ। यथेष्ट मात्रामा पानी नपर्दा किसानले समयमै अन्नबाली लगाउन पाउँदैनन्। त्यसबाहेक अर्को कारण हो- बालीका लागि आवश्यक पर्ने रासायनिक मल। कृषि सामग्री संस्थानले नेपालका सबै ठाउँमा मल उपलब्ध गराउन सकेको त छैन, राजधानीमै पनि हाहाकार छ। रोपाइँ गर्ने, मकै गोड्ने र वर्षे बाली लगाउने मध्य समय असारमा पनि किसानले सहजरूपमा मल पाएका छैनन् भने सरकारले आपूर्ति सहज बनाउन सकेको छैन।
अर्को कारण अत्याधिक मात्रामा विषादी प्रयोग भएर माटोमा उर्बरा क्षमता कम हुँदै गएको हामीले स्वीकार्नुपर्छ। बेलाबेलामा माटो परीक्षण र त्यसको उचित उपचार नपाएर किसानले निरासा भोग्नुपरेको हो। माटोमा अम्लीयपनको कमी र उर्बरा शक्ति घट्नु नेपालको खाद्यान्न उत्पादन नहुनुको अर्को मुख्य कारण हो। त्यसैले किसानले खाद्यान्न उब्जाउन मेहनत गर्न छाडेका छन्। मल र उचित सिचाइ अभाव, माटोको स्वास्थ्योपचार कमी, बालीविज्ञ र वैज्ञानिक प्रणालीको खाद्यान्न उत्पादनमा चासो नदेखाउनु, स्रोत र साधनको अभावमा जनशक्ति पलायन हुँदै जानु र उचित बजार नपाउनु यसका मूल कारण हुन। त्यसैले फ्रान्सको कृषि क्रान्ति अनुशरण गर्ने हो भने पक्कै पनि कृषिमा आश्रित समुदायलाई फाइदा हात लाग्छ।
मर्कामा उभोक्ता र किसान
नेपालमा कृषिजन्य उत्पादन घटी होस् वा बढी त्यसको पीडा प्रत्यक्ष उपभोक्ता र कृषक दुवैमा पर्छ। उत्पादन कम वा बढी हुँदा किसान मर्कामा पर्छ भने उत्पादनको दुवै स्थितिमा उपभोक्ता। उत्पादन बढी हुँदा उचित मूल्यको अभाव हुन्छ, कम हुँदा लगानी उठ्दैन। व्यापारीले उपभोक्तासम्म पुर्यादउँदा किसान ठगिन्छन्। यसरी न्युनतम मूल्यमा खरिद गरेको सामग्री उपभोक्तासम्म पुर्यालउँदा चर्को मूल्य लिएर उपभोक्ता ठगिन्छ। यसरी दोहोरो फाइदा व्यापारीलाई हुन्छ भने उपभोक्ता र किसान सधैँ मर्कामा।
त्यस्तै, कम उत्पादन हुँदा पनि किसानलाई नै घाटा छ। किनभने लगानी गरिएकोभन्दा पनि कम आम्दानी भयो भने लगानी डुब्छ। पछिल्लो उदाहरण झापाका किसानले मकैमा घोगा नलागेको समस्या लिएर सिंहदरवार पसेको लिन सकिन्छ। त्यस्तै गरी सुनसरीका किसानले धानमा भुस फलेको समस्या पनि पुरानो होइन। उनीहरू राज्य सरकारसँग क्षतिपूर्तिको माग गर्दै सिंहरदरवार छिरेका हुन्।
क्षतिपूर्ति आवश्यक कि समाधान?
सुनसरी र झापाका किसानको समस्या तिनको मात्रै होइन। यो सिङ्गो मुलुकको समस्या हो। यसले समग्र देशको कृषि उत्पादनमा नकारात्मक असर पारेर खाद्य सङ्कट निम्त्याउँछ। यसखाले खाद्य सङ्कट बेहोर्न सम्पूर्ण नेपाली तयार रहनुपर्छ। तर यसरी उत्पादन नभएको गुनासो लिएर क्षतिपूर्ति माग गर्नु जायज भने होइन। वर्षभरि दुःख गर्ने किसानको बाली नलाग्नु निकै दुःखको कुरा हो भने समस्या त्यत्तिकै। यो राष्ट्रिय चिन्ता र चासो विषय हो। त्यसैले त्यसलाई समाधान गर्नतिर लाग्नु सही हुनेछ। किन र कसरी उत्पादनमा कमी आयो वा उत्पादन नै भएन भन्ने कुराको पहिचान गरी त्यसको समाधान खोज्नु दीगो कृषि क्रान्तिको अवधारणा हो।
अभाव इच्छाशक्तिको
यो देशमा कृषि क्रान्ति आवश्यक छ। राजनीतिक सूत्र र मान्यता लगाएर देश खोक्रो बनाउनुभन्दा कृषि पेशालाई मूल मन्त्र बनाएर देशको खाद्यान्न भण्डार भर्न पहल गर्न इच्छाशक्ति जरुरी छ। निर्णय क्षमता र इच्छाशक्ति दुवैलाई राजनीतिक कोणबाट नहेरी देशको भविष्यसँग जोड्ने हो भने कृषि क्षेत्रमा नै नेपालको भविष्य सुनिश्चित छ। अनि फ्रान्सको कृषि क्रान्तिको मन्त्र लिएका अहिलेका मुलुकहरूले नेपाललाई उदाहरणका रूपमा हेर्नेछन्। त्यसो हुँदा नेपाली ढुकुटी पनि समृद्ध हुने पक्का छ।