जहाज खरिदको निर्णय
१८ साउन २०६९
•
६ मिनेट पाठ
जहाज खरिदको निर्णय
'जहाजबिनाको वायुसेवा'को संज्ञा पाएको नेपाल वायुसेवा निगमलाई सरकारले दुई वटा 'न्यारो बडीको जेट' विमान किन्न अनुमति दिने निर्णय गरेको छ। सरकारको निर्णय कार्यान्वयन भयो भने २५ वर्षपछि निगमले जहाज किन्नेछ।

निगमका लागि जहाज किन्ने प्रयास यसभन्दा पहिले पनि धेरैपटक भएका थिए। संसदीय समितिहरू र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपपछि धेरैजसो त्यस्ता प्रयास अवरुद्ध भएका हुन्। मूलतः जहाज किन्दा कमिसनको ठूलै चलखेलको सन्देह र खरिद प्रक्रियामा पारदर्शिताको अभाव संवैधानिक निकायको हस्तक्षेप निम्त्याउने कारक बन्ने गरेको देखिएको छ। अहिले भने संसदीय समिति छैन। यस्तै, अख्तियार पनि अपेक्षाकृत शिथिल देखिएको छ। सायद, विमान किन्ने सरकारी निर्णयको एउटा कारण यो पनि हो।

नेपाल वायुसेवा निगम पूर्ण सरकारी स्वामित्वको सार्वजनिक संस्थान हो। यसैले निजी क्षेत्रका कम्पनीका तुलनामा यसले बढी नै प्रशासनिक झमेला सहनुपर्छ। सार्वजनिक संस्थान भएकैले यसलाई सरकारी पदाधिकारीले बढी नै दोहन पनि गर्छन्। व्यावसायिक दृष्टिले अपेक्षाकृत लाभ नहुने क्षेत्रमा पनि यसले हवाई सेवा पुर्‍याउनु वा यदाकदा त नियमित उडान रोकेर पनि मन्त्री वा उनका कृपा पात्रको सेवामा लाग्नु निगमको नियति नै भएको छ। यति चर्को प्रतिस्पर्धा गर्नुपर्ने बेलामा त्यस्तो नियति भोग्नुपर्ने निगमको दयनीय दुर्दशा हुनु अस्वाभाविक होइन। त्यसमाथि राजनीतिक हस्तक्षेपका कारण निगमको व्यवस्थापकीय नेतृत्व धेरैजसो अयोग्य र बेइमान व्यक्तिको हातमा पुग्यो।

फलस्वरूप, निगमका प्राविधिक र व्यवस्थापनमा क्रियाशील उत्कृष्ट जनशक्ति पनि कि त बाहिरियो, नभए निष्त्रि्कय हुन पुग्यो। तत्कालको व्यक्तिगत लाभका लागि प्रतिष्ठानै डुबाउने खेलमा पनि निगमका कर्मचारी र पदाधिकारी संलग्न भए। यसबीच भएका जहाज बेच्ने र किन्ने, भाडामा लिने, मर्मत गर्नेजस्ता सबैजसो क्रियाकलाप विवादास्पद रहे। यिनै सबै कारणले नेपाल वायुसेवा आफ्ना समवयी अरू वायुसेवासँग तुलनै गर्न नसकिने गरी पछाडि पर्‍यो।

नेपालको आन्तरिक र बाह्य बजार हेर्दा कुशल व्यवस्थापन हुने हो भने निगम पुनः केही वर्षमा सजिलै प्रतिष्ठित वायुसेवा बन्नसक्ने देखिन्छ। पक्कै पनि त्यसका लागि भौतिक पूर्वाधार, कुशल व्यवस्थापन र स्वायत्त संरचना आवश्यक हुन्छ। नेपालका राजनीतिक दलहरूको मानसिकता र प्रशासनिक संस्कार हेर्दा पूर्ण सरकारी स्वामित्वमा रहँदासम्म निगम राजनीतिक तथा प्रशासनिक हस्तक्षेपबाट मुक्त हुनसक्ने देखिँदैन। यसैले नयाँ जहाज किन्नुभन्दा पहिले निगम त्यस्तो हस्तक्षेपबाट मुक्त हुने वातावरण सुनिश्चित गर्नुपर्छ। निजी क्षेत्रलाई निगमको व्यवस्थापनमा साझेदार बनाउनु यस्तो हस्तक्षेप कम गर्ने एउटा उपाय हुनसक्छ। अन्तर्राष्ट्रिय स्तरको पारदर्शिता र स्वायत्तता सुनिश्चित गर्ने नियम तर्जुमा र कार्यान्वयन गरी निगमको व्यवस्थापनमा सुधार गर्नु प्रतिस्पर्धात्मक क्षमता हासिल गर्ने अर्को उपाय हो। निगमको व्यवस्थापनमा राजनीतिक कृपापात्रलाई सुम्पने कुप्रथा बन्द गरेर प्रतिस्पर्धाका आधारमा दक्ष र कुशल व्यवस्थापक चयन गरेर पनि प्रतिष्ठानको साख बढाउन सकिन्छ। यस्तै, अनावश्यक कर्मचारी छटनी गरी व्यवस्थापन र संगठनलाई चुस्त, दक्ष तथा प्रतिस्पर्धी बनाउनु पनि उत्तिकै जरुरी हुन्छ। नेपाल वायुसेवा निगमको सुधारका लागि भने सायद, यी सबै उपाय अपनाउनु अपरिहार्य छ।

सुधारका यस्ता उपायसँगै जहाज किन्ने काम अगाडि बढाइएमा विवाद पनि कम हुनेछ। ठूला जहाजको खरिद विक्रीमा कमिसन लिने र दिने प्रचलन नेपाल वायुसेवा निगमले चाहेर पनि तोड्न कठिन छ। तर, त्यस्तो कमिसनलाई जहाजको मूल्यमै समायोजन गर्ने वा निगमकै खातामा जम्मा गरेर भैपरी आउने खर्चका लागि साँच्नेजस्ता उपाय पारदर्शी भएर अपानाउने हो भने विवाद कम हुने निश्चित छ। यसैले सरकारले यो सही निर्णय कार्यान्वयन होस् भन्ने चाहने हो भने निगमको सुधारमा पनि सँगै ध्यान दिनुपर्छ। यस्तै व्यवस्थापन रहे जहाज किन्नु मुलुकलाई थप ऋण बोकाउनुमात्र साबित हुनेछ।
अर्को समाचार
चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी
१० साउन २०७५
•
९ मिनेट पाठ
चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी
काठमाडाैं- एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो। जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो। जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो। ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएको भन्दै सरकारले समेत प्राथमिकतामा राख्न सकेको थिएन निगमलाई। 

भएका दुई वटा पूराना जहाज मार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको थियो। आन्तरिक उडानमा निगमका जहाज कम थिए। तर अहिले अवस्था फेरिएको छ। आक्रामक रुपमा बजार विस्तार गर्ने र नयाँ नयाँ गन्तव्यमा सेवा दिने लक्ष्य लिएर निगमले नयाँ जहाज भित्र्याएको छ। 

थप दश विमान खरिद गर्ने योजनामा रहेको निगमको इतिहासमै एक महिनाको अवधिमा दुई ठूला जहाज भित्र्याइको यो पहिलो पटक हो। 

निगमसँग अब पर्याप्त जहाज उपलब्ध छन्। त्यसले नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्नेछ । यसले निगमप्रति विगतमा गर्ने खिसीटिउरीको अवस्थाको समेत अन्त हुनेछ। त्यसका लागि सरकार र निगम व्यवस्थापनले व्यावसायिक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्नेछ। 

चुहावट नियन्त्रण र जहाज खाली उडाउने भनेर विगतमा गरिने प्रचारबाट निगमले सुधार गर्नु जरुरी छ। 

देशको राष्ट्रिय ध्वजावाहक निगमले भित्र्याउने नयाँ जहाजको रणनीतिक महत्वलाई आत्मसात् गर्दै निगमको जहाज नेपाली चन्द्रसूर्य झण्डा बोकेर नेपालको परिचय दिदै संसारका धेरै गन्तव्यमा उडान भर्नेछ। 

दुई वर्ष पहिले दुई वटा न्यारो बडी जहाज ल्याएर बजार विस्तारमा लागेको निगमले एक महिनाको अवधिमा दुई वटा वाइड बडी जहाज भित्र्याएको छ। 

फ्रान्सको तुलुजबाट नौ घण्टाको उडान गरेर निगमको दोस्रो वाइडबडी अर्थात् ‘मकालु’ नाम दिइएको जहाज आज विहान ९ बजेर १६ मिनेटमा अवतरण गरेको हो। जहाज अवतरण हुँदा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो। 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको सन्दर्भमा निगमले नयाँ जहाज ल्याएको हो। ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाजको स्वागत गर्न विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी र निगमका पदाधिकारी उपस्थित थिए। 

वाइड बडी ए ३३०–२०० सिरिजको सो विमान सरकारको जमानीमा निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको करीब रु २४ अर्बमा खरिद गरेको हो। निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ गत असार १४ गते विमानस्थलमा अवतरण गरेको थियो। 

विसं २०७४ वैशाख ७ गते सरकारबाट ग्यारेन्टी स्वीकृत भएपछि खरिदका लागि ऋण लिने प्रक्रिया अगाडि बढाइएको थियो। जेठ २८ गते नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भएको थियो। 

दुवै वाइड बडी विमानको सिट क्षमता समान छ। कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन्। 

निगमको पहिलो वाइड बडी विमानबाट आगामी साउन १८ (अगष्ट १) देखि कतारको दोहामा व्यावसायिक उडान शुरु गर्ने तयारीमा छ। यही साउन ७ गते निगमको जहाजले भारतको राजधानी नयाँ दिल्लीमा परिक्षण उडान गरेको थियो। आज अवतरण गरेको जहाज सबै प्रक्रिया पूरा गरेर आगामी चार हप्तापछि अन्तर्राष्ट्रिय उडान गर्नेछ। 

जहाज अवतरणपछि विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव देवकोटाले भने, ‘दुई वटा वाइड बडी विमान आइसकेको छ। ती विमान पहिलेकै गन्तव्यमा उडाइन्छ। त्यसपछि जापान, दक्षिण कोरिया र साउदी अरेबियामा उडान गर्ने लक्ष्य राखिएको छ।’ 

आगामी पाँच वर्ष भित्र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि दश विमान खरिद गर्ने योजना बनाइएको भन्दै उनले निगमका जहाज यूरोपेली देशमा समेत उडान गरिने बताए। 

निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले निगमका दुवै जहाजलाई पूर्ण रुपमा व्यावसायिक बनाइने र अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिने बताए। 

‘पहिलो बाइड बडी जहाजको उडान अनुमति आज भोलि नै हुन्छ। सबै कागजात बुझाइसकिएको छ। परिक्षण उडान समेत भइसकेको छ ’ महाप्रबन्धक कसांकारले भने, “आज अवतरण भएको जहाज बढीमा चार हप्ता भित्र अन्तर्राष्ट्रिय उडान सुरु गर्नेछ।” केही समय दुवै विमान पुरानै गन्तव्यमा उड्ने र क्रमशः नयाँ गन्तव्यका लागि समेत तम्तयारी अवस्थामा रहेको महाप्रबन्धक कसांकारको भनाइ छ। निगमसँग १३ वटा विमान रहेका छन्। 

चालक व्यवस्थापन गरिँदै 

निगमका अनुसार दुई वटा वाइड बढी विमानसमेतलाई दृष्टिगत गरी कूल ११६ जना चालक जरुरी पर्दछ। हाल निगमसँग ८८ मात्र चालक छन्। थप २८ चालक सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा लिएर विमान सञ्चालनमा ल्याउने तयारी गरिएको छ। 

निगमले नयाँ विमान थप्दै जाँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ हाललाई विदेशी चालक करारमा नियुक्त गर्दै जाने नीति लिएको छ। निगमभित्रका चालकलाई तालीम दिँदै क्रमिकरूपमा नियमानुसार स्तरोन्नति गर्दै लैजाने नीति समेत लिइएको छ। नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु-याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ। 

विमान थपेपछि त्यसको व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने बताउँदै आएको निगमले त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकेको छ। नयाँ जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि नविन प्रविधि जडानमा जोड दिइएको छ।

निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको भनाइ छ। निगमले भारतको नयाँदिल्ली, बेङ्गलोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ। 

एक बोइङ नाइन एसिबी–५७५ र एयरबस ३२० सिरिजको दुई जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो। निगमले आन्तरिकतर्फ नौ वटा विमानबाट सेवा दिइरहेको छ। यी मध्ये चीनबाट ल्याइएका वाई १२ चार वटा, एमए ६० दुई वटा र तीन वटा ट्विनअटर विमान छन्। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस