कार्टुन हेरिरहेकी मेरी छ वर्षीया नातिनीलाई फकाएर म समाचार हेर्न लागेको थिएँ। नातिनी समाचारको एक दृश्यमा चिच्याई, 'तीनवटा बूढा दुलाहाहरू।' म पनि एकछिन चकितै भएँ। गर्धनै लच्किने गरी दुबोको गह्रुँगो माला लगाएका थिए, नेपाली कांग्रेसका नेतात्रय, सर्वश्री सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले। उनीहरू पक्का दुलाहा देखिन्थे। दुबोको माला वरमाला नै देखिन्थ्यो। गाईजात्राको पूर्व सन्ध्यामा हुन लागेको नेपाली कांग्रेसको जिल्ला सभापति भेलाको उद्घाटन समारोहमा बेहुलाझैँ सजिएका नेतात्रयलाई देख्दा लाग्थ्यो- निमेषभरका लागि किन नहोस्, कांग्रेसमा परिवर्तन आएछ।
अघिल्लो दिन, अर्थात् साउन १४ गते सभापति कोइरालाले देउवा पक्षलाई १६ विभागीय र छ अञ्चल प्रमुखहरूको मात्र स्थान दिएको विरोध जनाएर उनीहरूले 'सामूहिक राजीनामा दिने तयारी गरिरहेको' समाचार प्रकाशमा आएको थियो। तर, तीनै जना नेता एउटै थलोमा देख्दा समाचार गलत रहेछ कि भन्ने शंका जनमानसमा पनि उब्जियो होला।
सबैले सोचेका थिए- बाह्रबीसे सम्मेलनपछि कांग्रेसले नयाँ नीति प्रस्तुत गर्नेछ, नयाँ विकल्प लिएर अगाडि आउनेछ, मुलुकका नवीन चुनौती सामना गर्ने उपायहरू आविष्कार गर्नेछ। तर, दुई दिनसम्म चलेको जिल्ला सभापति भेलामा कुटाकुट र कुर्ची हानाहान नभएबाहेक अरू उपलब्धि 'हात लाग्यो शून्य'। परिवर्तन मालाको आकारप्रकार र ढाँचामा आएको थियो, नेतृत्वको मनःस्थितिमा भने आउन सकेको थिएन।
सम्मेलनले पारित गरेका प्रस्तावहरूबाट कांग्रेसजन बिनापद बस्न सक्दैनन् भन्ने पुनः पुष्टि भएको छ। मुलुकमा जटिल हुँदैगएको परिस्थितिको कांग्रेस नेतृत्वलाई वास्ता भएको देखिएन। मुलुक हाँक्ने पदहरू अन्य पार्टीकाले धमाधम लगिसकेको सत्यबारे अनभिज्ञ भएको नाटक गर्ने कांग्रेसजनलाई पार्टीका भ्रातृ संगठनहरूकै पद भने पनि चाहिएको छ। पद किन चाहिएको भन्ने प्रश्नको उत्तर पनि स्पष्ट छ - प्रतिष्ठाको तीर्खा मेट्न, पद पाएपछि त्यसको दुरुपयोग गर्न अनि त्यसैमा टाँसिएर बस्न। विगत २२ वर्षमा पार्टीभित्र व्याप्ते चरित्रबाट कांग्रेसका नेताकार्यकर्ता सबै एकै ड्याङका मुला साबित भइसकेका छन्। पदबिना बाँच्नै नसक्ने भएका छन् कांग्रेसजन।
वर्षा सकिएपछि बाबुराम भट्टराईलाई हटाउन संघर्ष गरिने घोषणाको तुकबारे कांग्रेसले प्रस्ट्याउन सकेको छैन। भट्टराईको सरकार संविधान दिन असमर्थ भएकाले यसलाई हटाउनुपर्ने हो भने कांग्रेसले कसरी मुलुकलाई संविधान दिनेछ भनी प्रस्ट्याउनु जरुरी थियो। बाबुराम सरकार भ्रष्ट भएकाले हो भन्ने हो भने कांग्रेसले त्यसो भन्ने हैसियत पनि गुमायो, सम्मेलनमा आफ्ना नेताहरूमात्र कारबाहीमा परेको विरोध प्रस्ताव पारित गरेर। बाबुराम सरकारले सुशासन दिन सकेन भन्ने औकात कांग्रेसको छैन। हाम्रो पार्टीको अमुक व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार हुनेछ भन्ने हिम्मत राख्ने हैसियत नभएको पार्टीले कसरी सुशासनको तर्क अघि सार्ने? विगतमा कांग्रेसले सुशासन दिन सकेको भए मुलुकको हबिगत यस्तो हुने थिएन।
संविधानविहीन अवस्था नै देशको प्रमुख समस्या हो। त्यसभन्दा अलि पर जाने हो भने समावेशीकरण अर्काे बल्दो सबाल हो। अझै पर जाँदा गरिबी ठूलो समस्या हो। यी विषयमा कांग्रेसले चासोसमेत देखाएको छैन। त्यसकारण उसले मुलुकका अघि आएका चुनौतीहरूको सामना गरेर मुलुकलाई उन्नति पथमा अग्रसर तुल्याउने मार्गचित्र प्रस्तुत गर्ला भन्नु त व्यर्थको सपनै भइहाल्यो। वास्तवमा अहिले कांग्रेसका नेताहरू तँछाडमछाड गरेर केही प्राप्त गर्ने दौडमा लागिरहेका छन्। यस दौडमा उनीहरू पार्टी कार्यकर्ता र जनताका साथ मागिरहेका छन्। उनीहरूको एकसूत्रे रट छ - बाबुरामलाई हटाऔँ, हाम्रो सरकार बनाऔँ!
नेपाली कांग्रेस इतिहासमा बाँच्ने पार्टी बन्दै गएको छ। ऊसँग इतिहासबाहेक अरू केही पनि छैन। त्यही इतिहासको ब्याज खाने बानीले यसलाई परिवारवादी पार्टी पनि बनाएको छ। बिपी कोइरालाले पार्टी संगठित गरेर मुलुकमा प्रजातन्त्र ल्याउनुभयो। त्यसकारण देश उहाँप्रति कृतज्ञ भयो र उहाँलाई प्रधानमन्त्री बनायो। हुनत, उहाँको प्रधानमन्त्रीत्व राजा महेन्द्रका हातबाट १८ महिनामै खोसियो। प्रजातन्त्र प्राप्तिपछि पनि पार्टी तथा जनताले पुरानो ऋण तिर्नका निमित्त उहाँका कान्छा भाइलाई मुलुकको प्रधानमन्त्री पदमा आसीन गराए। संवैधानिक राजतन्त्र ढलेपछि तीन वर्षसम्म गिरिजाबाबुले एकछत्र राज गर्नुभयो। सायद लाउडा काण्ड नभएको भए उहाँको छवि न त्यति विवादास्पद हुन्थ्यो, न मुलुकमा राजनीतिक अस्थिरताको शंृखला नै सुरु हुन्थ्यो। उहाँका बारेमा एक कांग्रेसी नेताको सटिक मूल्यांकन छ - 'उहाँ असल बाबु बन्न सफल हुनुभयो। तर, असल नेता बन्न असफल।' उहाँको राजनीतिक योगदानको इतिहासले मूल्यांकन गर्ला।
कांग्रेस पार्टीको उद्देश्य के हो भनेर प्रश्न गर्ने मतदाताको संख्या धेरै भइसकेको आजको परिप्रेक्ष्यमा पार्टी नेतृत्व भने आफूले सिर्जना गरेको समस्यामा रुमलिएको छ। वरिष्ठ नेतासँग छलफल नगरी ३० को ठाउँमा ४२ विभाग गठन गरिएको छ। यो पार्टीको प्रमुख एजेन्ड बन्न पुगेको छ। 'जनताका निमित्त कुन नेताको अंश कति' भन्ने विषय गौण भएको छ। पार्टी कति समावेशी बन्यो, पार्टीमा मुलुकको समस्या समाधान गर्ने क्षमता कति बढ्यो, त्यसले मात्र महŒव राख्छ। तराईबाट नामनिसान गुम्न लागेको पार्टीमा मधेसी विभागीय प्रमुख चारमात्र हुनु, १३ स्थान महिलालाई सुम्पिनु, दलितलाई कम स्थान दिइनु, पाँच स्थान जनजातिलाई दिइनुले पार्टी कति समावेशी बन्दै गएको छ, घामजत्तिकै छर्लंग छ।
कांग्रेस विवेकले चल्ने पार्टी थियो भने दुबोको माला सुशील कोइरालाको होइन, भीमबहादुर तामाङको गलामा सुशोभित हुनुपर्ने हो। प्रधानमन्त्री बन्ने हैसियत सुशील कोइरालाको छैन। बरु, दुबोको मालाको हकदार चित्रलेखा यादव थिइन्। पटकपटक प्रधानमन्त्री भइसक्नुभएका वरिष्ठ नेताको साटो माला गगन थापालाई लगाइदिनुपर्ने हो।
कांग्रेस नेतृत्वको मनःस्थिति र चित्त यस्तै रहिहरने हो भने दुबोको मालासँगै कांग्रेस पार्टी पनि ओइलाउँदै जानेछ।