एकीकृत नेकपा माओवादीको सातौँ विस्तारित बैठक सुरु हुँदा त्यसले विशेषगरी पार्टी फुटपछिको स्थितिमा आफ्नो भूमिका र कार्यशैलीको मूल्याङ्कन गर्ने अनुमान विश्लेषकले गरेका थिए। विशेषगरी मोहन वैद्यको नेतृत्वमा माओवादी टुक्रिएपछि अध्यक्ष पुष्पकमल दाहालका प्रतिद्वन्द्वीका रुपमा उपाध्यक्ष एवं प्रधान मन्त्री डा. बाबुराम भट्टराईमात्र बाँकी थिए।
यो स्थिति दाहालका लागि सहज साथै जटिल पनि मानिएको थियो। सहज यस कारण कि वैद्यको बहिर्गमनछि पार्टीभित्र उनलाई हरेक निर्णयमा चुनौती दिने एक प्रभावशाली व्यक्ति पाखा लागेका थिए। अनि जटिल यस मानेमा कि एउटा साथी रिसाउँदा अर्कोसँग लागेर कुरा मिलाउने नीति लिँदै आएका दाहालका लागि अब वैद्यको बहिर्गमनसँर्ग त्यो विकल्प लगभग समाप्त भएको छ।
आफूले गरेका धेरैजसो निर्णयमा विरोध जनाउँदै राष्ट्रिय राजनीतिमा आफ्नो भूमिकालाई प्रभावशाली बन्नबाट रोक्दै आएको समूह वैद्यको नेतृत्वमा अलग भएपछि दाहालका लागि राष्ट्रिय नेताका रुपमा स्थापित हुने सम्भावना नजिकिएको थियो।
पार्टीभित्रको नेतृत्वका साथै मुलुकलाई सहज निकास दिने चुनौती सामना गर्न सहज हुने विश्वास गर्दै दाहालले आफ्नो दलको महत्वपूर्ण मानिएको विस्तारित बैठकमा प्रवेश गरेका थिए। हुन पनि विशेषगरी शान्ति प्रक्रिया, संविधान निर्माण र पार्टी टुक्रिएपछिको स्थिति मूल्याङ्कन गर्ने भनिएको विस्तारित बैठकको सुरुवात् नै विवादका साथ भएपछि पहिलो गासमै ढुङ्गा सावित हुन पुगेको थियो।
विशेषगरी लडाकु शिविरमा भएका आर्थिकलगायत्का भ्रष्टाचार छानविनको माग स्वयं पूर्व लडाकुले राख्न थालेपछि बैठक अवरुद्ध हुन पुगको थियो। त्यसपछिका समय पनि यति विवादित हुन पुगेको छ कि शनिबारसम्म विस्तारित बैठकले आफ्नो पूर्व निर्धारित एजेन्डा भेट्टाउन त के, त्यसतर्फ उन्मुख हुन पनि सकेको छैन। शुक्रबार भोजपुरा राज्यका प्रतिनिधिले बोल्ने क्रममा दाहाल पक्षधरले रोक्ने प्रयास गर्दा अनुशासनलाई निकै महत्व दिने कम्युनिष्ट पार्टीभित्र हात हालाहालको स्थिति उत्पन्न भयो। कहाँसम्म भने पार्टी अध्यक्ष दाहाल र स्वयं प्रधान मन्त्री बाबुराम भट्टराईको सुरक्षाको प्रश्न खडा भयो। समाचारले कार्यकर्ताबीच कुर्सी हानाहानको स्थिति भएपछि एउटा कुर्सी दाहालको काँधमा लागेकोसमेत उल्लेख गरेका छन्।
यस घटनालाई माओवादी नेताहरूले युद्धकालको ह्याङअेभर भनेर टार्न खोजेका छन्। राष्ट्रिय मूलधारको राजनीतिमा आएपछि पनि माओवादी कार्यशैलीको विरोध गर्दै अन्य दलले प्रचण्डको पार्टीमा अझ पनि युद्धको धङधङी (ह्याङओभर) बाँकी रहेको भन्दा १० वर्षे हिंसात्मक विद्रोह गरेका माओवादीले त्यसलाई कडा आलोचनाका रुपमा लिने गर्थ्यो। तर स्थितिले यसरी कोल्टे फेर्यो् कि स्वयं प्रधान मन्त्री पत्नी तथा पार्टीकी अग्रपंक्तिकी नेतृ हिसिला यमीले शुक्रबारको घटनालाई युद्धकालको 'ह्याङओभर' का रुपमा परिभाषित गर्नुपर्योक। ठूलो संख्यामा कार्यकर्ताको जमघट हुने यस किसिमका बैठकमा स-सानो घटना हुनु सामान्य हो। तर स्थितिले यस किसिमको जटिलतालाई अंगाल्ला भनेर माओवादी नेतृत्वले कल्पनासमेत गरेको थिएन। त्यही भएर पनि अहिले माओवादी नेतृत्व पंक्ति द्विविधामा छ। कसैले यसलाई प्रजातान्त्रिक अभ्यासको प्रक्रिया भनेका छन् भने कसैले अन्य ढङ्गले परिभाषित गर्दै सामान्य घटनाका रुपमा अर्थ्याउने प्रयास गरिरहेका छन्। तर स्थिति अहिले त्यति सामान्य भने पक्कै पनि छैन। यस घटनाबाट सबैभन्दा बढी आश्चर्य एवं चिन्ता अध्यक्ष दाहाल र उनका समर्थकलाई भएको हुनुपर्छ। वैद्यको बहिर्गमनलाई 'बूढीको मृत्यु' का रुपमा लिएर आत्मरतिमा रमाएका दाहाल पक्षका लागि पछिल्लो घटनाक्रम 'काल पल्केको' संकेतका रुपमा देखापरेको छ।
हाल विस्तारित बैठकको मञ्चमा माओवादी पाटीभित्र उदाङ्गिएको वास्तविक स्थिति हेर्दा लाग्छ, वैद्य पक्षको बहिर्गमन त एउटा सुरुवात्मात्र थियो, पार्टीका लागि अबको चुनौती भनेकै एकतालाई कसरी कायम गर्ने भन्ने हो। र, दाहालले राष्ट्रिय राजनीतिमा स्थापित हुन असंख्य चुनौतीको सामना बाहिरबाट नभई आफ्नै पार्टीभित्रबाट गर्नुपर्ने यस विस्तारित बैठकले देखाएको छ। बैठकको पहिलो दिन युद्धकालपछि पार्टीमा मिसिएका समूहप्रति कुनै भेदभाव नगरिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष दाहालले आफू पार्टी एकताको पक्षमा निकै गम्भीर भएको स्पष्ट संकेत गरेका थिए। तर बैठकमा देखिँदै गरेको विवादले दाहालको त्यो भनाइको खिल्लीमात्र उडाएको छैन, केही सीमासम्म स्थिति उनको पकडबाहिर पुगिसकेको प्रष्ट संकेत पनि गरेको छ।
विस्तारित बैठकको अहिलेसम्मको स्थिति हेर्दा लाग्छ, माओवादीभित्र असंख्य समस्या छन्। यी समस्या केही त विद्रोह काल र त्यसपछिका समयमा आफ्नो युद्ध तथा कूटनीतिलाई बलियो पार्न जनता तथा कार्यकर्तालाई दिइएको आश्वासनअनुरुपको काम नगरेका कारण उत्पन्न भएका हुन। त्यसैगरी विद्रोह कालमा विशेषगरी पार्टीका अग्रपंक्तिका कार्यकर्ताबाट भएका कमी/कमजोरीलाई सहजरुपमा लिएर त्यसलाई सुधार गर्नेतर्फ ध्यान नदिएको परिणाम अहिले विस्तारित बैठकमा देखिँदैछ। अनुशासन त यसरी खल्बलिएको छ कि नेताहरूले कार्यकर्ता पंक्तिबाट खुल्लारुपमा तल्लो स्तरको आरोप सुन्नुपरेको छ।
युद्धविरामपछि राष्ट्रिय मूलधारको राजनीतिमा समाहित हुँदै गरेको माओवादीभित्रको कार्यशैली भने अझ पनि युद्धकालीन अवस्थाकै रहेको त्यहाँ उठेको आर्थिक भ्रष्टाचारको मुद्दाले देखाएको छ। विशेषगरी आर्थिक मामलामा पारदर्शी हुन नसक्ने कमजोरीले अहिलेको स्थिति निम्त्याएको हो। माथिल्ला तब्काका कार्यकर्ताले पाउँदै आएको विशेष छुटविरुद्धको विद्रोह अहिले विस्तारित बैठकमा मुखरित हुँदै गएकोमात्र हो।
शान्ति प्रक्रिया तथा समायोजनका सम्बन्धमा लिएका ठूला रकमलाई उद्धृत गर्दै माओवादीभित्रको आर्थिक मुद्दालाई कांगे्रेस-एमालेलगायत्का नेताहरूले पनि उठाउँदै आएका हुन्। तर ती सबै आवाजतर्फ ध्यान दिने आवश्यकतासमेत महसुस नगरेको नेतृत्व पंक्तिलाई अहिले आफ्नै कार्यकर्ताको आक्रोशयुक्त विरोध थामी नसक्नु भएको छ।
हुन पनि पछिल्ला दिनमा माओवादी पूर्व लडाकु तथा शिविरलाई लिएर जुन किसिमका समाचार आइरहेका थिए, त्यसले पार्टीभित्रको विग्रहलाई नै देखाएको थियो। तर बीचमा देखिएको संस्थापन र वैद्य पक्षको विवादले ती अन्तरविरोध पनि यी दुवै गुटसम्म सीमित भएको मानिएको थियो। त्यसअनुसार वैद्य पक्षको बहिर्गमनसँग पार्टीभित्रका सम्पूर्ण समस्या पनि गएको आंकलन गरेका विश्लेषकका लागि पनि माओवादीमा भइरहेका पछिल्ला घटनाक्रम एउटा चुनौतीका रुपमा देखिएको छ।
माओवादी पार्टीमा देखिएको यो विवादलाई पार्टीबाहिर निकै रोचकरुपमा हेरिएको छ। तर राष्ट्रिय राजनीतिमा सहमति प्रवल आवश्यक भइरहेको अवस्थामा एउटा ठूलो दलभित्रको यो विग्रह सुखद् संकेत भने होइन। विशेषगरी पूर्व प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालाको निधनपछि राष्ट्रिय राजनीतिको डोरोको टुप्पा माओवादी अध्यक्ष दाहालको नजिकै पुगेको छ। त्यसैले कसैले चाहे पनि अथवा नचाहे पनि राष्ट्रलाई निकास दिनमा दाहालको भूमिका महत्वपूर्ण छँदैछ। तर आफ्नै पार्टीभित्र देखिएको पछिल्लो समस्या टुङ्गो नलगाई राष्ट्रिय राजनीतिमा सहमतिको वातावरण तयार गर्ने मनोबल दाहालमा पक्कै पनि आउने छैन।
हुन त दाहालको काम गर्ने तरिका अभिनेताको शैलीमा नेतृत्व गर्ने भएको धेरैले बताउँदै आएका छन्। उनी आवश्यकताअनुसार लजाउन, रिसाउन, रुन हाँस्न सक्षम मानिन्छन्। जनताको मन जित्न आफ्ना यिनै हतियार उनले बेलाबेलामा प्रयोग पनि गर्दै आएका छन्। त्यसैले यो समस्यालाई पनि उनले धेरै समयसम्म पार्टीमा रहन दिने छैनन् भन्ने आशा गर्न सकिन्छ। अभिनयसहितको मीठा कुराले समस्याको स्थायी समाधान भने गर्न सक्दैन। यसका लागि कडा निर्णय आवश्यक पर्छ र अहिलेको अवस्थामा त्यो भनेको पार्टीको तलदेखि माथिसम्म पुनर्गठनको स्थिति ल्याउनु जस्तै हुनेछ। विस्तारित बैठकमा देखिएको स्थिति हिसिला यमीले भनेजस्तै 'ह्याङओभर' नै हो भने एउटा कुरा बुझ्न जरुरी छ- युद्धको ह्याङओभर निकै डरलाग्दो हुन्छ। धेरै मानिस मदिराको नशाबाट उत्पन्न ह्याङओभर मदिराले नै मेटाउने मान्छन्। आशा गरौँ, आफूमा देखिएको युद्धको 'ह्याङओभर' हटाउन यही विचार माओवादी लडाकु एवं कार्यकर्तामा पक्कै आउने छैन।