'नजाकत' अर्थात् सभ्य र शिष्ट सांस्कृतिक शहर हो लखनउ। लामो समयसम्म अवध राज्यको राजधानी लखनउका नवावहरुले शिष्टाचारवश 'पहिले तपाईं र पहिले तपाईं' भन्दाभन्दै राज्य गुमाएका किस्सा र किम्बदन्ती अहिलेसम्म पनि प्रचलित छन्।
अंग्रेजसँगको युद्धमा फौजले लखेट्दा भाग्दाभाग्दै जुत्ता फुक्लिएपछि उनीहरुको कब्जामा परेका थिए एक नवाव। 'किन भागेनौं तिमी?' प्रश्नको जवाफमा उनले भनेका थिए- मेरो जुत्ता लगाइदिने कोही सहायक थिएन। म आफैं जुत्ता लगाउन सक्दैनथें।
नवावहरुका किस्सा एक होइन, लाखौं छन्। नवावका किस्सा र कहानीका पुस्ताहरु हजारौंको संख्यामा लेखिएका छन्। विलाशपूर्ण जीवनका वावजुद पनि नवावहरुको स्मृति ताजै राखेका छन् लखनवीहरुले। नवावकालीन महल र मकवराहरुको सुधार र जिर्णोद्दार लगातार चलिरहेको छ। वास्तुकलाका अदभूत नमुनाका रुपमा रहेका विशाल दरवारहरुको आधुनिकीकरण र प्रयोगले लखनउलाई जीवन्त बनाएको छ। इतिहासको सम्मान गर्न अलिकति पनि कन्जुसी गरेका छैनन् लखनवीहरुले।
नवावहरुको पतन नवावीकै कारण भएको थियो। उनीहरु आर्थिक र राजनीतिक गतिविधिभन्दा बढी सांस्कृतिक र सांगीतिक विकासतिर प्रवृत्त थिए। कवाव, मुजरा र सायरीको आकर्षणमा चुर्लुम्म डुबेका थिए नवाव। शक्ति र सत्ताको सुरक्षाको चिन्ता थिएन उनीहरुलाई। लखनउको विकास यही परिवेशमा भएको थियो। अहिले पनि लखनउले यो परिवेश छाडेको छैन। जताततै पार्क र मनोरञ्जन स्थलहरुको निर्माण हुन छाडेको छैन। खुला छ लखनउ। उत्तर भारतमा यत्तिको सफा, विकसित र सभ्य शहर अर्को छैन।
यता आएर, लखनउले आफनो मौलिक सांस्कृतिक चरित्रलाई नबिथोलिकन आधुनिक विकासको गतिलाई तीव्र बनाएको छ। भारतको इतिहासका सर्वाधिक महत्वपूर्ण समयमा जवाहरलाल नेहरु, इन्दिरा गान्धी, लालबहादुर शास्त्रीलगायत्का उत्तर प्रदेशका नेता भारतका शक्तिशाली प्रधानमन्त्री पदमा आसीन थिए। तर राज्यमा भने शासन र शक्ति केन्द्रमा जातीय र वर्गीय प्रवृत्तिको पकड बढी नै रह्यो। त्यसै कारण, भारतको सबैभन्दा ठूलो संघीय राज्य भएर पनि विकासका मामिलामा पछि परेको उत्तर प्रदेशलाई विकसित राज्यको अघिल्लो पंक्तिमा उभ्याउने साहसका साथ नयाँ पुस्ताले नेतृत्वमाथि कब्जा जमाएको छ। नयाँ पुस्ताका प्रतिनिधि पात्र अखिलेश यादव र उनको टिम राजनीतिलाई छेउमा साक्षी राखेर विकासका काममा महत्वाकांक्षी योजनाका साथ जुटेको छ।
अखिलेशको यो टिमलाई उत्तर प्रदेशको आवश्यकताबारे स्पष्ट ज्ञान देखिन्छ। सडकको गति तीव्र नपारेसम्म उत्पादन तीव्र हुँदैन भन्ने सूत्रका साथ अघि बढेको छ अखिलेशको टिम। भर्खरै प्रचण्ड बहुमतका साथ चुनाव जितेर मुख्यमन्त्री भएका अखिलेश आफना सहयोगी विधायकहरुलाई राज्य विकासका विभिन्न क्षेत्र जिम्मा लगाउ"दैछन्। 'मेरा निर्वाचित सहयोगीहरु बेरोजगार छन्, म उनीहरुलाई विकासका काममा सक्रिय बनाउन खोजिरहेको छु'- अखिलेश निर्वाचित प्रतिनिधिलाई दायित्वविहीन राख्न चाह"दैनन्। विकासको केन्द्रविन्दुमा निर्देशक भूमिकामा राख्नुपर्छ राजनीतिलाई। नाराले मात्र देश बन्दैन। विकासका प्राथमिकता तोकिनुपर्छ। अखिलेशको हकमा यति भन्न सकिन्छ- उनलाई यस कुराको पूरा ज्ञान छ।
भारतका शक्तिशाली राजनीतिज्ञ मानिने समाजवादी नेता मुलायमसिंह यादवका छोरा भएकाले अखिलेशलाई आफ्नो राजनीतिक सीमाबारे राम्रो ज्ञान छ। उनको हातमा आफनो पिताको समाजवादी पार्टी छ, जसलाई उनले आफ्नो नेतृत्वमा संगठित गरेका छन्। उनले राजनीतिक सन्तुलन कायम राख्न आफ्ना पिताका पुराना मित्र तथा पछिल्लो समयमा विरोधी मित्रका रुपमा रहेका नेतालाई सम्मान दिएका छन्। आधुनिक विकासका एजेण्डा तय गर्दा पुरानो पुस्ताको अनुभव तथा नयाँ पुस्ताको सीप र ऊर्जालाई चामत्कारिक हिसावले मिलाएका छन् अखिलेशले। भारतको एक बहुराष्ट्रिय कम्पनीका अधिकारीको शब्दमा 'यी छिटै थाक्नेवाला होइनन्, चुनावका बेला साइकल चढेर गाउँगाउँ घुमेका अखिलेशमा आन्तरिक ऊर्जा धेरै बढी छ। उनी जति सरल देखिन्छन्, राज्य सञ्चालन मामलामा त्यति नै कठोर छन्।'
भारतका राजनीतिक दलहरुमा युवा पुस्ताको वर्चस्व बढ्दै गएको छ। बिहारका नितिश कुमार, उडिसाका नवीन पटनायक, उत्तर प्रदेशका राहुल गान्धी र अखिलेश यादवलगायत् धेरै युवा नेताले राजनीतिको कठिन यात्रा तय गरेका छन् वा गर्दैछन्। यीमध्ये नितिश कुमारलाई छाडेर सबैले आफ्ना पिताको उत्तराधिकारित्वमा पाएका छन् राजनीति। उत्तराधिकारित्व पाउनु नराम्रो होइन। पाएर सफल नै बन्न सकिन्छ भन्ने कुनै सूत्र पनि छैन। उत्तर प्रदेशकै कुरा गर्ने हो भने मुलायमका छोराले इन्दिराका नातिलाई बढारिदिए चुनावमा। जनताले राहुलको विकास एजेन्डालाई अनुमोदन गरेनन्। अखिलेशले मुलायम सिंहको राजनीतिलाई अलिकति नसुधारेका भए र समाजवादी पार्टीको संगठनका पूर्जाहरु नकसेको भए उनलाई पनि जनताले अनुमोदन गर्ने थिएनन्।
अखिलेशका पिता मुलायम सिंह यादव समाजवादी नेता डा. राममनोहर लोहियाका अनुयायी हुन। उनी प्रायः भाषणहरुमा डा. लोहियाको 'ज्युँदो देशले (परिवर्तनका लागि) पाँच वर्ष पर्खिंदैन' भन्ने भनाई उल्लेख गर्छन्। डा. लोहियाले संसदको पाँच वर्षे अवधि जनताको काम गर्नका लागि हो, काम नगर्ने सरकार हटाउन पाँच वर्ष कुरिराख्नु जरुरी नभएको मान्यता स्थापित गर्नुभएको थियो भारतीय राजनीतिमा। अखिलेशले यो वाक्यको मर्म र महत्व बुझेका छन्। त्यसैले उनी हतारमा छन्। तर रमाइलो कुरा, उनको अनुहारमा कतै पनि हतार देखिँदैन। शान्त र हँसिला व्यक्तित्वका यी युवा नेतामा प्रचारप्रियता देखिँदैन।
भारतीय राजनीतिमा पुस्ता बदलिँदैछ। राजनीतिका नयाँ परिभाषा स्थापित हुँदैछन्। दिल्ली राजनीतिको केन्द्रविन्दुमा छ र पनि राज्यहरुमा यसको प्रभाव राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा सीमित हुँदै गएको छ। उडिसा वा उत्तर प्रदेश राज्यहरुमा आन्तरिक निर्भरता बढाउने होड छ। नितिशले बिहारको कायापलट गरेका छन्। राजनीतिको विकासवादी धारको प्रभावले भारतीय गणतन्त्रको लोकतान्त्रिक स्वरुपलाई अझै निखारेको छ। यसलाई सानो उपलब्धि ठान्न मिल्दैन।
नेपालका लागि पनि भारतमा निखारिँदै आएको नयाँ नेतृत्व मित्रताका आधारलाई पुनः परिभाषित गर्नका लागि उपयोगी सावित हुन सक्छ। यसका लागि दुवै देशका नयाँ नेताले आफनो मनस्थितिमा परिवर्तन ल्याउनुपर्छ। चीनको राजनीतिमा नयाँ युवा नेतृत्व स्थापित हुँदै गएको छ। उनीहरु राज्यका नीतिहरुको आवश्यकताअनुसार रुपान्तरणमा लागेका छन्। भारतमा त्यही क्रम सुरु भएको अवस्थामा नेपालले नयाँ बाटो लिन सकेन भने हामी पछि पर्नेछौं। यसमा शंका नगरे हुन्छ ।