खेलकुदमा हस्तक्षेप
१४ साउन २०६९
•
१३ मिनेट पाठ
खेलकुदमा हस्तक्षेप
सन् २००६ मा कतारको राजधानी दोहामा भएको १५ औँ एसियाली खेलकुदमा पुगेका एक नेपाली खेल अधिकारीले राजनीतिज्ञलाई समावेश नगरिकन देशको खेल उभो नलाग्ने बताएका थिए।
उनको कुरा सुन्दा अचम्म लागेको थियो। कारण हामी पत्रकार तथा खेलाडीले बारम्बार राजनीतिक हस्तक्षेपका कारण नेपाली खेलले गति लिन नसकेको बताउँदै आएका थियौँ र छौँ पनि।




त्यतिबेला अधिकारीका रुपमा दोहा पुगेका ती व्यक्तिको खेलकुदसँग गोरु बेचेको साइनो पनि थिएन। उनी सत्ताधारी दलसँग नजिकै भएका कारणले मात्र त्यहाँ पुगेका थिए। सम्भवतः आफ्नो अधिकांश समय खेलमा समर्पित गरेका अर्का कुनै खेलाडी अथवा त्यस्तै व्यक्तिलाई हटाएर उनलाई त्यहाँ ल्याइएको थियो।

खेल पत्रकारका रुपमा पहिलो पटक खेलकुदको एसियाली कु्म्भ मेलामा समाचार संकलन गर्न गएको मलाई पहिला उनको भनाई चित्त बुझ्ने कुरै थिएन। कारण प्रशस्त सम्भावना भएर पनि नेपाली खेल क्षेत्र अधोगतितर्फ उन्मुख हुनुको मु्ख्य कारण नै यसमा निहित राजनीतिक हस्तक्षेप हो। तर, एसियाली खेलकुद आयोजनामा कतारको तयारी र त्यहाँका शासक वर्गको संलग्नता देखेपछि म भिन्न कोणबाट विचार गर्न बाध्य भएको थिए। त्यतिबेला १६ औँ एसियाली खेलकुदको आयोजना गर्ने अवसर पाएको चीनको गुआङ्झाउ सहरका प्रतिनिधिहरू कतारको तयारी र व्यवस्थापन हेर्न आएका थिए।

वास्तवमा नेपालमा खेलकुदको अधोगति हुनुमा राजनीतिक हस्तक्षेप भएको कुरा सत्य हो। त्यस्तै खेल विकासका लागि राजनीतिक संलग्नता (अथवा हस्तक्षेप) हुनुपर्ने कुरा पनि आफ्नो ठाउँमा सत्य हो। नेपाली खेलकुदमा हुँदै आएको राजनीतिक हस्तक्षेपको उद्देश्य र दिशा सकारात्मक हुन सकेको छैन। यहाँको खेलमा राजनीतिक संलग्नता दलीय तथा दलका नेताहरूको व्यक्तिगत स्वार्थको पृष्ठपोषण गर्नमा मात्र सीमित हुँदै आएको छ। त्यसको परिणामस्वरुप एसियाड र ओलम्पियाड जस्ता खेल मेलामा सहभागी हुन जाने नेपाली टोलीमा कहिले खेलाडीभन्दा खेल अधिकारीको संख्या बढी हुने गर्छ। कहिले खेलकुदसँग कुनै साइनो नभएका व्यक्ति राजनीतिक निकटताका आधारमा मार्चपार्समा सामेल भइरहेका हुन्छन्। खेलमा राजनीतिक हस्तक्षेप अथवा संलग्नता आवश्यक हुन्छ भन्ने दोहा एसियाडमा गएका ती व्यक्तिको भनाइको तात्पर्य आफू र आफू जस्तालाई यसरी नै विदेश घुम्ने अवसर प्राप्त हुनुपर्छ भन्ने थियो।

तर २० औँ शताब्दिको अन्त्यसम्म आइपुग्दा विश्वमा खेलकुदले मनोरञ्जनको घेरा नाघिसकेको थियो। एउटा राष्ट्रको विकासको महत्वपूर्ण मापदण्ड भइसकेको थियो खेलकुद। सन् १९८० मा रुसको राजधानी मस्कोमा भएको ओलम्पिक खेलसम्म पनि यो निकै खर्चालु मानिन्थ्यो। त्यतिबेला ओलम्पिक जस्ता खेलको आयोजना र यसमा प्राप्त सफलतालाई शीतयुद्धसँग गाँसेर हेर्ने चलन थियो। त्यसैले यस किसिमका आयोजना निकै खर्चालु मानिन्थे। तर सन् १९८४ मा अमेरिकाको लसएन्जल्स ओलम्पिक पहिलो पटक नाफाको आयोजनाका रुपमा देखापरेको थियो।
कुनै पनि देशको विकासको मापदण्डमा अब खेलकुदमा उसको संलग्नता बृहत् प्रतियोगिताको आयोजना र त्यसमा गरिएको प्रदर्शन पनि पर्न थालेको छ। त्यसैले एसियाड तथा ओलम्पिक जस्ता खेलकुदको अयोजना तथा त्यसमा पाइने सफलताले देशको प्रतिष्ठामात्र नभई आर्थिक विकाससम्म असर पारेको हुन्छ। त्यसैले नै एसियाड, ओलम्पिक तथा विश्वकप जस्ता आयोजनाका लागि हरेक देशले मरिहत्ते गर्ने गर्छन्। अर्बौं डलर खर्च गर्न पछि पर्दैनन्। यसको पछिल्लो उदाहरण सन् २००८ मा चीनको राजधानी बेइजिङमा भएको ओलम्पिक खेलकुदको आयोजना हो। बेइजिङले त्यस ओलम्पिकलाई हरेक कोणबाट ऐतिहासिक बनाएको थियो। तीव्र आर्थिक गतिसाथ अघि बढ्दा पनि एउटा साम्यवादी राष्ट्रको पहिचानबाट उम्कन नसकेको चीनका लागि बेइजिङ ओलम्पिक आफ्ना आर्थिक उपलब्धिलाई विश्व समुदायसामु पुर्यानउने भरपर्दो माध्यम बन्न पुगेको थियो। खेलको सफल आयोजना र त्यसमा प्राप्त सफलताले उसको प्रतिष्ठा आकासिएको पनि थियो।

खेलकुद कसरी देशको विकासको मापदण्ड हुन सक्छ भन्ने प्रष्ट उदाहरण दक्षिण कोरियाले १९८० को दशकमा प्रस्तुत गरेको थियो। सन् १९८४ मा दशौँ एसियाली खेल आयोजना गरेको राजधानी सोलले त्यसको चार वर्षपछि ओलम्पिक पनि सफल आयोजना गरेको थियो। सन् १९८८ मा भएको सोल ओलम्पिक एउटा अर्को कारणले पनि महत्वपूर्ण हुन पुगेको थियो। त्यो के भने त्यसअघिका ओलम्पिक खेलहरू कुनै न कुनै रुपमा शीतयुद्धको शिकार भएका थिए। ठूलो उदाहरण १९८० को मस्को ओलम्पिक र त्यसपछि १९८४ को लस एन्जल्स ओलम्पिक थिए।

सन् १९७९ को डिसेम्बरमा तत्कालीन सोभियत संघको फौज अफगानिस्तानमा पसेको कुराको विरोध गर्दै अमेरिकाले मस्को ओलम्पिक बहिष्कार गरेको थियो। साम्यवादी र प्रजातन्त्रवादी गरी दुई धारमा बाँडिएको तत्कालीन विश्वका प्रजातान्त्रिक धार भनिनेहरूले अमेरिकाको त्यस कदमलाई साथ दिएका थिए। त्यसको बदला सोभियत संघले चार वर्षपछिको लस एन्जल्स ओलम्पिक बहिष्कार गरेर लिएको थियो। त्यतिबेला सोभियत संघलाई साम्यवादी धारका राष्ट्रले साथ दिएका थिए।

१९८८ को सोल ओलम्पिकमा भने अमेरिका र सोभियत संघ दुवै पक्षको सहभागिता थियो। त्यसैले पनि त्यो ओलम्पिक महत्वपूर्ण मानिएको थियो। सोल ओलम्पिकपछि दक्षिण कोरियालाई हेर्ने बाँकी विश्वको दृष्टिकोणमा फरक आएको थियो। चार वर्षको अन्तरालमा एसियाड र ओलम्पिक जस्ता प्रतियोगिता आयोजना गर्नु सामान्य कुरा थिएन। यसका लागि कुनै पनि राष्ट्र आर्थिकरुपमा बलियो हुनुपर्छ। विश्व खेलकुदको विकासक्रम हेर्ने हो भने पनि त्यो कुनै न कुनै रुपमा राजनीतिबाट प्रभावित अथवा प्रेरित हँुदै आएको छ।

विकसित मुलुकमा समेत ठूला खेल आयोजना सफलताका लागि सरकार तथा राष्ट्र प्रमुखको प्रत्यक्ष संलग्नता हुँदै आएको छ। राजनीतिक संलग्नताले खेलकुदलाई बिगार गर्ने भए ती राष्ट्रमा पक्कै पनि त्यस्तो हुँदैन थियो।
त्यसैले खेल विकासका लागि राजनीतिक संलग्नता आवश्यक हुन्छ नै। तर त्यो राजनीति दलीय तथा व्यक्तिगत स्वार्थबाट भने माथि उठेको हुनुपर्छ। खेलकुदप्रतिको नेपाली समाजको पारम्परिक दृष्टिकोण अहिलेसम्म पनि परिवर्तन हुन नसकेका कारण यस क्षेत्रले अपेक्षित विकास गर्न सकेको छैन। खेलकुदलाई देश विकासको मापदण्डका रुपमा स्वीकार गर्नु आवश्यक छ। यसो भएको खण्डमा नेपाली खेलकुदमा हुने राजनीतिक संलग्नताले सकारात्मक उद्देश्य अंगाल्न सक्नेछ।

त्यसैले एसियाली तथा ओलम्पिक खेल जस्ता बृहत् प्रतियोगितामा नेपाल जस्ता मुलुकबाट योजनाकारको उपस्थिति आवश्यक हुन्छ। अहिले विश्वले खेलकुदलाई कुनरुपमा हेर्न थालेको छ? अन्य मुलुकले खेलकुदमा कस्तो किसिमको लगानी गरिरहेका छन् जस्ता कुरा हाम्रा योजनाकारले आत्मसात गर्नु आवश्यक छ। यसका लागि प्रधान मन्त्री स्वयं अथवा उनका सल्लाहकार, विपक्षी दलका नेता योजना आयोगका उपाध्यक्ष अथवा सदस्य अनि प्रमुख सञ्चार माध्यमका सम्पादकहरूको उपस्थिति त्यस किसिमका बृहत् आयोजनामा हुनु आवश्यक छ। यसबाट खेलकुदलाई बाँकी विश्वले हेर्ने दृष्टिकोण सम्बन्धमा हाम्रा योजनाकारले पनि थाहा पाउनेछन्, जुन नेपाली खेलकुदका लागि अत्यन्त जरुरी छ। यसबाट देशभित्र खेलप्रतिको सोचमा क्रमशः सकारात्मक परिवर्तन आउन सक्नेछ।

खेलकुदमा हुने विकासले अन्य क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्न सक्छ। खेलकुदमा हुने राजनीतिक हस्तक्षेपलाई हामी रोक्न सक्दैनौँ किनभने त्यो आवश्यक पनि छ। तर त्यो हस्तक्षेपलाई सकारात्मक बनाउनतर्फ भने प्रयास गर्न सक्छौँ। दल स्थापनाको मुख्य उद्देश्य नै देश विकास रहेको हुन्छ। त्यसैले कुनै पनि क्षेत्रको विकासका लागि राजनीतिक संलग्नता आवश्यक हुन्छ। तर त्यो संलग्नता नकारात्मक प्रभाव पार्ने रुपमा नभई प्रेरणादायी हुनुपर्छ। नेपाली खेलकुदको आवश्यकता पनि त्यही हो। यहाँको खेलकुदमा हुने राजनीतिक उपस्थिति हस्तक्षेपका रुपमा नभई यसको विकासमा मद्दत पुर्यााउने सशक्त माध्यमका रुपमा हुनुपर्छ। त्यसका लागि वर्तमान समयमा खेलकुदको महत्वलाई राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम तथा स्वयं समाजले पनि बुझ्नु आवश्यक छ।
अर्को समाचार
'थ्याङ्क्यु प्राइम मिनिस्टर'
१६ माघ २०६६
•
२ मिनेट पाठ
'थ्याङ्क्यु प्राइम मिनिस्टर'
इस्लामावाद, माघ १६ (एजेन्सी)- पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिलानीले हस्तक्षेप गर्दै बंगलादेशको राजधानी ढाकामा शुक्रबार सुरु ११औं दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने राष्ट्रिय टोलीको संख्यालाई घटाएका छन्।




पाकिस्तान ओलम्पिक संघ (पिओए) ले सिफारिस गरेको ३ सय ७४ को संख्यालाई प्रधानमन्त्रीले ३ सय २२ मा झारेका थिए। 'प्रधानमन्त्रीको उक्त निर्णयले यस्ता अवसरमा सयर गर्न पल्केकाहरूको इच्छा यस पटक पूरा हुन पाएन,' त्यहाँका एक खेल समीक्षकले बताए।
प्रधानमन्त्रीको हस्तक्षेपमा नाम हटाइएका अधिकारीमा पाकिस्तान स्पोर्ट्स बोर्ड (पिएसबी) का महानिर्देशक अमिर हमाजा पनि छन्।
'पाकिस्तानमा यस किसिमका अवसरमा राष्ट्रिय ढुकुटी रित्याउन पल्केकालाई यसबाट राम्रो चेतावनी पुगेको हुनुपर्छ, म यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिन चाहन्छु,' पाकिस्तानका खेल समीक्षक जाकिर हुसेन सैयदले आफ्नो स्तम्भ 'थ्याङ्क्यू प्राइम मिनिस्टर' मा लेखेका छन्।
'पिएसबीका पूर्व महानिर्देशक संन्यासप्राप्त कर्नर सलाहुद्दिनले आफ्नो कार्यकालमा लगभग एक दर्जन पटक विदेश भ्रमण गरेका थिए। यस किसिमको अनावश्यक संख्यासहितको टोलीको सहभागिता फेसनजस्तै भएको छ,' उनले लेखेका छन्, 'दोहामा भएको पछिल्लो एसियाली खेलकुदमा पाकिस्तानले एक्लो कांस्य पदक मात्र पाएको थियो। त्यसैले यो उच्चाधिकारीले चालेको साहसिक कदम हो। खेल मन्त्रालयले दोहा एसियाडमा सहभागिताका लागि कति रकम किन कसरी खर्च गरिएको हो भनेर प्रश्न गर्नुपर्छ।'
बढी संख्यामा सहभागी पठाउनु पिओएको राजनीतिक चतुरता भएको एक पत्रकारले बताए। 'यसबाट उनीहरूले आफ्नो समर्थकको संख्या बढाउन अथवा कायमै राख्न खेल संघहरूका अधिकारीलाई खुसी पार्ने गर्छन्, तर सरकारी ढुकुटी रित्याएर,' उनले भने।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस