नेपाल कोलाहलमा छ। यो कोलाहल आजको होइन, शताब्दियौंदेखिको निरन्तरता हो। भूगोलले हामीलाई गोलार्ध्दको यस्तो वृत्तमा स्थापित गरिदिएको छ, जहाँबाट आफैंलाई पनि राम्रोसँग नियालेर हेर्न सकिँदैन। हाम्रा सपनासमेत सीमित छन्। हामीलाई कुन नदीमा, कुन खोलामा, कुन कुवामा र कुन धारामा कति पानी छ भन्ने नै थाहा छैन भने महासागरमा कति पानी छ भन्ने अनुमान हुने कुरै भएन। समयमा नै पनि हाम्रो निरन्तरता मात्रै छ।
परिवर्तन छैन। केही लाख भवन बनेका होलान् देशभर। केही लाख मानिस शिक्षित भएका होलान्। तर, समय चेतनाका हिसावले हामी जहाँबाट सुरु भएका थियौं, त्यहीँ छौं। हामी यस्तो समयमा बाँचिरहेका छौं, जसको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक हैसियतमा कुनै परिवर्तन आएको छैन। मल्लकालीन राजाहरुले जसरी व्यापार-व्यवसाय गर्थे, त्यसरी नै चल्दै आएको छ हाम्रो व्यापार-व्यवसाय। पृथ्वी नारायण शाह र त्यसपछिका जंगबहादुर राणाले राजनीतिलाई जसरी खेलाएका थिए, त्यसरी नै खेलाइरहेका छन् नेताहरुले हाम्रो राजनीति। शब्दहरुमा हामी जति आधुनिक भए पनि विचारको स्थुलता र स्थिरताले हामीलाई गतिशील बन्न दिएको छैन। हाम्रो आकाशमा मानवीय विकासका सत्य स्थापित हुन सकेका छैनन्।
हामी दुनियाँको आकारमा सबैभन्दा दूरस्थ देश हौं। दुनियाँको केन्द्रबाट हेर्दा कतै भेटिदैनौं हामी। हाम्रो परिचय जहिले पनि दुरुह छ। भारत र चीनको नाम नलिएसम्म हाम्रो परिचयसमेत स्थापित हुने अवस्था छैन। संसारको सबभन्दा अग्लो हिमशिखर सगरमाथाको देशका रूपमा आफ्नो परिचय स्थापित गर्ने हाम्रो प्रयास अलमलिएको छ। सगरमाथासँग हाम्रो सम्बन्ध वर्षको केही करोड रोयल्टी बटुल्नुबाहेक अरु केही छैन। सगरमाथा माउण्ट एभरेष्टका नामले आफैं विश्वविख्यात् छ। त्यसको आरोहणका लागि आउने पर्यटकका लागि यो कुन देशको गौरव हो? भन्ने प्रश्नको कुनै महŒव छैन। उसका लागि नेपाल नाम गरेको देश एउटा प्यासेज मात्रै हो। सगरमाथामाथि उसको आधिपत्य एउटा अनुमतिपत्रमा सीमित छ। नेपाली जातिका रूपमा कुनै पनि पर्यटकले यो देशलाई खासै अहमियत दिएको छैन। हामी आफैं त्यस्ता पर्यटकका पछाडि 'सर, सर' भन्दै कुुदिरहेका हुन्छौं। विचित्रको नियति छ हाम्रो।
हाम्रो अर्को प्रतीक गौतम बुध्दको पनि त्यस्तै हालत छ। हरमन हेसले उहिल्यै सिध्दार्थ नामको उपन्यास लेखेका थिए, नेपालीहरुमा बौध्द चेतना जागृत नहुँदै। त्यो उपन्यास पढेपछि नेपालका पढेलेखेका शिक्षित व्यक्तिले गौतम बुध्दको अन्तर्राष्ट्रिय महŒव थाहा पाएका थिए। आफनो अवतार भजनमालामा भगवान विष्णुले नै गौतम बुध्दको अवतार लिएको सावित गर्न खोज्दाखोज्दै नेपालीहरुको जुनी बितेको छ। गौतम बुध्द अन्तर्राष्ट्रिय समाजमा आध्यात्मिक विम्बका रूपमा स्थापित भइसकेका छन् र हामी गौतम बुध्द हाम्रा हुन् भन्ने स्वामित्वको अभिमान बोकेर गर्वसाथ बाँचेका छौं।
हाम्रा नेताहरु विश्वका राजधानी शहरहरुको भ्रमण गर्छन्। वासिंगटनमा अमेरिकी राष्ट्रपतिले भेट्लान् र धाप देलान् कि भन्ने आशमा भौतारिन्छन्। न्युयोर्कमा राष्ट्र संघका महासचिवले सुम्सुम्याउलान् कि भनेर रल्लिन्छन्। लण्डनमा पुगेर संवैधानिक राजतन्त्रको अद्भूत प्रभावकारिता देखेर चकित खान्छन्। दिल्ली फर्किएर भारतीय नेताहरुसँग सत्ता-सुरक्षाको ग्यारेन्टी खोज्छन् र काठमाडौं फर्किएर त्यसको कथा सुनाउँछन्। त्यसपछि एउटा भ्रमण हुन्छ बेइजिङको। सुरक्षा चासो र आधुनिक कूटनीतिका केही प्रश्नमा केन्द्रित हुन्छ बेइजिङ भ्रमण। नेपाल त्यस्तो खतरनाक सामरिक विन्दुमा कतै छैन। उही अलिकति राजनीति गौतम बुध्दको नाममा छ भन्ने बुझेर उनीहरु ढुक्क पर्दै देश फर्कन्छन्। दूरस्थ देशका नेताहरुले गर्न सक्ने र अहिलेसम्म गरिरहेको यही एउटा कुरा हो।
मानसिकरूपले हामी नेपाली सारै जटिल अवस्थामा छौं। देशका जनतामा आर्थिक समृध्दिको बाटो पहिल्याउने परिवर्तनकोे चाहना प्रचुर छ। तर, जनताको अग्रभागमा ठाउँ ओगटेर बसेका कथित बुध्दिजीवीको टाउकोमा रीस-राग, भय-कुण्ठा र इर्ष्या-अभिमानको यति गह्रुँगो भारी छ, त्यही विकासको अवरोधक बनेर बसेको छ। प्रत्येक मानिस प्रत्येक विषयको ज्ञाता छ। अर्काको विचारलाई शून्यमा तिरोहित गरेर आफना विचार लाद्न पाएसम्म ऊ पछाडि हट्न वा अगाडि बढ्न छोड्दैन। सबैभन्दा राम्रो म र सबैभन्दा जान्ने पनि म भन्ने भावना वनमाराझैं फैलिएको छ बौध्दिक वर्गको दिमागमा। यही बौध्दिक वर्ग, हुनेखाने समाजका प्रतिनिधि, देश-विदेश घुमेर कफी कल्चर सिकेका मानिस र प्रशासन यन्त्र चलाउने धुन्धुकारीहरुको जमात देशको विचार प्रक्रियामा हावी भएका छन्। प्रधानमन्त्रीको घुम्ने कुर्सीमा गिरिजा थिए कि प्रचण्ड, माधव थिए कि झलनाथ, बाबुराम छन् अहिले र भोलि होलान् सुशील कोइराला- तात्विक अन्तर केही पर्दैन। बजेट बिग्रोस् वा योजना, मल नपाइयोस् वा पानी अभाव, जनस्वास्थ्यमा असर परोस् वा शिक्षा पतनको बाटोमा लागोस्- सरकार प्रमुखहरुको कल्पनाशीलताले यो देशमा कहिल्यै केही भएको छैन। जे भएको छ स्वतस्फूर्त। सोच्ने र प्रयत्न गर्ने त हाम्रो बानी नै छैन।
देशले निकास खोजेको थियो, शताब्दियौंदेखिको निकास। निकासको कुरा गर्दागर्दै देशमा निकासकै लागि युध्द सुरु भयो। साना र सडकका मानिसले असीम दुःख पाए। त्यसपछि संविधान सभाको चुनाव भयो। संविधान सभालाई नेताहरुले बच्चाले खेलौना खेलाएको जस्तो यसरी खेलाए कि संविधान सभा नै मृत्युको मुखमा गाडियो। न्यायपालिका, नागरिक समाज, बुध्दिजीवी, महिला, पत्रकार, सञ्चारकर्मी, साहू-महाजन र भद्र-भलाद्मीलगायत् सबैलाई आ-आफनो बुध्दि र शक्ति प्रदर्शन गर्नुपर्ने यो देशमा कोभन्दा को कम? निकास नहोस् कि विकास नहोस्, दुनियाँको यो दूरस्थ क्रिडाभूमिमा आफूलाई नपर्दासम्म कुनै चोट घातक हुँदैन। अनावश्यक राजनीतिक चन्दा बुझाउनुपरेपछि मात्र व्यवसायी सचेत हुन्छ, अरु कतिले सकस उठाइसकेका थिए भन्नेमा उसको खासै चासो हुँदैन। राजनीतिक दलका गुण्डा नेताबाट आफू नपिटिएसम्म पत्रकारले दण्डहीनताको व्यापक प्रभाव देख्दैन। पिटिएपछि मात्र राज्य रामको कब्जामा छ कि रावणको? भन्ने ब्रह्मज्ञान पलाउँछ उसमा।
प्रत्येक दूरस्थ र गरिब समाज आत्मकेन्द्रित हुन्छ। गरिबहरुको संस्कृति हो यो। बाबु र दाजुले विदेशमा कमाएको पैसाले ल्यापटप किनेर च्याटमा रमाउने संस्कृतिको विकास भइरहेको यो बेला सत्यको सिङ हराएको छ। सिङ हराएको सत्यले कसैको हानि गर्न सक्दैन। त्यो निरपेक्ष सत्य चितवनको जंगलमा हत्यारा शिकारी आएको आभाष नपाई ठिंग उभिइरहेको दाराविनाको ब्रोइलर बाघजस्तै हो। सत्य जबसम्म आक्रामक हुँदैन, तबसम्म संसारको कुनै पनि देशले परिवर्तनको ढोका खोल्न सक्दैन।