एकल र बहुपहिचानका आधारमा राज्य पुनर्संरचनाको चित्र कोर्दै हिँड्ने प्रत्येकजसो राजनीतिक दल सत्ता, शक्ति र सम्पत्तिको मामिलामा विवादको दलदलमा फसिरहेका छन्।
पद र जिम्मेवारी बाँडफाँटको विवादले महामारीको रूप लिइसक्ता पनि राजनीतिक दल र तिनका नेताकार्यकर्ताबीच दलगत पुनर्संरचना कार्यसूचीका बन्न सकेको छैन। यस्तै विवादबीच जनमानसमा उठेको सवाल हो, ती शीर्ष नेताहरूले राज्य चलाउने आआफ्ना राजनीतिक दलहरूलाई पनि पुनर्संरचना गर्लान् त?
'दलभित्रका दल'को दलदल
विडम्बना, केही समयअघिसम्म राज्य पुनर्संरचनाको रट लगाउँदै बसेका राजनीतिक दलका नेताहरूले समेत आआफ्ना राजनीतिक दललाई पनि पुनर्संरचना गर्ने कुनै छाँटकाँट देखाएका छैनन्। यसैको एउटा ठोस सबुत हो- नेकपा (एमाले)मा पदीय दायित्व वहन नगरेको निहुँमा आदिवासी, जनजाति र मधेसी नेताहरूलाई पदबाट गरिएको खोसुवा। पहिचानसहितको संघीयता र संघीयतासहितको राज्य पुनर्संरचना हुनुपर्छ भन्ने उनीहरूको मागको सम्बोधन गर्नुको साटो एमाले नेतृत्वले उल्टै नोकरशाही ढंगले कारबाहीको प्रक्रिया थाल्नुको गम्भीर अर्थ लाग्छ। यसको स्पष्ट संकेत हो, एमाले नेतृत्व संघीयताबारे आफ्नो धारणामा पुनर्विचार गर्न समेत तयार छैन, बरू पुनर्विचारको आग्रह गर्ने नेताहरूकै पद र जिम्मेवारी खोसेर दललाई नै थप असमावेशी र अलोकतान्त्रिक बनाउन तत्पर छ। आफ्नो दल बाहुन-क्षेत्रीको एकल जातीय पार्टी बन्न सक्ने सर्तमा पनि आदिवासी, जनजाति र मधेसी नेताहरूलाई पदबाट खोसुवा गर्दा 'दलभित्रको दल'को रूपमा क्रियाशील माधव नेपाल र ईश्वर पोखरेलको गुटलाई कमजोर पार्न सकिने संस्थापन पक्षको रणनीतिले पनि एमालेलाई पुनर्संरचित हुनै दिँदैन।
'दलभित्रका दल'को चलखेल र द्वन्द्वबाट मुक्तिका लागि नेपाली कांग्रेसले पनि आफूलाई पुनर्संरचित गर्ने कुनै प्रयास गरेको छैन, बरू दलभित्रका दलहरूलाई नै सघन र व्यापक बनाउने प्रयत्न जारी छ। सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाको नेतृत्वमा रहेका दुई ठूला गुटका वरपर ८ वटा उपग्रहरूपी समूह क्रियाशील छन्, विभिन्न क्लबका नाममा। ती गुटउपगुट आफ्नो दलको सिद्धान्त, संरचना र संस्कृतिमा पुनर्संरचनाका लागि क्रियाशील छैनन्। किनभने ती गुटउपगुटका नेताहरूको ध्यानध्याउन्ना सत्ताशक्ति हत्याउने व्यक्तिगत महत्वाकांक्षा र कुण्ठाप्रेरित रहेको सबैलाई थाहै छ। दलको सत्ता-शक्तिमा रहेका कोइरालाले महाधिवेशन भएको दुई महिनाभित्र बनाइसक्नुपर्ने विभाग दुई वर्षमा मात्रै बनाएर कीर्तिमान त कायम गरेका छन् नै, विधानतः बनाउनुपर्ने ३२ केन्द्रीय विभागको संख्या थपेर ४२ पुर्या उने र दमननाथ ढंुगानाको भाकामा आफ्ना 'काखे नेता'लाई पदासीन गराउने खेल पनि खेलेका छन्। भ्रातृ संगठन विघटनको विवादले देउवाको राजीनामा, भ्रातृ संगठनका नेताहरूको अनशन र लामो आन्तरिक विवादको तीतो भोगाइपछि पनि सत्ताशक्तिमै मदहोस संस्थापन पक्षको होस खुलेको छैन।
आपसी छलफलमा विभाग बनाउने 'बाँडीचुँडी खाने कार्यनीति'लाई लत्याएर अगाडि बढ्न खोजेको संस्थापन पक्षले वास्तवमा पार्टी फुटको पीडाबाट पनि कुनै पाठ सिकेको रहेनछ। पाठ सिकेको भए देउवा गुटसँग परामर्शमा विभाग वा सत्ता-शक्तिको बाँडचुँड गर्न कन्जुस्याइँ नगर्नुपर्ने हो। त्यसो त सत्ताशक्तिको बाँडफाँट गर्दै आफ्नो दलभित्रका गुटउपगुटलाई समेत खुस राख्न नसक्ने कांग्रेसी नेतृत्वले सरकारको नेतृत्व लिएर सबै दललाई कसरी सन्तुष्ट पार्न सक्ला? आफ्नै दलका आदिवासी, जनजाति, मधेसी र दलितका मागलाई समेत सम्बोधन गर्न नसेकेको नेतृत्वले संविधान लेखनको अगुवाइ गरी सबै समुदायको मागलाई कसरी सम्बोधन गर्न सक्ला?
नोकरशाही केन्द्रीकरणको छायाँ
यस्तै प्रश्नको घेरोमा छ, गुटविनाको दल बनाउने आकर्षक घोषणाको कार्पेटले गुटहरूलाई छोपछाप गर्दै त्रिगुटको अन्त्य भएको आत्मप्रशंसा गरिरहेको एकीकृत नेकपा (माओवादी)को नेतृत्व पनि। गुटबिनाको दल बनाउने आकर्षक घोषणा महाधिवेशन आयोजक समितिमा महिला, दलित, मुस्लिम, मधेसी, उत्पीडित क्षेत्र र वरिष्ठ नेताहरूलाई थप्ने निर्णय क्रियान्वयनको ढंुगामा ठोक्किनासाथ स्वतः नराम्ररी चकनाचुर हुनसक्छ। त्यसमा पनि राज्य समितिका इन्चार्ज, सहइन्चार्ज र सचिवको सरुवा गर्ने निर्णय लागु गर्दा पनि गुटबन्दीको डरलाग्दो गरुडे छायाँ देखियो भने अनौठो हुनेछैन।
माओवादी नेतृत्वले महाधिवेशन आयोजक समितिलाई सांकेतिक र औपचारिक रूपमा भए पनि समावेशी र प्रतिनिधिमूलक बनाउने घोषणा गर्नु आदिवासी, जनजाति र मधेसी नेताहरूलाई पदबाट खोसुवा गर्ने एमालेको निर्णयभन्दा सकारात्मक छ। तर, यस्तो सकारात्मक कामलाई क्रियान्वयन गर्ने तौरतरिका पनि नोकरशाही होइन, लोकतान्त्रिक हुनु जरूरी हुन्छ। अहिले सांकेतिक र औपचारिकरूपमा गर्न खोजिएको समावेशीकरणको क्रममा अध्यक्ष, उपाध्यक्षद्वय र सचिव सहभागी रहेको पार्टी हेडक्वार्टरले नोकरशाही ढंगले छनौट गर्ने सम्भावना बेसी छ। त्यस्तो छनौट पनि एमाले र कांग्रेसजस्ता नोकरशाही र केन्द्रीकृत पार्टीका नेताहरूले आआफ्ना मान्छेलाई पद बाँडेको प्रकरण र प्रवृत्तिभन्दा भिन्न हुन गाह्रो देखिन्छ। एमालेले झलनाथ खनाल र केपी शर्मा ओलीजस्ता संस्थापन पक्षीय गुटका दोस्रो र तेस्रो तहका नेताहरूलाई विभिन्न पद बाँडेझैँ, कांग्रेसले २६ वटा विभिन्न विभागका संयोजकको जिम्मेवारी आफ्नै पक्षका नेतालाई तोकेझैँ पद बाँडफाँट गर्नु र आफ्ना मान्छेहरूलाई मात्रै निगाह गर्नु लोकतान्त्रिक होइन, नोकरशाही तरिकाको द्योतक हो।
हुन त, यस्तो अभ्यास 'दलभित्रका दल' र तिनका स्वघोषित नेताहरूसँग संवाद र सहमतिको अभावमा मात्रै नोकरशाही संस्कृतिको अभिव्यक्ति साबित हुने होइन। कांग्रेसका सभापति सुशील कोइरालाले शेरबहादुर देउवासँग परामर्श गर्दैमा, एमाले अध्यक्ष झलनाथ खनालले माधव नेपाल र ईश्वर पोखरेलसँग सहमति गर्दैमा यस्तो नोकरशाही संस्कृति अचानक लोकतान्त्रिक हुने होइन, तर दलभित्रका दलका नेताहरूमा भने त्यही भ्रम रहेको छ। त्यसको अर्थ शान्ति र संविधानको कार्यदिशामा सहमत माओवादीका तीनै गुटका नेताहरूले पनि आपसी परामर्श र सहमतिमै एकमतले पद र जिम्मेवारीको बाँडफाँट गर्दैमा लोकतान्त्रिक संस्कृति अँगालेको ठहरिने होइन। लोकतान्त्रिक संस्कृति अँगाल्न सर्वप्रथमतः नोकरशाही केन्द्रीकरणको अन्त्यसँगै पार्टी र नेता-कार्यकर्ताकै संरक्षक (प्याट्रोन) बन्ने प्रवृत्तिको समाप्ति जरूरी छ भने पद र जिम्मेवारी बाँडफाँटको लोकतान्त्रिक विधिको थालनी आवश्यक छ।
चाकडीप्रथा र आफ्नो मान्छेको प्रवर्धन
नेपाली समाजको स्वरूप र राज्यको चरित्र परिवर्तन गर्ने कसम खाएका राजनीतिक दलका संरचना र संस्कृतिमा पनि यही समाज र राज्यको गाढा छाप छ। नेपाली समाज र त्यसमाथि राज गर्ने राज्यमा काठमाडौंको जुन महत्व र मर्म छ, नेपाली राजनीतिमा पनि पार्टी नेतृत्वको त्यही अर्थ र सत्ता छ। केन्द्रीकरणबारे सटीक टिप्पणी गरेका भुवनलाल जोशी र लियो इ. रोजका अनुसार काठमाडौंले नेपालको 'बडी पोलिटिक'को विशिष्ट स्थान ग्रहण गरेर बसेको छ, प्रशासनिक राजधानीका रूपमा, नीतिनिर्माणको मुटुको रूपमा, नेपाली राष्ट्रवादको मुहानका रूपमा, नेपाली अभिजात वर्गको आवास र उपासना स्थलका रूपमा अनि सांस्कृतिक र बौद्धिक आचरणको केन्द्रका रूपमा।
यस अर्थमा सत्ता-शक्तिको केन्द्र बनेको काठमाडौंको प्रतीकका रूपमा हिजो नारायणहिटी दरबार थियो भने आज सिंहदरबार। हिजो सत्ता-शक्तिको केन्द्रीकरणको व्यक्तिकृत नेतृत्वको चिनो राजा थियो भने आज शीर्ष नेताहरू। हिजो राजाको व्यक्तिगत नेतृत्वको कार्यप्रणाली राजदरबार सचिवालयद्वारा, डोरबहादुर बिष्टको भाषामा, चाकडीप्रथा र आफ्नो मान्छेको प्रवर्धन गर्नु थियो भने अहिलेका शीर्ष नेताहरूको कार्यसंस्कृति पनि दरबारिया सामन्ती प्रचलनभन्दा भिन्न देखिँदैन।
कवि कृष्णभुषण बलले भनेझैं जसरी काठमाडौं एक्लैले सिंगो नेपाल धान्न सक्दैन, त्यसरी नै अब कुनै पुराना र नयाँ दरबारदेखि नयाँपुराना राजाले पनि नेपाली राजनीतिलाई बोक्न सक्दैनन्। राज्य र दल चलाउने शीर्ष नेताहरूले पनि नोकरशाही केन्द्रीकरणको सबैभन्दा ठूलो प्रतीक राजतन्त्रलाई फ्याँकेझैं आफ्ना दल र मनभित्र प्रवृत्तिका रूपमा रहेको 'राजतन्त्र'लाई पनि जरैदेखि उखेल्नु जरूरी छ। यसरी उखेल्ने कामलाई शीर्ष नेताहरूकै सदाशय, सुविधा र स्वैच्छिक त्यागका रूपमा छाड्नुको साटो दलगत संरचना, प्रक्रिया, विधि र संस्कृतिमा पुनर्संरचनामार्फत समाधान खोज्नु उपयुक्त हुन्छ।
दलगत पुनर्संरचनाका लागि
जसरी राज्य पुनर्संरचनाको मुख्य मर्म राज्यको लोकतन्त्रीकरण, समविकास र सत्ता-शक्तिको निक्षेपीकरण हो, त्यसरी नै दलगत पुनर्संरचनाको प्रमुख पक्ष हो, दलभित्र लोकतन्त्रीकरण र लोकतन्त्रीकरणकै आधारमा विचार र नेतृत्वको केन्द्रीकरण। दलभित्र प्रत्येक पद र जिम्मेवारीलाई पार्टीका 'बोस'बाट निगाहका रूपमा बाँडफाँट गर्ने प्रथाले होइन, कार्यक्षेत्रबाट निर्वाचित भएपछि मात्रै पाउने प्रावधानले लोकतन्त्रीकरणलाई बढाउँछ र नोकरशाहीकरणलाई पनि घटाउँछ। भुइँतहमा मुद्दामा आधारित जनआन्दोलन र जनआन्दोलनबाट निर्वाचित व्यक्ति मात्रै पदधारणका लागि योग्य हुने प्रावधान लागू गरियो नेता भुइँफुट्टे र संरक्षक हुँदैन। त्यही प्रावधानमा कामकारबाही र आचरण चित्त नबुझे नेताहरूलाई फिर्ता बोलाउने प्रक्रिया पनि जोडियो भने उनीहरू जनता, कार्यकर्ता र आन्दोलनप्रति उत्तरदायी हुनु जरुरी हुन्छ।
यस्तो प्रक्रिया र विधिको उदाहरणका लागि, पार्टीको शीर्ष नेतामा उम्मेदवार हुन पुष्पकमल दाहाल 'प्रचण्ड' वा सुशील कोइराला वा झलनाथ खनाल नै पनि भुइँतहका जन र वर्गका आन्दोलनबाट निर्वाचित हुनुपर्ने तथा उनीहरू जन र वर्गका आन्दोलनविरूद्ध जानासाथ अपदस्थ हुने दलगत संरचना, प्रक्रिया, विधि र संस्कृति निर्माण गर्न सकियो भने दलभित्र ठूलै सांस्कृतिक क्रान्ति हुन सक्छ। यस्तो क्रान्तिका लागि आफूलाई नेताहरूका पनि नेता भन्ठान्ने शीर्ष नेताहरूले नोकरशाही केन्द्रीकरणप्रतिको मोह तथा पार्टी र नेता-कार्यकर्ताकै संरक्षक बन्ने चाहनालाई पनि स्वैच्छिक अवकाश दिनु जरूरी हुन्छ। यति गर्न सकियो भने गुट र गुटबन्दीको अन्त्यको थालनी मात्रै होइन, बैठकमा हानाहानसँगै वाकयुद्धमा कटौती र एउटा गुटको नेतृत्वले अर्को गुटको नेतृत्व देखेर आक्रोशित हुँदै फुटको स्थितिसम्म पुर्याकउने बाध्यता र रहरबाजी पनि कम हुन सक्छ।