सत्ता र सरकारको संघर्ष
०९ साउन २०६९
•
१७ मिनेट पाठ
सत्ता र सरकारको संघर्ष
स्थायी सत्ता र सरकारको सम्बन्ध कस्तो हुन्छ? साधन, स्रोत र सम्पत्ति मुठ्याएर शक्तिशाली हुँदैआएको स्थायी सत्तासित राजनीतिक दलको अन्तरसम्बन्ध कस्तो हुन्छ?
पुरानो स्थापित सत्ताले नयाँ सरकार, राजनीतिक दल र राजनीतिक एजेन्डालाई कसरी निल्न (को-अप्ट) खोज्छ? यस्ता प्रश्नमा नेपालको अर्थराजनीतिक बहस कमै भएको छ। नेपाली राजनीति भने यिनै प्रश्नको सेरोफेरोमा गोलचक्कर खाइरहेको छ। धेरै टाढा जानुपर्दैन, नयाँ संविधान नलेखीकनै संविधान सभा विघटन भएपछिकोे राजनीतिक उतारचढावमा स्थायी सत्ताले खेलेको भूमिकामात्रै हेरे पुग्छ।
वास्तवमा संविधान सभाको विघटन राजनीतिक दलहरूको अदूरदर्शी व्यवहार र पश्चगामी चिन्तनको परिणाममात्रै नभएर नेपालको पुरानो स्थायी सत्ताले थालेको अग्रगमन रोक्ने सफल प्रयासको प्रतिफल पनि हो। पुराना राजनीति दलहरू त त्यस्तो स्थायी सत्ताका राजनीतिक मोहोरा मात्रै हुन्। ती मोहोराहरूको प्रयोगबाट जनसाधारणमा नेपाली राजनीति तिनैबाट सञ्चालित रहेको भ्रम हुनसक्छ। यथार्थमा साधन, स्रोत, सम्पत्ति र शक्तिमा कुनै पनि परिवर्तन वा सुधारलाई छेकथुन गर्दै पुरानो सत्तालाई बचाउने क्रममा पहिचानसहितको संघीयतालाई ठाडै अस्वीकार गर्ने नाममा संविधान सभालाई आर्यघाटमा पुर्याकइएको हो। कुनै न कुनै रूपमा संघीयता स्थापित भएमा पुरानो शक्ति सम्बन्धमा फेरबदल आउने र नयाँ शक्ति सम्बन्ध स्थापित हुने डर त्यत्तिकै चौतर्फी फैलिएको होइन। शक्ति र सरकार जनताको पहुँचमा पुग्यो भने पुरानो स्थापित सत्तामा धाँजा पर्छ भन्ने डरका कारण संविधान सभै भंग गर्न लगाइएको तथ्य उजागर हुनु जरुरी छ।
राजतन्त्रको अन्त्यपछि अहिले सत्ता प्रतिष्ठानको नेतृत्व राजाको सट्टा राष्ट्रपतिको काँधमा सुम्पने र पुरानो सत्तालाई बचाइराख्ने प्रयास जारी छ। नेपाली कांग्रेसका महामन्त्रीबाट नेपालका राष्ट्रपति पदमा चुनिएका रामवरण यादवले राजा महेन्द्रबाट २०१७ सालमा गरिएको सत्तापलट र त्यसको दूरगामी दुष्परिणामप्रति सचेत रहेको दाबी गर्दै आएको छन्। तर, उनको शीरमा श्रीपेच पहिर्यागउन आतुर पुरानो सत्ताको चलखेल र उनको नयाँ राजा हुने महत्वाकांक्षाको मिलन भयो भने त्यस्तो सचेतता टुकुचामा बग्न सक्छ। पुरानो सत्ताको यो खेलमा राष्ट्रपति यादवका लागि आफ्ना नेता बीपी कोइरालाले २०१७ सालमा पुराना सत्ता प्रतिष्ठानबाट बेहोरेको प्रहार र त्यस प्रहारको नेपथ्यमा रहेको पुरानो सत्ताको अर्थराजनीति यतिखेर पनि विचारणीय छ। बीपी स्मृति दिवस मनाइरहेका जोकोहीले पनि भूमिको स्वामित्वसँग जोडिएको सत्तासंघर्ष र २०१७ सालका सत्तापलटको अन्तरसम्बन्ध मात्रै हेरे भने पनि सत्ताशक्तिको खेल राम्ररी बुझ्न सक्छन्।
भूमिमा सत्ता संघर्ष
सात सालको परिवर्तनको नेतृत्व गरेका बीपी कोइरालाले '२०१५ सालको चुनावकोे राजनीतिक पृष्ठभूमि'को विश्लेषण गर्दै भनेका थिए, 'आफ्नो भविष्यका (प्रति) चिन्तित भएर ठूलाठालु, बिर्तावाल, जमिनदार, जिमुवालहरू पनि आफ्नो वर्गको स्वार्थरक्षाका लागि सङ्गठित हुन थाले। यस सात वर्षमा वर्ग स्वार्थको संघर्षले पनि राजनीतिक रूप लिएको छ। समाजभित्रको सामन्ती व्यवस्थामा निहित किसान र सामन्त वर्गबीच द्वन्द्व चलिरहनु अहिलेको ऐतिहासिक तथ्य छ।'
'नेपाली कांग्रेसले क्रान्तिकै सिलसिलामा किसान वर्गको पक्षपोषण गरेपछि सामन्ती शोषकहरू विचलित बनेर आफ्नो स्वार्थ रक्षाको उपाय सोच्न थालेको' भेउ बीपीले पाएका थिए। वास्तवमा यही संघर्षको एउटा उत्कर्ष थियो, बिर्ताप्रथा उन्मूलन गर्ने बचनबद्धताका साथ ०१५ सालको चुनाव लडेको कांग्रेसले राजा महेन्द्रको अनुमानविपरीत सफलता पाएपछि भएको सत्तासंघर्ष। निर्वाचनमा बहुमत पाएको कांग्रेसका नेता बीपीलाई तीन महिनासम्म प्रधानमन्त्री नियुक्त नगरी शक्तिसञ्चय गरेका थिए राजा महेन्द्रले। उनले तीन साताभित्रै सैनिक ऐन बनाउनु तथा पछि क्षतिपूर्ति दाबी गर्न कयौं बिर्ता र जंगल दिदीबहिनीलाई बाँड्नथाल्नु संघर्षको पूर्वाभ्यास थियो।
ढिलै भए पनि बीपीले २०१५ सालमा सरकार बनाउन पाए, जुन सरकारमा उनले गणेशमान सिंहलाई मालपोत विकास (भूमिसुधार) मन्त्री नियुक्त गरे अनि सरकारको कार्यक्रममा भूमिसुधार र किसानहरूको कल्याणलाई प्राथमिकतामा राखे। भुवनलाल जोशी र लियो इ. रोजका अनुसार, उनले धनी र विशेषाधिकारप्राप्त सामन्त वर्गले जारी राखेको शोषण र उत्पीडनबाट जनतालाई, मूलतः किसानलाई मुक्त गर्ने क्रियाशीलता देखाए। त्यसको ठोस रूप थियो : मोही र जग्गाविहीन कृषि मजदुरलाई थोक हिसाबले जग्गा वितरण गरी जमिनको स्वामित्व र उपभोगको व्यवस्थामा क्रमिक तर आमूल परिवर्तनकारी परिवर्तन गर्ने कार्यक्रम।
भूमि र सत्ताको सम्बन्ध
सरकारले चुनावी घोषणाबमोजिम सैद्धान्तिकरूपमा जमिनदार र बिर्तावालहरूको हदबन्दीभन्दा अधिक जग्गा अधिग्रहण गर्दा क्षतिपूर्ति दिने प्रावधान राख्यो तर जमिनदारीप्रथाको अन्त्य, जमिनको हदबन्दी र हदबन्दीभन्दा अधिक रहेको जग्गाको पुनर्वितरणजस्ता नीतिले गर्दा जमिनदार र बिर्तावालहरू नराम्ररी अत्तालिए। बिर्ता उन्मूलनको व्यवस्था देशको कृषियोग्य भूमिको लगभग ३६ प्रतिशत भूभागमाथि अधिकार जमाएर बसेका विशेषतः शाह र राणालगायत शासक वर्गका ठूला बिर्तावाल र जमिनदारले जारी राखेको सामन्ती प्रथामाथि ठूलो चोट साबित भयो। सामन्ती तत्वले बिर्ता उन्मूलनका विरोधमा संघर्ष गर्न थालेपछि प्रधानमन्त्री बीपीले अरू कडा प्रतिक्रिया दिए, 'हावा, पानी, घाम र भूमि यो चारैमाथि त्यसको अधिकार हुन्छ, जो त्यसको भोगचलन गर्छन्। भूमिमाथि जोत्ने किसानको हक हुनुपर्छ। बिर्ता खारेजी र 'ख' बिर्तामाथि अलिकति ट्याक्स त केही पनि होइन।' जबसम्म जोत्नेहरूको हक जग्गामाथि हुँदैन, तबसम्म मलाई सन्तोष हुनेछैन। प्रदीप गिरिद्वारा सम्पादित 'राजनीतिक अभिलेख'अनुसार बीपीले 'जमिनको वितरण र नयाँ जमिनमा पुनर्वासको व्यवस्था, भूमि सेनाको स्थापनालगायतका काम गर्ने' दृढता पनि व्यक्त गरे।
यसरी आर्थिक क्षेत्रमा लोकतन्त्र लागु गरी सामाजिक परिवर्तनलाई तीव्र र सघन बनाउन खोज्दा बीपी सरकारले सामन्ती तत्वबाट बाधाअड्चन बेहोर्नुपर्योक। विसं २०१७ सालमा सैनिक 'कु'अघि सरकारलाई नराम्ररी अप्ठेरोमा पार्ने सामन्ती तत्वलाई चेताउँदै भनेका थिए, अहिले पनि सामन्ती तत्वहरू पराजित युद्ध जारी राख्दैछन्। यिनीहरूबाट द्वेषको आवेश र पराजयको निराशामा अवाञ्छित काम हुन नसक्ला भन्न सकिँदैन।' बिर्ता उन्मूलनले यिनीहरूमा ठूलो खलबली मच्चाएको छ। भूमिसम्बन्धी नयाँ व्यवस्था, किसानहरूको अधिकारको संरक्षण, भूमिमा लागेको प्रगतिशील कर इत्यादि र जमिनको सीमाबन्दी तथा जमिनदारीप्रथाको अन्त्य गर्ने अठोट इत्यादि जस्ता कुराले सामन्तहरूमा द्वेषको भयानक अग्नि प्रज्ज्वलित गरेको छ। यस वर्गले चुनावमा जनताद्वारा अस्वीकृत भएका संस्थाहरूलाई प्रयोगमा ल्याएर केही कालसम्म अझै जीवित रहने दुष्प्रयास गरिरहेको छ।'
सरकारले क समूहको बिर्तालाई मोहीका नाममा दर्ता गर्ने प्रक्रियासँगै वनजंगललाई पनि बिर्ताका रूपमा दिने प्रचलन रोक्न वनजंगलको राष्ट्रियकरण गर्ने, सामन्तवादको प्रतीक : राज्य रजौटा उन्मूलन गर्न विधेयक तयार गर्ने तथा तिनको मातहतमा रहने राज्य अदालतहरू खारेज गर्ने क्रम तीव्र पारेपछि जमिनदारहरू अत्यन्त सन्त्रस्त भए। जोशी र रोजका अनुसार सामन्तवादी अर्थव्यवस्थालाई क्रान्तिकारी रूपान्तरणका माध्यमबाट औद्योगीकरणतर्फ चालिएको सरकारी प्रयत्न, नेपाली भाषाको मात्र एकाधिकारको व्यवस्था गरिएको नेपाली समाजमा सबै भाषा र धर्मको समानुपातिक संरक्षणको नीति, सहरमा रहेको घरजग्गालगायत सम्पत्तिमाथि करले धेरै नै सम्भ्रान्त र सामन्तहरूलाई त्रसित पार्योा।
उनीहरूको त्रास र संघर्षबारे जानकार प्रधानमन्त्री बीपी ०१७ पुस १ गते तरुण दलको सम्मेलनलाई सम्बोधन गर्दैथिए, 'समाजमा अहिले जुन हलचल, तानातानी, आन्दोलन र क्षुब्ध वातावरण विद्यमान छ, त्यो सबै पुरातन र नूतन व्यवस्थाबीच संघर्ष भइरहेको लक्षण हो।'अहिले इतिहासले पन्छाउन लागेका पुराना तत्वहरू नयाँ तत्वहरूसँग हारिने लडाइँ लडिरहेका छन् र क्रमशः परास्त हुँदै जानेछन्। बिर्ता उन्मूलन, नयाँ कर व्यवस्था नूतन व्यवस्थाका प्राथमिक चरण हुन्। हाम्रो अधमरा समाजले प्रगतिशील सामाजिक शक्तिहरूको संगठनको बलमा विस्तारै-विस्तारै अझ बढी क्रान्तिकारी कदम चाल्नुपर्नेछ।'




प्रतिगमनको दुष्परिणाम
यस्ता जनमुखी अग्रगामी कदमविरुद्ध केही छोटे राजारजौटाले विद्रोह पनि गरे भने बडे राजा महेन्द्रले 'मूर्खतापूर्ण प्रतिगामी बाटो'मा गएर सेनाको बलमा राज्यसत्ता हत्याए। त्यसैले राजारजौटा उन्मूलन विधेयकले ऐन बन्न पाएन। कांग्रेसको जनअनुमोदित चुनावी घोषणाअनुसार भूमिको हदबन्दी र अधिक भूमिको पुनर्वितरण गर्ने प्रतिबद्धता पनि लागू हुन पाएन, सत्ताविप्लवकै कारण। भूस्वामीहरू, कट्टर हिन्दू अतिवादी पण्डित र पुरोहितहरू, धनाढ्यहरू, नोकरशाहहरू, राजप्रसादमा रहेका प्रशासकहरू तथा शाही सेनाको बलमा सत्ता हत्याउन सफल भएपछि हरेकजसो राष्ट्रिय प्रश्नमा प्रतिगमन तीव्र र सघन भयो।
प्रतिगमनको दुष्प्रभाव देश र जनताका लागि कति खतरनाक हुन्छ, राजतन्त्र छाडेर जान बाध्य पूर्वराजा ज्ञानेन्द्रदेखि प्रथम राष्ट्र्रपति यादवलाई पनि राम्ररी थाहा भइसकेको छ। नेपालको स्थायी सत्ताले संविधानसभा विघटनपछि यादवलाई पनि महेन्द्र वा ज्ञानेन्द्र बनाउने कसरतलाई तेज पारिरहेको छ। उनी बेलैमा सचेत नभएमा बीपीको नियति दोहोरिन सक्छ, प्रधानमन्त्री बाबुराम भट्टराईको बर्खास्तीका रूपमा। स्थायी सत्ताका विभिन्न अंगले पहिचानविरुद्ध छेडेको लडाइँका क्रममा संविधानस भाको अवशानसँगै अब बाबुराम सरकारलाई पनि कुनै न कुनै निहुँमा बर्खास्त गरियो भने प्रतिगमन र द्वन्द्वको प्रक्रिया फेरि तीव्र हुनेछ। स्मृति दिवसका सन्दर्भमा वर्षमा एक पटक बीपीलाई पूजै गर्ने दल र नेताहरूले स्थायी सत्ताले भूमिसँग जोडिएको सत्तास्वार्थलाई बचाउन गरेको प्रतिगमनको दुष्परिणामलाई सम्झे मात्रै पनि ठूलो परिवर्तन हुन सक्छ। उनीहरूले एजेन्डामा सहमति र सहमतिका आधारमा राष्ट्रिय सरकारका लागि पहल गर्नुको साटो निषेधको राजनीति मात्रै गरिरहेमा पुरानो स्थायी सत्ता परिवर्तनको एजेन्डालाई निल्ने र नयाँ नेतृत्वलाई पनि पतनको खाल्डोमा धकेल्ने काममा पुनः सफल भइरहनेछ। विसं २०१५ सालमा जनताबाट निर्वाचित सभासद्बाट नयाँ लेखनको सम्भावना बोकेको संविधान सभाको चुनावको साटो संसद्को चुनाव गराउने स्थायी सत्ता अब पनि संविधान सभाबाट नयाँ संविधान लेख्न नदिन जीवनमरणको संघर्ष गरिरहेको छ। यस्तो बेला बीपीको अनुयायीहरूले मुख खोल्नुपर्छ : तपाईंहरू पुरानो स्थायी सत्ता र सरकारको कुर्सीकै पक्षमा हुनुहुन्छ कि जनता र अग्रगमनको पक्षमा?
अर्को समाचार
पञ्चायत र राजाको शासनविरुद्ध संघर्ष गरेको पार्टीलाई तर्साउन खोज्नु सरकारको भ्रम हो : शिवाकोटी
१९ कार्तिक २०८३
•
१ मिनेट पाठ
पञ्चायत र राजाको शासनविरुद्ध संघर्ष गरेको पार्टीलाई तर्साउन खोज्नु सरकारको भ्रम हो : शिवाकोटी
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भय र भ्रमबाट विचलित नहुने भन्दै कांग्रेसलाई लल्कार्ने प्रयास नगर्न चेतावनी दिएका छन्। साइबर ब्युरोले बोलाएपछि बिहीबार उपस्थित भएका शिवाकोटीले सरकारको गतिविधिको सशक्त प्रतिवाद गर्ने बताएका हुन्। 




काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले फोन गरेर बोलाएको थियो। काठमाडौं फर्किएपछि ब्युरोमा उपस्थित भएका उनले सरकार आफ्ना आलोचकलाई तर्साएर सत्ता सञ्चालन गर्न खोजिरहेको आरोप लगाए। 

‘प्रहरी लगाएर खोज्नुपर्दैन, म आफैँ आउँछु भनेर सामाजिक सञ्जालमा लेखेको थिएँ। अहिले तपाईंहरूकै बीचमा छु,’ उनले भने।

शिवाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रम सिर्जना गर्ने र त्यसबाट नडराउनेहरूलाई भयभीत बनाउने गतिविधि गरिरहेको आरोप लगाए। कांग्रेसको इतिहास स्मरण गराउँदै उनले राणा शासन, पञ्चायत र राजाको प्रत्यक्ष शासनविरुद्ध संघर्ष गरेर आएको पार्टीलाई तर्साउन खोज्नु सरकारको भ्रम हुने बताए। 

‘यदि प्रधानमन्त्री बालेन शाह र उनको टिमले दुस्साहस गर्छ भने त्यसको जवाफ सरकारले पनि पाउँछ र त्यसको मूल्य स्वयं प्रधानमन्त्रीले चुकाउनुपर्छ,’ उनले चेतावनी दिए। 

उनले प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग जोडिएको १८ करोड रुपैयाँको प्रसंगलाई पनि राजनीतिक रूपमा कांग्रेस नेतृत्वलाई निशाना बनाउन मञ्चन गरिएको बताए। 

शिवाकोटीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाइएको घटनासँग पनि उक्त प्रकरण जोडिएको दाबी गर्दै प्रहरी नेतृत्वलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्न खोजिएको उनको भनाइ छ। 

सरकारका गतिविधिप्रति कांग्रेसले निरन्तर प्रश्न उठाउँदै आएको उल्लेख गर्दै उनले सरकारले आफ्नो शैली नसच्याए त्यसको परिणाम सरकारकै लागि घातक हुने बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस