नेपाली राजनीतिमा पुष्पलाल
०७ साउन २०६९
•
१४ मिनेट पाठ
नेपाली राजनीतिमा पुष्पलाल
नेपाली माटोमा कम्युनिस्ट आन्दोलन शिलान्यास गर्ने नायकको नाम पुष्पलाल हो। मार्क्सवाद लेनिनवादको प्रचारप्रसार गरी जनतालाई सचेत संगठित र आन्दोलित गर्न आजीवन क्रियाशील पुष्पलालले कम्युनिस्ट भनिनेहरू बाटै गद्दार संज्ञा पाउँदासमेत नथाकी, नभागी पार्टीलाई अगाडि बढाउनु भयो।
लेनिनको राजनीतिक जीवन उहाँका दाजु अलेक्जेन्डरलाई जारशाहीले प्राणदण्डको सजाय दिएपछि सुरु भएजस्तै पुष्पलालको राजनीतिक जीवन पनि राणाशाहीले जेठा दाजु गंगालाललाई १९९७ सालमा प्राणदण्ड दिएपछि सुरुभएको थियो। विस १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मेका पुष्पलालले २००६ बैशाख १० गते नेकपाको स्थापना गर्नुभयो। राणातन्त्र विरोधी आन्दोलनलाई राजावादी र बुर्जुवा सुधारको भ्रमबाट मुक्त बनाएर सामन्तवाद र साम्राज्यवाद विरोधी आमूल परिवर्तनका दिशामा अघि बढाउन कम्युनिस्ट पार्टीको अनिवार्य आवश्यकता खडि्करहेको बेलामा मार्क्सवाद लेनिनवादको वैज्ञानिक दृष्टिकोणका आधारमा देश र दुनियाको परिस्थिति विश्लेषण गर्दै कम्युनिस्ट पार्टीको निर्माण गर्न पुष्पलालले गरेको योगदानप्रति नेपाली कम्युनिस्ट आन्दोलन सधैं कृतज्ञा हुनुपर्छ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको बेलामा उहाँ संग आबश्यक पर्ने खर्च थिएन भारतीय कम्युनिस्ट मित्र नृपेन्›सँग सहयोग माग्न जाँदा उनले भनेछन् - हेर पुष्पलाल! केही हजार रुपियाँ हाम्रो निम्ति ठुलो कुरा होइन, हामीले दियौ भने फिर्ता लिँदैनौ। तर नेपाली जनता तिम्रो पार्टीलाई हुर्काउन र बढाउन अक्षम छन् भने कम्युनिस्ट पार्टीको गठन नै निरर्थक छ। यस उत्तरलाई पुष्पलालले सधेँ हेका राख्नुभयो र आफ्नै खुट्टामा उभिनसक्ने कम्युनिस्ट पार्टी निर्माणमा लाग्नुभयो।

सिक्न र जान्न विश्वविद्यालय नै जानुपर्छ भन्नेछैन। जनताकै बीचमा बसेर पनि धेरै सिक्न सकिन्छ। पुष्पलालले एसएलसीसम्म औपचारिक शिक्षा हासिल गर्नुभएको थियो तर उहाँले नेपाली इतिहास, दुनियाको आन्दोलन, नेपालको विशिष्टता र मार्क्सवादका विषयमा धेरै अध्ययन, खोज र अनुसन्धान गर्नुभयो। उहाँले कम्युनिस्ट घोषणापत्रको पहिलो नेपाली अनुवाद गरी प्रकाशित गर्नुभयो। साथै, नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र पनि जारी गर्नुभयो। उहाँले नेपालको मातृसत्तात्मक समाज, नेपालको नाम किन नेपाल रह्यो? नेपाली जनआन्दोलनको एक समीक्षा, नेपाली क्रान्तिको मूलबाटो, नेपाल कम्युनिस्ट पार्टीको १८ वर्षको क्रान्तिकारी सिंहावलोकन एवं शिक्षा, नयाँ जनवादी कार्यक्रमलगायत अनेकौं रचना प्रकाशन गर्नुभयो। उहाँका कृति र विचारले आज पनि नेपालको वामप्रजातान्त्रिक आन्दोलनलाई दिशानिर्देश गरिरहेकाछन्। आफ्नो क्रान्तिकारी जीवनमा पुष्पलालले कहिल्यै पनि स्वार्थका काला बादलको छायाँ पर्न दिनुभएन।

नेकपाको तत्कालीन नेतृत्वले २०१० सालतिर राजालाई विशेष अधिकार दिनुहुँदैन भन्ने कार्यक्रम बनायो। त्यतिबेला मुख्य शत्रु कुनै वर्ग, सत्ता वा शक्ति नभएर विशेष राजनीतिक प्रवृत्ति र निरंकुशता हो भनियो। तर उहाँले राजतन्त्र नै मुख्य शत्रु हो र राजतन्त्र विरोधी राजनीतिनै पार्टीको मूल नीति हो भन्ने निष्कर्ष निकालेर दक्षिणपन्थी दलदलमा फसाउन खोजिएको कम्युनिस्ट आन्दोलनलाई बचाउनुभयो। यसरी पार्टीको क्रान्तिकारी सारको रक्षा गर्नु भयो। उहाँ कम्युनिस्ट पार्टी निर्माणका लागि जनतालाई सचेत र संगठित बनाउन निरन्तर क्रियाशील हुनुभयो। कहिले प्रवासमा अखबारका पाना ओछ्याएर रेलका प्लेटफर्ममा रात बिताउनुभयो, कहिले खर्च नभएर सातु, चिउरा र प्याज खाएर र कैयौँ दिन त भोकभोकै बस्नु भयो। तैपनि, पार्टीलाई बचाउनुभयो। जतिसुकै दमन, शोषण, दुःखकष्ट आपदविपद सहन परे पनि पुष्पलाल सधैँ आफ्नो र मुलुकको स्वतन्त्रताका लागि लड्नुभयो। अभावकै कारण उहाँ अल्पायुमै थला पर्नुभयो र जीवनबाट बिदा लिनुभयो। त्यतिबेला खुलारूपमा आँसु खसाल्न पाइन्नथ्यो। उहाँको शव त आफ्नो देशमा ल्याउन दिइएन भने बाकीँ अवस्था कस्तो थियो होला? पुष्पलाललाई समग्रतामा अध्ययन र विश्लेषण गर्ने हो भने त्यहाँ नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास प्रतिविम्बित हुन्छ।

यतिखेर 'जनयुद्ध'मा होमिएकादेखि सरकारमा रहेका कम्युनिस्ट, र विपक्षीलेसमेत पुष्पलाललाई संस्थापक नेता र अगुवा मान्छन्। परन्तु, जिउँदो हुँदा आफ्नै साथीले उहाँलाई दिएका यातना अहिलेको सम्मानले सच्चिन्छ कि सच्चिँदैन? निर्मल लामाले भन्नुभएअनुसार पुष्पलालको अन्त्येष्टिमा गएको र कमरेड भनेबापत केन्द्रीय कमिटीले उहाँलाई कारबाही गर्योन। पार्टीले, पुष्पलाललाई गद्दार घोषणा गर्दा उहाँले केही गर्नसक्नु भएन। लामा पछि त्यो पाप पखाल्न चाहनुहुन्थ्यो। तत्कालीन नेकपा (माले)ले पनि त्यसै गर्योन। पाँच, सात वर्ष अगाडिसम्म मात्र पनि माओवादीले त्यसै गर्थ्यो। अब पुष्पलाल सबैका नेता बन्नुभएको छ तर के सबै पुष्पलालले देखाउनुभएको बाटो हिँडेका छन् त? प्रश्न गम्भीर छ।

'राजनीतिक दरि›ता व्यक्तिवाद हो, वैज्ञानिक चिन्तनको दरि›ता पछौटेपन हो। विश्लेषणको दरि›ता भरौटेपन हो, ज्ञानको दरि›ता कुरौटे पनहो। नेतृत्व गर्नसक्ने क्षमताको दरि›ता अरौटेपन हो।। सैद्धान्तिक दरि›ता व्यक्तिगत आरोपप्रत्यारोप हो।' भन्ने मान्यता राख्नुहुन्थ्यो पुष्पलाल। के उहाँका विचारलाई यति बेला नेपालको कम्युनिस्ट आन्दोलनले आत्मसात् गर्नसकेको छ त? के उहाँका शिष्य हौँ भन्नेहरूले पुष्पलालका मान्यतालाई व्यवहारमा उतारेका छन्? दुनियाँको इतिहासमा यस्ता धेरै दृष्टान्त भेटिन्छन् जहाँ अघिल्ला महान् विचारकका चेला हुनेहरूले नै उसको विचार ध्वंस गरेका छन्। बुद्ध जीवनभर मूर्ति पूजा विरुद्ध लडे तर उनैका लाखौं मूर्ति बनाइए। अर्को मूर्ति पूजाको विकास गरियो र बुद्ध धर्मलाई नै जड बनाइयो। मान्छे बोक्ने तर विचार छाड्ने काम बुद्धका चेला हौँ भन्नेले नै गरे। कतै पुष्पलालका सन्दर्भमा पनि त्यस्तै हुन खोजिरहेको त छैन? नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष दुई पुरुष पुष्पलाल र मदन भण्डारीबीच कुनै बेला नेता कार्यकर्ताको सम्बन्ध थियो। कालान्तरमा यी दुवै नेपाली कम्नीस्ट आन्दोलनका बिर्सनै नसकिने अगुवा ठहरिए। पुष्पलालले गर्व गर्ने ठाउँ छ, मदन भण्डारी उहाँका चेला हुनुहुन्थ्यो तर झस्कनु पनि पर्छ तिनै विद्रोह गर्ने चेला मदन भण्डारी नै कालान्तरमा पुष्पलालका सच्चा र योग्य उत्तराधिकारी ठहरिए।
निश्यनै पुष्पलालका केही कमीकमजोरी रहे। सधैँ संयुक्त जनआन्दोलनको आवश्यकतामा जोड दिए पनि उहाँ त्यस्तो सही कार्यनीतिक निष्कर्ष प्रयोग गर्न सफल हुनु भएन। हुनत, त्यस्तो कार्यनीतिक प्रयोग हुने परिस्थिति तयार भइसकेको थिएन भन्न चाहिँ सकिन्छ। उहाँले कार्यनीतिलाई नेपाली कांग्रेससँगको संयोजनमा मात्र हेर्नुभयो तर सबै वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याएर कांग्रेसलाई कार्यगत एकताको आवश्यकता महसुस गराउन जोड दिनुपर्थ्याे। संयुक्त आन्दोलन एउटाको बुइमा सवार हुनुहोइन बरु, समानहैसियतका साथ मैदानमा उत्रनु हो। त्यसतर्फ उहाँले ध्यान पुर्यााउन नसक्ता कांग्रेसको पछि लाग्ने प्रवृत्तिको आरोप पनि लाग्यो। तर उहाँ वर्गीय आन्दोलनको विषयमा कहिल्यै चुक्नुभएन। 'जातीय उत्पीडन, वर्गीय उत्पीडनकै एक रूप हो, जातीय उत्पीडन अन्त्य नगरी वर्गीय उत्पीडन अन्त्य हुँदैन भन्ने तर जातीय उत्पीडनलाई जातीय संघर्षले मात्रै समाधान दिँदैन, अझ बरु यसलाई विकराल बनाउँछ। वर्ग संघर्षको माध्यमबाटै जातीय उत्पीडन समाप्त पार्नुपर्छ।' पुष्पलालको मूल मान्यता यही थियो।

यस्ता कमजोरी उहाँको योगदानका तुलनामा महत्वहीन छन्। अरू कसैले बनाएको बाटोमा हिँड्न सजिलो छ, कसैले अगुवाइ गरेको यात्रा पनि हिँड्न गाह्रो छैन, तर आँफैले बाटो बनाउनु र लाखौँलाखलाई त्यही बाटोमा हिँडाउन सक्नु सबैभन्दा गाह्रो विषय हो। यो काम पुष्पलालले गर्नुभएको छ।

गंगालालले फाँसीमा झुन्डिनु अगाडी पुष्पलाललाइ भन्नुभएको थियो - 'जन्मेपछि मृत्यु त निश्चित छ, यो अपरिहार्य नियम हो। माइला! यस जन्मभूमिमा प्रजातन्त्रको स्थापनाका लागि हामीले बालेर गएको दियोलाई तिमीले जाज्वल्यमान पार्नु, नेपालका कुना कुनामा पुर्याथउनु।' गंगालालले भनेजस्तै पुष्पलाल नेपाल भर नै दियो सल्काउन सफल हुनुभयो, उज्यालो छर्नुभयो। सबै नेपाली भन्ने राष्ट्रियभावले पुष्पलाल मात्र लेख्न सुरु गर्नुभयो। आफ्नो थर कहिल्यै लेख्नुभएन तर आज जात, थर र गोत्रको झगडा चल्दैछ। पुष्पलाल कति दूरदर्शी हुनुहँुदो रहेछ भन्ने आज सबैलाई अनुभव भएको छ। वास्तवमा वामपन्थी आन्दोलनलाई छिन्नभिन्न पार्न बनाइएको जातीय अश्त्रले पुष्पलालका विचारलाई क्रमशः विस्थापित गर्न खोज्दैछ, आजको मुख्य चुनौती भनेको पुष्पलालका विचारलाई पुनर्जीवन दिनु नै हो।
अर्को समाचार
मनमोहनको बाटाेमा नहिड्ने कम्युनिष्ट हुनै सक्दैन : प्रधानमन्त्री ओली
१३ वैशाख २०७५
•
२ मिनेट पाठ
मनमोहनको बाटाेमा नहिड्ने  कम्युनिष्ट हुनै सक्दैन  :  प्रधानमन्त्री ओली
मनमाेहनकाे १९ अाैँ स्मृति दिवसमा अायाेजित कार्यक्रममा प्रधानमन्त्री केपी अाेली लगायत । तस्बिर : सुजन श्रेष्ठ
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन, र मदन मण्डारीको पथलाई नअंगाली कम्युनिष्ट बन्न नसकिने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले नेपालका पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले मनमोहनको योग्दान नेपाली राजनीतिमा अतुलनीय रहेको बताए।

‘हामी स्पष्ट उद्देश्यका साथ देशलाई अगाडि बढाउन लागि रहेका छौं।’ ओलीले भने, ‘स्पष्ट उद्देश्यका साथ देशलाई विकासको बाटोमा डोर्‍याउन सके नेपालको कम्युनिस्ट आन्दोलन सार्थक हुनुका साथै मनमोहनप्रति सच्चा श्रद्धाञ्जलि हुने छ।’ ओलीले अधिकारीको आर्दशको मूल्यांकन हुनुपर्ने बताए।

‘मनमोहनको चाहना त्यतिबेला नै एकीकृत कम्युनिष्ट पार्टी बनाउनु रहेको थियो’, ओलीले भने, अहिले हामी सोही पथमा जुटेका छौं। ओलीले माओवादी केन्द्रसँग एकता हुन्छ की हुँदैन भन्ने आशंका नगर्न आग्रह गर्दै ढीलो चाडो पार्टी एकता भएरै छोड्ने बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले डा. ढाकाराम सापकोटाद्वारा लिखित ‘मनमोहन अधिकारी : नेपाली राजनीतिमा ६ दशक’ नामक पुस्तकको विमोचन गरे।

पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै मनमोहन राजनीतिमा सक्रिय थिए। भारत छोड आन्दोलनको क्रममा उनी बनारस जेल परेका थिए। सोही क्रममा उनको भारतीय कम्युनिष्ट नेताहरुसँग सम्पर्क हुन पुग्यो र उनी कम्युनिष्ट पार्टीमा संगठित हुन पुगे।

राजनीतिक संघर्षकै क्रममा उनी १७ वर्ष जेल परेका थिए । अधिकारी २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री भए।

विक्रम संवत १९७८ सालमा काठमाडौंमा जन्मेका अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस